3 Mangshir, 2074 | 19 November, 2017 Sunday


2017-11-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - कसैले नाकका दुवै प्वालको बीचमा प्वाल पारेर रिङ झुण्ड्याएका छन् । कसैले दुवै आँखीभौं छेडेर गहना घुसारेका छन् । कसैका दुवै कानका लोतीभरि टपैटप कोचिएका छन्, मानौं ती कुनै पसलमा बेच्न राखिएका हुन् । कसैको फेसन कस्तो भने जिब्रोमै प्वाल पारेर रिङ घुसारेका छन् । कसैले ओठमै छेडेर छर्राजस्तो डल्लो गहना अड्काएका छन् । यहाँसम्म त ठीकै थियो, फेसनका पारखी र स्टाइलिस हुन चाहनेहरु नाइटो र आसपासका अंगहरुमा पनि छेडछाड गरेर रिङ झुण्ड्याउन पछि पर्दैनन् ।शरीरका विभिन्न अंगमा छेडेर रिङ या अन्य गहना झुण्ड्याउनुलाई ‘पियरसिङ’ भनिन्छ, जुन फेसन अचेल नेपालमा पनि मौलाएको छ । खासगरी पेट,...


2017-11-12 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - धादिङमा माओवादीका प्रभावशाली नेता शालिग्राम जम्मर कट्टेल र एमालेका स्थायी कमिटी सदस्य राजेन्द्रप्रसाद पाण्डे प्रदेशसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार बनेका छन् । माओवादी छाडेर कांग्रेस प्रवेश गरेका बालुवा खानी सञ्चालक शिव सुवेदी र ठेकेदार मधुकुमार श्रेष्ठ लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभामा उम्मेदवार बनेका छन् ।  उनीहरू कार्यकर्तालाई लिएर दिनदिनै चुनावी प्रचारमा हिड्छन् । हरेक दिनजसो कार्यकर्तालाई मासुभात खुवाउँछन्।चुनाव प्रचारमा हिँडेका कार्यकर्ताहरुका लागि दैनिक भोज हुन्छ । तर तीनै कार्यकर्ताले भोट माग्ने र नेतालाई भोट दिएर चुनाव जिताउने ब्रुसबाङका चेपाङ मतदाता भने सधैँजस्तो सिस्नु, टाँकीको मुन्टा र खोले खाएर बस्न बाध्य छन् ।राजमार्गमा पजेरो र मोटरसाइकलमा गुड्ने कार्यकर्ताको लहर...


2017-10-26 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव तिथि नजिकिँदै जाँदा दलबदल तीव्र बनेको छ । पार्टी फेर्नेमा धेरैजसो दोस्रो चरणको निर्वाचनमा टिकटको आकांक्षा राख्ने छन्। एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने क्रम २ नम्बर प्रदेशमा बढी देखिएको छ । केही दिनअघि मात्र राजपाबाट फोरम लोकतान्त्रिकमा प्रवेश गरेका विमल श्रीवास्तव आगामी शुक्रबार संघीय फोरममा प्रवेश गर्ने भएका छन् । बुधबार उनले आफू संघीय फोरममा प्रवेश गर्ने जनाए। तेस्रो चरणको स्थानीय निर्वाचनमा राजपाबाट वीरगन्ज महानगरपालिकामा मेयरको टिकट नपाएपछि उनी उम्मेदवारी मनोनयन गर्ने दिनमै राजपा छाडेर फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए । फोरम लोकतान्त्रिकबाट उनले वीरगन्ज महानगरपालिकाको मेयरमा उम्मेदवारी दिए। फोरम लोकतान्त्रिक कांग्रेसमा एकीकृत भएपछि...


