3 Mangshir, 2074 | 19 November, 2017 Sunday


2017-11-14 | तीतोपाटी डट कम
तोयानाथ उपेक्षित, चुनावमय देश भएको यो बेलामा आफूलाई लागेको कुरा गर्न नसक्ने बौद्धिक जमात, स्वतन्त्र छवी कायम गर्न खोज्ने मानिसहरु तथा विभिन्न पार्टीमा रहेर विरक्तिएका कार्यकर्ता वा मतदाताको निर्णय केही दिनपछि व्यालेटमा प्रस्तुत हुने नै छ तर समयमा निर्णय गर्न नसक्ने, बेलामा नवोल्ने र आफ्नो धारणा, सहमति वा असहमतिको पछाडी रहेका तर्कहरुलाई नर्कतिर फर्किएर मौन बस्नेहरुबाट मुलुकले केही अपेक्षा गर्न सक्दैन ।  हजारौ नेपाली जनताको बलिदानीवाट शक्तिमा आएका प्रचण्डले त्यो क्रान्तिको औचित्य पुष्टि गर्न सकेका छैनन । क्रान्तिलाई उनले सेफ ल्याण्डिङ पनि गरेका छैनन । आज उनका विश्वास पात्र बालकृष्ण ढुंगेल जस्ता मानिस जेल गएका छन भने विप्लब जस्ता जुझारु नेता...


2017-11-08 | तितोपाटी डट कम
तितोपाटी डट कम - देशमा नेताहरुलाई ‘चुनावी दशैैं’ लागेको छ । नेताहरुले वैदेशिक रोजगारीमा रहेका ४० लाख नेपालीलाई स्वदेश फर्काउने सपना घोषणापत्रमार्फत बाँडिरहेका छन् । कुनै दलले त प्रवासी नेपालीलाई मतदानको अधिकार दिइनेसम्म बताइरहेका छन् ।तर, खाडीमुलुकमा रोजÞगारीका लागि गएका नेपाली चेलीबेटीहरुको बेदनाचाहिँ कसैको चुनावी एजेण्डा बन्न सकेको छैन ।सरकारले श्रम स्वीकृति दिन छाडेपछि युइएईमा रहेका नेपाली चेलीहरु स्वदेशमा आफन्तको मृत्यु हुँदासमेत र्फकन नसक्ने अवस्थामा पुगेका छन् ।गौरी तामाङले युइएईमा काम गर्न थालेको दुई वर्ष भयो । उनले आफ्ना श्रीमानको मृत्यु हुँदा नेपाल फर्केर किरिया गर्न पाइनन् ।श्रीमानको किरिया गर्न पाइनँ- गौरी तामाङश्रीमान बिरामी हुनुहुन्थ्यो । उपचार गर्दा १३ लाख...


2017-11-07 | तीतोपाटी डट कम
माधब पाैडेल "असल यात्री" - पछिल्लो राजनीतिक परिस्थितिलाई केलाउने हो भने नेपालका प्रमुख चार दलहरुले अाफ्नो मात्र प्रभुत्व जमाउन खोजेको ज्वलन्त उदाहरण थ्रेस होल्ड प्रणाली विधेयक पास गराउदा तीन दलको एकै मतबाट छर्लङ्ग सावित भैइसकेको छ ।   बामपन्थी होस् वा लोकतान्त्रिक गठबन्धन यि दुवै सत्ता मोहले नाटकिय ढंगबाट गठित भएका हुन । निर्वाचनको लागि मनोनयन दर्ता गर्ने मुहारहरु हेर्ने हो भने पनि पुरानाको नै हावी देखिन्छ । यसले के प्रष्ट पार्छ भने जुनसुकै दलले पनि नँयालाई अबसर दिने कुरा केवल खोस्रो कागज अनि जनतामा प्रवाह गर्ने ध्वनिमा मात्र सिमित छ । ३३% महिला सहभागिताको कुरा अाफ्नो घोषणा पत्रमा मात्रै सिमित देखिन्छ । कानुनमा नलेखिएकै कारण सबै दलहरुले...


