8 Jestha, 2075 | 22 May, 2018 Tuesday


2018-05-22 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- नेपाल पत्रकार महासंघ बेलायतको अध्यक्षमा पुन: नरेश खपांगीमगर निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न चौथो अधिवेशनले २४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ध्रुवराज अर्याल र श्याम लुईँटेल, उपाध्यक्षहरुमा दिनेश परियार, लिलामान शेरपुन्जा र विमला सेने, महासचिवमा सञ्जयभक्त कँडेल, उपमहासचिवमा नरेन्द्र बस्नेत, सचिवहरुमा शिव भण्डारी, पूर्ण गुरुङ र जगन्नाथ कार्की, कोषाध्यक्ष सिद्धार्थ विक्रम क्षेत्री र सह-कोषाध्यक्षमा रोशन राई सर्वसम्मत चयन भएका हुन्।...


2018-05-21 | कोसेलीन्यूज
 तितोपाटी डट कम - कल्याणकारी नेपाली युवा समाज कुवेतले अागामी अगष्ट २४ तारिक शुक्रबारका दिन चर्चित लोकपप गायक, गीतकार/संगीतकार तथा मोडल दुर्गेश थापा, लाेक दाेहाेरी गायिका तथा मोडल सम्झना भण्डारी तथा कमेडी किङका रूपमा चिनिएका चर्चित हास्य कलाकार पुरूषोत्तम भण्डारी(पुर्खे बा)लार्इ नेपालबाट झिकार्इ एक धमाकेदार सांगितिक कार्यक्रम गर्ने भएको छ । सो कुराको जानकारी कल्याणकारीका प्रमुख सल्लाहकार नवराज पराजुलीले तितोपाटी डट कम लार्इ दिएका छन् ।युवा पुस्तामा अत्यन्तै रूचाइएका लोकपप गायनमा माहिर दर्गेश थापाका "यो ज्यान फाल्दिन छु - मेरो दिल चोर्नेलाई मुद्दा हालदिन्छु, छोटो मिनिस्कर्ट, बेबी डल, रातो रातो खुर्सानी पिरो छ-क्षेत्रीको छोरो नि हिरो छ, कि दुर्गेश जेलमा-कि...


2018-05-20 | कोसेलीन्यूज
तितोपाटी डट कम - गत शुक्रबार ल्याटिन अमेरिकी मुलुक क्युबाको हवानास्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएपछि सिंगो राष्ट्र नै यतिखेर शोकमा डुबेको छ । दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन्। विमानमा १०४ यात्रु र मेक्सिकोका पाँचजना चालक दलका सदस्य सवार थिए। तिनीहरूमध्ये लगभग सबैजसोले ज्यान गुमाएका छन् र जीवितै उद्धार गरिएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ। उनीहरूको अवस्था पनि गम्भीर भएको बताइएको छ। मेक्सिकोको विमान एउटा कम्पनीबाट भाडामा लिएर क्युबाको सरकारी ध्वाजावाहकले उक्त विमान सञ्चालन गरिरहेको थियो।धुँवाको ठूलो मुस्लो देखिने बित्तिकै प्रत्यक्षदर्शीले दशकौँयताको सबैभन्दा खराब हवाई दुर्घटना भएको महसुस गरेका थिए।...


2018-05-19 | तीताेपाटी डट कम
तीताेपाटी डट डक – कुवेतबाट संचालित हाम्रो संचार डटकम अनलाइनले शुक्रबार फर्वानिया पार्कमा महिला सम्वाददाता वर्षा धिताललाई औपचारिक रुपमा स्वागत गर्दै पत्रकार समुहको मासिक बैठक सम्पन्न गरेको छ।हाम्रो संचार डटकम अनलाइनका प्रधानसम्पादक गोपाल सिवा, कार्यकारी सम्पादक प्रदीप नेपाली, सम्पादक द्वय कमल सिम्ताली र हरी बानियाँ, संरक्षक गणेश रावतले खादा ओढाएर स्वागत गरेका हुन।धितालले सम्वाददाताको रूपमा आबद्ध हुन पाउँदा अत्यन्तै खुशी व्यक्त गर्दै संचारबिहिन समुदायको सत्यतथ्य बुझेर आफुले कलम चलाउने प्रतिबद्धता समेत जाहेर गरीन।त्यस्तै हाम्रो संचार डटकम अनलाइनले साउदी अरबका लागि राज थापा मगर र मलेसियाका लागि करन महरालाई समेत सम्वाददाता रूपमा आबद्ध गराउदै बैठकमा महत्त्वपूर्ण आन्तरिक छलफल समेत गरेको थियोे।...