2017-10-20 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - मुलुकले अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस २०१७ मनाउँदै गर्दा सहकारी तथा गरिबी निवारण मन्त्रालयले मङ्गलबार तीन लाख ९१ हजार ८३१ व्यक्ति गरिबको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । गरिब घरपरिवार पहिचान कार्यक्रम लागू भएका २५ जिल्लामा भएको सर्भेक्षण अनुसार पहिचान भएका गरिब घरपरिवारको अन्तिम सूची अनुसार एक लाख ८८ हजार २३५ अति गरिब, एक लाख १९ हजार ७४८ मध्यम गरिब र ८३ हजार ८४८ सामान्य गरिब रहेका छन् । दिगो विकासका लक्ष्यहरूमा उल्लेख भएझैँ सन् २०३० सम्ममा सबै ठाउँबाट सबै स्वरूपमा गरिबी, भोकमरी, अन्त्य गर्ने र खाद्यसुरक्षा तथा उन्नत पोषण प्राप्ति गर्ने लगायतका लक्ष्यहरू हासिल गर्नका लागि नेपाल...


2017-09-25 | तीतोपाटी डट कम
गोविन्द टण्डन - वर्षात्ले धुलोमैलो हटाएर आकाश स्वच्छ र सफा तुल्याएको, शरद ऋतुको कारण न जाडो न गर्मीको मनमोहक मौसममा पर्ने शारदीय पर्व विजयादशमीमा जताततै हरियाली, रंगीविरंगी विभिन्न फूलहरूले गर्दा वातावरण नै उल्लासमय हुन्छ । डाँडाकाँडा सबै हरिया देखिँदा आँखा नै शीतल बन्न पुग्छ गाउँबस्ती पुग्दा । त्यसमा पनि बिहानको सिमसिमे हुस्सुको लुकामारीले पहाड, उपत्यका रमाइलो बनेको हुन्छ । विद्यालय र कलेजमा छुट्टीका कारण केटाकेटी गाउँघरमा साथीभाइसँग भेटघाटमा व्यस्त हुन्छन् भने लिंगेपिङमा त्यत्तिकै रमाएका हुन्छन् । सहरी क्षेत्रमा केटाकेटी चंगा र अन्य मनोरञ्जनात्मक खेलकुदमा मस्त हुन्छन् । परदेशमा रहेकाहरू पनि घरका आमाबाबु, आदरणीयजनको आशीर्वाद थाप्न स्वदेश फर्कन्छन् ।परिवारजनसँगको भेटघाट, मान्यजनको...


2017-09-10 | तीतोपाटी डट कम
अशोक सिलवाल - बालाजु पुगेर खल्ती छाम्दा थाहा पाएँ, त्यो दिन म घरबाट मोबाइल नलिई निस्केको रहेछु । मोबाइल लिनैका लागि मात्र र्फकने जाँगर चलेन । दोमनलाई एक मन बनाउँदै सोचें, के नै इमरजेन्सी पर्ला र ?बेलुका घर आएर मोबाइल हेर्दा भरतजीको नम्बरबाट मात्र २२ मीस्ड कल रहेछ ।कलब्याक गरें ।सुरुमा उनी निकै रिसाए । एकछिनमा अलि शान्त भएर पटकपटक कल गर्नुको कारण बताए, ‘आज साँझ सात बजे काठमान्डु झर्दै गरेकी स्वीस केटीको नेपालमा अरु केही डिमान्ड छैन, एउटा मात्रै उसको डिमान्ड भनेको पर्फक्ट गाइड हो रे । त्यसैले एकजना राम्रो गाइड खोज्देऊ भनेर टुर कम्पनीको साथी रबिनले भनेकाले मैले...


2017-09-07 | तीतोपाटी डट कम
भेषराज पोखरेल - सोह्र श्राद्ध सुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्म सूर्य कन्या राशिमा भएको अवस्थामा आफ्ना समस्त पितृको श्राद्ध गर्नाले उनीहरू मुक्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । श्राद्ध गर्दा पितृको कल्याणमात्र हुँदैन, श्राद्ध गर्ने सन्तानलाई पनि आशीर्वादबाट कल्याण गर्छन्, कार्य सफल हुन्छ, ऐश्वर्य प्राप्त हुन्छ भन्ने पुराणहरूमा वर्णन गरिएको छ । श्राद्ध अर्थात् पितृयज्ञ वेदसम्मत छ । यो विज्ञानसम्मत पनि छ । मृत्यु तिथिमा गरिने एकोदिष्ट श्राद्ध हो । अर्को शरद ऋतु, आश्विन महिनाको पितृपक्षमा गरिने पार्वण श्राद्ध वा महालय श्राद्ध हो । एकोदिष्ट श्राद्धमा मुख्यत: तर्पण, पिण्डदान सम्बन्धित मृतात्मालाई मात्र गरिन्छ । पार्वण श्राद्धमा भने आफ्ना...