2017-11-06 | तितोपाटी डट कम
तोयानाथ उपेक्षित-  खाडी मुलुकमा काम गर्ने घरेलु कामदारहरुले घर विदामा जान पाउने तर फर्कन नपाउने गरि सरकारले रोक लगाएपछि उनीहरुको रोजीरोटी गुम्ने क्रम बढदो छ । परिवार धान्ने एउटै मात्र आधार घरेलु कामदारको जागिर समेत गुम्ने भएपछि ती मुलुकमा कार्यरत एकल, विपन्न र असाहय महिलाहरु नोकरी छाडेर घर जान सकिरहेका छैनन उनीहरुलाई घर विदामा गए फर्कन नदिने गरी सरकारले रोक लगाएको छ । बर्षौ देखि विदेशमा रहेर पटक पटक घर विदामा जादै कर्मथलो फर्कदै गर्दा श्रम र विमा गरेकाहरु गत बर्षबाट पूर्ववत काममा फर्कन नपाउने प्रतिवन्धको शिकार भएर रोजगार गुमाउदा छन । उनीहरुको यसप्रकारको पिडामा बोल्ने नेता, लेख्ने पत्रकार र...


2017-11-02 | तितोपाटी डट कम
रुपेन हमाल- भाइले परिवार चिनेन, एयरपोर्टमै रुवावासी सुरु भयोहामी बाहिर आयौं बाहिर भाइको परिवार बाबामम्मीहरु कुरेर बस्नु भएको थियो । अनि मैले उहाँहरुको हातमा बिरामी भाइलाई सुम्पिएँ । भाइलाई उहाँहरुको आफन्तले बोलाउनु भयो तर भाइले कसैलाइ चिन्न सकेनन । सबै जना त्यहाँ रुवाबास सुरु भयो ।कतै म मोफर (जेल) जानू पर्यो भने के होला भन्ने यस्ता उस्ता निकै कुरा खेले। त्यहाबाट निकै भलाकुसारी गरेर बल्लबल्ल भित्र जाने बोर्डिङ पास भयो ।मेरो त्यो एक दिन कुरा १ बर्ष पहिले को हो म बर्षे बिदामा घर जाँदै थिएँ । १ बर्षमा १ महिना को छुट्टी पाइने हुनाले निकै उत्साहित थि एँ ।...


2017-10-24 | केदार नाथ खरेल
चुडामणी प्रसाईं – हाल अमेरिका-      “विद्या नपाए कासी जानू, न्याय नपाए गोर्खा जानू” भन्ने यो उक्ति अफाप सिद्ध भैसकेको छ किन भने न्यायको लागि कासी जानु पर्दैन नेपालमा पनि विद्या सिक्न सकिन्छ, यो उहिलेको कुरा हो जुन बेलामा नेपालबाट कासी गएर शिक्षा लिनु पर्थ्यो तर गोर्खाली राजाले एकिकरण गरेर निर्माण गरेको सिंगो नेपालमा न्याय मरेको छ ।       यहाँ ज्यामाराले करोडौं पाउँछन्, खरबौंका भ्रष्टचारी विना कार्वाही छोडिन्छ, कर्मचारी पाइलै पिच्छे घुस खान्छन, सबै सपाङ्ग भएकाले ६० वर्षमा वृद्धभत्ता लिन्छन, पार्टीका कार्यकर्तालाइ खरबौ बाँढिन्छ, दलेका नेताहरुलाई टाउको दुख्नासाथ उपचारको लागि युरोप अमेरीका जान्छन अनि उपाचारमा लाखौं खर्च गर्छन्...


