8 Jestha, 2075 | 22 May, 2018 Tuesday


2018-05-21 | कोसेलीन्यूज
तितोपाटी डट कम - रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको छ । बिहान ११ः३० बजेतिर नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् । बालिका डुबेको स्थान लुम्बिनीदेखि झण्डै चार किलोमिटर पश्चिम तथा स्थानीय गाउँदेखि एक किलोमिटर टाढा रहेको छ । वडा नं ११ का अध्यक्ष अकरामद्धिन खाँले पोखरीमा बालिका डुबेको देखेपछि स्थानीयवासी र प्रहरीलाई खबर गरेपछि...


2018-05-21 | कोसेलीन्यूज
तितोपाटी डट कम - प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा जाने भएका छन् ।उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओली असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।प्रधानमन्त्री ओलीले सांघाई कोअपरेसन अर्गनाइजेसनको सम्मेलनको अवसर पारेर चीनको भ्रमण गर्न चाहेका थिए । त्यो भएको भए रुसी राष्ट्रपति भ्लादिमिर टुलिन लगायतका विश्वका नेताहरुसँग भेट गर्ने मौका प्राप्त हुने थियो ।तर, चीनले समय नमिल्ने भन्दै सम्मेलनको दुई सातापछि प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने तयारी गरेको छ । सांघाई कोअपरेशनको सम्मेलन जुन ९-१० मा चिङ्दाओमा हुनेछ भने ओली १९ जुनमा चीन भ्रमणमा जानेछन्...


2018-05-21 | कोसेलीन्यूज
तितोपाटी डट कम - सरकारको आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम आज संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा आएसँगै संघीय संसद्को संयुक्त बैठकमा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।चुनावी घोषणापत्रका आधारमा एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिष्ट पार्टी गठन भएपछि त्यसको नेतृत्वमा रहेको सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमलाई सर्वत्र चासोका साथ हेरिएको छ ।मन्त्रिपरिषद्को आइतबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त सदनलाई सम्बोधनमार्फत प्रस्तुत गर्नेसम्बन्धी प्रस्तावलाई स्वीकृत गरिसकेको छ ।संविधानबमोजिम राष्ट्रपतिले संघीय संसद्को कुनै...


2018-05-19 | कोसेलीन्यूज
तितोपाटी डट कम - श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ओमानका सरकारी कार्यालयहरुमा घरेलु कामदारको भीषामा रोजगारीको लागि जान लगाइएको प्रतिबन्ध हटाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण राज बिष्टले मन्त्रीस्तरीय निर्णय गरी उक्त प्रतिबन्ध खुल्ला गरेका हुन् ।मन्त्रालयले ओमानस्थित रोयल कोर्ट अफ अफेयर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ ओमान र मस्कट नगरपालिकामा बगैंचे, सवारी चालक, हेल्पर, बार टेण्डर, कृषि श्रमिकका पदहरुलाई घरेलु कामदार सरह नमानिने गरी खुल्ला गरेको हो ।मन्त्रालयको सो निर्णयले थुप्रै नेपाली कामदार लाभान्वित हुने ओमानस्थित नेपाली दूतावासले जनाएको छ । ओमनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले यस विषयमा केहीदिन अघि...


2018-05-16 | तितोपाटी
 ४४१ सदस्यीय केन्द्रीय समितिमा एमालेबाट २४१, माओवादीबाट २०० जना    नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बन्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुने भएको छ ।जसमा एमालेको तर्फबाट २४१ र माओवादीबाट २०० जना हुनेछन् । त्यस्तै ४३ सदस्यीय स्थायी कमिटीमा एमालेबाट २५ र माओवादीबाट १८ जना रहने स्रोतले बताएको छ ।पार्टी एकताको बिहीबार मदन आश्रति स्मृति दिवसको अवसर पारेर बल्खुमा घोषणा गर्ने दुई पार्टीको तयारी छ । त्यस्तै बिहीबार नै नेपाल कम्युनिष्ट पार्टीको नाममा निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी पनि छ । दुई पार्टीको सहमति अनुसार चुनाव चिहृन सूर्य नै रहने भएको छ ।बुधबार विहान एमाले अध्यक्षसमेत...