2017-09-03 | तीतोपाटी डट कम
पूर्ण बहादुर विक (पहाडी ), ओमन - खाडीमा कार्यरत नेपालीको संख्यामा हिसाब गर्ने हो, भने समग्रमा ४५ लाख भन्दा धेरै नेपालको उर्जावान युवा आफ्नो रगत पसिना बगाउन बाध्य छन । आफ्नो हक अधिकारको सुनिश्चितता तथा रोजगारीको लागि देशमा विभिन्न आन्दोलन भएपनि त्यसको ठिक विपरित नेपाली युवाहरु वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढेको छ । जनताले आफ्नो शासन आफै गर्न पाउने, आफ्नो हक अधिकारको सुनिश्चितता, रोजगारी सिर्जनाको लागि देशमा गणतन्त्र ल्याएपनि त्यसयता युवाहरु रोजगारीबाट बञ्चित हुने क्रम झन् बढेको छ भने त्यसको फलस्वरुप उनीहरु वैदेशिक रोजगारीमा जाने क्रम उच्च रुपमा बढेको छ । खाडीमा रोजगारको लागि आउन महिनौं म्यानपावर एजेन्सी र एजेन्सीमा...


2017-08-04 | तीतोपाटी डट कम
चाँदनी हमाल - वर्षदिनको तीजमा बाबा लिन आएकाहाम्री बजै पापीनीले सारी लुकाइन्...गायिका मिना निरौलाको स्वर र गीतकार चेतन कार्कीको रचना रहेको यो तीज गीतमा महिलाका आन्तरिक भावना अभिव्यक्त भएको।  झोरा भाकामा बनेको यो गीत सुन्दा धेरैलाई रमाइलो लाग्छ।अघिल्लो वर्ष नै आएको विष्णु माझीको गीत 'मै छोरी सलल, माइतीको झल्काले' ले तीजमा रमाउँदै नाचेकी चेलीको रहर पोखेको छ। तर, तीजको मर्म र भावना व्यक्त गर्ने गीतको साटो बजारमा यस्ता गीत निस्कन थालेका छन् जसले यो चाडको मर्मलाई नै बिसङगत बनाएका छन्। तीजको समयमा निस्कने यस्ता गीत छाडा गीतको कोटीमा पर्न थालेका छन्।'भनेको छु शिवजी एउटी केटी दिलमा सजाउछुयसपाली नि मेरो बिहे...

2017-08-02 | Titopati
आदरणीय नेपाली काङ्ग्रेस का सम्पुर्ण नेता ,कृयाशिल सदस्य र कार्यक्रता ज्यु हरु ।भरतपुर १९ चितबन । आदरणीय यहाँ हरु सम्पुर्ण काङ्ग्रेस जन हरु मा गोर्खा जिल्ला मा जन्मी हुर्केर चोट को बिचबाट पलायको यक भरतपुर १० को कृयाशिल सदस्य को तर्फबाट जय नेपाल टक्र्याउछु । आज यो अनुरोध पत्र हजुर हरु लाई मेरो आफ्नो परिचय बाट शुरु गर्दैछु।म स्ब भैरब राज बिस्ट ( गोर्खा काङ्ग्रेस का नेता) को पुत्र हुँ ।मेरो बुबा गोर्खाको राजनीतिक ब्यक्तित्व हुनु हुन्थ्यो । बुबा निष्ठाको राजनीति गर्ने, कसैलाई केही परे सहयोग गरि हाल्ने, बढी आत्मबिस्बासी पन नै हामीलाई दुर्भाग्य हुन पुग्यो ।जुन माओवादीलाई मन पर्ने...


