6 Magh, 2074 | 20 January, 2018 Saturday


2017-12-25 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - एक महिना अघि घरैमा मृत फेला बुहारीको हत्यामा संलग्न भएको आरोपमा जिल्ला अदालत धनुषाले एक ससुरालाई जेल चलान गरेको छ। जनकपुर उपमहानगरपालिका–२ किशोरीनगरकी २२ वर्षीया रञ्जना शर्माको हत्या अभियोगमा उनका ससुरा ६२ वर्षीय देवनारायण ठाकुरलाई पूर्वपक्षका लागि कारागार चलान गरिएको हो।आइतबार जिल्ला अदालत धनुषाका न्यायाधीश बासुदेव उप्रेतीको एकल इजलासले हत्यामा संलग्न रहेको अभियोगमा ठाकुरलाई महोत्तरीको जलेश्वर करागार पठाउने आदेश दिएको हो। सोही घटनाको आरोपी मृतककी सासु सुमित्रादेवी शर्मालाई भने समान्य तारेखमा रिहा गरिएको छ।गत मंसिर ९ गते बिहान रञ्जनाको शव उनको सुत्ने कोठामा फेला परेको थियो। रञ्जनाको हत्या उनका सासुससुराले नै गरेको आरोप छिमेकीले लगाएपछि माइती...


2017-12-17 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - जनकपुरमा एक १२ बर्षीया बालिका सामूहिक बलात्कारको शिकार बनेकी छिन्। जनकपुर उपमहानगरपालिका ४ की ति बालिकालाई छिमेकी चार युवाले बलात्कार गरेका हुन्।दिउँसो अर्काको घरमा काम गर्ने ति बालिका शुक्रबार राति करिब आठ बजे आफ्नो घर फकिने क्रममा बाटोबाटै दुई जना युवाले उनलाई जवर्जस्ती मोटरसाइकलमा राखेर एउटा कोठामा लगेको पीडित बालिकाले जनाएकी छिन्। पीडित बालिकाका अनुसार मोटरसाइकलमा रहेका युवाले उनको मुख थुनेर एउटा कोठामा लगेका थिए। कोठामा अरु दुई जना युवाहरु रहेको उनले बताएकी छिन्। पीडित् बालिकाले भनिन्, ‘म भाग्न खोज्दा उनीहरुमध्ये एक युवाले मलाई तीन-चार झापड हाने। रातभर उनीहरुले मलाई शोषण गरे।'राती छोरी घर नफर्केपछि उनका...


2017-12-06 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् ।जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर नै गाउँमा रहेको बालविवाह र महिला तथा लैंगिक हिंसामा कमी ल्याउने उदाहरणीय कार्यक्रम सार्वजनिक गरेका हुन ।जिल्लाको ओमसतिया गाउँपालिकामा करिब ३७ हजार जनसंख्या छ । महिलाको संख्या पुरुषभन्दा बढी छ । यो मधेशी समुदायको बाहुल्यता रहेको र खुला सीमा भएको क्षेत्र हो । जिल्लाका साविक हाटी फर्साटिकर, वसन्तपुर, पड्सरी, छोटकीरामनगर र पट्खौली गाविस जोडेर ओमसतिया गाउँपालिका बनेको हो । यहाँका कैयौँ समुदायमा अहिले पनि बालविवाह...


2017-12-02 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै÷रमाउँदै दिन कटाउने गर्छिन् । १३ वर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा हुर्किंदै छिन् ।१९ वर्षीया उनी आफैं बालापनमा छिन् । निरक्षर उनले अज्ञानताका कारण १३ वर्षमै बालविवाह गरिन् । आमामा हुनुपर्ने गुण उनमा कमै छ तर १७ वर्षको उमेरमा तीन बच्चाका आमा बनिसकिन्। नाबालक छोराछोरीलाई पोषणयुक्त खानेकुरा खुवाउने र आफूले पनि पोसिलो खाना खानुपर्छ भन्ने ज्ञान उनमा छैन । उनको सरल बुझाइमा स्तनपान गराउनु नै आमाको जिम्मेवारी हो, जो गर्दै आएकी छन् ।स्याबुन-५, देउराली संखुवासभाका फुर्तेम्बा...