2018-05-16 | कोसेलीन्यूज
तितोपाटी डट कम - मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादीले पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन् ।२०५० जेठ ३ मा दासढुंगा दुर्घटनामा परी भण्डारीको निधन भएको थियो । केही नाटकीय घटनाक्रम विकसित भएन भने भोलि एमाले र माओवादीवीच पार्टी एकताको घोषणा हँदैछ ।उच्च राजनीतिक स्रोतका अनुसार भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने तयारी भएको छ । तर, आमसभा चाहिँ भने केही दिनपछि गरिनेछ । आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी...


2018-05-16 | कोसेलीन्यूज
तितोपाटी डट कम - नेपाली आरोही कामी रिता शेर्पाले कीर्तिमानी २२ औं पटक सगरमाथा आरोहण गरेका छन् ।कामीसहित १४ जनाको टोलीले बुधबार बिहान साढे ८ बजे सगरमाथाको शिखरमा पाइला टेकेको हो । जसमा ७ जना विदेशी र ७ जना नेपाली आरोही रहेका सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।यसअघि २१ पटक सगरमाथा चढेर आप्पा शेर्पाले विश्व कीर्तिमान आफ्नो नाममा राखेका थिए । तर बुधबारदेखि कामीले उक्त कीर्तिमान भंग गरेका हुन् ।सोलुखुम्बीको थाने घर भएका ४८ वर्षका कामीले गत वर्ष २१ औं पटक सगरमाथा आरोहण गरी  आप्पा शेर्पासँग कीर्तिमान बराबरी गरेका थिए ।४८ वषिर्यक कामीरिता आज साढे बिहान साढे आठ बजे...


2018-05-16 | कोसेलीन्यूज
तितोपाटी डट कम - यो मौसम काफलको हो । प्रदेश ७ को ९ वटै जिल्लाको प्रमुख प्रवेश द्वारको रुपमा रहेको डडेल्धुराको स्याउले बजारमा अहिले बिहानैदेखि रातिसम्म काफल बेच्नेको भिड लाग्ने गरेको छ ।महिला तथा बालबालिका घरको अन्य काम छोडेर भए पनि काफल बेेच्नमा सक्रिय हुने गरेका छन् ।डडेल्धुरा लगायत प्रदेश ७ का पहाडी जिल्ला सदरमुकाम क्षेत्र र राजमार्ग आसपासमा आजभोलि काफलको छाप्रो बोकेका महिला र बालबालिका देखिने गरीएका छन् ।न्यून आयस्रोत भएका तथा गरीब परिवारका महिला र बालबालिकाका यो समय काफल बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।मौसम अनुसारका फलफूल जस्तै सुन्तला, मौसम, ओखर, आरु, अमला त्यस्तै तरकारीहरुमा निउरो, रायो,...


2018-05-15 | तितोपाटी
 प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा माओवादी केन्द्रसँग एकता हुने स्पष्ट पारेका छन् ।युवा संघ नेपालको २८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आह्वान गरे ।‘दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बीर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई÷तीन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ‘, ओलीले भने।एकतापछि समृद्धि, सुशासन र राष्ट्रिय...


2018-05-13 | तितोपाटी
गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखलाई कानून विपरीत तथा संविधान विरोधी कार्य गर्नेलाई नछाड्न निर्देशन दिएका छन् । शान्तिसुरक्षा र विपद् व्यवस्थापन लगायत विषयमा प्रदेश ४ स्तरीय सुरक्षा गोष्ठीमा आइतबार उनले यस्तो निर्देशन दिएका हुन् । ‘संविधान विपरीतका कुनै पनि हर्कत गर्नेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुस्,’ उनले भने, ‘कानून विपरीत हुने कुनै पनि काम गर्नेलाई पनि नछाड्नुस् ।’ कार्यक्रममा प्रदेशको विद्यमान सुरक्षा अवस्था, चुनौती र समाधानबारे प्रस्तुति र छलफल भएको थियो ।स्थानीय र प्रदेश सरकारबीच समन्वय, यातायातको सिन्डिकेटको अवस्था, सुशासन लगायत आवश्यक कानून नबन्ने बेलासम्म शान्ति सुरक्षाका लागि आवश्यक समन्वय विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सह-सचिव रामकृष्ण सुवेदीले...