2017-08-01 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - यो कठिन प्रश्न होइन । यसको उत्तर नेपालको तथ्यांक विभागले नै दिएको छ । सन् २०११ को तथ्यांकअनुसार नेपालको जनसंख्या करिब दुई करोड ६० लाख देखाएको थियो । त्यसको १२.२ प्रतिशत जनसंख्या ब्राह्मण भएको पाइएको छ । अंकमा भन्दा यो करिब ३२ लाख २६ हजार ९०३ देखिएको छ । यिनीहरू नेपालका सबै भागमा फैलिएर बसेको पाइएको छ ।हाम्रो समाजको एक अध्ययनमा जनकलाल शर्माले नेपालका ब्राह्मणहरूबारे केही विस्तृत चर्चा गरेका छन् । उनको भनाइअनुसार ब्राह्मणहरू पाँच भागमा विभक्त थिए ः सारस्वत, कान्यकुब्ज, गौड, मैथिल र उत्कल । सारस्वतहरू सरस्वती नदीको किनारबाट नेपालतर्फ पसेका थिए । त्यसैकारण उनीहरूको...


2017-07-31 | तीतोपाटी डट कम
शान्ति रार्इ - साउन महिनाको १ गतेलाई साउने संक्रान्ति भनिन्छ ।  खास गरेर यो चाड एक दिने चाड भए पनि बडो हर्षका साथ मनाउने गरिन्छ । परम्पराको रुपमा एक हिसाबले यो साउने संक्राक्तिको दिनबाट बर्षायमको अन्तय भएर हिउँदे महिनाको प्रारम्भ हुन्छ । यस महिनामा बिभिन्न रोगहरूबाट मुक्त होस भनेर बिभिन्न फलफूलका साथमा लुतो मन्साउने काम गरिन्छ । यहि साउनको महिनालाई हिन्दुधर्मलम्बि महिला दिदीबहिनीहरुले बिषेस पर्बको रुपमा पनि मनाउने गर्छन । यस महिनामा महिला दिदीबहिनीहरुले आफ्नो पतिको र्दीघायु र सुस्वथाको लागी ब्रत बस्ने हातमा मेंहेंन्दी लगाउने र यस श्रवणन महिनै भरी हातमा हरीयो चुरा लगाएर आफ्नो पतिको सुरक्षा हुन्छ भन्ने किम्दन्तिको आधारमा...


2017-07-28 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - भोली बिहानसम्म जीउलाई केही भइहाल्ने हो कि भन्ने मनमा डर पाल्दै रातभर पशु राख्ने चिसो गोठको बास। तीन दिनसम्म राम्रोसँग सुत्न पाउनु त परै जाओस्, भनेको समयमा पेटभरि खाना खान पनि नपाइने। घरमा कामको चटारोका कारण एकाबिहानै पेट दुखिरहे पनि झिसमिसेमै खेतको काममा दौडिनुपर्ने कर्णालीका महिलाको दैनिकी हो।छाउ भएको समयमा यहाँका महिलामा असुरक्षित रूपमा गोठमा बस्नुपर्ने बाध्यता छँदै छ। त्यसमा पनि साविकको भन्दा अतिरिक्त काम गर्नुपर्ने अवस्थाका कारण उनीहरूको स्वास्थ्य अवस्था निकै कमजोर छ। छाउ भएपछि घरआँगन छुन नहुने भन्दै बिहानैदेखि साँझसम्म काममा लगाउने गरिन्छ। ‘छुई भयौं भने घरभित्र पस्न मात्र होइन, पानीसमेत छुन पाइँदैन', तातोपानी...


2017-07-18 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो । हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो । सुनसान घर । कोही कसैसँग बोल्दैनन् । आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोज्नुभो । दुई महिलाले समातेर उहाँलाई कौसीसम्म ल्याए ।कपाल मुन्डन गरेका छोरा प्रेमबहादुरले छाउगोठमा सर्पले डसेर मृत्यु भएकी बहिनीको घटना सुनाइरहँदा देर्जुकुमारी मुख छोपेर सुँक्सुकाइरहनुभो । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६, लैनचौरकी २३ वर्षीया तुल्सी शाहीको नौ दिनअघि छाउगोठमै सर्पले टोकेर मृत्यु भएयता देर्जुका आँखा ओभाएका छैनन् ।जेठ ८ गते यही गाउँकी अर्की किशोरीको पनि छाउगोठमै मृत्यु भएको थियो । १४ वर्षीया लालसरा विकले छाउगोठमै सर्पले...


