8 Jestha, 2075 | 22 May, 2018 Tuesday


2018-05-21 | तितोपाटी
 काठमाडौं -आइतबार रात छिप्पिसकेपछि सकिएको मन्त्रिपरिषद् बैठकले चुरे र भित्री मधेसका उपत्यकालाई जोड्ने गरी नयाँ राजमार्ग निर्माण गर्ने निर्णय गर्‍यो ।एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बनाइने यो राजमार्गले पूर्वको झापालाई पश्चिमको डडेलधुरासँग जोड्नेछ ।यो राजमार्गले कुन-कुन क्षेत्रलाई समेट्छ भन्नेमा अहिले स्थानीय क्षेत्रमा चासो छ । सडक विभागका अनुसार मध्यपहाडी लोकमार्ग र पूर्वपश्चिम राजमार्गको बीचमा बन्ने यो राजमार्गले चुरे आसपासका क्षेत्रलाई समेट्नेछ ।यो सडकले भित्री मधेससहित चुरे क्षेत्रका जिल्लाहरुलाई विकासको नयाँ ढोका खोल्ने सरकारको दाबी छ ।राजमार्ग झापाको शान्तिनगरबाट सुरु हुनेछ र सुनसरीको धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा, नवलपरासीको गैंडाकोट, पाल्पाको रामपुरबाट गुल्मीको रिडी पुग्नेछ ।...


2018-05-17 | कोसेलीन्यूज
तितोपाटी डट कम - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गरेको छ।श्रम मन्त्री गोकर्ण विष्टले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मलेसिया जाने कामदारहरुलाई आर्थिक भार परिरहेको भन्दै बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गर्ने निर्णय भएको बताए।ती संस्थाहरुहरुले नाजायज र गैरकानुनी भएको मन्त्री विष्टले बताए।एक पक्षीय ढंगबाट मलेसिया जान ३९ वटा स्वास्थ्थ संस्थामा स्वास्थ्य परीक्षण गर्न तोकिएको र त्यसलाई हटाइ स्वास्थ्थ मन्त्रालयले तोकेका र मन्त्रालयमा सुचीकृत भएका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गर्ने ब्यवस्था मिलाइने मन्त्री विष्टले बताए।त्यस्तै अवैध रुपमा माइग्राम संस्था दर्ता भएको भन्दै मन्त्री विष्टले त्यसका लागि १२५ मलेसियन रिंगिट दर उठाउने...


2018-05-15 | केदार नाथ खरेल
मुहम्मद इब्राहिम-    सम्पूर्ण मुस्लिम तथा गैर मुस्लिम नेपाली दाजु भाई तथा दिदीवहिनीहरुमा रमज़ान पर्वको पावन अवसरमा तितोपाटी डटकमको तर्फबाट हाम्रो पाठक वर्गहरुमा सु-स्वास्थ, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। रमज़ान १ तारिख देखि रमज़ानको रोजा राखिन्छ। यो अरबी पात्रो अनुसार नवौं महिनामा पर्छ। विश्वको एक चौथाई जनसंख्या भएको मुस्लिम धर्मालम्बिहरुको महान पर्व रमदान अर्थात रमजान पर्छ यो वर्षको रोजा २०१८ में १७ तारिख बिहिबार देखि शुरु हुने साउदी अरबबाट घोषणा भएको छ । तर नेपालमा भने शुक्रवारबाट मात्र शुरु हुनेछ ।  रोजा इस्लाम धर्मको पाँच स्तम्भहरु मध्ये चौथो स्तम्भमा पर्छ । इस्लाम धर्ममा मात्र अल्लाहको उपासना, प्रार्थनाको उदेश्यले बिहान सबेरै फज़रको नमाजको लागि...


2018-05-15 | कोसेलीन्यूज
तितोपाटी डट कम - दाङको तुलसीपुर उपमहानगरपालिका १ सुनपुरका ७१ वर्षीय गोविन्द सापकोटाले २०३३ मा गाउँकै बेलमती सुनारसँग विवाह गरे । ब्राह्मणको छोरा सुनारको छोरीसँग विवाह गर्‍यो भनेर सबैले छि:छि दूरदूर गरे ।उनी गाउँ–समाज र आफन्तमाझ एक्लो भए । पहिलो घरबार बिग्रिएपछि २०५८ मा दोस्रो विवाह गरे । त्यो पनि सुनारकै छोरी तारादेवीसँग । अब त अति नै भयो । उनलाई गाउँमा बसिसक्नुभएन ।‘म एक्लो भएँ । मलाई पुलिसमा लगेर थुनाए, कुटाए, पिटाए तर मैले हरेस खाइनँ,’ सापकोटाले भने, ‘तल्लो र माथिल्लो भन्ने जात हुँदैन भनेर खोजीखोजी सुनारकै छोरी विवाह गरें ।’ अन्तरजातीय विवाह गरेकामा उनलाई कुनै पश्चाताप छैन ।...


