3 Mangshir, 2074 | 19 November, 2017 Sunday

तीतोपाटी डट कम - कुबेत रक्तदान जीवन दान भन्ने नारालाई आत्मसात गर्दै तमु समाज कुवेतले चलाऊँदै  आएको रक्तदान अभियान  कार्यक्रम स्वरुप आगामी सेप्टेम्बर १५ तारिख २०१७ मा जाब्रियाको सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएको छ ।

जिबन यापनको दौरानमा हुनसक्ने सम्भावित दुर्घटना, अप्रेशन या जुनसुकै कारणले पनि शरीरमा रगतको कमी भई जिबन मृत्‍युको दोसाँधमा अल्झिरहेका मनिसहरुको जिबन विश्वको एक कुनाबाट रक्तदान गरेर अर्को कुनासम्म बचाउन सकिन्छ । तमु समाज कुबेतले यहि वास्तविकतालाई अनुसरण गरेर बिगत ४ बर्षदेखी कुवेतको नेपाली समाजमा यो रक्तदान अभियान चलाउँदै आएको छ ।

सदा झैं सामुहिक रुपमा गरिने रक्तदान कार्यक्रम यसपाली पनि कुवेतको जाब्रियास्थित सेन्ट्रल ब्लड बैंकमा आयोजना गरिने भएकोले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई यस मानविय कार्यमा सहभागी भई कार्यक्रम सफल पारिदिन आयोजक संस्था तमु समाज, कुबेतले सार्वजनिक रुपमा अनुरोध गरेको छ ।

रक्तदान हुने कार्यक्रमको विवरणः
मिति : सेप्टेम्बर १५ तारिख २०१७ शुक्रबार
समय : दिनको ठिक ०१.०० बजे
स्थान : सेन्ट्रल ब्लड बैंक, जाब्रिया, कुबेत
आयोजना : तमु समाज कुवेतको पहलमा