8 Jestha, 2075 | 22 May, 2018 Tuesday


2018-05-21 | कोसेलीन्यूज
गजलस्वार्थ लुकाई मनको भाव पोख्ने कति कतिबुबा-आमा पुज्न छोडेर ढुङ्गा ढोग्ने कति कतिमान्छे-मान्छे बिच बिश्वास  हराउदै गए पछिप्रेमरुपि भावनालाई मुल्य तोक्ने कति कतिजनता भन्दा नेता धेरै,गुटबन्दी धेरै भयोबिकास चै जिरो गर्ने भाषण ठोक्ने कति कतिअाफु पनि नगर्ने यहाँ ,अरुको नि खुट्टा तान्नेप्रवृत्ति खराब हुनेले बाटो रोक्ने कति कतिझुट नै झुटको खेती हुन्छ,बिचित्र संसारमाझुटलाई पनि सहि हो भनि खोक्ने कति कतिनाम : सिम्रन मोक्तान तामाङ ठेगाना : सिन्धुपाल्चोक हाल : कुवेत...


2018-05-18 | कोसेलीज्युज
 सिम्रनका तीन मुक्तक१)अरुको   सामु   तमासा   देखाउनु   छैन   मलाई हिड्नु छ तर अरुको  बाटो  छेकाउनु छैन मलाई भाग्य त  मेरो  लेखी   सक्यो  कर्म  गर्नु  छ  अबयो भाग्य  मेटाई  अरु भाग्य लेखाउनु छैन मलाई २)राम्रो  कुरा  सिक्नु  छ  मलाई  नराम्रो  हैनसिकेको  कुरा    कहिल्यै   पनि  बिर्सिन्दैन जानेको  कुरा अरुलाई पनि सिकाउछु  बरुतर अरुलाई हराएर मलाई जित्नु  पनि छैन ३)प्रतेक  व्यक्तिमा  एकएकवटा कला हुन्छगजलको   पहिलो   शेर   नै  मतला हुन्छ  दुई  हात  एकैसाथ  जोडी रुपमा बजाउनेसंगीतको  लागि  तालबाजा  तबला  हुन्छनाम : सिम्रन मोक्तान तामाङठेगान : सिन्धुपाल्चोक हाल : कुवेत...


2018-05-16 | कोसेलीन्यूज
मनलाई सोध- बिमला पण्डिततिमी आफ्नै मन लाई सोधेर हेर गलत कामको फल ।तिमी आफ्नै जीवनलाई सोचेर हेर बुद्दी ठुलो कि बल ।।सही र गलत त तिमी छुट्ट्याउन सक्छौ तर आफ्नो फाइदाको लागी आखा चिम्लेर गलत गर्छौ ।हो मनोबाद  रुपी मनलाई एकान्तमा सोध ।हो एउटा प्रश्न रुपी गुरु र जवाफ दिने चेला तिमी भित्रै छ भो दुनियालाई नसोध ।यहाँ शंकाको भरमा हल्ला गर्छन् वास्तबिक्तालाई नबुझी डेरा सर्छन ।।तिमीलाई बिगार्न फुर्काएर उचालेको  तिमी पत्तो पाउन्नौ जब रुखमा चढाएर फेदमा खसाल्छन  त्यो बेला पत्कर झै कुहीएर झर्छौ ।यो सबै सोचेर हेर तिमी आफ्नै मनलाई सोधेर हेर ।तिमी भित्र नै एक मास्टर माइन्ड छ नी होइन र ?उस्कै नाम...


2018-05-14 | तीतोपाटी
कविता - नाकाबन्धीअाज भारतीय प्रधानमन्त्री महामहिम मोदी ज्युकोदुई दिने नेपाल भ्रमण हेरे हेरे धित मरुन्जेल हेरे अनि उबेलाको पिडा सम्झि सम्झिअन्जुली भरि अाँशु थाप्दै थाप्दै रोएँ ।घरबेटीले अागो बाल्न प्रतिबन्ध लगाएको रातभरी लाइन बस्दा पनि अाधा लिटर मट्टितेल नपाएको,पेटमा चुर्ना दौडिएको सिटामोल नपाएको ,दृश्यहरु मात्र अाउँछमोबाइल अनि टेलिभिजनमा त्यहि दृश्य सम्झि सम्झि अाँशुका बलिन्द्रा झार्द‌‌ै झार्दै रोएँ ।।धन्यवाद छ महामहिम !पर्यटन बिकासको बिज्ञापनको लागि धन्यवाद छ महामहिम सहयोग अनि अनुदानको लागि कठै गरिबिको भुमरीले रुमलिएको मेरो देश अनि हामी गरिब जनता सम्झि सम्झि छातिमा मुठ्ठी बजार्दै बजार्दै रोएँ ।माधव पौडेल असलयात्री...


