9 Magh, 2074 | 23 January, 2018 Tuesday


2018-01-23 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - सुनसरी इलाका प्रहरी कार्यालय पकलीको महिला सेलमा रामकली (नाम परिवर्तन) धाउन थालेको महिनौँ भयो । उहाँको समस्या हो श्रीमानले नै १२ लाख रुपैयाँ खाइदिएको । वैदेशिक रोजगारीको शिलशिला दुवईमा रहेका बेला उहाँको भेट पकलीका एक जना युवासँग भयो । भेटघाट बाक्लिँदै गएपछि उहाँहरुले एक अर्कालाई श्रीमान श्रीमती मानेर केही वर्ष सँगै बस्नुभयो । त्यसपपछि श्रीमान नेपाल फर्किए । तर रामकली दुवईमै बस्नुभयो ।कमाएको पैसा श्रीमानलाई नै पठाउनुभयो आफूले श्रीमानलाई १३ लाख रुपैयाँ पठाएको उहाँको भनाई छ । श्रीमानसँग कुरा भइरहन्थ्यो अनि दुवैले एकअर्कालाई गर्ने मायामा कुनै कमि पनि लाग्दैनथ्यो । तर घरजम गर्ने सपना लिएर नेपाल फर्किएपछि भने उहाँको...


2018-01-23 | तीतोपाटी डट कम
नारायण पोख्रेल- मंगलबारको दिन थियो ,म अलिकता अस्वस्थ भएको फील भएकाले बिमारी बिदा लिएर रेस्ट गरिरहेको थिए I बिहान ढिलासम्म सुतेकोले पुन निदाउन सक्ने कुरै भएन त्यसैमाथि धेरै समयसम्म बेडमा पल्टीरहदा जिउ झन् सिथिल तथा यो मन कताहो कता उडिरहेको थियो I यसरि क्षितिजपारी र वारी घुमिरहेको मनलाई भुलाउन र समयको सदुपयोग गर्नको लागि कम्पुटर अन गरे I कम्पुटर खोल्नसाथ सबैभन्दा पहिलो नजर फेसबुक माथि गयो साएद आजकल धेरै मानिसको यस्तै हुन्छ होला I सबै साथीहरुका अपडेट र बिभिन्न आफुले फलो गरेका समाचार हरु हेर्नु पुर्ब मेरा आँखा नोटिफिकेशन तर्फ पुगे जहाँ १५ /२० को हाराहारीमा लाइक र त्यतिकै संख्यामा फेरेंड...


2018-01-23 | तीतोपाटी डट कम
तीतोपाटी डट कम -रोपनी जग्गा भाडामा लिएर काठमाडौंको गोकर्णमा कृषि व्यवसायमा गर्दै आएकी छिन् सिन्धुपाल्चोक गुन्साकी ३२ बर्षिय पञ्चमाया तामाङ । विगत दुई बर्षदेखि कुखुरा पालन, टर्कीस् पालन र तरकारी खेतीमा रमाउंदै आएकी उनले ६ बर्ष विदेशमा कमाएको कमाई मात्र होइन वैंकबाट ऋण लिएर कृषि व्यवसाय सञ्चालन गर्दै आईरहेकी छिन् । ब्राईट नेपाल मल्टिपर्पोज सर्भिसेज मार्फत उनी महिला कृषि व्यवसायी बन्ने धुनमा ८५ लाख रुपैयाँ लगानी गरिसकेकी छिन् । २४ बर्षकै उमेरमा नेपालमा रोजगारी नपाएपछि कुवेत र कतारमा ६ बर्ष काम गरेर फर्केकी उनले विदेशमा गरिने दुख भन्दा नेपालमा बसेर आफ्नै माटोमा कृषि उपज उत्पादन गर्दाको मज्जा बेग्ले भएको बताउँछिन् । नेपाल...


2018-01-21 | तीतोपाटी डट कम
तीतोपाटी डट कम-सिन्धुपाल्चोक रोजगार माग्दै युवाहरु सडक प्रदर्शनमा उत्रन्छन्। उनीहरुको माग हुने गर्छ–स्वदेशमै रोजगार चाहियो। ठुलै ब्यानरमा ‘सरकार काम गरेर खान दे’ भन्दै जुलुशमा निस्कने युवा जमातलाई एकजना युवाले यसरी जवाफ दिएका छन काम गरी खान सरकारसँग मागिराख्नु पर्दैन। आफै गरी खान सकिन्छ।यसरी युवाहरुका लागि उदाहरण बनेका उनी हुन्, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका नवलपुरका कृष्णबहादुर तामाङ।आफ्नै गाउँबाट दैनिक युवाहरु वैदेशिक रोजगारका लागि बाहिरिँदै गर्दा कृष्ण भने गाउँमा आफैले स्वरोजगार स्थापना गरी उदाहरण बन्न सफल भएका छन ।कुनै समय बेखर्ची भएर दैनिक फूर्सदमा बस्ने कृष्णको दैनिकी अहिले फेरिएको छ। बिहान ५ बजे उठ्छन अनि अघिल्लो दिन तयार पारेका चाउमिन बाइकमा राखेर मेलम्ची नगरपालिका नजिकै पुग्छन ।चाउमिन वितरणबाट फर्केपछि...