2018-05-19 | तीताेपाटी डट कम
तीताेपाटी डट कम - परदेशी खबर डटकमको कार्यसमितिलाई हेरफेर गर्दै कुवेतको इतिहासमै पहिलो महिला प्रधान सम्पादकमा नैनकला राईलाई चयन गरिएको छ ।सन् २०१३ मा संस्थापक प्रधान सम्पादक ईष्टमान वाइवा(लामा भाई) र संस्थापक संरक्षक सुरेश ग्याबा तामाङ लगायतको टिमले स्थापना गरेको परदेशी खबर डट कम कुवेतमा स्थापना कालदेखी नै बिभिन्न आरोह अवरोहहरु पार गर्दै कुवेतको नेपाली समाजमा कृयाशिल रहँदै आएको अनलाईन मिडिया हो । परदेशी खबर डट कमलाई प्रधान सम्पादक ईष्टमान वाइवा(लामा भाई) आफ्नो काम बिशेषले २०१५ मा नेपाल प्रस्थान गरेपछी प्रमुख कार्यकारी सम्पादकको हैसियतमा रहेर पत्रकार कोषराज राईले नेत्रित्व प्रदान गर्दै आएका थिए । तर, गत फेब्रुअरी २०१८ मा कोषराज राईले...


2018-05-19 | तीताेपाटी डट कम
चन्द्र बिश्वकर्मा - कुवेतको साफा नेसनल क्लिनिङ कम्पनीमा कार्यरत नेपालीहरुले ५० हजार रुपैयाँ दुबै मिर्गौला खराब भएका दोलखाका रन्जित बिश्वकर्मा 'गजमेर' लाई आर्थिक  सहयोग गरेका छ्न  । नमुना बिश्वकर्मा समाज नेपाल कुवेतका अध्यक्ष भिम बहादुर बिश्वकर्मा 'गदल' र अनिल बिश्वकर्माको विशेष पहलमा साफा नेसनल कम्पनीमा कार्यरत नेपालीहरु बाट संकलन गरेको उक्त रकम पीडितका बाबा राज कुमार बिश्वकर्मा लाई हस्तान्तरण गरेको भिम बहादुर बिश्वकर्माले तीतोपाटी डटकम लाई बताएका छन ।  दोलखा जिल्ला कालिञ्चाेक गाउँपालिका - ४ गुमु हिलेपानीका रन्जित बिश्वकर्मा  दुबै मिर्गौला फेल भएर जीवन - मरणको दोसाँधमा छन । दोलखा जिल्लाको विकट गाउँमा बाबा राज कुमार र आमा भगवतीको कोख...


2018-05-19 | कोसेलीन्यूज
तितोपाटी डट कम - रोजगारीको लागि साउदी पुगेका एक नेपालीलाई रोजगारदाता कम्पनीले लामो समय देखि बन्धक बनाएर चरम यातना दिदै आएको रहस्य खुलेको छ ।साउदी अरबको जोद्दा स्थित अल नबर्सेस होटेल्स ग्रुप मा वेटर कामका लागि पुगेका किस्नपुर ७ कंचनपुरका सुरेश पार्खी लाई कम्पनीले बिगत लामो समय देखि कम्पनी भित्रै राख्ने तर कम्पनी बाट कहि कतै निष्कन नदिने गरि बन्धक बनाइ राखेको स्रोतले जानकारी दिएको छ ।काठमाडौंको बसुन्धारामा रहेको पिजन एच आर सोलुसन म्यानपावर प्राली बाट ८० हजार रुपैया बुझाइ आठ घण्टा काम गरेबापत हजार रियल तलब पाउने र ओभरटायम समेत मिल्ने सम्झौतामा साउदी पुगेका पार्खि लाई काम १२ घण्टा...