2018-05-13 | केदार नाथ खरेल
आमा तिमीले छोडे देखि माम पाएको छैन।जथाभावी हेपेर डाक्छन नाम पाएको छैन।काम माग्दै हिँड्नु पर्छ पढ्ने लेख्ने उमेरमा।पत्याउँदैन नि सानो देखेर काम पाएको छैन।रुँदा रुँदै भोकै सुत्छु दया गर्ने छैन  कोहि।मेरो बाल मस्तिष्कले आराम पाएको छैन।चोर्न, ढाँट्न, छल्न न त मागी हिँड्न सकें।दूधभात किनी खान मैले दाम पाएको छैन।स्वर्ग बसेको हुन्छ भन्छ आमाको काखमा।म टुहुरोलाई के थाहा त्यो धाम पाएको छैन।के नै पाप गरें मैले टुहुरो बनायौ दैब मलाई।अंधकार भो मेरो जीवन घाम पाएको छैन।राज श्रेष्ठ हेटौंडा - १५, मकवानपुर हाल - कुवेत।...


2018-05-13 | केदार नाथ खरेल
ढाडको रोगी छु गरि खान सक्दैन पहिले जस्तो।हट्टाकट्टा तन्दुरुस्त यो ज्यान छैन पहिले जस्तो।उपचार नि भाकै हो तापनि कटकट जिउ खान्छ ।म सोचिरन्छु मेरो ज्यान किन भैन पहिले जस्तो।मैले कसो गरी पाल्ने होला मेरो घर परिवार।रातदिन यै पिरले छैन् मन्मा चैन पहिले जस्तो ।कोहि कोहि आफै सकिएर पनि धपक्क देखिन्छन् ।हो देख्न सक्छौ बलेपछि हुन्न मैन पहिले जस्तो।एस पि माथवरदाङ २०७३/चैत्र /३/ शुक्रबार १ बजे राति...


2018-05-12 | कोसेलीन्यूज
मुक्तक- गगन बिष्ट-अाज नेपालकाे पहिरन हरायाे.अनि पहिचान हरायाे ।बिश्व मै छाती फुलाउने.नेपालीकाे मान हरायाे ।हामी राष्ट्रबाद हु भन्नहरु.अाज माेदीकाे गुलाम भैदिए । कहिलै नभुल्ने गरि यहाँ,नेपालकाे सान हरायाे ।...


2018-05-12 | कोसेलीन्यूज
गीत - अविनाश थापाउठाई शिर ,फुकाई छाती------- जिउने मन छ, यो जुनिमा  मरेभने यदी म,मिलाई दिनु मलाई साथी यही प्यारोभूमिमा नेपाली नै मन मेरो-------  नेपालै हो देश मेरो  नेपाली र नेपाल संगै -----मिल्छ परिवेश मेरो ।............ ............चाहे हिमाल ,चाहे पहाड -------- चाहे  तराई जाउँ म  आफ्नै मातृभूमी सम्झी -------- पाईला राख्न पाउँ म  मेरा पाईला देशका निम्ती ------- वैशाखी नै बनुन बरु देश हाँसेको देख्न पाउँ म ---------- चाँहिदैन केहि अरु ।नेपाली नै मन मेरो -------नेपालै हो देश मेरो नेपाली र नेपाल संगै ----मिल्छ परिवेश मेरो।............ भत्किएका पाटीपौवा -बिग्रीएको अवस्थालाई मर्मत ,स्याहार गरेर -------बचाउनु छ देशलाई देश बनाउने सपना मेरो---- राखेकै छु संगालि।युगौंयुग मेरो देशलाई ----- राख्न पाउँ अँगाली।नेपाली नै मन...