2018-05-15 | कोसेलीन्यूज
तितोपाटी डट कम - कोहलपुर राप्तीसोनारीकी १९ वर्षीया युवतीलाई सुनील नाम गरेका व्यक्तिले फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । उनले ‘एसेप्ट’ गरिन् । उनीहरूबीच कुराकानी सुरु भयो । मोबाइल नम्बर आदानप्रदान भयो । कुरा गर्दै जाँदा उनीहरुले कोहलपुरमा भेट गर्ने योजना बनाए । सुनीलले ती युवतीलाई बिहे गर्ने आश्वासन दिए । ती युवतीले आफ्नो बिहे भएको र साथमा चार वर्षीय छोरो रहेको बताइन् । त्यसले आफूलाई केही फरक नपर्ने प्रतिक्रिया सुनीलबाट आयो ।ती युवतीको चार वर्षपहिले बिहे भएको थियो । १५ वर्षको उमेरमै बिहे गरेकी उनलाई छोरो जन्मने बेला श्रीमान्ले छाडे । ‘सधैं रक्सी खाएर कुटपिट गर्ने गरेपछि म पनि आजित...


2018-05-08 | कोसेलीन्यूज
तितोपाटी डट कम - आफैँलाई गोली हान्न लगाइ धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा विशेष प्रहरी अनुसन्धान टोलीले धर्मगुरु आचार्य श्रीनिवासलाई त्रिभुवन विमानस्थलबाट भारतको दिल्ली भाग्न लागेका बेला पक्राउ गरि हातहतियार तथा खरखजाना मुद्दा लगाउने भएको छ ।आफैंलाई गोली हान्न लगाई धार्मिक तथा साम्प्रदायिक हिंसा फैलाउन खोजेको आरोपमा प्रहरीले धर्मगुरु आचार्य श्रीनिवासलाई सोमबार पक्राउ  गरी सोमबारै विराटनगर ल्याएको हो ।यसअघि आचार्यलाई गोली प्रहार गरेको आरोपमा चितवनको भरतपुर, बेलचोकका २९ वर्षीय माधव चौधरी तथा गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासी, गैंडाकोट ५ का ३२ वर्षीय लक्ष्मीराज अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । चौधरी आचार्यकै अंगरक्षक हुन् । प्रहरी अनुसन्धानमा ती...


2018-05-07 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- एक महिलालाई गैरसरकारी संस्था (एनजीओ)मा जागिर लगाइदिन्छु भन्दै जबरजस्ती धर्म परिवर्तन गराउने तीनजना महिला पक्राउ परेका छन् । चितवनको भरतपुर–२७ घर भइ काठमाडौंको सितापाइला बस्ने ३८ वर्षीया लक्ष्मी भट्टराईलाई एनजीओमा जागिर लगाइदिन्छु भन्दै धर्मपरिवर्त गराउन खोज्ने महिला पक्राउ परेका हुन् । पक्राउ पर्नेमा कास्कीको मच्याङ्गकोट गाउँपालिका ९ घर भइ काठमाडौंको सितापाइला बस्ने ४१ वर्षी सुमित्रा गौलि, काठमाडौं कलंकीकी ३६ वर्षी राधिका महर्जन र चितवनको भरतपुर–१६ की ४२ वर्षीया फुलदेवी भट्टराई छन् । चितवन भरतपुर फुलदेवी भट्टराईले वैशाख १५ गते (शनिवार) एनजीओमा जागिर खुलेको भन्दै पीडित लक्ष्मीलाई राधिका महर्जनलाई भेटाइन् । राधिकाले सितापाइलास्थित चर्चमा लगेर बाइबलको पाठ सुनाउँदै...


