6 Magh, 2074 | 20 January, 2018 Saturday


2018-01-15 | तीताेपाटी डट कम
हरि कृष्ण न्यौपाने - सिन्धुपाल्चोक इचोक-२ किउल घर भई कुवेतमा काम गर्दै आएकी ३३ बर्षिय कर्मु तामाङ बेबारिसे र बेसुर अवस्थामा जनावरी १४ तारिक राती कुवेतको मङ्गाफमा फेला परेकी छिन । उनी केही समय देखी परिवार सँग बेखबर रहेकी र उनको खोजी भई रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।  कल्याणकारी युबा समाज कुवेतका अध्यक्ष निरज ठकुरीले तीतोपाटी डटकम सँग भने " कर्मुलाई बोल्न पनि नसक्ने अवस्थामा हामीहरु बस्ने ठाउँ नजिकै जनवरी १४ तारिक राती भेटिएको हो । एक घरको हरिस(सेक्युरिटी )ले नेपाली महिला बेबारिसे फेला परेको भन्ने जानकारी आए पछी हामीले उनलाई उद्दार गरेर नेपाली दिदिबहिनीहरु बस्ने ठाउँमा पुर्याएका हौ।...


2018-01-15 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - इराकी राजधानी बग्दादमा सोमबार भएको दुईवटा आत्मघाती बम विस्फोटमा परी कम्तीमा २६ व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । इराकीमा तीन दिनभित्र भएको यो अर्को भीषण आक्रमण हो । पूर्वी बग्दादको चिकित्सा विभागका प्रमुख डा.अब्दुल घानी अल साआदीले यस आक्रमणहरुमा परी २६ को मृत्यु हुनुको साथै अन्य ९० जना घाइते भएका पुष्टि गरेका छन् । मध्य बग्दादको ताएयारान स्वाएरमा आत्मघाती आक्रमणकारीहरुले सोमबार विहान सबेरै विस्फोटहरु गराएका थिए ।  सिन्ह्वा समाचार समितिका अनुसार भने मध्य बग्दादको ताएयारन स्वाएरमा निर्माण सम्बन्धि कामदारहरु जम्मा भएका इलाका लक्षित विस्फोट भएको थियो । यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको र विस्फोटहरु...


2018-01-10 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा बुधबार साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र आगलागी अझै जारी रहेकाले नियन्त्रणका लागि प्रहरीको टोली पुगसिकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिए । प्रहरी र विभिन्न गाँउबाट आएका सर्वसाधारणले संयुक्तरुपमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी नायब निरीक्षक मल्लले बताए । आगलागी कसरी भयो भन्ने कुनै जानकारी नआएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । –रासस...


2018-01-09 | तीतोपाटी डट कम
तीतोपाटी डट कम -  सोमबार राति पक्राउ पछि महानगरी प्रहरी बृत्त सिंहदरबार राखिएका केसीलाई आज साढे ८ बजे नै अदालत पेश गरिएको हो।सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका कामहरु बारे छानबिन गर्न माग गरेपछि अदालतको मानहानी भन्दै उनलाई पक्राउ गर्न हिजो आदेश दिइएको थियो।डा केसीले चार वर्षअघि बरखास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई सर्वोच्चले पुनर्बहाली गरेपछि सोको विरोध गरेका थिए।...


2018-01-05 | तीतोपाटी डट कम
तीतोपाटी डट कम – काभ्रेमा एम्वुलेन्स दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दोलखाबाट काठमाडौँ विरामी छाडेर दोलखा फर्कने क्रममा एम्बुलेन्स काभ्रेको खावा भन्ने स्थानमा दुर्घटना भएको हो । ज १ च १२५४ नम्बरको एम्बुलेन्स सडकबाट झण्डै ५ सय मिटर तल खसेको हो । दुर्घटनामा एम्बुलेन्स चालक दोलखाका २४ बर्षीय रामकृष्ण बुढाथोकी र एम्बुलेन्समै रहेकी ५० बर्षीया लक्ष्मी बुढाथोकी रहेको बताइएको छ । - रातोपाटी ...