2018-05-10 | कोसेलीन्यूज
भो आमा, अब तिम्रा कुरा मान्दिन- रजनी ढुंगानाआमा ,कहिलेकाही तिमी  बिग्रिएका खित्रींग मित्रिंग ,बनाइ माग्न त्यहा पठाउछ्यौ,उ भएको ठाउमा ,म ढिठ अटेरी बनेर ,तिमीले, अर्हाएको मान्दिन।किनकि आमा,त्यहा, म अटेरी बन्दा, तिमीले , सिर्कनाले ,पिड्यौलामा हिर्काए भन्दा ,असह्य पिडा हुन्छ,तिमीले ,जगल्टा ,भुत्ल्याउदा भन्दा ,चर्को दुख्छ।तिम्रो नजरमा,सानो निक्कै सानो, उ मेरा अगाडि विशाल पहाड झै,उभिन्छ,घनघोर पहिरो भै ममा खस्छ,अनि बेमौसमी बाढीले झै उर्लिएरमेरो,सारा बालापन बगाउछ।आमा,मेरो कलिलो बालक देहलाईउ,तरुनीको वय सम्झेर गिजोल्छ,मेरो भय र किंकर्तव्यविमूढ़ता लाई ,उ लज्जा र मौन स्वीकृति सम्झन्छ।उसले  जोडिदीएका,मर्मत, गरिदिएका तिम्रा सामानझै,उ पनि मलाई ,सामान सम्झन्छ,खेल्छ,खोल्छ,परिक्षण गर्छ,अनि कहिल्यै नबन्ने गरि ,चिल्थो बनाउछ,आमा ,म क्षतविक्षत भैसक्दा पनि,न मेरो क्षति म बताउन जान्दछु,न तिमी, जाच्न भ्याउछयौ।तिम्रो...


2018-05-02 | केदार नाथ खरेल
     अब म जाऊँ कहाँ ?शहर होस् या गाउँ, जहाँ गए पनि डर र त्रास छ ।बालिका बलात्कृत हुन्छिन्, अब म जाउँ कहाँ ।।जहाँ आमा र हजुर आमालाई छाडेनन् तिनले।रक्षकबाट बलात्कार हुन्छ, अब म जाउँ कहाँ ।।शान्तिसँग बाँच्न पाइदैन, अशान्ति छायो यहाँ।ब्यापारीहरु डरले लुक्नु पर्ने, अब म जाउँ कहाँ ।।बलात्कारी जोगाएर, पीडितलाई दिइन्छ सजाय।राज्य संयन्त्रले न्याय दिएन, अब म जाउँ कहाँ ।।देशको कारखाना बन्द भएर, युवाहरु विदेश गए।शव बोक्ने नारी मलामी हुँदा, अब म जाउँ कहाँ ।।श्रीमान विदेशमा सुख्खा रोटी खाएर कमाउँछन्।श्रीमति नाठोसँग रमाउँछन्, अब म जाउँ कहाँ ।।लेखकः केदार नाथ खरेलहाल- कुवैतमितिः २०७५ वैशाख १९...


2018-04-26 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- म कामीको छोरी हु,किन म मान्छे हहैनर!कमाइ गरि खानेको छोरी हु,म किनर मान्छे हैनर!!कुकुर बिरालो सम्म पनि न हुने मान्छेमा पनि !परै देखि छि छि दुर किन म मान्छे हैनर !!जवानिको बैँस पोखन दलितको शरीर चल्ने !पानी छुदा अछुत हुनि,किन म मान्छे हैनर !!मोहि पार्ने ठेका चल्ने मन्दिर भित्र मुर्ती !मैले पुज्दा मन्दिर अछुत,किन म मान्छे हैनर!!बाइबल शास्त्र कुरानमा देखिन जात लेख्याको!तर मान्छे मान्छेमा फरक,किन म मान्छे हैनर!!जानकी जानु हाल- कुवेत...