2018-05-13 | कोसेलीन्यूज
तितोपाटी डट कम - प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा देखाएको 'आत्मसमर्पण तथा रास्ट्रघाती सम्झौता ' हरुको बिरोधमा नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित बनेको छ। नेकपाले ठाउँठाउँमा आगजनी र बम विस्फोटका घटनाहरु समेत गराएका छन् ।बन्दका क्रममा  चितवन जिल्लाको भरतपुर महानगरपालिकामा रहेको भाटभटेनी सुपरमार्केटमा एकाबिहानै बम विष्फोट गराइएको छ। भरतपुरस्थित भाटभटेनीमा छेउमा विहानै करिव चार बजे गरिएको विष्फोटले सुपरमार्केटका सीसाहरु पूर्ण रुपमा फुटेका छन्। घटनामा कुनै मानविय क्षती भने भएको छैन। खैरेनी नगरपालिकाको पर्सा बजार, राप्ती नगरपालिकामा रहेको चिप्लेस्थित वडा नम्वर १ को...


2018-05-11 | कोसेलीन्यूज
तितोपाटी - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ अर्ब सहायता दिने घोषणा गरेका छन्  ।दुई दिने राजकीय भ्रमणका क्रममा शुक्रबार जनकपुर आएका मोदीलाई नागरिक अभिनन्दन गरिएको छ । कार्यक्रममा उनलाई जनकपुर नगरको साँचो हस्तान्तरण गरिएको थियो भने मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको समस्या राखेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रदेश २ को विकासका लागि १ अर्ब सहायता घोषणा गरेका हुन् । उनका अनुसार प्रदेश सरकार र केन्द्र सरकारले समन्वय गरेर यो रकममा बन्ने परियोजना छनोट गर्ने गर्नेछन् ।जनकपुर जयनगर रेल यो वर्षभित्र पूरा गर्ने गरी काम भइरहेको भन्दै उनले यसले नेपाललाई भारतको रेल सञ्जालमा...


2018-05-11 | कोसेली न्युज
तितोपाटी, बझाङको तल्कोट गाउँपालिकाको भोपुर रुवातोला सडकको बयालधार खण्डमा फलाम खानी फेला परेको छ । सडक निर्माणको क्रममा डोजरले खन्दा खानी भेटिएको हो ।सडक खन्ने क्रममा निस्कीएका फलाम मिश्रित ढुंगा ठुलो मात्रामा सेती नदी समेत खसेको स्थानीयले बताएका छन्।चैनपुर ताक्लाकोट सडकमा पर्ने साविक सुनिकोट गाविसको सेरागाउँदेखि धमेना गाविसको कुँवर गाउँसम्मको करिब ३ किलोमिटर क्षेत्रमा ठाँउ ठाँउमा फलाम जस्तै ढुंगाहरु भेटिएका हुन्। फलाम खानी भेटिए पनि यसको बारे कसैले वास्ता नगरेका कारण सडक निमार्णको क्रममा ठुलो मात्रामा सेती नदीमा खसेको स्थानीय धनबहादुर कठायतले बताए।साविकको धमेना गाविसमा पर्ने बयालधार डाँडामा रहेको फलाम खानी आजभन्दा ६५ वर्ष पहिला प्रयोग गर्ने गरिएको दाबी स्थानीय...


2018-05-10 | कोसेली न्युज
तितोपाटी, झापाबाट रोजगारीका निमित्त विश्वका विभिन्न मुलुकहरुमा रोजगाररत रहेका झापालीहरुको सामाजिक संस्था अन्तराष्ट्रिय झापाली समाज द्वारा झापाको कमल गाउँपालिका वडा न. – १, सडनपाडा मिस्त्री वस्तीमा गतसालको साउन अन्तिम साता आएको अविरल बर्षाले विस्थापित हुन पुगेका ९ घर परिवारका निमित्त बनाइने ९ घर बनाउने कार्य द्रुत गतिमा भइरहेको छ ।यसैबीच गत वैशाख २४ गते अन्तरास्ट्रिय झापाली समाजका उपाध्यक्ष तथा युरोप संयोजक ललित कुमार न्यौपाने, भवन निर्माण समितीका पदाधिकारीहरु एवं सदस्यहरुको टोलीले घर निर्माण स्थलको स्थलगत निरीक्षण गरेको छ ।प्रवास अन्तर्गत विभिन्न मुलुकमा रहेका झापाली समाजहरुको आर्थिक सहयोगमा अन्तरास्ट्रिय झापाली समाजले बनाउने उक्त घरहरु निर्माण भैरहेको मिस्त्री वस्ती झापाको नमुना वस्ती...