2017-12-23 | तीतोपाटी डटकम
छबि राम सुनार- इसाई धर्मालम्बीहरुको बशेष पर्ब"क्रिशमस"-२०१७ नेपाली चर्च मालियाले हरेक बर्ष जस्तै यसपटक पनि भब्य रूपमा मनाउने भएको छ।क्रिशमसका लागि नेपाली साङिगितिक कलाकार राजेश राई कुवेत आइसकेको छन् । नेपाली चर्च कुवेत सिटीका पास्टर अगम लिम्बूका अनुसार मुख्य अतिथि महामहिम राजदुत यज्ञ बहादुर हमाल हुनुहुनेछ।कार्यक्रममा विभिन्न साङिगितिक कार्यक्रम सहित क्रिश्चियन भजन र पार्थना समाबेश गरिने छ। यसै बिच नेपाली चर्च कुवेतले सम्पुर्ण कुवेत बासी नेपालीहरु लाई निमन्त्रणा पनि गरी सकेको जनाएको छ।कार्यक्रम कुवेत सिटिको मालियामा रहेकोे नेपाली चर्चमा हुनेछ। कार्यक्रमको बारेमा:-मिती :-२५, डिसेम्बर-२०१७ समय:- दिनको १२:०० बजेबाट स्थान:- नेपाली चर्च-लाईट हाउस-कुवेत सिटी ...


2017-12-14 | तीतोपाटी डट कम
राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा अपशब्द लेखी गाली गर्ने त्रिचन्द कलेजका विद्यार्थी विवेक बानियाँलाई प्रहरी पक्राउ गरेको छ।बिहीबार दिउँसो बानियाँलाई कलेज हाताबाटै प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका विद्यार्थी नेपाल विद्यार्थी संघ निकट रहेका छन्। बानियाँको रिहाईको माग गर्दै नेविसंघले आन्दोलन गरेको छ। नेविसंघले क्याम्पसमा तालाबन्दी, तोडफोड गर्नुका साथै सडक समेत अवरुद्ध पारेको छ।बानियाँलाई तत्काल रिहाई नगरे सशक्त आन्दोलन गर्ने नेविसंघ त्रिचन्द्र कलेज एकाई सदस्य सहदेव खत्रीले चेतावनी दिए।...


2017-12-12 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस पार्टीका नेता राहुल गान्धी पार्टी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।कांग्रेसको केन्द्रीय चुनाव प्राधिकारका अध्यक्ष मुल्लापल्ली रामचन्द्रनले सोमबार राहुल अध्यक्ष निर्वाचित भएको घोषणा गरेका थिए। उक्त पदका लागि राहुलले मात्र उम्मेदवारी दर्ता गरेका थिए। उनले कांग्रेसको नेतृत्व गान्धी परिवारकै अर्को पुस्ताले गर्न लागेको भन्दै खुसी प्रकट गरे।उनको नाम ८६ जनाले प्रस्ताव गरेका थिए। गान्धी परिवारबाट पार्टीको नेतृत्वका लागि राहुललाई हस्तान्तरण हुनेगरी यस्तै निर्णय हुने अपेक्षा वर्षौंदेखि गरिएको थियो। यद्यपि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान फितलो भएको भन्दै कडा आलोचना भएको थियो। यसबीचमा राहुल नभएर...


2017-11-29 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - काठमाडौंबाट अर्घाखाँची तर्फ गइरहेकाे नमस्ते अर्घाखाँचीकाे लु२ख २९१ नम्बरको बस लगभग ९:३० बजे पृथ्वी राजमार्गमा पर्ने चितवनको फिस्लिङ र चुम्लिङटारको बीचमा पर्ने स्थानबाट त्रिशुली नदी खसेको छ।प्रत्यक्षदर्शीले कान्तिपुरलाई फोनमा दिएको जानकारी अनुसार केही यात्रुकाे जिवितै उद्धार गरिएको छ भने अन्यको उद्धार गर्ने काेशिस भइरहेको छ। उनको अनुसार बस त्रिशुली नदीमा नदेखिनेगरि डुबेको छ।प्रहरीको अनुसार ६ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको छ भने १५ जना बढीको उद्धार गरिएको छ।उद्धारकार्यका लागि मुग्लिन, जाेगिमारा र गजुरीबाट प्रहरी, सशस्त्र प्रहरी र सेनाको टाेली घटनास्थल तर्फ पुगिसकेको छ। बसलाई निकाल्ने प्रयास भइरहेको छ।...


