3 Mangshir, 2074 | 19 November, 2017 Sunday


2017-11-14 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - एसीसी यू-१९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको शानदार जित हासिल गरेको छ ।मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.३ ओभरमा पूर गर्‍यो ।ओपनर आशिफ शेख ४ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका कप्तान दिपेन्द्र सिंह ऐरीले लगातार २ छक्का प्रहार गरी आउट भए । अर्का ओपनर अनिल साहले २६ र चौथो नम्बरमा आएका भीम साार्कीले अविजित ३ रन प्रहार गरी नेपाललाई ८ विकेटको जित दिलाए । साहले छक्का प्रहार गरी नेपालार्इ जित दिलाएका हुन् ।बलिङतर्फ मलेसियाका विजय उन्नीले २ विकेट लिए ।यसअघि बायुमास ओभलमा टस हारेर पहिले...


2017-11-12 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालसँग भारत १९ रनले पराजित भएको छ। नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत ४८.१ ओभरमा १६६ रन बनाउँदै अल आउट भएको हो।नेपालको जितका लागि कप्ता दीपेन्द्रसिंह ऐरीले ४, पवन सरार्फ २, सहब आलामले २ विकेट लिए भने ब्याटिङतर्फ समेत कप्तान दीपेन्द्रले १०१ बलमा ८८ रन बनाए।मलेसियाको बायुमास रंगशालामा भएको खेलमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो। नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो।नेपालका लागि कप्तान दिपेन्द्रसिंहले ८८ रनका लागि १०१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। जितेन्द्रसिंह ठकुरीले ३६...


2017-10-29 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - इंग्ल्याण्डले २–० ले पछि परेको स्थिति उल्टाएर स्पेनलाई ५–२ गोलअन्तरले पराजित गर्दै अन्डर १७ विश्वकपको उपाधिमाथि कब्जा जमाएको छ ।योसँगै इंग्ल्याण्डले युरोपियन अन्डर १७ मा बेहोरेको पराजयको बदला पनि लिएको छ ।यद्यपि, खेलमा इंग्ल्याण्डको शुरुवात भने राम्रो हुन सकेन । सर्जियो गोमेजको दुई गोलको मद्दतले स्पेनले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।पहिलो हाफ सकिन लाग्दा रिहान ब्रिउस्टरले प्रतियोगिताको आठौँ गोल गर्दै इंग्ल्याण्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए ।दोस्रो हाफमा भने इंग्ल्याण्डले निकै सुधारिएको खेल प्रदर्शन गर्दै निरिह स्पेनको डिफेन्सविरुद्ध गोलको वर्षा गरेको थियो ।खेलको ५८ औँ मिनेटमा मोर्गन गिब्स ह्वाइटले खेल बराबरी गरे भने...


2017-10-24 | titopati.com
कार्तिक ७, २०७४-अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रिस्टियानो रोनाल्डोलाई सोमबार राति सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको छ । रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले उत्कृष्ट पुरुष खेलाडीको होडमा बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई उछिने । सन् २०१६–१७ को सिजनमा ३२ वर्षीय रोनाल्डोले रियललाई स्पेनी ला लिगा र युरोपेली च्याम्पियन्स लिग जिताउन मदत गरेका थिए । गत वर्ष पछि रोनाल्डोले यो अवार्ड हात परोका थिए । त्यति बेला उनको नेतृत्वमा पोर्चुगलले युरो २०१६ जितेको थियो । यसपल्टको च्याम्पियन्स लिग फाइनलमा रियलले युभेन्ट्सलाई ४–१ ले पराजित गर्दा रोनाल्डोले त्यसमा दुई गोल गरेका थिए । ‘लगातार दोस्रो वर्ष...