2017-10-24 | titopati.com
सविता सापकोटा, सन्तान जन्मने बितिकै बाबा र आमाको मनमा आशाका टुसाहरु पलाउन थाल्छन् । छोरीभन्दा पनि छोरालाई बढि प्राथमिकता दिने हाम्रो समाजमा , बाबु तिमी ठूलो भएपछि पढेर डाक्टर बन्नुपर्छ भनेर सिकाइन्छ । सन्तानले कस्तो पढ्छ, उसको रुचि के हुन्छ भन्ने कुराको मध्यनजर धेरै अभिभावकले गर्दैनन् । काचो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्छ । बिचरा बालबालिका पनि त्यस्तै हुन । के थाहा उनीहरुलाई डाक्टर पढन कति कठिन छ । बनेपछि जागिर खान कति कठिन छ ।बिशेषगरी धनी वर्गका सन्तान जसले बाबुआमाको पैसामा रबाफ देखाउछन् उनीहरुलाई बाध्यता छ डाक्टर पढ्न । निम्न वर्गीय परिवारका सन्तान चाहादा चाहादै र तेजिलो दिमाग...


2017-10-19 | तीतोपाटी डट कम
बालकृष्ण घिमिरे - नेपालको राजाधानी काठमाण्डौ, स्वाभाविक रुपमा जनघनत्वका हिसावले थेगी नसक्नु भएको छ । अधिराज्यभरिका सिक्षित , अशिक्षित , डाका , सज्जन , नेता , कार्यकर्ता , पापी , अपराधी र समग्रमा गरिखाने देखि गराई खानेहरु सबै अटेको ठाउँ काठमाण्डौ । त्यसैले लगभग चालिस वर्ष अगाडी खेति योग्य जमिन भएको काठमाण्डौ आज भुत बंगला ( घरै घरको काठमाण्डौ ) को रुपमा परिणत भएको छ र पनि खुसि छन् रैथानेहरु । रैथाने भन्नाले नव-घरवालाहरु । राणा र राजा महाराजाको पालामा भएका स्थानीय काठमाण्डौवासी कहाँ छन् थाहाँ छैन । आज प्रजातन्त्र र गणतन्त्र पश्चात लुटेर , कुटेर र भुटेर काठमाण्डौवासी भएकाहरुको हालीमुहाली...


2017-10-18 | तीतोपाटी डट कम
बिरबिक्रम सुनार - ॐ वर्णव्यबस्था वा शुद्र शुद्रो ब्राह्मणताम् एति ब्राह्मणस्चैति शुद्रताम् ।क्षत्रियात् जातमेव तु विधाद् वैस्ययात्तथैव च ।।(मनुस्मृति १०/६५ )अर्थात:- गुण कर्म योग्यताको आधारमा नै ब्राह्मण शुद्र बन्छ र शुद्र ब्राह्मण बन्छ यस प्रकारले क्षत्रिय वा बैश्यमा पनि कर्मको आधारमा वर्ण परिवर्तन हुन्छ ।शुद्रेण हि समस्तावद् वेदे न जायते ।(मनु २/१७२)अर्थात:- जब ब्यक्तिको ब्रह्मजन्म = वेदाध्ययन रुपमा हुदैन अर्थात जबसम्म ब्यक्तिले बेद अध्यन शुरू गर्दैन तब सम्म त्यो ब्राह्मण खानदानमा जन्मे पनि शुद्र समान नै हुन्छ ।न वेत्ति अभिवादस्य.. यथा शुद्रस्तथैव सः।(मनु २/१२६)अर्थात:- जब सम्म मनुष्यले बेद ज्ञान अनुसारको कर्म बेद अनुसारको ज्ञान बेद अनुसारको यज्ञ तथा माता, पिता,...