2018-05-17 | कोसेलीन्यूज
तितोपाटी डट कम -ब्लडमनि बापतको जरिवाना रकम तिर्न नसक्दा ५ बर्षदेखि नेपाल फर्कन नपाएका झापाका लोकेश खतिवडा बिहीवार नेपाल फर्किएका छन ।सन् २०१४ जुन ८ मा अबुधाबी मुसाफाबाट साउदी सीमा बदिनाजायद क्षेत्रमा सामान लिएर जाने क्रममा गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएको थियो ।दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई तिर्नुपर्ने ब्लडमनी सम्बन्धी मुद्दा लागेर लोकेश समस्यामा परेका थिए भने ब्लडमनिको रकम नबुझाउदा सम्म उनको यात्रामा प्रतिबन्ध लगाइएको थियो ।ब्लडमनिको फैसला पछी नेपाली दूतावास युएईको पहलमा बीमा कम्पनीले तिर्नुपर्ने ब्लडमनी अन्तर्गत ३ लाख २० हजार धिराम झन्डै ( एक करोड नेपाली रुपैयाँ) बुझाएपछि लोकेश नेपाल फर्किन सफल भएको...


2018-05-17 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- कुवेतको सिटी मालिया स्थित रहेको चर्चित चौतारी रेष्टुरेण्टले मुस्लिम धर्मावलम्बिहरुको महान पर्व रमदानलाई मध्यनज़र गर्दै सोही पर्वको उपलक्ष्यमा खानामा विशेष छुटको व्यवस्था गरेको छ। आज बाट एक महीना सम्म रमदान पर्व सुरु भएकोले “ उक्त रमदान अभधिभर रमदान इफ्तार स्पेशल” खानामा बिशेष छूट रहेको छ। विगत लामो समय देखी निकै चर्चित रहदै आएको नेपाली चौतारी रेस्टुरेन्ट खाना पनि निकै स्वादिष्ट पाईने गरेको छ बेलुकी६:३० बजे देखि ८:३० बजे सम्म एक केडी देखी माथीको जुनसुकै खाना सेटमा एक स्पेशल लस्सी निशुल्क उपलब्ध गरिने गरि अफर लागू गरिएको चौतारी रेस्टुरेन्टका सन्चालक राजु कार्कीले जानकारी दीएका छन। तर उक्त छुटको व्यवस्था होम डेलीभरी तथा...


2018-05-16 | तीतोपाटी डटकम
वरिष्ठ संगीतकार एंव चर्चित गायक बिबि अनुरागीको विशेष प्रस्तुतिमा अल्डरसटमा एक भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । श्रृजनशिल नेपाली समाज युकेको अल्डरसटको एम्पायर हलमा हुन गइरहेको यो कार्यक्रम ‘बिबि अनुरागी ग्रान्ड म्युजिकल नाईट इन दि युके’ नाम दिइएको छ । सुरिलो आवाज, गला र कलाका धनी अत्यन्त सरल स्वभाव, मेहनती र संगीतका अग्रज अनुरागीले धौलागिरी सांस्कृतिक संगम बाग्लुङ, परिवेश व्याण्ड पोखरा, रेडियो नेपाल हुदै सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । सांगीतिक माहोलमा हुर्केका अनुरागी बांसुरी, सारङ्गी, किबोर्ड बजाउदै उत्कृष्ट संगीत कम्पोजर बनेका हुन् । श्रृजनशिल नेपाली समाज युकेको दसौं वार्षिकोत्सवको अवसरमा विशेष अतिथीको रुपमा बेलायत आएका नेपालका चर्चित संगीतकार तथा...