2017-10-24 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - पोर्चुगलका फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डोले लगातार दोस्रो पटक फिफा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।गएराति एक समारोहका बीच फिफाले पोर्चुगल एवं रियाल मड्रिडका स्टार खेलाडी रोनाल्डोलाई यो अवार्डबाट सम्मानित गरेको हो ।के हो फिफा उत्कृष्ट खेलाडी अवार्ड ?फिफाले गत वर्षदेखि बेस्ट फुटबल अवार्ड दिन थालेको हो । यसअघि फिफाले बलुन डे ओर भनेर वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गर्दै आएको थियो । बलुन डे ओर फ्रेन्च फुटबल पत्रिकाले आयोजना गर्दै आएको अवार्ड कार्यक्रम हो ।फिफाले दुई वर्ष अघि उक्त पत्रिकासँगका सहकार्य तोड्दै आफैं बेस्ट फुटबल अवार्ड दिन थालेको हो ।महिलातर्फ नेदरल्याण्ड्सकी खेलाडी लेईके मर्टिन्स उत्कृष्ट फुटबलर बनेकी...


2017-10-19 | तितोपाटी डट कम
फुलमान तामाङ- नवलपुर असोज ३१ नवलपुर युनाइटेड क्लबले आयोजना गरेको जिल्लाकै सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको उपाधि आयोजक नवलपुर युनाइटेड क्लब ‘ए’ ले उचालेको छ । चिरप्रतिद्वन्द्वी क्षेत्रीय स्तरीय च्याम्पियन नवलपुर युवा क्लबलाई १–० ले पछि पार्दै युनाइटेडले उपाधि उचालेको हो । निकै रोचक बनेको खेलका अन्तिम समयमा विपक्षी सम्हालिन नसक्दा जित युनाइटेडको पोल्टामा परेको हो । अन्तिम समयमा युनाइटेडका कृष्ण भण्डारीले निर्णायक गोल गरेका थिए । जितसँगै युनाइटेडले १ लाख ५१ हजार नगदसहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ भने सर्वोउत्कृट गोलकर्ता कृष्ण भण्डारी बने । प्रथम हुन सफल युनाइटेडलाई प्रमुख अतिथि एवं नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष...


2017-10-16 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङबिरुद्धको दोस्रो खेलमा बर्षाका कारण रद्ध भएपछि नेपालको डिभिजन टू घटुवा निश्चित भएको छ ।हङकङमा आइतबार आएको सामुदि्रक तुफानसँगै वर्षा भएपछि सोमबारका लागि सारिएको खेल पनि वर्षाले स्थगित भयो । त्यसपछि अम्पायरले दुवै टोलीलाई एक एक अंक बाँड्ने निर्णय गरे ।यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।यस नतिजाले नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चार भित्र पर्न असफल भएसँगै डिभिजन टूमा घटुवा हुने निश्चित भएको छ ।नेपालसँगै नामिविया र युएईको डिभिजन खस्कने निश्चित भइसकेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स १८ अंकसहित शीर्ष...


2017-10-15 | तितोपाटी डट कम
बसन्त थापा- नवलपुर युनाइटेड क्लब द्वरा आयोजित प्रथम जिल्ला स्तरीय फुटबल टुर्नामेन्ट को क्वाटर फाइनल को पहिलो खेलमा नवलपुर युनाइटेड (ए) ले एण्टिवाइसी भारी गोल ले पराजित गरेको छ।आयोजक(ए) ले १३ गोल गरेको छ।भने एनटिवाइसी ले १ गोल फर्काएको छ।सेमिफाइनल मा पुर्याउन आयोजक (ए) को तर्फबाट कृष्ण भण्डारी ६ गोल अजय तामाङ २ गोल सुजन माझी २ गोल सोनम तामाङ 2 गोल र दिपक घिसिङ १ गोल गरेका थिए।त्यस्तै आज भएको अर्को खेलमा आयोजक सि लाई आयोजक बि ले २-० गोलले पराजित गर्दै आयोजक बि पनि सेमिफाइनलमा प्रवेश गरेको छ।भोलि सेमिफाइनल को खेल हुँदै छ।आयोजक क्लबका अध्यक्ष चीन लामाका अनुसार प्रतियोगिताको...