2018-05-03 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- न तलब थाहा छ। न त काम नै। एजेण्टले ‘राम्रो काम र दाम’ पाइन्छ भनेको भरमा बाँकेकी बेतानिया पासी कुवेत पुगिन्।४२ वर्षकी पासीलाई भारत हुँदै कुवेत पुर्‍याइयो। पासीलाई एउटा घरमा लगियो। चार बच्चाको रेखदेख, घरको झाडुपोछा गर्नु पासीको दैनिकी भयो। काम त ठिकै थियो। घरकी मालिक्नीले खाना नदिने, दुःख दिन थालिन्। अति भएपछि एक दिन पासी घरबाट भागिन्।त्यो घरबाट त भागिन्। तर, फेरि एजेण्टकै फन्दामा परिन्। एजेण्टसंगै रहेकै बेला पासीलाई पठाउने एजेण्टलाई घरबाट ठूलो दबाब गयो। घरपरिवारले स्थानीय दलाल र उसले माथिकालाई दबाब बढाएपछि पासीलाई कुवेतबाट दिल्लीको जहाजमा चढाएर पठाइयो।दिल्ली विमानस्थलमा ओर्लिएपछि पासी अलपत्र परिन्। नेपालगञ्ज बजारसम्म...


2018-05-02 | तितोपाटी
 ‘म विदेशमा भएका बेला श्रीमतीले सम्बन्धविच्छेद गरिछन्, धनसम्पत्ति पनि सबै सकिछन्। मेरो त बिजोक नै भयो’, दुई महिनाअघि बिर्तामोड नगरपालिका–५ का एक युवक ब्रह्मलाल आचार्य बिर्तामोडको न्यायिक समितिमा पुगेर आफ्नो पीडा सुनाउँदै थिए।न्यायिक समिति संयोजक नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले ती युवाको सबै कुरा सुनिन्। उपप्रमुख प्रसाईंले आचार्य बिरामी रहेको थाहा पाइन्। उपप्रमुखले ती युवालाई सल्लाह दिँदै भनिन्, ‘पहिले उपचार गरेर तपाईं निको हुनुस्। अनि समितिमा यसबारे कुरा गरौंला।’उपप्रमुख प्रसाईंले दुःख मान्दै सुनाइन्, ‘मुटुका बिरामी ती युवकको उपचारकै क्रममा मृत्यु भयो। उनको समस्याबारे समितिमा छलफलको विषय नै बन्न पाएन।’१९ वर्षअघि रोजगारी सिलसिलामा अफगानिस्तान गएका आचार्यसँग उनकी श्रीमतीले वकिलको मिलेमतोमा आठ...


2018-05-02 | कोसेलीन्यूज
तीतोपाटी डट कम - पछिल्लो समयमा सामाजिक सञ्जालमा नजोडिने मानिस सायदै भेटिन्छन् । सामाजिक सञ्जालले मानिसको जीवनलाई नै सहज बनाएको छ ।तर, कतिपय अवस्थामा सामाजिक सञ्जाल गलपासोसमेत सावित हुने गरेको छ ।सामाजिक सञ्जालको सही प्रयोगले मानिसलाई सहज बनाएको छ । सामाजिक सञ्जाललाई आफ्ना अनुभूति पोख्नेमात्र हैन, विचार विनिमय र ज्ञान आर्जनको माध्यम पनि बनाउन सकिन्छ ।तर, पछिल्लो समयमा यही सामाजिक सञ्जालको माध्यम बनाएर सामाजिक हिंसा र आपराधिक घटनासमेत हुन थालेको पाइएको छ ।नेपालमा पनि पछिल्लो समयमा ‘साइबर क्राइम’ अर्थात् विद्युतीय अपराधका घटनाहरु निकै बढ्न थालेका छन् ।महानगरीय प्रहरी अपराध महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ को हालसम्म देशभरिबाट ८८७ ओटा साइबर...


2018-05-01 | कोसेलीन्यूज
तीतोपाटी डट कम - ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा अाज विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाउन लागिएको हो । अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन ग¥यो । प्रहरीको गोली लागी सात मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलतासमेत हासिल गरेको विश्व इतिहास छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा...


2018-04-26 | तितोपाटी
 लेनिन जयन्तीको अवसरमा एमाले र माओवादीले गरेको संयुक्त कार्यक्रम ब्यानर विवादले ४ घण्टासम्म सुरु नै हुन सकेन ।शीर्ष तहमै दु्इई घण्टा बाझाबाझ गरेपछि बल्ल दुईवटा ब्यानर राख्ने सहमतिपछि ९ वैशाखको उक्त कार्यक्रम सम्पन्न भएको थियो ।पाँच दिनपछि एमालेको एउटा कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ब्यानर विवादबारे कडा टिप्पणी गरेका छन् । उनले ब्यानर विवादलाई केटाकेटीपनको संज्ञा दिएका छन् ।‘अब अस्ती नौ गते पार्टी स्थापना दिवसमा पनि देख्यौं हामीले । केही केटाकेटीहरुलाई पुष्पलालको फोटो नहटाइकन भएन’ मनमोहन अधिकारीको स्मृति दिवसमा आयोजित कार्यक्रममा ओलीले भने ‘किनभने त्यो हाम्रो मान्छे होइन हाम्रो मान्छे नभएको हुनाले यो अर्को पार्टीको देखियो भनेर...


