8 Falgun, 2074 | 20 February, 2018 Tuesday
 तीतोपाटी,कुवेतमा महाशिवरात्री पर्व भब्यरुपमा मनाइएको
छ। हिन्दु जागरण अभियानको आयोजनामा हीजो जिलिपको रिदम हलमा एक कार्यक्रमको आयोजना गरि पर्व मनाइएको हो ।

पुजापाठ तथा भजनकृतन साथै हिन्दु जागरण अभियानका कुवेतका संयोजक टिकाराम आचार्यको हातबाट टिका प्रसाद ग्रहण गरि मनाइएको कार्यकममा नेपाली दुतावास परीवारका साथै  कुवेतमा कृयाशिल संघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, समाजसेवीका साथै  कुवेतबासि नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।