2018-04-25 | तीताेपाटी डट कम
पैसाको लागि साथीले साथीको हत्या गर्दछ ।जग्गाको लागि दाईले भाईको हत्या गर्दछ ।।पदको लागि आफन्तले आफ्नैको खुट्टा तान्छन ।कुर्सीकै लागि एकले अर्को पार्टीलाई खसाल्छन ।।एउटा केटीकै लागि साथीले साथीलाई धोका दिन्छन् ।एउटा केटाकै लागि बहिनी दिदीमाथि सौता बन्छन् ।।आफुलाई साहित्यकार देखाउन अर्काको कृती चोर्छ ।अरुलाई ठगेर आफुलाई समाजसेवी घोषणा गर्छ ।।एउटालाई बचाउन डाक्टरले अर्काको मिर्गौला चोर्छ ।आन्दोलन दबाउन पुलिसले जनताको टाउको फोर्छ ।स्वार्थकै लागि नेताहरु घरी-घरी पार्टी फेर्ने गर्दछन् ।लोभ-लालचले गर्दानै मानिस नर्क कुण्डमा झर्दछन् ।।लेखकः केदार नाथ खरेलठेगानाः जितपुर सिमरा उप-महानगरपालिका-16 आदर्शनगर, बाराहालः कुवैत...
2018-04-25 | तीताेपाटी डट कम
“सुन्नुन!”“भनन!”“कस्तो पोल्यो!” उसले रुन्चे स्वरमा बोलि।“के पोल्यो?”“केके पोल्यो नि! घाउ नै पार्दिनु भयो कि क्याहो?” ऊ म संग बच्चा झैँ टाँसिदैं पिडा सुनाइ।मैले उसको सिरलाइ मेरो छातिमा राखेर सानो स्वरमा बोलेँ “अघि नै भन्न पर्दैन त? पहिलो पटक भएर त्यस्तो भएको होला। एकछिनमा ठिक हुन्छ।”मेरो सान्त्वना पाएर सायद ऊ ढुक्क भइ। केहि बोलिन। मलाइ जोडले पकडेर मेरो छातिमा टाँसिइ रहि। मैले एकपटक उसको शरिर नियालेँ। उसको सर्वाङ्ग नाङ्गो शरिर मेरो शरिरमा टाँंसिएको थियो। उसको एउटा खुट्टा मेरा खुट्टाको बिचमा थियो। उसको कम्मर मेरो कम्मरको दाइने भागमा जोडिएको थियो। उसका सेता अनि मुलायम तिग्राहरु मेरो तिग्रामा खप्टिएका थिए। उसको कोमल छाती...


2018-04-25 | केदार नाथ खरेल
हे मानिसहरु अब त आँखा खोल-यो कस्तो बिडम्बना, मानिस पाप कार्यमा फस्दैछन् ।दाजुले बहिनी र बाउले छोरीलाई बलात्कार गर्दैछन् ।।नास्तिकहरु बढेर, धर्म-कर्ममा आस्था हट्दै गएको छ ।पुण्य-कर्म छोडेर, मानिस पाप कार्यमा बढ्दै गएको छ ।। जानु छ हामी अवश्य एकदिन उनै ईश्वरको शरणमा ।प्रार्थना र उपासना गरौं हामी एक ईश्वरको चरणमा ।।जे जस्तो कर्म हामीले गरेका छौ त्यही फल पाउनेछौं ।पुण्य कार्य गर्यौ भने दिब्य स्वर्गमा रमाउन पाउनेछौं ।।धनको लालचले गर्दा मानिस पाप कार्यमा अघि बढ्दछन् ।काम लाग्दैन त्यो धन मृत्युपछि हामीलाई आगोले पोल्दछ ।।लेखकः केदार नाथ खरेलजितपुर सिमरा उप-महानगरपालिका-16, आदर्शनगर, बाराहालः कुवेत...


2018-04-25 | तीताेपाटी डट कम
#सम्झना_त्यो_कालो_दिनकोती भुकम्पका घाउ देखेकाछौँ हामीलेती भुकम्पका पीडा भोगेकाछौँ हामीले निर्दयी  प्रकृतिको त्यो कस्तो वज्रपातती कोलाहलका चीत्कार सुनेकाछौँ हामीले आस्थाका धरोहर ढलेको देखेकाछौँ हामीले      सभ्यता कलाकृति गुमेको देखेकाछौँ हामीलेसबै कालखण्डको साक्षी बसेको धरहरागर्ल्याम्म गुर्लुम्म लडेको देखेकाछौँ हामीलेपाल मुनीको बासपनी पाएकाछौँ हामीलेथाल बिनाको गाँसपनी  खाएकाछौँ हामीलेनीष्ठुरी दैवको यो कस्तो लीलाती भग्नावशेषका चोटपनी पाएकाछौँ हामीले  :-आलोक भट्टराईबिराटनगर हाल कुवेत २०७२ साल बैसाख १२ को बीनासकारी भूकम्पमा परी ज्यान गुमाउने हुने सम्पुर्ण मृतात्माहरूप्रती हार्दिक श्रद्धाञ्जली...