2017-10-17 | तितोपाटी डट कम
तितोपाटी डट कम - हिन्दु पंचांग अनुसार कार्तिकमा तिहार मानिन्छ। यसपालि लक्ष्मी पूजा कार्तिक २ गतेको दिन परेको छ।भनिन्छ ,तिहारमा लक्ष्मी माता पृथ्वीको भ्रमण गर्नुहुन्छ र जुन मानिस पापबाट टाढा रहन्छ ,उसको घरमा माताले कृपा गर्नुहुन्छ। लक्ष्मीको स्वागतको लागि सबैको घरमा पालामा बत्तीले उज्ज्यालो पारीन्छ। यहाँ जान्नुहोस लक्ष्मीलाई आकर्षित पार्न कहा-कहाँ दिओ बाल्नु पर्दछ ।१ . लक्ष्मी पूजाको दिन पिपलको रुखको मुनि एउटा दियो बालेर घर फर्कनुहोस। दियो बाले पछि पछाडी फर्केर नहेर्नुहोस्।२ . सम्भब छ भने कुनै सुनसान छेत्र स्थित शिव मन्दिरमा शिवलिङ्गमा नजिक दियो बाल्नुहोस्।३ .दीपावलीको रातमा घरको मुख्य ढोकामा २ ओटा दियो बाल्नुहोस्।४. घरको आसपास कुनै चौरमा...


2017-10-06 | तितोपाटी डट कम
तोयानाथ उपेक्षित, कुवेत, हो, अव हुने चुनावी तालमेल र एकतालाई समर्थन गर्ने मान्छे पार्टीका हनुमान नै हुन ? के यस्तो टिप्पणीले तपाईको चित्त दुःख्छ ? दुख्दैन भने किन र दुख्छ भने किन ? यो सवालको जवाफ तपाई आफ्नै मनमा राख्नुस म भने आफ्नो तर्क तपाई समक्ष राख्न गईरहेको छु । यस्तै अरु पनि सवाल छन र धेरैका बहुरंगी टिप्पणीहरु पनि सामाजिक संजालमा आईरहेका छन । अत्यांत्यै विवादित स्टाटस राख्ने र सामाजिक सञ्जालमा घण्टा घण्टामा लेखिरहने दिल निसानी ले लेखेछन बरु हातै काट्छु तर सूर्यमा मत हाल्दिन । यहि मतबाट कुराको फेरो खोलौ । दिल जी एकताका प्रचण्डको घनघोर विरोधी थिए...


2017-10-04 | तीतोपाटी डट कम
चिरञ्जीवि ढ्गाना/रामकृष्ण अधिकारी - ठूला दुई वामपन्थी दल र नयाँ शक्तिले पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने घोषणा गरेका छन्। फरक पृष्ठभूमि र स्कुलिङबाट आएका ठूला कम्युनिस्ट पार्टीका नेताहरूले आगामी दिनमा समाजवादको नयाँ मोडेल तयार पारेर आर्थिक समृद्धि र बलियो राष्ट्रिय एकता कायम गर्दै देशकै नेतृत्व लिने उद्घोषसहित पार्टी एकताको सैद्धान्तिक सहमति गरेका हुन्।  माओवादी शान्ति प्रक्रियामा आएयता १० वर्षदेखि सुषुप्त रूपमा भएको लामो कसरत र प्रयासपछि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच मंगलबार पार्टी एकता गरेर अघि बढ्ने सैद्धान्तिक सहमति भएको हो। सहमतिका लागि निकै लामो कसरत गर्नुपरेको नेताहरूले बताएका छन्। छरिएर रहेका अन्य वामपन्थी...

2017-10-02 | तीतोपाटी डट कम
केदार नाथ खरेल-       संयुक्त राष्ट्र संघले सन् २००७ बाट महात्मा गांधीको जन्मदिन (२ अक्टूबर) लाई विश्व अहिंसा दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेको हो। अहिंसाको नीतिको माध्यमबाट विश्व भरमा शांतिको सन्देशलाई अग्रता दिने महात्मा गांधीको योगदानलाई कदर गर्दै यस दिनमा अन्तरराष्ट्रीय अहिंसा दिवसको रूपमा मान्ने फैसला गरिएको थियो।    यस सिलसिलामा संयुक्त राष्ट्र महासभामा भारतले राखेको प्रस्तावलाई व्यापक समर्थन मिलेको थियो। महासभाका जम्मा 191 सदस्य देशहरु मध्येबाट 140 ले भन्दा पनि धेरै देशहरुले यस प्रस्तावलाई समर्थन गरेका थिए।     यसमा अफगानिस्तान, नेपाल, श्रीलंका, बांग्लादेश, भूटान जस्ता भारतका छिमेकी देशहरु बाहेक अफ़्रीका र अमेरीका महाद्वीपका कयौं देश शामेल थिए...