2018-04-26 | तीतोपाटी डट कम
तीतोपाटी डट कम-पुनरावेदनका लागि निवेदन दिँदै छौं – नेपाली दूतावास साउदी अरबको दमामस्थित पुनरावेदन अदालतले पाकिस्तानी नागरिक मोहम्मद लतिफ बसिरको हत्या अभियोगमा झिटैया, धनुषाका उमेश यादवलाई मृत्युदण्ड दिने फैसला गरेको छ । उनलाई जुवेलस्थित केन्द्रीय कारागारमा राखिएको छ । त्यस जेलमा उमेशसहित २२ नेपाली छन् । जुबेलस्थित ‘जनरल कोर्ट’ ले सुनाएको फैसलालाई उल्टाउँदै पुनरावेदन अदालतले वैशाख २ गते (अप्रिल १५) मृत्युदण्डको फैसला सुनाएको हो । यसअघि जनरल कोर्टले १५ मार्च २०१७ मा यादवलाई ११ वर्ष कैद, ११ सय कोर्रा र साउदीबाट निकाला गर्ने फैसला सुनाएको थियो । जनरल कोर्टको फैसला चित्त नबुझेपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गएको हो । रियादस्थित नेपाली दूतावासले उमेशको जीवनरक्षाका...


2018-04-24 | तितोपाटी
विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर फर्किएर आउँदा त्यही घरबाट आफू स्वयम् निकालिए । आफ्नै घरबाट निकालिँदा ती पुरुष झस्किए । कारण थियो-उनलाई थाहै नदिई पत्नीले ‘डिभोर्स’ गरिसकेकी रहिछिन् । घटना हो झापाको बिर्तामोड नगरपालिका वडा नं ५ को ।  चर्को घाम-गर्मी, भोक-तिर्खा सबै सहेर बाध्यतावश परिवारबाट पर सात समुन्द्रपारि ती पुरुषले बिताएका १९ वर्ष बेकार मात्र भएन जवानी ढल्कियो, रोगले सतायो, जीविकोपार्जनको आधार सारा सम्पत्ति गुम्यो । त्यही पीडाले अन्ततः उनको मृत्यु नै भयो ।  १९ वर्ष अघि रोजगारीको सिलसिलामा उनी मलेसिया गएका थिए । केही वर्ष मलेसियामा बिताएर घर फर्किएका उनी थप धन कमाउन र परिवारलाई सुखसयलसँग...


2018-04-22 | तीतोपाटी डट कम
तीतोपाटी डट कम-  गर्भ परीक्षण गराउँदा छोरी भएको थाहा पाएपछि धनुषामा एक महिलाको हत्या भएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिका-१० डुमरीयाका शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासको श्रीमानबाट हत्या भएको भन्दै परिवारजनले मुद्दा दर्ताको प्रक्रिया सुरु गरेका छन्। मृतक अञ्जली ६ महिनाकी गर्भवती थिइन्। अञ्जलीको विवाह ११ महिनाअघि जिल्लाको सबैला नगरपालिका- १ खरियानीका चर्तुभुज दासको २२ वर्षीय छोरा दिपेन्द्र दाससँग भएको थियो। सामाजिक रितीरिवाजअनुसार तीन छोरीमध्ये जेठी अञ्जलीको बिहेमा शिवनाथले कर्जा लिएर करिब चार लाख खर्चेका थिए। विदेशबाट कमाएर आएका ज्वाइलाई बिहेमा दाइजोस्वरुप मोटरसाइकल, गरगहना र केही रकम पनि दिइयो तर, बिहे भएको एक वर्ष नबित्दै अन्जलीको हत्या भएको...


2018-04-21 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- सिन्धुपाल्चोकको एउटै नगरपालिका तीन जना युवा मलेसियामा सम्पर्कविहीन भएका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाकाको स्याउलेका चन्द्र बहादुर खत्री, पिपल डाँडाका कमल बस्नेत र बतासेका मिनबहादुर तामाङ मलेसियामा सम्पर्कविहीन भएका हुन् ।  स्याउलेका चन्द्रबहादुर खत्री मलेसिया गएको १० भयो । २०७२ सालमा भुकम्प गएको बेला फोन गरेका खत्री अहिले परिवारको सम्पर्कमा हुनुहुन्न । पिपलडाँडाका कमल बस्नेतले गएको असोजमा दिदीलाई तिहारमा आउने भन्दै माला तयार पारेर राख्नु भन्नुभएको थियो । कमल दिदीलाई भनेको समयमा घर आउनु भएन । उल्टै सम्पर्कविहीन हुनुभयो ।  १० वर्षअघि मलेसिया गएका मिनबहादुर बेपत्ता भएको एक वर्ष भयो । मिनबहादुरका१४ वर्षकै उमेरमा मिरा तामाङसँग बिहे भयो । बिहे...


