12 Jestha, 2075 | 26 May, 2018 Saturday

तीतोपाटी डट कम -  प्रवाशमै बसेर पनि गीत संगीतको साधनामा लागेका सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायक डि बि लोप्चनको तीजको कोसेली "फुलको डालीमा" गीत म्यूजीक नेपालको युटुबमार्फत च्यानल मार्फत बजारमा आएको छ ।

 

लोप्चनको उक्त गीतमा युगल गायनमा इन्दिरा शाले साथ दिएकी छन् । बसन्त फिल्मस प्रा. लि. ले बजारमा ल्याएको उक्त गितको शब्द सिर्जना सरद पाण्डेले गरेका छन् भने लय विरदास नेपालको रहेको छ ।

 

करन चैंसिरको छायंकन, बिष्णु शर्माको सम्पादन र प्रकाश भट्टको निर्देशन रहेको उक्त  म्युजिक भिडियोमा दुर्गेश थापा र रश्मी तामाङको मुख्य भुमिका रहेको छ ।