8 Jestha, 2075 | 22 May, 2018 Tuesday
तीतोपाटी -बिश्वकमर्मा समाज नेपाल-कुवेतको एेतिहासिक प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।


"सम्पुर्ण बिश्वकर्माहरू एक होअाैं- कला, सीप र पहिचानको संरक्षण गराै" भन्ने मुल नाराका साथ गत अक्टोबर महिनामा तदर्थ समिति मार्फत गठन भएको बिश्वकर्मा समाज नेपाल-कुवेतकोअाज २३ डिसेम्बर २०१६ का  दिन कुवेतको खैतान स्थित राजधानी इन्डियन रेष्टुरेन्टमा नेपाली राजदूतावास कुवेतका द्दित्तिय सचिव भोगेन्द्र लिङदेनको प्रमुख अातिथ्यता तथा श्रम सहचारी मनोज  कुमार  सिंह र सहचारी शुरेष अधिकारीको विशेष अातिथ्य एवं विभिन्न संघ सँस्थाका प्रमुख, पदाधिकारी तथा प्रतिनिधिहरूको अातिथ्यमा शिब घमाल बिश्वकर्माको अध्यक्षतामा नयाँ  कार्य समिति गठन  गर्दै सम्पन्न भएको हो ।


अधिवेशन समारोहमा नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ सँस्थाका प्रमुख, पदाधिकारीहरू तथा प्रतिनिधिहरू, संचारकर्मीहरू, कलाकारहरू, खेलाडीहरू, समाजसेवी, बुद्धिजीवी लगायत बिश्वकर्मा समाज नेपाल-कुवेतमा अावद्ध भइसकेका र अाबद्ध हुन चाहने बिश्वकर्मा दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिती रहेको थियो ।


निर्धारित समय भन्दा केही ढिलो गरि शुरू भएको  अधिवेशन समारोहलार्इ कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासका द्दित्तिय सचिव भोगेन्द्र लिङदेन, श्रम सहचारी मनोज कुमार सिंह, सहचारी शुरेश अधिकारी लगायतबाट सामुहिक रूपमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको थियो भने प्रमुख अतिथि एवं विशेष अतिथिहरूले बिश्वकर्माहरूले अाफ्नो जातीय हक, हित र अधिकारका लागि प्रवाशबाट अावाज बुलन्द गर्न लागेकोमा सकारात्मक कार्यको शुरूवात भन्दै नेपाली राजदूतावास कुवेतको कानून र कुटनैतिक मर्यादा भित्र रहेर सहयोग गर्न तयार रहेको भन्दै सम्पुर्ण नेपालीहरूका अा-अाफ्ना साँस्कृतिक पहिचान भए जस्तै कला काैशल र सीपको धनी बिश्वकर्माहरूले अाफ्नो साँस्कृतिक पहिचान कायमै राख्न प्रवाशबाट प्रयाश थालनी गरेकोमा खुशी व्यक्त गर्दै अधिवेशन सफलता तथा नव गठित कार्य समितिको सफल कार्यकालको लागि शुभकामना व्यक्त  गरेका थिए ।

समारोहमा अधिवेशन सफलता तथा नयाँ कार्य समितिको सफल कार्यकालको शुभ-कामना व्यक्त गर्ने वक्ताहरूले कुवेतमा कृयाशिल अन्य सँस्थाहरूले झै बिश्वकर्मा समाज नेपाल कुवेतले पनि अाफ्ना नारा वमोजिमका कार्यहरूका साथै प्रवासका  नेपालीहरूका पीडामा मलहम लगाउने कार्यमा इटा थप्ने काम गरेको बताउँदै अाँफु अाबद्ध सँस्था बिश्वकर्मा समाज नेपाल-कुवेतसँग  सहकार्य गरेर जान चाहेको बताएका थिए ।

