11 Baishak, 2075 | 24 April, 2018 Tuesday
अाकाशमा ताराहरू कति छन् ?
2017-07-23 | तीतोपाटी डट कम
तोयानाथ उपेक्षित,  आकाशमा टिलपिलाई रहने ताराहरु सवैले सधै हेर्ने गरेका हुन्छौ । तर तिनको उपस्थिती लाई लिएर कमै मानिसका मनमा धेरै कुराहरु खेल्दछन ? हाम्रा नांगा आँखाले देख्न सकिने हजारौ ताराहरु कहाँ होलान ? हामी भन्दा कति धेरै पर होलान ? तिनको आकार र प्रकार कस्तो होला आदि ईत्यादी कुराहरु जब खुला आँकाशमा मनिस ले अन्ध्यारोमा हेर्दछ तब सोच्न थाल्छ । मानिसका मनमा तिनको रोमान्चक दृष्यले अनेक सवाल खडा गरिदिन्छ ।  तर यसको उत्तर कहि भेटिन्दैन त्यहि भएर धेरैले तिनको विषयमा खासै मतलब मतलब राख्दैनन । 


बैज्ञानिकहरुले हाम्रो ब्रमाण्डको विषयमा धेरै अध्यान र खोज गरिरहेका छन । शताव्दिऔ देखि तिनका बारेमा विभिन्न विचार र विश्लेषण हुने गरेका छन तर ती विचारहरु वा विश्लेषणहरु यत्रो ब्रमाण्डको अध्यायनका लागि नर्सरीमा पढ्ने बालकको ज्ञान बराबर पनि होईन । ब्रमाण्डको पुरै हिस्सा मध्ये एक प्रतिशत ज्ञान समेत मानिसले आर्जन गर्न सकेका छैनन । जे जति ज्ञान हासिल गरेका छन ति पनि अधुरा नै छन । बर्तमान विज्ञानको क्षमता ब्रमाण्डको अध्यानका लागि अपर्याप्त छ । तर बैज्ञानिकहरु स्पेसका विषयमा सधै तल्लिन छन । उनीहरु हाम्रो ग्रहमाथि कुनै खतरा पो आउने हो की भनेर सधै आकाशको निगरानी गरिरहेका हुन्छन ।  


यो शताब्दिकै महान बैज्ञानिक स्टेफिन हकिंग्सले पृथ्वीको आयु एकदमै छोटो भएका ले मानिस जाति लाई बचाई राख्ने हो भने पृथ्वीको विकल्प खोज्न भनेका छन । पृथ्वीका विकल्प खोज्ने क्रममा नै हो मनिसहरु चन्द्रमा पुगे तर त्यहाँ जीवनका लागि अनुकुल बातावरण नभएको पत्ता लाग्यो । अहिले मंगल ग्रहको दौडाहा चलिरहेको छ तर त्यहाँ पनि जीवन हुन सक्ला भन्नेमा थोरै आशा छ । खासगरेर मंगलको किनाराको भागमा मात्र थोरै आशा गरिएको छ । त्यहाँ पानी होला कि नहोला भन्नेमा पनि विवाद नै छ तर पनि मंगलको भित्री सतहमा पानी हुन सक्ने अनुमान गरिएको छ । अहिले सम्म मानब रहित दुई वटा यान मंगलमा अवतरित भईसकेका छन र तिनबाट प्राप्त डाटाहरुलाई बैज्ञानिकहरु ले अध्यायन गरिरहेका छन । सौर्य मण्डलमा रहेका नौ वटा ग्रह मध्ये थोरै आशा मंगलमा भए पनि अहिले सम्म मानिस पुग्न सकेको छैन । यसरी नै शनि ग्रहको चन्द्रमा लाई पनि बैज्ञानिकहरुले खोजको विषय बनाएका छन । बाकी सवै ग्रहहरु जीवन को लागि प्रतिकुल छन । 


यो सौर्यमण्डलको एउटा सदस्य पृथ्वी यो ब्रामाण्डमा एक्लो हाविटेबल जोन हो त ? हाविटेवल जोन भन्नाले जहाँ जीवनपयोगी बातावरण छ । होईन, भनिन्छ पृथ्वी जस्ता अनेकौ जीवन उपयोगी ग्रहरु छन तर ति कहाँ छन ? कति टाढा छन ? यो मुख्य सवाल हो । प्रिज्मा टु नाम दिएको एक ग्रहका विषयमा बैज्ञानिकहरु निक्कै आशाबादी छन जो हुबहु पृथ्वी जस्तै छ तर त्यो ग्रह साढे चार प्रकाश बर्ष टाढा छ । अहिले सम्म मानब निर्मित यान को गतिका को हिसावले त्यहाँ यात्रा गर्ने हो भने त्यहाँ पुग्न एक लाख बर्ष लाग्दछ । यो अहिले सम्मको बैज्ञानिक प्रबिधीले संभव छैन । प्रकाश को गति भन्दा कुनै बस्तु को गति छिटो नहुने भएकाले त्याहाँ पुग्न प्रकाशको गतिकै रप्तारको कुनै यानको भविश्यमा विकाश भए पनि त्यहाँ पुग्न बिस बर्ष को समय लाग्ने बताईन्छ । प्रकाश एक सेकेण्डमा ३ लाख किलोमिटर भाग्न सक्छ । 