2018-05-10 | कोसेलीन्यूज
तितोपाटी डट कम - सरकारले सार्वजनिक खर्चमा मितव्ययीता ल्याउने गरी सार्वजनिक खर्चमा कडाइ गरेको छ ।बुधबार मन्त्रिपरिषद बैठकले पारित गरेको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शनले सरकारी निकायमा हुने जथाभावी खर्चमाथि अंकुश लगाएको हो ।उक्त नीतिअनुसार अब सरकारी कर्मचारीले हालसम्म पाउँदै आएका महंगी र स्थानीय भत्ताबाहेक सबै भत्ता खारेज हुनेछ । यो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने व्यवस्था गरिएको छ ।केही निकायका पदाधिकारीहरूले एक दर्जन प्रकारका भत्ता खाँदै आएका छन् । जुन तलवको दोब्बर/तेब्बरसम्म देखिन्छ । यस्तो विकृतिलाई उक्त नीतिले रोकेको हो ।कुनै निकायमा लागू गरिएको कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीलाई पनि वस्तुगत आधारमा सेवाप्रवाहसँग आवद्ध...


2018-05-10 | कोसेलीन्यूज
तितोपाटी डट कम - ललितपुर महानगरपालिकाले विद्युतीय बस र स्मार्ट सडकबत्ती ल्याउने योजना अघि सारेको छ ।सार्वजनिक-साझेदारी (पीपीपी) मोडलमा विद्युतीय बस सञ्चालन गर्ने महानगरको गृहकार्य छ । केही कम्पनीले सम्पूर्ण लगानी गर्ने र केहीले साझेदारीमा बस चलाउने प्रस्ताव गरेका छन् ।प्रस्तावमाथि अध्ययन अघि बढाइएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए । ‘अब विद्युतीय बस सञ्चालन गर्नुपर्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं’ महर्जनले भने, ‘विद्युतीय सवारी वातावरण मैत्री हुने भएकाले ललितपुर जस्तो सांस्कृतिक था पर्यटकीय नगरीका लागि महत्वपूर्ण हुन्छ ।’उचित तथा व्यवहारिक प्रस्तावलाई महानगरको पीपीपी कमिटीले अध्ययन गरेर कार्यपालिका बैठकमा पेश गर्नेछ ।‘हामी साझा बससँग पनि सहकार्य गर्न सक्छौं । कम्पनीहरूसँग...


2018-05-09 | कोसेलीन्यूज
तितोपाटी डट कम - श्रम मन्त्री गोकर्ण विष्टले नेपालमा कार्यरत श्रमिकहरुको मासिक तलब बढाउने गृहकार्य थालेका छन् । हाल ९ हजार ७ सय रुपैयाँ न्यूनतम पारिश्रमिक लिइरहेका श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ पुर्‍याउने श्रम मन्त्रालयको तयारी छ ।साथै श्रमिकमाथिको शोषणलाई अन्त्य गर्न बैंकमार्फत अनिवार्य भुक्तानीको व्यवस्था गर्न पनि मन्त्री विष्टले गृहकार्य थालेका छन् । यसका लागि श्रम नियमावली संशोधनको तयारी भइरहेको छ । सरकारले साउन १ गतेदेखि मजदुरको नयाँ न्युनतम् पारिश्रमिक तोकेर लागू गराउन गृहकार्य गरिरहेको मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीले अनलाइनखबरलाई बताए । यसका लागि ऐनले गरेको व्यवस्था बमोजिम न्युनतम् पारिश्रमिक निर्धारण समिति गठनको तयारी भइरहेको छ ।सरकारले अब मजदुरको न्युनतम्...