अधिवशेन सफलता तथा नयाँ कार्य समितिको सफल कार्यकालको शुभकामन दिंदै देश विदेशबाट अाएका शुभ-कामनाहरू समयाभावका कारण  कार्यक्रममा बाचन गर्न नसकिए पनि शुभकामनाहरू प्राप्त भएको अायोजकहरूले बताएको उक्त अधिवेशन समारोहका प्रमुख निर्वाचन अायुक्त बिरबिक्रम सुन्चाैरी बिश्वकर्माले सर्व सम्मतिबाट  अनुमोदित नया कार्य समितिलार्इ निर्वाचन प्रकृयाबाट अधिवेशनमा पारित गराएका थिए भने उद्घाटन सत्रको सभापतित्व तदर्थ समितिका संयोजक शिब बिश्वकर्माले गरेको उक्त समारोह समितिका महासचिव हितकाजी गाैतम बिश्वकर्मा तथा सल्लाहकार जीवन  लामगादे बिश्वकर्माले संयुक्त रूपमा संचालन गरेका थिए ।

बिश्वकर्मा समाज नेपाल-कुवेत गठन गर्नका लागि नृपालमै रहेर पनि अावश्यक सर सल्लाह तथा सँस्थाको बिधान लगायतको सहयोग गर्ने राजकुमार घमाल बिश्वकर्मालार्इ विशेष स्मरण गरिएको उक्त कार्यक्रमलार्इ रोचक र मनोरन्जनात्मक बनाउन कार्यक्रमको मध्यान्तर पछि बिभिन्न कलाकारहरू कृष्ण सुनार, सागर खड्का, के.बि. बिश्वकर्मा, अनुराग बिश्वकर्मा, सरस्वती बराइली तथा सुकमती बिश्वकर्मा लगायतले बिभिन्न गीत संगीत प्रस्तुग गरेका थिए भने जीवन लामगादे बिश्वकर्मा लगायतले बिभिन्न नृत्यहरू प्रस्तुत गरेर कार्यक्रममा भरपुर मनोरञ्जन प्रदान गरेका थिए साथै  कार्यक्रमको अन्त्यमा सम्पुर्ण अतिथिहरूलार्इ दिवा भोज गराइ वदाइ गरिएको थियो ।

एेतिहासिक प्रथम अधिवेशनबाट अनुमोदित भइ गठित नयाँ कार्य समितिको अध्यक्ष पद सम्हालेका संयोजक शिब घमाल बिश्वकर्माले बिश्वकर्माहरूको कला, सीप र पहिचानको पक्षधर भएर कार्य गर्ने बताउँदै कुवेतमा कृयाशिल सम्पुर्ण संघ सँस्थाहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रण गर्दै अाफ्नो नेतृत्वमा कार्य समिति गठन भए पनि सम्पुर्ण बिश्वकर्माहरूको साथ सहयोग र सहकार्यमा समाजलार्इ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्दै अधिवेशनको समापन गरेको उक्त अधिवेशनबाट अनुमोदित बिश्वकर्मा समाज नेपाल-कुवेतको नव गठित कार्य समिति यस प्रकार रहेको छ ।

सल्लाहकारहरूः

बिरबिक्रम सिन्चाैरी बिश्वकर्मा
जीवन कुमार सुन्चाैरी बिश्वकर्मा
जीवन लामगादे बिश्वकर्मा
भूमा रसाइली बिश्वकर्मा                                          
कृष्ण बिश्वकर्मा

कार्यसमितिः
अध्यक्षः                    शिब घमाल बिश्वकर्मा
उपाध्यक्षः                सन्तोष लामगादे बिश्वकर्मा
उपाध्यक्षः                मिरा  पाैडेल बिश्वकर्मा
महासचिवः               हितकाजी गाैतम बिश्वकर्मा
सचिवः                       कुमार बराइली बिश्वकर्मा
कोषाध्यक्षः                गम बहादुर गाैतम बिश्वकर्मा
सह-कोषाध्यक्षः        कृष्ण खड्काथोकी बिश्वकर्मा

सदस्यहरूः
अोमप्रकाश बिश्वकर्मा
अनिल रामदाम बिश्वकर्मा
सरस्वती बराइली बिश्वकर्मा
माया बिश्वकर्मा
अाशा सुन्चाैरी बिश्वकर्मा
बिष्णु कुमारी बराल बिश्वकर्मा
अर्जुन रामदाम बिश्वकर्मा
राजु खड्का बिश्वकर्मा
राजु बिश्वकर्मा
राजु घमाल बिश्वकर्मा
अर्जुन घमाल बिश्वकर्मा
अोजन बिश्वकर्मा
दुर्गालाल बिश्वकर्मा
राजु बिश्वकर्मा