8 Jestha, 2075 | 22 May, 2018 Tuesday

तीतोपाटी डटकम-कुवेतबाट सन्चालित अनलाइन परदेशी खबर डटकमको आउदो अक्टोबर १४ तारिक शुक्रबार हुने तेस्रो वार्षिकोत्सबमा परदेशी खबर अवार्ड २०१६ प्रदान गरिने भएको छ।

परदेशको बसाईसंगै नेपाली समाजमा बिभिन्न क्षेत्रबाट योगदान दिने ब्याक्तित्वहरुलाई नोमिनेसनको माध्यमबाट हरेक क्षत्रबाट ४ जनालाई छनौट गरिने र उत्कृष्टको आधारमा एकजनालाई अवार्ड बिजयी घोषणा गरिने परदेशी खबर डटकमका प्रमुख कार्यकारी सम्पादक कोश राज राइले तीतोपाटी डटकमलाई बताए।   

परदेशी खबर अवार्ड २०१६ मा उत्कृष्ट समाजसेवी ( महिला पुरुष), उत्कृष्ठ पत्रकार ( महिला, पुरुष), उत्कृष्ट गायक, गायीका, उत्कृष्ट साहित्यकार, (महिला, पुरुष), उत्कृष्ट हस्पिटयालीटि(उध्यमी) गरी जम्मा ९ जनालाई अवार्ड बिजेता घोषित गरिने छ।

मुर्गाब स्थित प्यारागन रेष्टुरेन्टमा आयोजना हुने अवार्ड समारोहमा प्रमुख अतिथी, बिशिष्ठ अतिथीहरुबाट अवार्ड बिजयीहरुलाई अवार्डका साथमा प्रमाण पत्र प्रदान गरिने कुरा परदेशी खबर डटकमको आज खैतानमा बसेको परदेशी खबर बोर्डको बैठकले अन्तिम निर्णय गरेको हो।

यसै बिच आयोजकले कुवेतको सम्पूर्ण संघ संस्थाहरुलाई, बुद्दिजिबीहरुलाई, समाजसेवीहरुलाई र नोमिनेसनमा परेकाहरुलाई पत्र पठाईएको कुनै कारण बस पत्र प्राप्त हुन नसकेमा यसै समाचारलाई आधार मानेर कुवेतमा बसोवास गर्नुहुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुमा उपस्थित भईदिन हुन अनुरोध गरेको छ।