सौय मण्डल हाम्रो पुरै ब्रमाण्ड को एउटा सानो सदस्य हो । यस्ता सौर्य मण्डल ब्रमाण्डमा कति छन कसैले अनुमान लगाउन सक्दैन । जब की ग्यालेक्सी मात्र पनि अरबौको संख्यामा छन । एउटा ग्यालेक्सी को समुहको एउटा सदस्य हाम्रो सौर्यमण्डल हो । एउटा ब्रमाण्ड भित्र अरबौ ताराहरु रहेको बताईन्छ । मिल्की वे अर्थात आकाश गंगा भित्र मात्र पनि  २० हजार कोरोड ताराहरु छन भनिन्छ । यस्ता आकाश गंगाहरु ब्रमाण्डमा एक सय अरब भन्दा धेरै रहेको बैज्ञानिक मत छ । यसरी हेर्दा ब्रमाण्डमा कति ताराहरु होलान तपाई आफै अनुमान लगाउनुस । अनुमान गर्न समेत असम्भव यो ब्रमाण्ड कसले र कसरी निर्माण भयो होला । यो विलकुलै रोचक छ । 


ग्लोबल साईन्समा प्रकाशित एक लेखमा बैज्ञानिक क्रिस्टोफरले ब्रमाण्डमा दुई ट्रिलियन तारा भएको अनुमान गरेका छन । जुन अध्यान रिर्पोट सन २०१६ मा प्रकाशित भएको थियो । हामी आकाशमा देखिने आकाश गंगाबाट कति टाढा छौ त ? एक अध्यायनले २६ हजार लाईट ईयर बर्ष पर रहेको निस्र्कष निकाले को छ । हरेक ब्रमाण्डमा ब्लाक होल हुने गरेको बताईन्छ जसको क्षेत्रफल कम्तिमा सवा दुई करोढ किलोमिटर हुने गर्दछ । जहाँ सूर्य पुगे पनि हराउदछ । 


आकाशमा देखिने ताराहरु को संख्याको कुरा गर्दा बैज्ञानिकहरु ले भनेका छन जति पनि पृथ्वीमा रहेका समुन्द्रहरु छन, तिनका किनारामा रहेको बालुवाको गणना गर । त्यसमा पनि माथिल्लो सतहको मात्र हाईन । बालुवाका प्रत्येक लियर मा कति कणहरु होलान ती सवै मिलाउदा पनि  ब्रमाण्डमा रहेका ताराहरु को संख्या बराबर हुदैनन । अर्थात मानब मस्तिस्कले कल्पना गर्नै नसक्ने ताराहरु ब्रमाण्डमा रहेका छन । ताराहरु भन्ने वित्तिकै मानिसहरुको दिमागमा सानो आकार को टिलपिलाउने चित्र निर्माण हुन पुग्दछ । ती भन्दा ठुलो त चन्द्रमा नै होलान भन्ने सामान्य मानिसहरु सोच्ने गर्दछन तर त्यसो होईन । धेरै टाढा रहेकाले तिनको आकार सानो टिमटिमाईरहेको देखिएको मात्र हो बास्तबमा तिनीहरु पृथ्वी भन्दा हजारौ गुणा ठुला पनि छन र पृथ्वी जस्ता आकार का पनि होला । ती ताराहरु आफैमा कोही सूर्यको स्वरुपमा आफ्नै प्रकाश भएका त कोही हाम्रो चन्द्रमा जस्ता प्रकाश परावर्तन गर्ने हैसियतमा होलान । आर्थत एउटा तारा आफैमा एउटा सूर्य पनि हो र पृथ्वी पनि हो । यहाँ बाट देखिने प्रत्यक ताराहरुका आफ्ना परिवार पनि हुन सक्छन । जुन हामीले देख्न नसकिरहेका हुन्छौ । अत ब्रमाण्ड को परिकल्पना अत्यान्त्यै विचित्रको र अपार छ । यसलाई बुझेर कहिल्यै बुझ्न सकिन्दैन । 

श्रोत विभिन्न न्युज एजेन्सी