2017-10-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर विश्वकप छनोटमा स्थान बनाउन जित्नै पर्ने खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ ।हारसँगै नेपाल ‘डिभिजन टू’मा घटुवा नजिक पुगेको छ ।आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । शीर्ष चारमा रहन नेपालले बाँकी सबै खेल जितेर पुग्दैन, हङकङ र केन्याले पनि सबै खेल हार्नुपर्छ ।अन्यथा नेपाल डिभिजन टूमा घटुवा हुनेछ । यद्यपि विश्वकपमा छनोटको सम्भावना कायमै रहनेछ ।सन् २०१८ मा हुने डिभिजन टूका शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने छन् । नामिबिया र यूएई डिभिजन टूमा घटुवा भइसकेका...


2017-09-27 | तीतोपाटी डट कम
क्रिकेट खेललाई रोमाञ्चक बनाउने उद्देश्यले भोली बिहीबार (सेप्टेम्बर २८) देखि विभिन्न नियम परिवर्तन हुन लागेको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्रिकेटलाई रोमाञ्चक र अनुशासित बनाउन नियम परिवर्तन गर्न लागिएको जनाएको छ। मैदानभित्र खेलाडीको असामान्य र उत्तेजक गतिविधि रोक्न क्रिकेट खेलको नियम बनाउँदै आएको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)ले नयाँ नियम ल्याएको हो। ती नियमलाई आईसीसीले बिहीबारदेखि लागू गर्दैछ। खेलाडीको व्यवहार नियन्त्रणका लागि एमसीसीले अलगअलग सजायको व्यवस्था गरेको छ। चार श्रेणीमा विभाजित सजायको पहिलो बुँदामा बढी अपिल गर्ने र अम्पायरको निर्णयमा असन्तुष्ट हुने खेलाडीलाई सबैभन्दा पहिले चेतावनी दिने गरिन्छ। यसका बाबजुद पनि उसले फेरि त्यही गल्ती दोहोर्‍याएमा विपक्षी खेलाडीले पेनाल्टी पाउनेछ। पेनाल्टीमा विपक्षी...


2017-09-25 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - आठौँ ‘लिगलिगे दौड २०७४’ को उपाधि नेपाल आर्मीका खगेन्द्र रानाभाटले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट सम्मको निर्धारित दुरी १ घण्टा दुई मिनेटमा पार गर्दै डोटीका रानाभाटले उपाधी जितेका हुन् । रानाभाटलाई खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले श्रीपेच लगाएर नगद ५० हजारले सम्मान गरेका छन् । त्यस्तै नेपाली सेनामा कार्यरत राम्जी वस्नेत द्धितीय र कृष्ण बस्नेत तृतीय भएका छन् । उनीहरुले क्रमशः १ घण्टा ३ मिनेट र १ घण्टा ५ मिनेट २८ सेकेन्डमा निधारित दुरी पार गरेका थिए । लिगलिगकोट विकास अभियानको आयोजनामा भएको दौड प्रतियोगीतामा १ सय ३ जनाको सहभागीता रहेको थियो । आयोजक सस्थांका अनुसार...


2017-09-25 | titopati.com
लन्डन : फिफा वर्ष फुटबलरको उपाधिका लागि यस वर्ष पनि क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र नेमार नै अन्तिम तीनमा परेका छन् । रोनाल्डो, मेसी र नेमार सो अवार्डका लागि अन्तिम तीनमा परेको यो लगातार तेस्रो वर्ष हो । फिफाले गत वर्षको प्रदर्शनलाई आधार मानेर प्रदान गर्ने अवार्डका लागि शुक्रबार लन्डनमा अन्तिम तीन खेलाडीको नाम सार्वजनिक गर्दा रोनाल्डो, मेसी र नेमार पर्न सफल भएका हुन् ।यसपटक पनि अवार्ड जितेको अवस्थामा रोनाल्डोले सर्वाधिक पाँचपटक अवार्ड जित्ने मेसीको कीर्तिमानसँग बराबरी गर्नेछन् । अहिलेसम्म मेसीले सर्वाधिक पाँचपटक अवार्ड जितेका छन् भने रोनाल्डोले चारपटक । नेमारले अहिलेसम्म अवार्ड जित्न सकेका छैनन् । फिफाले अक्टोबर २३...