2018-04-24 | तीताेपाटी डट कम
अाए म मरभुमि परदेश साहुकाे रिनले अाए बुवा अामाकाे सपनाहरू साकार गर्न अाए अामा बुवाकाे दुख पिडाहरू देख्न सकिन घरपरिवारकाे सुखकाे लागाी नै परदेश अाए जग्गा जमिन साहुले लगे भाइ बहिनी साना रिन साहुकाे कारणले नै अाज म परदेश अाए बुवा अामा भन्नु हुन्थ्याे नजाउ सानु परदेश अामा बुवाकाे ईज्जत ढाक्नलाइ परदेश अाए दिदी दाजु भन्नु हुन्थ्याे सानु जिन्दगी नै संघर्ष हाे संघर्ष संग लड्दा लड्दै अाज परदेश अाए अामाले संस्कार बुवाले संघर्ष सिकाउनु भयाे त्यहि संस्कार संघर्षलाई लिएर परदेश म अाए अाए म मरभुमि परदेश साहुकाे रिन ले नै अाए बुवा अामाकाे सपना साकार गर्न परदेश अाए !!उहि हजुरहरूकाे अभागि छाेरी सानु लामाहाल मरभुमि खाडिमुलुक कुवेत...


2018-04-23 | कोसेलीन्युज
गजलहटायौं एउटा राजा सयौं राजा भएका छन् ! मनोमानी भयो तिनकै प्रजा जर्दा भएका छन् ! भयो हिंसा भए हत्या र अत्याचार बढ्दो छ दया भेटिन्न मान्छेमा सबै ढुङ्गा भएका छन् ! गरौं केही पुनः जागौं जुटौं आऊ दिदीबहिनी लडौं हामी सँगै मुद्दा सबै साझा भएका छन् ! बस्यौं वर्षौं सँगै हामी यही हाँसो खुसी बाँड्दै लडाए भाँडिए मान्छे कयौं टाढा भएका छन् ! व्यथा आफ्नै कहानी हो कहें सुन्ने भए देखि फुलाएँ फूलका थुंगा तिनै काँडा भएका छन् ! ® राम कँडेल अधीश ...


2018-04-23 | कोसेलीज्युज
गजलथप्दै गयो चुनौती यो जिन्दगी मलाई।काटेर प्वाँख उर्दी गर्दैछ उड्नलाई।कस्ले खबर पुर्‍यायो ज्यूँदो रहेन भन्ने??के हुन्छ भोलि कुन्नी ज्यूँदै छु आजलाई।भो बग्न छोडिदेऊ ए आँशु सम्झनामा,लाग्दैन आँशु झारी मेटिन्छ यादलाई।।देखे सबै जनाले वनमा डढेलो लाग्दा,को देख्छ बुझ्छ कस्ले मनको उजाडलाई।निर्लज्ज हुन्छ दिन यो विश्वास कहाँ रह्यो र?हो भन्न सक्छु मेरो केबल म रातलाई।दीप मिलन९ वैशाख २०७५...


2018-04-20 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- तिम्रो गजल पढेपछी गजल लेख्न छाडे मैले यो मन मेरो डडेपछी गजल लेख्न छाडे मैले || गजलको नाममा सधै बलत्कार गरीरहने तेस्ता गजलकार पढेपछी गजल लेख्न छाडे मैले || बर्षौ देखी लेखिएका गजल ती खात का खात  कुना काप्चा सडेपछी गजल लेख्न छाडे मैले || सधै तिमी बिहानीमा त्यो ओरालो झर्दै गर्दा  गिद्दे नजर गढेपछी गजल लेख्न छाडे मैले || गँगासागर खड्का, अर्घाखाँचि हाल- भारत...


2018-04-20 | कोसेलीन्युज
गजलयुरो र डलर पाएपछी कम्युनिष्टहरु जातियता नारा बनाउँछन् ;बर्गिय क्रान्ती बिर्सिएर  राष्ट्रको अखंड भत्काउँदै चारा बनाउँछन् ।।१।श्रम नै नगरी श्रमजिबी भन्नलाई लाज लाग्नु पर्ने हो कि होइन भन्नुस् ;लुटेर राष्ट्रको ढुकुटि ती कार्यकर्ता पाल्ने खर्चपानी सारा बनाउँछन् ।।२।सिमाना मिचेको मिच्यै भयो छिमेकिले सँधै तरपनि मुख खोल्दैनन ;निकम्बा यस्ता छन् सिङ्गापुर र जापान जस्ता बिकासको  पारा बनाउँछन् ।३।कर्णाली दार्चुला कालिकोट हुम्ला जुम्ला डोल्पा तिरको के कुरा गर्नु हजुर ;राजधानीमा नै खाल्डाखुल्डी थुप्रै छन् न पर्सा बनाउँछन् न बारा बनाउँछन् ।।४।यसरी बिक्छन् बस्तु जस्तै जसको महत्व हिन हुन्छ खोज्ने हो भने यथार्थ ;त्यसैले त शून्य मानिरहे बिदेशीले नेता डलरको यारा बनाउँछन् ।५।...