2017-12-02 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - जापानी सम्राट अकिहितोले आगामी सन् २०१९ को अप्रिल ३० देखि राजगद्दी त्याग्ने गर्ने बताएका छन्।सो कुरा जापानी प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार सार्वजनिक गरे। उनले जापानी सम्राटले स्वेच्छाले गद्दी त्यागको निर्णय गरेको जानकारी शुक्रबार दिएका थिए।जापानको वर्तमान राजसंस्थाको करिब दुई शताब्दि पुरानो इतिहासमा यो पहिलो पटक यहाँका सम्राटले राजगद्दी त्यागको घोषणा गरेका हुन्।जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको राजपरिषदको विशेष बैठकमा हालै सो निर्णय गरेको जानकारी दिए।  सम्राट अकिहितोले यो निर्णय गरिसक्नुभएको जानकारी उनले दिए। उनले अरु कुनै कारणले नभई आफ्नो स्वास्थ्य र उमेरका कारणले यो निर्णय गरेको पनि प्रधानमन्त्री आबेले जानकारी दिए।जापानी सम्राट अकिहितो हाल ८३ वर्षको...


2017-11-28 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - इन्डोनेसियाको बाली द्वीपमा एक ज्वालामुखीबाट विस्फोटका संकेत देखिएपछि उच्चस्तरमा चेतावनी दिइएको छ । सरकारले बाली द्वीपका बासिन्दालाई घर छोडेर जान आदेश दिएको छ।इन्डोनेसियाली अधिकारीले छिटै ज्वालामुखी विस्फोट हुने खतरा बढेको बताएका छन् । पर्यटकीय द्वीप बालीमा पर्यटकलाई तत्काल बाहिर जान भनिएको छ । साथै बालीस्थित अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि बन्द गरिएको छ । यसबाट बाली पुगेका हजारौं यात्री अलपत्र अवस्थामा छन्।ज्वालामुखीको क्षेत्र माउन्ट आगुंगको आसपासको क्षेत्र रहेको छ । उक्त क्षेत्र इन्डोनिसियाकै चर्चित पर्यटकीय क्षेत्र कुटाबाट ७५ किलोमिटर दूरीमा पर्छ । सरकारले स्थानीय बासिन्दा र पर्यटकलाई त्यहाँबाट बाहिर जान चेतावनी दिए पनि यातायातको अभावका कारण भाग्न सकेका...


2017-11-25 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - बालिका बलात्कारको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकाका एक बालकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।तीन बर्षीया बालिका बलात्कार गरेको आरोपमा स्थानीय १३ बर्षीय एक बालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घरका सबै सदस्य सँगै भएको बेला बालिकालाई अम्बा देखाई फकाएर कोठामा लगि बलात्कार गरेको आरोप बालकले स्वीकार गरेको प्रहरीको भनाई छ।निम्न आयस्तर भएको बालिकाको परिवारलाई मिल्नका लागि दवाव दिई नीजि अस्पतालमा बालिकाको उपचार गर्नका लागि लगिएको थियो । यस्ता घटनामा नीजि अस्पतालले उपचार नगर्ने बताएपछि जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि लगिए पछि घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देविप्रसाद फागोले बताए ।बालिकाको...


2017-11-20 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - कोशी राजमार्ग अन्तर्गत इटहरी ४ स्थित हलगडामा गएराती एम्बुलेन्सको ठक्करबाट स्कुटरमा सबार तीनजनाको मृत्यु भएको छ । राती ११ बजेको समयमा धरानदेखि इटहरी तर्फ आउदै गरेको को१च ७००९ नम्बरको एम्बुलेन्सले को२२प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट मृत्युहुनेहरुमा इटहरी २ का ४५ वर्षीय डुकबहादुर कार्की, ४० वर्षीय निर्माण गौतम र ४१ वर्षीया सरिता काफ्ले रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनिहरु सबैको उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इटहरीका डिएसपी संञ्जय बहादुर राउतले बताए ।राउतले मृत्यु भएकाहरु एउटै स्कुटरमा सबार थिए या छुट्टाछुट्टै थिए भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकरी...