2018-05-08 | कोसेलीन्यूज
तितोपाटी डट कम - सरकारले वैदेशिक रोजगारीमा रहेका कामदाहरुले विदेशमै श्रम स्वीकृति नवीकरण (रि-इन्ट्री) गर्न सकिने व्यवस्थाका लागि तयारी थालेको छ ।यसका लागि प्रारम्भिक रुपमा वैदेशिक रोजगार नियमावली संशोधन तगारी सुरु भइसकेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।मन्त्रालयका एक उच्च अधिकारकाअनुसार कम्तिमा एकपटक विदेशमा नै श्रम रि-इन्ट्री गर्न सकिने व्यवस्थाका लागि छलफल थालिएको जानकारी दिए । उनकाअनुसार वैधानिक रुपमा विदेश पुगेकाको हकमा एकपटक सम्बन्धित देशको दूतावासबाट श्रम रि-इन्ट्री गर्न सकिने व्वस्थाका लागि छलफल भइरहेको छ ।नियमावली संशोधनपछि आफ्नो भिसा अवधि थपेर विदेशमा थप समय बस्नेहरुलाई अब सरकारले विदेशस्थित राजदूतावास र कुटनीतिक नियोगहरुमार्फत नै श्रमको रि-इन्ट्रीको व्यवस्था गर्नेछ ।‘एकपटक भन्दा...


2018-05-08 | कोसेलीन्यूज
तितोपाटी डट कम - चावहिल जोरपाटी सडकमा यात्रा गर्नेहरुले दुःख पाएको महिनौं भइसक्यो । पानी पर्‍यो भने हिलाम्ये हुन्छ, घाम लाग्यो भने बाङबुङ्ती धुलो उड्छ । सडकमा यति धेरै खाल्डाखुल्डी छन् कि स्कुटरमा यात्रा गर्न महाभारत पर्छ ।स्थानीयबासीले सडक तत्काल मर्मतसम्भर गर्न नारा लगाएनन् कि सडकमा धान रोपेनन् ? तर, कसैले सुनेनन् । चुनावको बेला ठूलठूला गफ दिने जनप्रतिनिधि पनि दुला पसे ।तर, सोमबार एकाएक  सडक पिच हुन थालेकाे देखेर स्थानीय तथा यात्रुहरु छक्क परे ।चावहिल चोकबाट सडक कालोपत्र गर्न थालिएको थियो । कतिपयलाई लाग्यो, अब यो बर्षामा दुःख नपाइने भयो । तर, केही अगाडि बढेपछि त्यो भ्रम टुट्यो ।सडकमा...


2018-05-08 | कोसेलीन्यूज
तिपाटी डट कम - स्थानीय युवाहरुले सामाजिक सञ्जालको माध्यमबाट चन्दा संकलन गरेर गाउँमा एम्बुलेन्स किनेका छन् ।चौतारा साँगाचोकगढी नगरपालिका-१३ ठुलोसिरुवारीका युवाहरुले फेसबुकलगायत सामजिक सञ्जालबाट रकम संकलन गरेर एम्बुलेन्स खरिद गरेका हुन् ।ठुलोसिरुवारी विकास समाजको अगुवाइमा एम्बुलेन्स खरिदका लागि अभियान सञ्चालन गरिएको थियो । देश विदेशमा रहने गाउँका सबैलाई सञ्जाल मार्फत अनुरोध गरेर एम्बुलेन्स खरिद गरिएको ठुलोसिरुवारीका स्थानीय लिलाबहादुर गिरीले जानकारी दिए ।गाउँका मान्छे विरामी हुदा एम्बुलेन्स अभावमा अकालमा नै ज्यान गुमाउन परेपछि सामाजिक सञ्जालको प्रयोग गरेर रकम संकलन गरिएको गिरीले बताए । सामाजिक सञ्जालको माध्यमबाट ७ लाख ४५ हजार रुपैयाँ संकलन गरिएको थियो ।एम्बुलेन्स खरिदका लागि ठुलो सिरुवारीका प्रत्येक घरबाट...