2017-11-25 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको एउटा मस्जीदमा शुक्रबार भएको अातंवादी आक्रमणमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने  १०० जना  भन्दा बढी घाइते भएका छन् ।शंकास्पद लडाकूहरुले आरिस सहरमा रहेको मस्जीदलाई लक्षित गरी बम र गोली प्रहार गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले उल्लेख गरेको छ । घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घाइतेहरु मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । मस्जीदमा प्रार्थना गर्न मुस्लीम धर्माबलम्बीहरु भेला भएका वेला आक्रमण भएकाले धेरै जना घाइते भएको बताइएको छ । घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको...


2017-11-20 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि काभ्रेको बनेपा-१० जनागालमा तनाव भएको छ । स्थानीयले अरनिको राजमार्ग बन्द गरेर प्रदर्श गरिरहेका छन् ।अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा-१० जनागालमा बा१८च ३११९ नम्बरको बोलेरो गाडीले ठक्कर दिदा घाइते भएका ५८ वर्षीय बाबु विष्टको बनेपाकै शिरमेमोरियल अस्पतालमा मृत्यु भएको हो । विष्टको मृत्यु भएको उनका अाफन्तले पुष्टि गरेका हुन् ।विष्टका अाफन्त र स्थानीयवासीहरुले सडकमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् । स्थानीयको भिडलार्इ नियन्त्रणमा लिन अहिले प्रहरी परिचालन गरिएको छ ।ठक्कर दिने गाडी र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयवासीले सडकमा फुटपातको व्यवस्था गर्न, सडकमा ट्राफिक विटको...


2017-11-19 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - अाइतबार निधन भएका आफ्ना छोरा प्रकाश दाहालको पार्थिव शरीरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दागबत्ती दिएका छन्। प्रकाशको अपरान्ह पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हाे। प्रकाशका छोराको ब्रतबन्ध नगरेका कारण बुबा प्रचण्डले नै दागबत्ती दिएका हुन्।हृदयाघातबाट  प्रकाशको अाइतबार बिहान निधन भएको थियो। अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लानुअघि उनको पार्थिव शरीर माओवादी केन्द्रको पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको थियो।अन्तिम श्रद्धान्जली दिन विभिन्न पार्टीका शीर्ष नेताका साथै पार्टीका नेता कार्यकर्ता र शु्भचिन्तकको पशुपति आर्यघाटमा भीड लागेको थियो।...


2017-11-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा परी कम्तीमा ३ सय २८ जनाको मृत्यु भएको छ । उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ । उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुश भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश इरानी छन् । भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन् । भूकम्पको केन्द्रविन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ । इरानको इतिहासका धेरै शक्तिशाली भूकम्पहरुमा यो पनि शक्तिशाली भूकम्प रहेको जनाइएको छ । सो शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन् । अधिकारीहरुले सोमबार बिहानसम्ममा घाइते हुनेको सङ्ख्या दुई हजारभन्दा बढी नै...


2017-11-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - इरान र इराकको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा २२१ जनाको मृत्यु भएको छ ।इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७ दशमलव ३ म्याग्निच्यूडको भूकम्पमा परी कम्तिमा २२१ जनाको मृत्यु हुनुका साथै २८ सयभन्दा बढी मानिसहरु घाइते भएका छन् ।केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ । भूकम्पपछि दुवै देशका सीमावर्ती क्षेत्रका कयौं भवन ध्वस्त भएका छन् भने भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ ।एक इरानी सहायता संस्थाले भूकम्पपछि त्यहाँको विद्युत् र सन्चार सेवा अबरुद्ध भएको उल्लेख गर्दै तत्काल करिव ७० हजार मानिसहरुलाई आवास आवश्यक रहेको बताएको छ...


2017-11-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - इराक र इरानको सीमा क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या २ सय नाघेको छ । इराक र इरानको सीमा क्षेत्रमा आइतबार राति ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।इराकको कस्बे हलब्जालाई ३२ किलोमिटरको दक्षिण पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।सिएनएनले जनाए अनुसार १७ सय भन्दा बढी घाइतेको उद्दार गरिसकेको र उद्दार कार्य जारी रहेको जनाएको छ । इरानी टेलिभिजनले जनाए अनुसार कर्मान्साह प्रान्तको सार्पोल जाहेब शहरमा बढी क्षति भएको बताइएको छ भने त्यहाँको समाचार एजेन्सी मेहर का अनुसार मर्नेको संख्या २०७ पुगिसकेको छ । इराकको राजधानी बग्दादबाट ३५०...