2018-04-20 | तितोपाटी
राजविराज नगरपालिकामा परेका विभिन्न उजुरीमध्ये सम्बन्धविच्छेदका उजुरी सबैभन्दा बढी छन् । त्यसरी सम्बन्धविच्छेदको माग गर्ने सबै पुरुष छन् । अन्तरजातीय बिहे गर्ने, प्रेम विवाह गर्ने र दोस्रो बिहे गर्ने पुरुषसमेत छोडपत्रको निवेदन बोकेर नगरपालिकामा पुगेका छन् ।राजविराज नगरपालिका वडा नं. ४ का ओमप्रकाश दासले ०७० साल जेठ १९ गते दोस्रो विवाह गरे । पहिली पत्नीको निधन भएपछि दुईछोरा र एक छोरीका पिता ४० वर्षीय ओमप्रकाशले राजविराज १० की २४ वर्षीया युवतीसँग दोस्रो विवाह गरेका हुन् ।दोस्रो बिहेपछि एकजना छोरा पाएका दासले अहिले आएर दोस्री श्रीमतीसँग सम्बन्ध विच्छेदको माग गर्दै नगरपालिकामा निवेदन दिएका छन् ।गरीब परिवारको भएकै कारण तीन सन्तानका पितासँग...


2018-04-19 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ की ८ वर्षीया बालिकालाई स्थानीय ६० वर्षीय वृद्धले बलात्कार गरेको र जनप्रतिनिधिको दबावमा मिलापत्र गराउने कोशिस भइरहेको आरोप पीडित पक्षले लगाएको छ । यही वैशाख २ गते दिउँसो २ बजेतिर ८ वर्षीया एक बालिकालाई छिमेकी ६० वर्षीय जीतबहादुर मगरले बलात्कार गरेको पीडित पक्षको आरोप छ । बिस्कुट दिने वहानामा घरमा बोलाएर मगरले उनीमाथि बलात्कार गरेको पीडित पक्षको दावी छ ।ती बालिकाकी ११ वर्षीया दिदीले देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी थिइन् । त्यसपछि आमाले घटनाबारे जानकारी पाएकी थिइन् । बालिकालाई तत्काल बेलबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचार पश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य...


2018-04-19 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- काठमाडौं उपत्यकामा गएराति भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती ९ बजेर २२ मिनेटमा कीर्तिपुरको दहचोक आसपास केन्द्र बनाएर ३ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो । मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको धक्का कीर्तिपुरका साथै सिंहदरबार, बल्खु, सुन्धारा लगायत क्षेत्र तथा ललितपुर र भक्तपुरमा पनि महसुस गरिएको थियो । २०७२ सालको विनाशकारी भूकम्पपछि त्यसका पराकम्पहरु जाने क्रम जारी रहेका बेला लामो समयपछि काठमाडौँलाई केन्द्र बनाएर भूकम्प गएको हो ।...


2018-04-18 | तीताेपाटी डट कम
तीताेपाटी डट कम — नयाँ शैक्षिक सत्रमा निजी विद्यालयहरूले मनोमानी शैक्षिक शुल्क वृद्धि गरेकोमा विद्यार्थी संगठनहरूले विरोध जनाएका छन् ।अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त संघर्ष समितिले बुधबार राजधानीमा निजी विद्यालय सञ्चालकहरूलाई समेत राखेर शुल्क वृद्धिले आतंक बढाएको भन्दै तत्काल फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिए ।शुल्क मापदण्ड निर्देशिका कार्यान्वयनबारे आयोजित छलफलमा संस्थागत विद्यालय सञ्चालकहरूको छाता संस्था प्याब्सन र एन–व्याब्सनका पदाधिकारीले भने हरेक क्षेत्रमा महँगी बढेकाले शुल्क वृद्धि आफूहरूको बाध्यता रहेको तर्क गरेका थिए ।अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले निजी विद्यालयले चर्को शुल्क वृद्धिको आतंक फैलाएको आरोप लगाए । ‘राज्यले अनिवार्य र नि:शुल्क शिक्षाको अवधारणा ल्याएको छ, बोर्डिङहरूले भने नर्सरी र...