10 Falgun, 2074 | 22 February, 2018 Thursday
तीतोपाटी डट कम - कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै एक युवती निर्घात कुटिएकी छन् । साथै स्थानीय जनप्रतिनिधि र गाउँलेहरुले मिलेर युवकलाई ‘प्रेमिका’को परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका छन् ।

घटना हो, सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ (साविकको असुरैना गाविस) डिहुली गाउँको ।

गत असार १९ गते हो । तर, भिडियो सार्वजनिक भएसँगै घटना बाहिर आएको हो । परिवारका सदस्यले घेरा हालेर युवतीमाथि कुटपिट गर्दा पनि स्थानीय रमिते बनेर बसेका छन् ।

मीना यादव र दिनेश लोध एकअर्कालाई प्रेम गर्थे ।  मीनाको बाल्यकालमा नै अर्को युवकसँग बिहे भइसकेको तर, गौना हुन बाँकी थियो । युवक पनि विवाहित भएको बताइएको छ ।

दुईको प्रेम सम्वन्ध रहेको थाहा भएपछि परिवारले भेट्न आएको समयमा दिनेशलाई नियन्त्रणमा लिए । उनलाई कुटपिट गर्न थालेपछि युवती बचाउन गइन् । त्यही झोकमा परिवारका सदस्यहरु मिलेर लछारछार गर्नुका साथै लाठीमुग्रा गरे ।

छिमेकीहरु बसिपरि बसेर हेरि रहे । कसैले पनि कुटपिटमा उत्रिएकाहरुलाई रोकेनन् । घटना पश्चात प्रहरीले कुटपिट गर्ने युवतीका वुवा इन्नर अहिरलाई पक्राउ गरेर थुनामा राख्यो ।

तर, भोलिपल्टै मर्चवार गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाँ, सम्मरीमाई गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सत्यनारायण बनिया र स्थानिय जर्नादन यादव लगायतले अहिरलाई छुटाएका थिए । विगतमा मानसिक रोगको औषधि खाएका अहिरले आफूलाई देउता चढेको भन्दै तोडफोड गर्न थालेकाले पनि थुन्न गाह्रो भएको मर्चवार निमित्त प्रमुख प्रहरी नायब निरीक्षक नरीश्रवर अर्यालले बताए ।

यद्यपि मेडिकल रिपोर्टमा युवतीमाथि निर्घात कुटपिट भएको देखिएको उनले स्वीकार गरेका छन् ।अझ अनौठो त के छ भने युवतीलाई चरम याताना दिने युवती पक्षले नै एक लाख रुपैयाँ नगद समेत पाएको छ । दिनेशको परिवारदे एक लाख रुपैयाँ बुझाएका छन् ।

प्रेम सम्बन्धको कारण युवती बदनाम भएको र विवाह गर्नुपर्ने भएको भन्दै दिनेश लोधका बुबालाई कारवाही स्वरुप एक लाख रुपैयाँ युवतीका बुबालाई तिर्न लगाएका छन् ।





महाबिर अबिस्कार केन्द्रलाई सगरमाथा परोपकारी समाज कुवेत द्वारा सहयोग

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण

४१ दिन देखी अस्पतालमा रहेका नर बहादुरको लुम्बिनी समाजको बिशेष पहलमा उद्धार

कोसेली समुहको दशौं वार्षिक उत्सवका साथ छापा पत्रिका मरूभूमिको कोसेलीको २९औ अंक बिमोचन सम्पन्न

घरेलु मदिरा सहित कुवेतमा दुई नेपाली पक्राउ,पक्राउ पर्नेमा एक महिला पनि

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

कुवेतमा १६औं बमजन गोल्ड कपका पहिलो र क्वार्टर फाईनल चरणका सम्पूर्ण खेलहरु सम्पन्न

दोस्रो पटक प्रधानमन्त्री भएपछि ओलीका यी सात संकल्पहरु यस्तो छ