2018-01-21 | तीतोपाटी डट कम
Narayan pokhrel- Badal turns on his computer and log in to his account in Facebook with a smile on his face. He is expecting message the reason why he open the computer. It was from the girl name Apsara he met on Facebook three months ago. He really hopes to find a new love, and Apsara could be the right girl for him. Both of them are not using their own picture in their profile and not their real names.Apsara wrote in the message that her parents are forcing her to marry, so she would like to meet him in person...


2018-01-20 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- माघ ५ – २०७२ सालको भुकम्पले हजारौं घर भत्किए । त्यही मध्येको एउटा घर सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको इचोककी दिया तामाङको पनि पर्यो । भुकम्पले उनको परिवारलाई नै पालमा पुर्याइदियो । खेतीपाती गरेर व्यवहार चलाइरहेको दियाको परिवारसँग भत्किएको घर ठड्याउने केही उपाय भएन । दिया र उनका श्रीमानले विदेश जान पाए कमाइन्थ्यो अनि घर पनि बनाउन सकिन्थ्यो भन्ने सोचे।दुई जना मध्ये दियाले नै पहिला विदेश जाने निधो गर्नुभयो । घर भत्किएको तीन महिनापछि उहाँ कुवेत जानुभयो । साथीहरुले चिनेका दोलखाका एजेण्टले उहाँलाई भारतको दिल्ली हुँदै कुवेत पठाए । घरेलु कामदारका रुपमा कुवेत जाँदा दियाले पैसा चाहिँ खर्च गर्नु परेन ।...


2018-01-19 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- कोही नयाँ मान्छे भेट्नेबित्तिकै मेचीनगरकी ३१ वर्षीया गीता चौधरी (नाम परिवर्तन) को प्रश्न हुने गर्छ– पिताले नसकारेका सन्तानको जन्मदर्ता हुन्छ कि हुँदैन  जो जसलाई उनले त्यस्तो प्रश्न सोध्ने गर्छिन् उनीहरूले गीताको समस्या समाधान हुने गरी जवाफ भने फर्काउन सक्दैनन् । छोरीको जन्मदर्ता गराउन खोज्दा सरकारी निकायका कर्मचारीले बुबाको नागरिकता खोज्दा गीताले समस्याको निकास पाउन नसकिरहेकी हुन् वैदेशिक रोजगारीबाट कमाइ गरेर आफू र परिवारको जीवन सहज बनाउने उद्देश्यले २०७१ मा कुवेत गएकी गीताका लागि वैदेशिक रोजगारी असफल मात्र भएन, जीवनमा थप संकट हुने गरी अर्को समस्या ल्याइदियो । जुन समस्याले गर्दा पछिल्लो तीन वर्षदेखि दैनिकजसो गीताको आँखामा आँसु निस्कने...


2018-01-19 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- बैदेशिक रोजगारीका क्रममा खाडी मुलुक जाने युवाहरुका लागि सरकारले ‘फ्री भिसा फ्री टिकट’को प्रावधान लागू गरेको साढे ३ वर्ष बितिसक्दा पनि लागू हुन सकेको छैन । म्यानपावर कम्पनीहरुले सेवाशुल्क वापत लिन पाउने न्युनतम रकम तोकेर सो रकमभन्दा बढी लिए कारबाही हुने भनिए पनि म्यानपावर कम्पनीहरु खुलेआम अत्यधिक बढी शुल्क लिइरहेका छन् । न त लागू न खारेज : २०७१ जेठ २६ को मन्त्रीस्तरीय निर्णयबाट असार २१ देखि उक्त व्यवस्था लागू हुने भनिएको थियो । मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान र कुवेत जान टिकट र भिसाको रकम तिर्नु नपर्ने सरकारले निर्णय गरेको थियो । जसअनुसार टिकट र भिसाबापतको रकम...