2017-09-24 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - २०७४ सालको तिहारको अबसरमा सिन्धुपाल्चोक जिल्ला स्थित इन्द्रावती गा.पा को वडा नम्बर ४ मा अबस्थित नवलपुर युनाइटेड क्लब ले  प्रथम जिल्ला स्तरीय फुटबल टुनामेन्ट आयोजना गर्ने भएको छ। सो कुराको जानकारी  नवलपुर युनाइटेड क्लबका तर्फबाट फुलमान तामाङले तीतीपाटी डट कमलार्इ दिएका छन् ।जिल्लाकै सर्वाधिक पुरस्कार राशी रु १लाख८०हजार को प्रतियोगिता आयोजना गर्न लागेको युनाइटेड क्लबका अध्यक्ष चीन लामा ले बताए।यसअघि पनि क्लब ले सोनाम लोसारको अबसर पारी प्रथम क्षेत्रीय डब्लुटिएफ टुनामेन्ट आयोजना गरेको थियो।क्लब ले त्यसभन्दा अघि पनि दशैको अबसरमा प्रथम ६ नम्बर इलाका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ।खेल यहि असोज २५ गतेदेखि सुरु हुनेछ।खेलको...


2017-09-17 | तितोपाटी डट कम
तितोपाटी डट कम, असोज १, २०७४ -  मलेसियामा जारी १९ वर्षमुनीको एसिया कपको उपाधी नेपालले जितेको छ । उपाधि जितेसँगै नेपाल आगामी नोभेम्बरमा मलेसियामा हुने १९ बर्षमुनिको एसिया कपका लागि छनौट भएको छ । नेपालले आज फाइनलमा हङकङलाई ५ विकेटले पराजित गर्यो । हङकङले दिएको ७७ रनको सामान्य लक्ष्य पुरा गर्न नेपालले ५ विकेट खर्चनु पर्यो । नेपालले १४.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपाललाई जिताउन दिपेन्द्रसिंह ऐरीले २१, अनिल कुमार साहले १६, दिपेन्द्र सुनार ८, र आरिफ सेखले १ रनको योगदान गरे । प्रनित थापाले लगातार दुई छक्का हान्दै नेपाललाई एशिया कमको बाटो देखाए । उनले दुई छक्का र...


2017-09-14 | तीतोपाटी डटकम
तीतोपाटी डटकम-खोटाङमा स्वर्गीय रहर सिंह किराती अमराजेम्पा किराती स्मृति कप “प्रथम फुटबल प्रतियोगिता २०७४” आगमी असोज ६ गतेबाट आयोजना हुने भएको छ ।दिलैसी युवा सर्कस टेम्माको आयोजना तथा टेम्मा फूटबल क्लब खोटाङको सह आयोजनामा भारतीय सेनाबाट अवकाश प्राप्त समाजसेवी स्व रहरसिंङ किराती स्मृतिमा उनकै जन्मभूमि श्री शान्ति मावि पवाला वरडाँडा टेम्मामा आयोजना हुने उक्त प्रतियोगिताको मुख्य आकर्षण नृत्य प्रतियोगिता साथै नेपालका ख्याति प्राप्त कलाकारहरु रुपकुमार राई र कला राईको धमाकेदार प्रस्तुति रहने छ । उक्त क्षेत्रका माननिय सांसद तथा अन्य नेता तथा बिशिष्ठ समाजसेवीहरुको उपस्थिति रहने स्व रहरसिंह किरातीका माईला छोरा मन्जित राई किरातीले तितोपाटी डटकमलाई जानकारी गराएका छन्।प्रतियोगितामा प्रथम...


2017-09-14 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ ।यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपाल लगातार तेस्रो जितसँगै समूह एको विजेता बनेको छ ।सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।सन्दिप सुनारले २० रन बनाए भने अनिलकुमार साहले १८ रन बनाए भने आशिफ शेख ६ रनमा आउट भए । अमित महर्जन १० र सन्दिप जोरा ७ रनमा अविजित रहे ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २८.३ ओभरमा ६७ रन बनाउँदा सबै विकेट गुमाएको थियो । उसका सिद्धान्तले २० रन बनाए भने रोहन रंगाराजनले ११...