2017-11-14 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - 'घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे', विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया विमला भण्डारीले भनिन्, 'कामले काम सिकाउँदोरहेछ, अहिले म मासिक रु ५० हजार कमाउन सक्ने भएकी छु ।'एक दशक अगाडिसम्म श्रीमानलाई विदेश पठाएको ऋण तिर्न त के उनलाई घर फर्काउने रकमसमेत ऋण गरेर तिर्नु परेको सम्झँदा विमलालाई अहिले सपना जस्तो लाग्छ । ‘कामले काम सिकाउँछ र मेहनतले आर्जन’ भनाइ अहिले त्यो गाउँमा अरुका कुरा काटेर बस्नेका लागि गतिलो उदाहरण भएको छ । विमला आज त्यही ठाउँमा...


2017-11-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - अभिभावकको मृत्युपछि   पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ७ दैलातुङ्गका दुई बालबालिका सहाराविहिन भएका छन् । १५ वर्षीया हेमा बोटे र उनका भाई ११ वर्षीय बुद्धि बोटेले अहिले सहाराबिहिन भएर कष्टकर रुपमा दिनरात गुजार्दै आएका हुन् । हेमा शारिरीक रुपले समेत अशक्त छन् । उनी सहज रुपमा हिड्डुल गर्न र बिद्यालय जान समेत सक्दिनन् भने कक्षा १ मा पढ्ने बुद्धि महिनामा एक दुई दिन मात्रै स्कुल जान्छन् । स्थानीय दैलातुङ आधारभुत विद्यालयमा उनीहरुको घरबाट पैदलबाटै केही समयमा नै पुग्न सकिन्छ तर उनीहरुलाई शैक्षिक वातावरणमा रम्न  सहज भएको छैन ।उनीहरुको जन्म दिने आमाको ३ वर्षअघि र  बावुको १ वर्ष अघि...


2017-11-12 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - अनुराधा कोइराला नेपाली कांग्रेस प्रवेश गरेकी छिन्।आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई बालुवाटारबाट पार्टी प्रवेश गराएका हुन्।अनुराधा चेलीवेटी बेचविखन विरुद्धको अभियानमा राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय छिन्। उनले माइती नेपाल नामक संस्थामार्फत बेचबिखन भएका चेलिबेटी उद्दार र सामाजिक पुर्नस्थापनाका लागि पनि काम गर्दै आएकी छिन्।कोइराला विगतमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा महिला तथा बालबालिका मन्त्री बनेकी थिइन्। पार्टी प्रवेशपछि कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताईन्।...


2017-11-12 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - आफ्नै छोरीसहित दुई नातिनीको हत्या गर्ने रोल्पाका एक बृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिरामी बुबालाई भेट्न घरबाट माइतीमा आएकी छोरीलाई हत्या गरेको अभियोगमा प्रहरीले रोल्पा नगरपालिका ७ गोरबोट घापागाउका ४३ वर्षका लीलबहादुर पुनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार आफैलाई भेट्न माइतीमा आएकी २५ वर्षकी छोरी पार्वती केसीसहित उनका दुई छोरीहरु दीया र नीयालाई बन्चरोले हानेर लीलबहादुरले आफ्नै घरभित्र मारेको अभियोग छ । उनको जेठी नातिनकी उमेर दुईवर्ष तीन महिना र कान्छी सात महिनाको थियो । केही महिनाअघिदेखि बिरामी भएको खबर पाएपछि नगरपालिकाकै क्वाङा गाउँबाट छोरी लीलबहादुरलाई भेट्न माइतीमा आएकी थिइन् । छोरीसहित दुई नातिनीको शुक्रबार बेलुका...


