12 Baishak, 2075 | 25 April, 2018 Wednesday
तीतोपाटी डट कम - कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै अल्छी लाग्छ । कम्प्युटरमा राखेका विभिन्न Software कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले Software हरू Install गर्दा खासै ध्यान दिँदैनौँ । जसले गर्दा कम्प्युटरको Operationg System खुल्नासाथ क्रमैसँग अरू Software हरू खुल्न थाल्छन् । 

त्यसकारण कम्प्युटरको स्विच अन गरेपछि कम्प्युटरले खुल्नका लागि समय लिन्छ । यस खालको समस्या कम गराएर छिटो कम्प्युटर खुल्ने बनाउन पनि सकिन्छ । कम्प्युटरसँगै खुल्ने सेटिङ भएका सफ्टवेयरलाई कम्प्युटरसँगै नखुल्ने बनाउन सकिन्छ । यसो गर्दा कम्प्युटर अन हुनासाथ सबै सफ्टवेयर खुल्दैनन् । र, कम्प्युटर छिटो खुल्ने हुन्छ ।

पहिले Start Menu गएर त्यहाँ रहेको Search बक्समा Run टाइप गर्ने । 

त्यसपछि run मा क्लिक गरेपछि देखिने रन बक्समा msconfig टाइप गरेर ok गर्ने ।

आफूलाई अनावश्यक  Software मा ठीक चिह्नलाई हटाइ दिने ।

ठीक चिह्न हटाउँदा आफूले Software हरू Skype, Adobe, Viber, IMO, Chrome लगायतका Software मात्र हटाउने ।

पहिला युजमा आएका तर अहिले नआएका सफ्टवेयरलाई हटाउने ।
त्यसै गरी खुली सकेको कम्प्युटर  सुस्त भएर  सामान्य File खुल्न पनि समय लाग्ने  समस्याबाट पीडितहरूले पनि तपसिल बमोजिमका घरैमा अाफैले गर्न सकिने विधि अपनाएमा कम्प्युटर  पनि Up to Date हुन्छ र Technician कहाँ पैसा खर्च गरि गरि बनाउन लगि रहनु पर्दैन ।

कम्प्यूटरको ब्राउजर Internte Explorer भन्दा Google Chrome र Firefox प्रयोग गर्ने ।

कम्प्युटरको ब्राउजर Google Chrome, Firefox जहिले पनि अपडेटड गरिरहने ।

ब्राउजर History दैनिक रूपमा Delete गर्ने ।

कम्प्युटरमा हुने टेम्पोरोरी फाइललाई हटाउने । 

कम्प्युटरमा हुने Temporary File ले कम्प्युटरलाई भार बढाउने भएकोले Search Box मा %temp% टाइप गरि Enter बटन दवाउने र देखिएका Temporary File लार्इ Shift दबाएर Delete गर्ने ।

Recyle Bin मा भएका  File हरू हरेक समय कम्प्यूटरमा काम गरि सकेर कम्प्यूटर Shutdown गर्नु अघि खाली गर्ने ।

डेस्कटपमा हुने अनावश्यक फाइल Delete गर्ने ।

Operating System भएको Hard Disk Partition मा भुलेर पनि  Image,  Audio, Video का File हरू नराख्ने ।  My document भित्र भएका My Picture, My Video, Download जस्ता Folder भित्र कुनै पनि File नराख्ने ।

इन्टरनेटबाट Download गर्दा आवश्यक प्रोग्राम तथा कार्यक्रम मात्र Download गर्ने ।

कम्प्युटरमा आवश्यक Antivirus Install गरि समय समयमा Update गरिरहने ।

यति गरि रहेमा तपार्इको कम्प्यूटरले सितिमिति  दुःख दिने छैन र ढिलो पनि हु्ने छैन ।