8 Jestha, 2075 | 22 May, 2018 Tuesday

तीतोपाटी डट कम, चितवन सेवा समाज कुबेतले कुवेतवासी नेपालीहरू माझ बिजया दशमी एबम शुभ दिपावलीको शुभकामना अादान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको शुक्रबार फर्वानिया स्थित अल हाइतम रोयल रेष्टुरेन्टको सभाकक्षमा नेपाली दुताबास कुबेतका प्रथम सचिब अम्बिका जोशीले दियो जलाएर उद्घाटन गरेका थिए ।


 चितवन सेवा समाजले आफ्नो स्थापनाको छोटो समयमा आफ्ना गतिविधलाई तिब्र बनाउदै सामाजिक कार्यमा सक्रिय रहेको भन्दै बक्ताहरुले तारिफ गरेका थिए । कार्यक्रमा आफ्नो मन्तब्य राख्दै दिपावलीको शुभकामना दिनेहरुमा प्रमुख अथिति जोशी, नेपाली दुताबास कुबेतका दुर्तिय सचिब भोगेन्द्र लिन्देन, एन आर एन ए कुबेतका महासचिव अमित राई महिला सदस्य मधु बगर, तामाङ्ग घेदुंग कुबेतका अध्यक्ष् अमृत तामाङ्ग, खोटांग कुबेत सम्पर्क मंचका अध्यक्ष् मन्जित राई, मध्येपश्चिम सेवा समाजका अध्यक्ष् गणेश रावत पत्रकार नबराज पन्थी, कोषराज राई, केदार आले मगर लगायतका ब्याक्तिहरु थिए ।


समाजका सल्लाहकार बसन्त थापाले मन्तब्यबाट उपस्थित सबैको स्वागत गरेका थिए भने कार्यक्रम समाजका अध्यक्ष् नबिन लोप्चनको सभापतित्व र रमेश किरातीको संचालनमा सम्पन्न भएको थियो । शुभकामना कार्यक्रममा थप मनोरंजन प्रदान गर्न सोम रसाइली नेहा राई, मोनिका सोनाक्क्षि मगर, खुशी प्रधान र कुमार तामाङ्गले आकर्षक नृत्यहरू प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमामा चितवन समाजमा अ।बद्ध हुन चाहने नयाँ सदस्यहरुलाई अध्यक्ष् नबिन लोप्चनले स्वागत गर्दै कार्यसमिति सदस्यहरुलाई प्रमुख अथिति अम्बिका जोसीले सम्मानपत्र समेत प्रदान गरेका थिए ।