2017-09-30 | तितोपाटी डट कम
Lord Is hands empty in the plate of untouched untouchable or pearl. In spite of the embarrassment of Migration, today my mind is missed many memories of remorse! When younger, Horse came in a few yoga periods of ten yoga era, which took a little bit of famine. The famine and the birth of the birth of the Beginning, the memories of my tennis have not been less fun! When I interact with the imagination! At the same time, the full plate filled with untouchable plate, the jumble and the jumble of the people, really enjoy my mind! Make Imagine...


2017-09-26 | तीतोपाटी डट कम
डा. मदन रिमाल - मानव समुदाय र समाजका लागि सभ्यता र संस्कृति शब्दको प्रयोग गर्ने गरिन्छ । सभ्यता शब्दको प्रयोग समाजको विकासको अति उच्च स्तरको अवस्थालाई गर्ने गरिन्छ भने संस्कृति भन्नाले समुदाय र समाजका लागि गर्ने गरिन्छ । सभ्यता र संस्कृतिको न जन्म हुन्छ न त मृत्यु नै । यो परिवर्तित हुन्छ अथवा अन्य सभ्यता र संस्कृतिमा समाहित भएर विलय हुन्छ । भारत वर्ष र चीनमा विकसित प्राचीन सभ्यताबाहेक अन्य प्राचीन सभ्यता र संस्कृति विलय भए । यस आलेखमा यही आलोकमा नेपालीले धुमधामपूर्वक मनाउने दसैंको बारेमा छलफल गरिएको छ ।पूजा परम्पराभारतबर्षमा दसैं शरद आश्विन शुक्ल एवं वसन्त चैत्र शुक्ल गरी...


2017-09-23 | तीतोपाटी डट कम
अञ्जिता पाण्डे - रातको दुई बजेको छ । म मेरो अस्पतालको ड्युटी रुमको झ्यालबाहिर हेर्दै टोलाइरहेकी छु । मनमा अनेक कुरा खेलिरहेको थियो । केही समयअघिको कुरा हो । त्यतिबेला चिकित्साशास्त्रको पाँचबर्से पढाइ र असाध्यै कठिन परीक्षा उत्तीर्ण गरेर प्रयोगात्मक अभ्यासको लागि इन्टर्नसिप सुरु गरेकी थिएँ । दैनिक आउँथे नयाँनयाँ चुनौती र अनुभव । त्यतिबेलाको एउटा घटना म कहिल्यै बिर्सन सक्दिनँ ।एक दिन ३० वर्षआसपासका अप्लास्टिक रक्तअल्पताका एक बिरामी पुरुष मकहाँ आइपुगे । उनी हरेक तीन महिनामा आफ्नो शरीरमा रगत चढाउँदा रहेछन् । त्यसको लागि हरेक तीन महिनामा उनी १२ घन्टाको लामो दूरी तय गरेर तराईबाट हाम्रो अस्पतालमा आउँदा रहेछन्...


2017-09-22 | तीताेपाटी डट कम
पूर्ण बहादुर विक (पहाडी )तीताेपाटी डट कम – कानुनमा जातकै आधारमा भेदभाव गर्नु सामाजिक अपराध हो भनेर दण्ड सजायको व्यवस्था गरिएको धेरै भए पनि समाजमा अझै छुवाछुत व्याप्त छ । अहिले पनि व्यापक जातको आधारमा छुवाछूत हुने गरेको पछिल्लो घटना क्रमले देखाएको छ । देशमा जातीयताको आधामा छुवाछूत गरेमा कार्वाही गर्नको लागि कानुन पनि बनेको छ तर कानुनले गर्नु पर्ने काम भने शुन्य नै छ । पहिले जस्तो छोइछिटो हाल्ने चलन हटे पनि अहिले जातीय विभेदको स्वरूप बदलिएको छ । पहिला नबुझी विभेद हुन्थ्यो । अहिले मानव सबै समान हुन भन्ने जान्दाजान्दै जानी बुझी शिक्षित र बुद्धिजीवी भनिने वर्ग बाट...