2018-05-16 | केदार नाथ खरेल
तितोपाटी डट कम -       जिफन्ट सपोर्ट ग्रुप कुवैत दोस्रो अधिवेसनको २५ में २०१८ मा जिलिबको पपिन हलमा मध्यान्ह १२ बजेबाट हुने जिफन्ट सपोर्ट ग्रुप कुवैतका अध्यक्ष अर्जुन बस्नेत ‘उदासी’ ले तितोपाटी डट.कमलाई जानकारी गराए ।     त्यसैगरी जिफन्ट सपोर्ट ग्रुप कुवैतले गर्न लागेको सो कार्यक्रमलाई मिडिया मार्फत प्रचार-प्रसार गरी कुवैतमा रहेका श्रमिकहरुलाई भब्य रुपमा उपस्थिती गराउन मिडियाको महत्वपूर्ण भूमिका रहेको हुनाले कुवैत स्थित मिडियाहरुलाई  महासचिव गणेश रावतले अनुरोध गरेका छन् ।      कुवैतमा कार्यरत सम्पूर्ण श्रमिक. आमाबुवा. दाजुभाई. दिदीबहिनीहरु, संघ-संस्था, भद्र-भलाद्मी, उद्योगी, ब्यापारी, बुद्धिजीवि, खेलाडी, कलाकार, पत्रकार सबैको गरिमामय उपस्थिति जनाउन अनुरोध गरेका छन् । आफुले भोगेका र देखेको समस्याहरु र त्यसका...


2018-05-16 | तितोपाटी डट कम
तीतोपाटी डट कम- अर्घाखाँची जिल्लाको भूमिकास्थान वार्ड नम्बर -१ निवासी खिमराज बेल्बासेको छोरा वर्ष ६ का बिसेश बेल्वासेको मुखमा खटिरा र आँखाबाट किरा निस्किने रोगले पीडित रहेकोले उक्त बिसेश बेल्वासेलाई बचाउन सगरमाथा परोपकारी समाज कुवेतले १५ दिने अभियान चलाउने भएको छ। '' हामी युवाहरूको सोचाई समाज सेवानै पहिलो रोजाई'' भन्ने मुल नाराका साथ स्थापना उक्त संस्थाले स्थापना काल देखीनै बिभिन्न प्रकारको समस्यमा पर्दै आएका पीड़ितहरूलाई सहयोग लगायत बिभिन्न संघ संस्थासँग हाते मालो गर्दै आएको र उक्त पीड़ित बाबुलाई पनि सहयोग गरीदिनु हुन  कुवेतमा कार्यरत सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरूलाई, संस्थाका महा- सचिव किरण तामांगले आह्वान गरेका छन हालै बिभिन्न संचार मध्यमहरू मार्फ़त पत्ता लागेको पीड़ित बालक हाल भरतपुर...


2018-05-15 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- "एकता नै हाम्रो चाहाना, सेवा नै हाम्रो धर्म हो " भन्ने मुल नाराका साथ सन् 2015 मा स्थापना भएको नेपाली जन एकता सेवा समाज कुवेतले आफ्नो तेस्रो वर्ष पुरा गरेको छ।यसै अवसर पारेर वार्षिक उत्सवमा संस्कृतिक कार्यक्रम तथा नेपाली पन्चेबाजाका साथ भब्य कार्यक्रम गर्ने भएको छ।उक्त कार्यक्रम संस्कृतिक तथा सन्देश मुलक हुने भएको हुदाँ कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि,राजनीतीक पार्टी, बुद्धि-जिवी,समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा सम्पूर्ण नेपाली जन समुदायलाई कार्यक्रमा उपस्थित भईदिनु हुन संस्थाका महासचिव डि.बि भुसालले अनुरोध गरेका छन।उक्त दिन कुनै पनि कार्यक्रम नजुधाउन कुवेतमा रहेका सबै संघ-संस्थाहरुलाई आयोजकले अनुरोध समेत गरेको छ।कार्यक्रम हुने दिन...