2017-10-31 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२० रेडक्रस टोलमा अंशबण्डाको बिषयमा कुरा नमिलेपछि आफ्नै दुई छोराले बाबुको ज्यान लिएका छन् ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक राजकुमरा बैदवारका अनुसार छोराहरु २० वर्षीय सुनिल महत्तो र १७ वर्षे अर्जुन महत्तोले बाबु हिरालाल महत्तोलाई चिर्पटले हानेर हत्या गरेका हुन् ।सुरुमा दुई भाइको बाबु हिरालालसँग जग्गा अंशबण्डा गर्ने विषयमा बिवादमा भएको थियो ।बिवाद बढेपछि दुई छोराहरुले हिरालाललाई चिर्पटले टाउकामा हिर्काएको प्रहरीले जनाएको छ ।घाइते महत्तोको कलैया अस्पतालमा उपचार हुन नसकेपछि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको थियो । अस्पताल पुर्‍याएको केही समयपछि नै उनको मृत्यु भएको हो ।घटनामा संलग्न छोराहरुलाई नियन्त्रणमा लिएर हिरासता राखी...


2017-10-31 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - उदयपुरको बेलका नगरपालिका–५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन् । इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका अनुसार घर बनाउनका लागि कृष्ण सदाले दाजुसँग जग्गाको कुरा गर्दै आएका थिए भने दाजुले तत्काल भाइको कुरामा सहमति दिएका थिएनन् ।सोमबार साँझ ८ बजेतिर दाजुभाइ भेट भएपछि मादक पदार्थ सेवन गरेका दुवै दाजुभाइबीच झगडा शुरु भएको र कृष्णले दाजुलाई घरभित्रबाट खुकुरी निकालेर टाउकोमा प्रहार गरेपछि दाजुको...


2017-10-29 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - बिज्ञानको चमत्कारले अब रोबोट पनि मानिस जस्तै हुने भएको छ ।   रोबोट पनि नागरिक यो कुरा मानिसले विश्वास नै गर्न सक्दैनन् तर, साउदी अरेबियाले रियादमा एक रोबोटलाई नागरिकता दिएको छ।सोफिया नाम गरेकी रोबोटलाई रियादमा अक्टोबर २५ तारिखमा साउदी अरेबियाको नागरिकता दिइएको बिबिसीले जनाएको छ। यसरी नागरिकता पाएकी सोफिया नामकी रोबोटलाई हंगकंगको हान्सन रोबोटिक्स कम्पनीले बनाएको हो।सेफियालाई नागरिकता दिएको विषयमा सामाजिक सञ्जालमा सकारात्मक र आलोचनात्मक दुवै खाले प्रतिक्रिया आएका छन्।...


2017-10-26 | तीतोपाटी डट कम
तीतोपाटी डट कम -  मोरङको केरावारी गाउँपालिका ६ मा आफ्नै मामाले खुकुरी प्रहार गरेर बालिका भान्जीको विभत्स हत्या गरेका छन्। ३४ वर्षीय भक्तशेर लिम्बूको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी ११ वर्षीया सञ्चिता लिम्बूको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा बुधबार साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले बताए। पाँचथरको लिम्बा ७ घर भएका भक्तशेर तिहारमा केरावारी ६ स्थित दिदीको घरमा पाहुना आएका थिए। आफ्नै दिदीको घर भित्र भान्जीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। मंगलबार रातिदेखिनै घर भित्रै भान्जीलाई बन्धक बनाएर राखेका भक्तशेरले बुधबार दिउँसो तीन बजे टाउकोमा खुकुरी हानेको प्रनि कटुवालले बताए। अघिल्लो रातिदेखि नै घर भित्र...