2017-09-19 | तीतोपाटी डट कम
बिरबिक्रम सुनार, आज २०७४ असोज ३ गते अर्थात नेपाल को संविधान जारी भएको  २ वर्ष  पुगेको दिन हो । यस अवसरमा सम्पुर्ण नेपाली जो देश तथा बिदेशमा कार्यरत  तथा अस्थाइ रुपमा बस्नु हुनेमा यस महत्वपूर्ण  दिनमा  हार्दिक शुभकामन दिदै हाम्रा देश मा बसोबाँस गर्नु हुने दलित समुदाय र संविधानको कार्यन्वयन बारे बहस  प्रस्तुत गरेको छु । नेपालको संविधान २०७२ ले पारित गरे अनुसार मौलिक हक र कर्तव्य सम्बन्धी धारामा उल्लेख गरे अनुसार यस्तो  लेखिएको छ । छुवाछूत तथा भेद्भाव बिरुद्धको हक  १. कुनै पनि ब्यक्ती  लाई निजको उत्पत्ति , जात, जाती, समुदाय , पेशा, ब्यबसाय  वा शारीरिक  अवस्थाको आधारमा कुनै पनि निजि तथा...


2017-09-18 | तीतोपाटी डट कम
अच्युत वाग्ले - स्थानीय तहको चुनाव हुन बाँकी रहेको प्रदेश नम्बर–२ का एक महानगरसहित १ सय ३६ पालिकामा आज (असोज २ मा) मतदान हुँदैछ । यो चुनावको परिणाम आएपछि मुलुकका सबै ७ सय ५३ स्थानीय सरकार गठन हुनेछन् । ७७ वटा जिल्ला समन्वय समिति बन्नेछन् । स्थानीय चुनावको सफलताले आगामी मंसिर १० र २१ गरी दुई चरणका लागि तय भएको प्रदेश र संघीय संसदको चुनाव पनि निर्विघ्न सम्पन्न हुने विश्वास उल्लेख्य बढेको छ । नयाँ मतादेश अनुरुप नयाँ सरकार र नयाँ राष्ट्रपति पनि चुनिएपछि ‘संघीय गणतन्त्र’ नेपालको लोकतान्त्रिक ‘अस्थिपञ्जर’ तयार हुनेछ । झन्डै अढाई दशकदेखि मुलुकको भविष्यलाई नै अनिश्चयको भुमरीमा...


2017-09-12 | तीतोपाटी डट कम
नारायण पोख्रेल - भूगोलको हिसाबले कुवेत आफैमा एउटा सानो देश भएता पनि यसले खासगरी एसियाली मुलुकका धेरै मानिसलाई रोजगारीका अवसर दिन सकेको छ I तेलको उत्खनन सुरु हुने बेलादेखि नेपालीहरुको आगमन भएता पनि संख्याको हिसाबले यो निक्कै पातलो थियो I जब इराक संगको तनाव साम्य भएपछि कुवेतले देश निर्माणमा निक्कै ठुलो फड्को मार्दै गयो तब असिमित रोजगारका अबसरहरु पैदा भए र नेपाली हरुको आगमनमा पनि त्यसै अनुरुप बृद्धि हुदै गयो र यो क्रम जारी नै छ I पछिल्लो पटक तेलको मुल्यमा केहि गिरावट आएर यसले अर्थतन्त्रमा केहि प्रभाब परिरहेको अबस्थामा समेत  नेपालीहरुको आगमनमा खासै कमि आएको देखिदैन किनभने अधिकांस नेपालीहरु...