2018-05-14 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- सुदुरपश्चिमेली नेपाली समाज कुवेत द्वारा बाजुरा जिल्ला बुढी गंगा नगर पालिका-२ ब्राह्मतोला मलातिमा ४० लाखको धनराशीमा बन्न लागेको अनाथ बालबालिका आवस गृहका लागि आन्तरिक रुपमा आर्थिक सहयोग संकलन सुरु गरेको छ। उक्त आर्थिक सहयोग संकलन समाजका बरिष्ठ-उपाध्यक्ष भिमरावतको संयोजकत्वमा समाजका सबै सदस्य समिति रहने गरि आन्तरिक रुपमा आर्थिक सहयोग संकलन गर्ने गरि संस्थाको मासिक बैठको दिन देखि नै सहयोग आह्वान गरिएको जानकारी समाजका महा-सचिब मान ब. बलायरले जानकारि दिएका छन। महा सचिब बलायरले भने  "हामीहरु  अहिले धेरै आर्थिक भारमा भए पनि सेवा नै धर्म हो " भन्ने उद्श्यले हामिहरुबाट हुन सक्ने सक्दो सहयोगको लागि सदैब तमतयार रहेको बताएका...


2018-05-13 | तीतोपाटी डट कम
बसन्त थापा- बैदेशिक रोज़गारीको शिलशिलामा कुवेतमा कार्यरत नुवाकोट बिदुर-११ गेर्खु डाडॉगाऊँका सन्तोष तिम्सिना २२ दिन देखी सम्पर्क बिहिन भएका छन।परिवारको सुख खोज्न कुवेत पुगेका सन्तोष रेस्टुरेन्टमा कामको लागी पाँच वर्ष पहिला कुवेत छिरेका थिए।पाँच वर्षको अवधिमा दोश्रो पटकको छुट्टी सकेर कुवेत आएको १ वर्ष मात्र पुगेको उनी गत एप्रिल महीनाको २४ तारिक बाट बेपत्ता भएको परिवार श्रोतले जानकारी दीएका छन।पारिवारिक श्रोतका अनुसार सन्तोष २२ दिन पहिला सम्म परिवारसँग राम्रै सम्बन्ध र सम्पर्क रहेको उनका दाई राजकुमार तिम्सीनाले तीतोपाटी डट कमलाई जानकारी दिएका छन।सन्तोष कुवेतमा हराएको वा के भएको हो भन्ने बारेमा परिवारमा कुनै जानकारी नभएपछि परिवारका सबै सदस्यहरूमा तनाब भएको छ। सन्तोषको...


2018-05-11 | तीतोपाटी डट कम
बसन्त थापा-लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो ८ आै वार्षिक उत्सवको अबसरमा १२ अाै प्रस्तुती स्वरुप अतिथि कलाकारहरुका साथमा आगामी जुन-२२,शुक्रबार-२०१८का दिन "लालीगुराँस धमाकाको"आयोजना भएको छ।उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारको रुपमा नेपाली संगित क्षेत्रका बहुचर्चित लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ, चर्चित लोक तथा आधुनिक गायक अमृत खाती, छन भने  लोक दोहोरि गायिका बसन्ती थापा, सहित कुवेत आऊने भएका छन ।लालीगुराँस सांस्कृतिक परिवारले आफ्नो स्थापना काल देखीनै कुबेतवासीलाई मनोरन्जन दिदै कला र गला भएका स्थानिय कलाकारहरुलाई आ-आफ्नो प्रतिभा देखाऊने अबसर दिदै आएको छ। "हाम्रो सांस्कृतिक हाम्रो पहिचान"भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाको मुल उदस्य कला र सांस्कृतिकको जगेर्ना गर्नु  हो भने, प्रवासमा रहेर...


2018-05-11 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- पोर्चुगलको राजधानी लिस्बोनमा पुन अर्को दुखद् घटना घटेको छ।काममा जाने क्रममा बेहोस भइ ढलेका एक नेपालीको अस्पतालमा लैजादै गर्दा मृत्यु भएको छ । अन्दाजि २८ वर्षिय सुजत कार्कि अचेत अवस्थामा बाटोमा लडेको प्रहरीले फेला पारेको थियो । मे १ तारिख मंगलबार विहानकाे समयमा पोखरा घरभई हाल लिस्बोन बस्दै आएका कार्किलाइ अचेत अवस्थामा प्रहरीले फेला पारी उपचारको लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । कार्कि करिव ३ वर्षदेखि पोर्चुगलमा रहदै आएको पारिवारिक श्रोतले जनाएका छन् र परिवारकाे सल्लाह बमोजिम हिन्दु परम्परा अनुसार उनको दाहसस्कार पोर्चुगलमै गरिने भएको छ । बेल्जियममा रहदै आएका मृतकका काका तथा अाफन्तहरूको उपस्थितिसँगै...