2017-10-24 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - आधुनिकताको नाममा च्यातिएका र क्षतविक्षत कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वान्हरूले बताएका छन् ।हिन्दू धार्मिक परम्पराअनुसार च्यातिएका र क्षतविक्षत पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने धार्मिक विद्वान्हरू भनाइ छ ।पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले नेपालमा च्यातिएका, कोतरिएका, टालेका कपडा लगाउने चलन बढेर गएको छ । यस्ता कपडा उत्पादन गर्ने क्रममैै च्यातेर, कोतरेर, क्षतविक्षत बनाउने गरिएको छ । यस्ता कपडाको माग बढेसँगै उद्योगी र व्यापारीले पनि यस्तो कपडाको उत्पादन र आयात बढाएका छन् ।संस्कृत विश्वविद्यालय धर्मशास्त्र विभागका अध्यक्ष प्रा.डा.देवमणि भट्टराई च्यातिएको वस्त्र लगाउनु अशुभ हुने बताउँछन् । यस्ता कपडा लगाउँदा जीवनको लक्ष्य र उद्देश्य...


2017-10-15 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - निक्कै गर्मीको एक शुक्रवार मैले मिटमी भन्ने एप्लीकेशन डाउनलोड गरें र प्रोफाइल बनाएँ । मैले लेवर क्याम्पमा अन्तर्वार्ता गरेको एकजना कामदारले उसका साथिहरुले यहि एप मार्फत महिला भेट्ने गरेको बताएका थिए ।मैले सो एपमा बनाएको प्रोफाइलमा म २६ बर्षिया फिलिपिनो नागरिक भएको, भर्खरै दोहा आएको र नयाँ साथि बनाउन ईच्छुक भएको लेखेकी थिएँ । मैले प्रोफइल बनाउने वित्तिकै धेरै पुरुषले सन्देश पठाउन थाले । एकप्रकारले बाढी आएजत्तिकै ।कति पैसा ? यसरी नै प्रश्न सोध्न थालियो । एउटासँग कुरा थालें । उसले सिधै म विवाह गर्न होइन केवल शारिरीक सम्वन्धका लागि तिमिसँग सम्पर्क गर्दैछु भनेर लेख्यो ।...


2017-10-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - कपिलवस्तुको इमिलियामा दशैंको दिनदेखी एक महिला बेपत्ता भएकि छन् । अर्घाखाँची फुदवाङ स्यायी घर भई बुद्धभुमि नगरपालिका वडा न.–९ इमिलियामा भाडामा बस्दै आएकी २९ वर्षकी वसन्ता वि.सि.(केसी) यहि असोज १४ गते (दशैंको टिकाको) दिनदेखि हराएकी हुन ।बचत समुहबाट लिएको तीन लाख ऋणको बिषयमा सामान्य घरायसी विवाद भएपछि १४ गते साँझ ७ बजेदेखि श्रीमती घरमा नबसेको श्रीमान लाल बहादुर केसीले जानकारी दिए ।म बिरामी भएको बेला तिन लाख नगदसहित आफुले लगाएका सुनका गहनासमेत लिएर गएको श्रीमान लाल बहादुर के.सी.ले गुनासो गरे ।उनले भने–“सामान्य विवाद हुँदा घरै छोडेर जाली भन्ने कल्पना समेत गरेको थिइँन ।” डेढ वर्षदेखी इमिलिया...


2017-10-01 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - रामेछापको दोरम्बा गाउँपालिका-६ मा आइतबार बिहान करेण्ट लागेर २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ७२ वर्षीया टीकादेवी गौतम र उनका ४२ वर्षीय छोरा लालबहादुर गौतम रहेका छन् ।बिहान ८ बजेतिर मोबाइल चार्ज गर्न खोज्दा विद्युत लाइनमा आएको हाई भोल्टेजको कारण टीकामायाँलाई करेण्ट लागेको थियो । आमालाई करेण्ट लागेपछि जोगाउन गएका छोरालाई समेत करेण्ट लागेको थियो । करेण्ट लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि हेकिप्टरबाट काठमाडौं लगिएकोमा अस्पतालले मृत घोषित गरेको स्थानीय भरतमणि सुवेदीले जानकारी दिए ।विद्युत लाइनमा हाईभोल्टेज आएकै कारण लागेको करेण्टबाट गम्भीर घाइते अर्का दोरम्बा-६ लखनपुरका ५८ वर्षीय लालबहादुर बस्नेतको ग्राण्डी अस्पताल...