2018-01-17 | तीतोपाटी डट कम
basanta thapa- Pure education lies in nature But almost 9 5% of us are purely educated and educated in the book, texts, scriptures and literature of the person. Therefore, it is believed that children from school children should go to the school and visit the university due to childhood, because Raj Kumar Siddharth Gautam, without any school or universal office, was completely disturbed by his ignorance about 2500 years ago. With a conscious, conscious and vigilant, a teacher and a guru, to the common man, suffer from his misery The intent of free text to be free of brush In...


2018-01-16 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- ठूलो भए पछि के गर्छौ  एउटी पुरानी साथीले हिजो सोधी मैले भने, म ठुलो भएर एउटा बेश्यालय खोल्न चाहन्छु,बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि !" ऊ एकछिन बोलिन,सायद यो बिषयमा बोल्न सबै लाज वा डर मान्छन, मेरो तर्क खासै गलत थिएन किनभने म अब चाहन्न कि पाच बर्ष सम्म प्रेम गरेका एक जोडी एक अर्काको मन देखि थकित भएर भर्खरै कतै देखेको स्तनमा बढी आकर्षित हुन् अनि flirting , chatting र dating बाट सुरु भएको त्यो लामो प्रेम कथा make up नहुने गरि break up मा सकियोस, म अब चाहन्न कि नौ कक्षा पढ्दै गरेका भाई बहिनी हरु लभ गर्दै...


2018-01-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- हातमा हरियो पासपोर्ट, मनभरी कमाउँछु भन्ने सपना । परिवारको उज्वल भविष्य बनाउने सपनाको आँधीले उडाएर सिन्धुलीका जगत आलेमगरलाई साउदी पुर्‍यायो ।पराई देशमा भएपनि कमाउने मान्छे हुँदा घरमा हुनेले पनि सपना बुनेका हुन्छन् । कमाउन परदेशिने र घरमा बस्नेका सबैको सपना पूरा हुन दिँदैन वैदेशिक रोजगारीले । सोचेजस्तो नहुँदा धेरैले ज्यानै गुमाउँछन् । नियतीले जगतले पनि त्यही ठाउँमा पुर्‍यायो । श्रीमानले किन आत्महत्या गरे भन्ने जगतकी श्रीमती बुद्धमायाले अहिलेसम्म पत्तो पाउनु भएको छैन । जगतले साउदीमा के काम गर्थे, कति कमाउँथे, त्यो पनि उहाँलाई थाहा छैन । ‘पाँच जना छोराछोरी र घरव्यवहारको जिम्मेवारी सुम्पिएर हिँडेका श्रीमानले किन आत्महत्या गरे ?’ बुद्धमायाको...


2018-01-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम पाथीभरा दर्शन, त्यसमुन्तिर आइ लभ नेपाल लेखिएको स्टिकर टाँसिएको छ। मेची राजमार्गमा चल्ने प्रायःजसो यात्रुवाहक र मालवाहक मोटरमा लेखिने गरेका यी दुई शब्दसाउदीको सडकमा गुड्नेएसडिए ८०१० नम्बरको लरीमा लेखिएको छ ।  यी दुई शब्द गाडीको अगाडिको भागमा लेख्ने आइडियो हो, सात समुन्द्र पारी मरुभूमीमा गाडी चलाउने पेसामा लागेका तेह्रथुमको आठराई गाउँपालिका ३ का३३ वर्षे रामकुमार ल्वागुनको । स्टिकर स्थानीय बजारमा किनेर टाँसिएको हो । पाथीभरा दर्शन चाहिँ आफैंले मेहनत गरेर लेख्नुभएको हो ।  १४ चक्के लरीको स्टेरिङ सम्हाल्ने जिम्मा पाएका छन् उनै रामकुमारले । लरी भरी आलुको भारी बोकेर साउदीको सडकमा हुँइकिन थालेको १९ महिना भयो ।  मरुभूमीमा फलेका आलु...


2018-01-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- आम्दानीका लागि देशमा अवसर र सम्भावना नदेखेपछि बिदेसिने महिला तथा पुरुषको सङ्ख्या बढ्दो छ । घरको आर्थिक जिम्मेवारी पुरुषले मात्र सम्हाल्नुपर्ने सोचमा परिवर्तन हुनथालेसँगै रोजगारीका लागि स–साना बालबच्चालाई छाडेर विदेसिने महिलाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको हो । रोजगारीको मुख्य गन्तव्यमध्येको एक दुबईमा पनि नेपाली कामदारको सङ्ख्या उल्लेख्य छ । अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा रहेको अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली महिलाको सङ्ख्या झन्डै ३०० भन्दा बढी छ । कतिले आफ्ना काखेबच्चालाई छोडेर, कतिले आफ्नो अध्ययनलाई पूरा नगरी परिवारको आर्थिक अवस्था सुधार्न अनि कतिले भने आफ्नो सुन्दर भविष्यका लागि परदेश आएको बताउँछन् । सुकिला पोसाक, हँसिलो अनुहार लिएर काममा खटिएका यी महिलालाई देख्दा नेपाली...