2018-05-10 | कोसेलीन्यूज
तितोपाटी डट कम - वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका एक युवकको मंगलबार राति मृत्यु भएको छ ।सप्तरी जिल्लाको खडक नगरपालिका–९, लालपटृीका २४ वर्षीय सञ्जय साहको मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सूचना तथा परामर्श केन्द्र, राजविराजका मिडिया अधिकृत चन्दनकुमार यादवले जानकारी दिएका छन् ।उनी ०७३ असार ९ गते साह मिडल इस्ट म्यानपावर कम्पनी, काठमाडौँमार्फत साउदी अरब गएका र त्यहाँको अल्फानार कन्स्ट्रक्सन कम्पनीमा कम्प्यूटरसम्बन्धी काम गर्दै आएका थिए ।सञ्जय सो कम्पनीमा काम गरी आफ्नै डेरामा खाना खाएर सुतेका तर बुधबार बिहान साथीहरुले उठाउन जाँदा उनी मृत अवस्थामा फेला परेको सञ्जयका दाइ उमेश साहले बताए ।यसैबीच, मृतक साहको साउदीबाट शव ल्याइदिन सम्बन्धित...


2018-05-09 | कोसेलीन्यूज
हरि कृष्ण न्यौपाने - श्रीमान रोजगारीका लागि साउदी अरब गएको १ माहिनामै बिरामी भई अस्पातल भर्ना भएकी र हाल दुबैं मृगौंलाले काम नगर्ने भएकी संखुवासभा सभापोखरी गाउपालिका-६ कि कबिता बिकको लागि देश-बिदेशबाट सहयोगको अपिल भईरहेकोमा कुवेतबाट पनि सहयोग अभियान सन्चालन हुने भएको छ। तीतोपाटी डटकम संगकुरा गर्दै कुवेतका सामाजिक अभियान्ता तथा मनकामना मिडियाका बिजय लामाले भने" त्यही श्रीमती र भर्खर जन्मिएको बच्चाको पालन पोषणका लागि साउदी गएका कबिताको श्रीमान बिजय बिक श्रीमती सिकिस्त बिरामी भए पछी रोइकराइ गरेर घर फर्किए।पैसा कमाएर श्रीमतीलाई दिनु त कता-काता आफ्नो मृगौंला पनि श्रीमतीलाई दिन मिलेन बिजयलाई। ऋण काडेर साउदी गएका बिजय गएको एक महिनामै घर...


2018-05-08 | कोसेलीन्यूज
तितोपाटी डट कम - २ महिना अघि साउदी अाएका २६ जना नेपाली कामदार साउदीको सडकमा अलपत्र  परेका छन् । उनीहरूलार्इ नेपालको मेनपावर कम्पनीले झुक्याएर नक्कली सम्झाैता पत्रमा हस्ताक्षर गरार्इ किचन हेल्पर भनेर पठाइएकोमा सम्झाैता पत्र बमोजिमको काम नभर्इ कन्ट्रक्सन कम्पनीमा काम लगाइए पछि कामदारहरूले काम गर्न नमान्दा कम्पनीले क्याम्पबाट निकाली दिए पछि उनीहरूको सडकमा बास भएको हो । काठमाडौमा रहेको मोन्टेज मेनपावर प्रालिले प्रतिब्यक्ति १ लाख ५० हजार सम्म असुल गरि किचेन हेल्पर कामका लागि भन्दै दुई महिना अघि साउदी अरबको जेद्दा पठाइएका उनिहरु त्यहाँ पुगे पछी सम्झौता अनुसारको काम नपाउदा बिचल्लीमा परेका हुन ।सुरुमा जेद्दा स्थित एक कन्स्ट्रक्सन कम्पनीमा काम लगाइएको...