2017-09-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - कप्तान दीपेन्द्र सिंह ऐरी र पुर्व कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपाल मलेसियामा जारी एसियाली क्रिकेट काउन्सिल (एसिसी) यू-१९ पुर्वीय क्षेत्र क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले बुधबार भएको आफ्नो दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको हो।दोस्रो जितसँगै नेपाल प्रतियोगितामा समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको छ। नेपालसँगै सेमिफाइनल पुगिसकेको सिंगापुरको समेत समान चार अंक भए पनि रन रेटमा नेपाल शीर्ष स्थानमा पुगेको हो। समूह ‘ए’ को सुरुवाती दुई खेलमा पराजय भोगेका भुटान र थाइल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएका छन्। बिहीबार हुने सिंगापुर र नेपालबिचको खेलबाट समूह ‘ए’ को विजेता टोलीको टुङ्गो लाग्ने छ।समूह चरणको सुरुवाती...


2017-09-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - भारतीय एथलेटिक्स खेलाडी प्रियंका पवारमाथि आठ वर्षको प्रतिबन्ध लगाइएको छ । सन् २०१४ को एसियाली खेलकुदको महिला रिले दौडमा स्वर्ण पदक जितेकी प्रियंकालाई प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन (डोपिङ) परीक्षणमा असफल भएपछि आठ वर्षको प्रतिबन्ध लगाइएको हो।  उनलाई हैदराबादमा भएको इन्टर स्टेट एथलेटिक्स च्याम्पियनसिपमा प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन गरेको पाइएपछि प्रतिबन्ध लगाइएको हो।सन् २०१६ जुन २८ देखि जुलाई २ तारिखसम्म भएको उक्त प्रतियोगिताका क्रममा प्रियंकाले प्रतिबन्धित शक्तिवद्र्धक औषधि सेवन गरेको पाइएपछि उनीमाथि अस्थायी प्रतिबन्ध लगाइएको थियो।२९ वर्षीया प्रियंका रियो ओलम्पिकमा चार गुणा चार सय मिटर दौडमा छनोट पनि भएकी थिइन् । तर, डोपिङमा मुछिएपछि उनलाई टोलीबाट हटाइएको थियो।प्रियंकालाई...


2017-09-11 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - नेपालले एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले पराजित गरेको छ । मलेसियामा जारी प्रतियोगिताको सोमबारको खेलमा टस हारेर ब्याटिङ गर्न आएको नेपालले ७ विकेट गुमाई २ सय ८१ रन बनाएको थियो । जवाफी ब्याटीङ गर्न आएको थाई टीमका ७ जनालाई नेपाली लेग स्पीनर सन्दीप लामिछानेले पेभिलियन फर्काएपछि थाइल्यान्ड २६ रन मै अलवाउट भएको हो ।नेपालबाट अनिलकुमार शाह र प्रनित थापामगरले अर्धशतक बनाए । अनिल ९१ र प्रनित ५० रन बनाई आउट भए । त्यस्तै सन्दीप सुनारले ३२ रन जोडे । थाइल्यान्डका लागि पी. सुङनार्डले ६१ रन खर्चेर ३ विकेट...


2017-09-11 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - राफेल नाडालले यूएस ओपन टेनिसको उपाधि जितेका छन् । दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई पराजित गर्दै नाडालले तेस्रो यूएस ओपन तथा १६ औं ग्राण्डस्लाम उपाधि जितेका हुन् ।३१ वर्षीय स्पेनिस नाडालले एन्डरसनमाथि ६–३, ६–३ र ६–४ को सेटमा जित निकालेका हुन् ।नाडालले २०१३ पछि पहिलोपटक एकैवर्ष दुई ग्राण्डस्लामको उपाधि उचालेका हुन् । उनले गत जुनमा फ्रान्स ओपनको उपाधि पनि जितेका थिए । ‘यो वर्ष जे भयो, त्यो अविश्वसनीय छ’ नाडालले भनेका छन् ।...