2018-01-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- समृद्ध नेपाल र सुरक्षित भविष्यको सपना देखेका एनआरएनहरुले विभिन्न माध्यमबाट नेपालमा अर्बै रुपैयाँ लगानी गरी सकेको छ । हाइड्रो पावर, बैंकिङ क्षेत्रमा लगानी भइरहेको छ । जसले थोरै भने पनि नेपालमा रोजगारीको श्रृजना गरेको छ । तर मध्यपूर्वमा रहेका एनआरएनहरु यसमा सहभागी हुन नसक्नु या नगराइनु तितो यर्थात पनि हामी माझमा छ । मध्यपूर्वमा कार्यरत प्रवासी नेपालीहरु आज पनि आफुलाई एनआरएन भन्न मन पराउदैनन् । जब की यस प्रकारको अन्तराष्ट्रिय संस्थाको सबै भन्दा जरुरी मध्यपूर्वमा बस्ने नेपालीहरुलाइ नै छ । अझ यस संघको दुबइ भेला २०११ ले अघि सारेको सामुहिक लगानीको अवधारणा त अरु महत्वपूर्ण छ ।...


2018-01-10 | तीतोपाटी डट कम
तीतोपाटी डट कम -पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ नेपालको सपना देखाउँदै गरिएको राजनीतिक परिवर्तन पश्चात सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा क्षेत्रीय अखण्डता मक्किदैं गएको बताएका छन् । पृथ्वीनारायण शाहको २९६औँ जयन्तीका अवसरमा बुधबार साँझ शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले आफ्नै भूमिभित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको बताए । ‘वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवं सामाजिक एकताको कसीमा राख्नुपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसाथ गर्नुपर्दछ’, पूर्वराजा शाहले भनेका छन्, ‘निर्दयी कदम चाल्नेहरूलाई, जनतामा आएको सचेतनाले, नेपालको अस्तित्व नै खतरामा पर्ने त्रास उत्पन्न भइरहेको वर्तमानमा, सम्भालिएर अघि बढ्नु पर्ने वाध्यतामा पु-याई दिएको छ ।’ नेपाली जनतामा...


2018-01-09 | तीतोपाटी डट कम
बसन्त थापा-  संघीयता के हो, कस्तो प्रकारको मुलुकमा संघीयताको जरुरत हुन्छ। कस्तो देशमा संघीयता नभई नहुने बाध्यता हुन्छ र कस्तो ठाउँमा संघीयता अनावश्यक र प्रत्युत्पादक ठहर्छ, नेपाल कस्तो देश हो र यसको लागि संघीयता कति उपयोगी छ। केन्र्दीय सभाका संसदहरूको एऊटाको ३५००० हजारको दरले तलब हीसाब गर्ने हो भने, ६०१ को महीनामा २१०३५००० हुन आउछ भने सोही अनुसार वर्षमा २५२४२०००० हुन्छ। त्यसैगरी यिनिहरुले महीनामा करीब ६५००० हजार बराबरको सामान्य सुबिधा भोगचलन गर्छन यस अनुसार जादा महिनामा ३९०६५००० हजार र बर्षमा ४६८७००००० हुन्छ। बार्षीक उपचार खर्च कम्तीमा ५००००००००भ्रमण खर्च ५०००००००० बिदेसी समकक्छीलाई स्वागत खर्च ५०००००००० यिनीहरुको राजनितिक घटनाक्रममा मृत्यु हुनेलाई राहत खर्च...