2017-11-02 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - आयल निगमको पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्ने निर्णय १२ घण्टा नबित्दै फिर्ता भएको छ । निगमले हिजो राति १२ बजेबाट लागु हुनेगरी ग्याँस, डिजेल, पेट्रोल र मट्टितेलको मुल्य बृद्धि गरेको थियो । निगमको यो निर्णयलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका मुखमा गरेको मुल्य बृद्धि फिर्ता गर्न निर्देशन दिएपछि आज बिहान बसेको निगम सञ्चालक समितिको बैठकले मुल्य बृद्धि फिर्ता लिने निाणर््य गरेको हो । यो निर्णयसँगै पुरानै मूल्य कायम गर्ने निर्णय भएको निगम श्रोतले जनाएको छ । निगमले ग्याँसमा २५ रुपैयाँ र पेट्रोल, डिजेल, र मट्टितेलमा दुईदुई रुपैयाँ बृद्धि गरेको थियो ।...


2017-10-29 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - कार्तिक ५ गत्ते भएको सिरहा कर्जन्हा नगरपालिका–२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्या अरोपितलाई आईतबार सिरहा प्रहरीले सार्वजनिक गरे पछि बालक भवेश यादवको हत्या आरोपमा पक्राउ परेकी सिरहा कर्जन्हा–२ की १६ वर्षीया प्रियंका यादवले आईतबार दिउँसो ईलाका प्रहरी कार्यालय विष्णुपुरको हिरासत कक्षको बाथरुममा आत्महत्या गरेकी छिन्। हत्या आरोपमा प्रहरीले सिरहा कर्जन्हा–२ की १६ वर्षीया प्रियंका यादव र धनुषा धनौजीकट्टी –५ का सञ्जय कुमार साहलाई ईलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाका अनुसार दिउँसो कर्तब्य ज्यान मुद्दामा म्याद थप गराएर विष्णुपुर प्रहरी कार्यालयको हिरासत कक्षमा रहेकी प्रियंका सेन्ट्रीलाई भनेर...


2017-10-28 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले १९ जनाकाे मृत्यु भए पनि  पहिचान नखुलेको जानकारी दिए ।सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो । नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भइरहेको छ ।बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन । सप्तरीबाट काठमाडौं प्रस्थान गर्दा १५ जना यात्रुको चलानी लिएको पुष्टि भए पनि बसमा कति यात्रु भन्ने खुलेकाे छैन । बीच बाटोबाट पनि यात्रुहरु...


2017-10-27 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - बालक हत्यामा निस्केको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले अनिश्चिकालिन झापाको विर्तामोडमा कर्फ्यू आदेश जारी गरेको छ। शुक्रबार दिउँसो १:३० बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।उनका अनुसार पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चौक र दक्षिणमा विर्तावजारसम्म कर्फ्यू जारी गरिएको छ।शुक्रबार दिउँसो १:३० बजेबाट अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू जारी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।उनका अनुसार पूर्वमा वसपार्क क्षेत्र, पश्चिममा चारपाने, उत्तरमा महानन्द चौक र दक्षिणमा विर्तावजारसम्म कर्फ्यू जारी गरिएको छ।अर्जुनधारा नगरपालिका वडा...


2017-10-24 | titopati.com
प्रतिनिधिसभाका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ सिटमा ठूला दलबाट जम्मा तीनजना महिलाले मात्र उम्मेदवारी पाएका छन् । जब कि संविधानमा ३३% महिला प्रतिनिधित्वको व्यवस्था छ । प्रदेश सभाको निर्वाचनका लागि पनि दलहरूले प्रत्यक्षतर्फ महिला उम्मेदवार अत्यन्त न्यून छानेका छन् ।-उम्मेदवार बन्न दलका नेताहरूले छेके पनि सरकारले आह्वान गरेको म्यादी प्रहरीको खुला प्रतिस्पर्धामा भने महिलाको उत्साहजनक उपस्थिति छ । प्रहरी प्रधान कार्यालयका अनुसार म्यादी प्रहरीका लागि देशभर दुई लाख ९४ हजार ६९ आवेदन परेका छन् । तीमध्ये ५३ हजार पाँच सय ९४ आवेदन महिलाका छन् । ९८ हजार तीन सय ६८ म्यादी प्रहरी भर्ना गर्ने सरकारको तयारी छ...