2018-01-06 | तीतोपाटी डटकम
ठाकुर प्रसाद पौडेल- आज भन्दा पच्चीस छब्बीस बर्ष पहिला गाउं घरमा बिकासका पुर्बाधारहरुको बिकास भएका थिएनन् तर पनि त्यहा सबै मानिस दु खजिलो गरेर खुसीसाथ आफ्ना परिबारका सदस्यहरु बिच रमाई खुसीसाथ बसिरहेका थिए । नेपालमा २०४६-०४७ को राजनैतिक परिवर्तन पछी जनतामा केही चेतनाको अभिबृद्धी हुनुका साथै बाल-बच्चाहरुलाई राम्रो र गुणस्तरिय शिक्षा कसरी दिन सकिन्छ र जिबनमा केही आर्थिक जिबनस्तर उठाउन सकिन्छ भन्ने सोचको बिकाश भयो । सबै जनमानसमा साथै युबा बर्गमा आएको परिवर्तन संगै युबाहरु बिदेशिने क्रम चालुभयो ।मलाई संझना छ कार्तिकमा धान काटी सकेपछी खेत जोताउनको हतारो हुने गर्दथ्यो । खेत जोतेर गहुँ छर्ने, तोरी छर्ने, आलु रोप्ने काम...


2018-01-05 | तीतोपाटी डट कम
बसन्त थापा - जानी जानी गरेका गल्ती हरुमा आत्मिक माफ माग्न सक्दैन मान्छे । मानिसले  मन्दिरमा घण्टी बजाउन र दोबाटोमा पाप गर्न छोडेको छोइन । यो मानिसको दुर्भाग्य रहेछ ।  हामी मानिस म मानिसको चेतनालाई मन पराउने स्वार्थी मानिस हाैं । म जात धर्मका कुरा नगर्यौ केबल हामीमा मानवता भए पुग्छ भन्ने मूर्ख मानिस हुँ । म असल चरित्र निर्माण र शीपमुलक, आत्मनिर्भर गर्ने बैज्ञानिक शिक्षा मान्छेलाई आबस्यक छ भन्ने एउटा अधुरो शिक्षा बोकेको अनपढ  एउटा बिरोजगार निकम्मा  मानिस हुँ ।  म संसार एउटा  रहस्य हो सबै चिजहरुको रहस्य छ अनि सबै परिवर्तीत छ भन्ने आफैमा बिरोधाभाष भएको एउटा  कमजोरीको...


2018-01-04 | तीतोपाटी डटकम
नबराज पन्थी-बैदेशिक रोजगारीको शिलशिलामा दैनिक सयौंको संख्यामा नेपालीहरु बाहिरिने गरेको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल परिसरको भिडले प्रस्ट हुन्छ। झन्डै पचास लाख नेपाली जनसक्ति विश्वको  कुना-कुनामा पुगेका छन । जन्मभुमि  छोडेर रोजगारीको लागि विदेश गएपछि दुख-सुख,समस्या,हासो,खुशी,रोदन जे जस्तो पर्छ,आफैले भोग्नु पर्छ।आफुले भने जस्तो त  आफ्नै घर, परिवार,समाज,गाउ वा देशमा  त हुदैन भने अर्काको देशमा त्यो त सोच्न पनि सकिदैन। बैदेशिक रोजगारीमा गएकाहरुको  दैनिक बिबिध समस्याको जालोमा बेरिने प्रबासी नेपालीहरुले  भोग्नु पर्ने दुख पिडा मर्का समस्या र हुने दुर्घटनाको कहानी त  चर्चा गरि साध्य छैन ।    यस्तै सडक  दुर्घटनामा परि झन्नै एक बर्ष देखि कुबेतको आदान अस्पतालमा उपचार गराई रहेका भागिरथ चापागाई...


2018-01-01 | तीतोपाटी डट कम
नारायण पाेख्रेल - हाम्रो देशमा रोजगारीको लागि बजार नहुदा छिमेकि देश भारतमा चियाका बगानहरु देखि बिट्रिश युद्धपछि  बिट्रिश गोर्खा रेजिमेण्टसमा , मलायको भर्ति र भारतमा गोर्खा रेजिमेन्टमा नेपाली युबाहरुको प्रवेश पश्च्यात अरु नेपालीहरु पनि ति देशका अन्य क्षेत्रहरुमा पुग्न थाले फलस्वरुप आजका दिनमा भारतका हरेक क्षेत्रमा लाखौ नेपालीहरु रोजगारी गरिरहेका छन I त्यसैगरि  १९७० तिर खाडी मुलुकहरुले ब्यापकरुपमा तेलको उत्खनन संगै तिब्र आर्थिक बिकासको सुरुवात गरे जसलेगर्दा बिभिन्न देशका मानिसहरुको लागि नयाँ रोजगारको शृजना भयो जहाँ नेपालीहरुको पनि जाने क्रम सुरु भयो त्यहाँ पनि लाखौको संख्यामा नेपालीहरु छन र निरन्तर आउने क्रम जारी छ I यसैगरी मलेशिया ,कोरिया देखि  सन्सारका...