2017-07-05 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले भारतमा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन गरे मान्यता नदिने निर्णय गरेको छ । निर्णय कार्यान्वयनमा आए गुणस्तरीय शिक्षाबाट नेपाली विद्यार्थी वञ्चित हुने ठानिएको छ । एक वर्षपछि (०७५ साउन १ देखि) भारतमा पढेकाले नेपालमा सीएको मान्यता पाउने छैनन् । आइक्यान लेखापरीक्षकको नियामक र अद्र्धन्यायिक निकाय हो ।सरकारी प्रतिनिधिसहित ६ जना सदस्यले लिखित असहमति (नोट अफ डिसेन्ट) जनाए पनि बहुमतबाट यो निर्णय भएको छ । चार्टर्ड एकाउन्टेन्ट १०, रजिस्टर्ड अडिटर ४ र सरकारी प्रतिनिधि ३ गरी १७ जनाको आइक्यान बोर्ड हुन्छ । अर्थ मन्त्रालय, महालेखा परीक्षक र महालेखा नियन्त्रक कार्यालयका एक÷एकजना प्रतिनिधिले आइक्यानमा प्रतिनिधित्व...


2017-06-24 | तीतोपाटी डट कम
अारबी खड्का - समाजसेवा भनेको समाज र मानवको लागी गरिने निस्वार्थ सेवा हो । नेपाली समाजसेवी  भने बाहिरी आवरणमा समाजसेवाको प्रचार गराउने र भित्र पृष्ठभूमिमा आफ्ना स्वार्थहरु पुरा गराउने कुचेष्टाहरु नेपाली समाज  देश विदेशमा  विकराल बन्दै गएपछि अहिले स्वच्छ मन भएका समाजसेवीहरु समेत ओझेलमा परेका छन् । दलाल, तस्कर र भ्रष्टचारीहरुलाई विभिन्न औपचारिक कार्यक्रममा समाजसेवी भन्दै सम्मान र स्वागत गर्न थालेपछि भने समाजले पाउने निस्वार्थ भावनाका मानिसहरु पछाडि धकेलिएका छन् । गलत धन्दा र व्यवसाय सञ्चालन गरी आर्जन गरेको धन दुई चार हजार सार्वजनिक कार्यक्रमहरुमा खर्च गरिदिएर समाजसेवी बनाउने चलन नेपाली समाजमा व्यापकता पाउँदा, सार्वजनिक सरोकारको विषय उठान गर्नेहरु अहिले...


2017-06-23 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - अहिलेजस्तो जताततै एफएम र टेलिभिजनको हावाहुरी थिएन। रेडियो नेपालबाट थोरै आवाज बज्थे। तिनको वजन गह्रुँगो हुन्थ्यो ।४८ वर्षअघिको कुरा हो। यशोदा सुवेदी कुपण्डोलस्थित घरकै रेडियोमा एउटा गीत सुन्दै थिइन्–‘म तिम्रो जन्मदिनमा हावा बनी याद बनी शुभकामना लिई आउनेछु केही छैन प्रिय के लिई आउँ खुसी भई लिनु है म जेसुकै ल्याउँ मलाई मायाको डोरीले बेरिदिनु एकपल्ट मलाई हेरिदिनु’कुपण्डोलकै रैथाने, कट्टर ब्राह्मण अनि न्यायाधीश बाबुराम उपाध्याय सुवेदीको परिवारमा त्यो केवल रेडियोमा बजेको एउटा गीत थियो। जबकि, छोरी यशोदाको मनमा त्यही गीतले भुइँचालो ल्याइरहेको कसैलाईसुइँको थिएन।‘मेरो जन्मदिनमा उहाँले लेख्नुभएको गीत थियो,’ यशोदा भन्छिन्, ‘अफिसमै सुनाउनुभएको लाइन रेडियोमा उहाँकै आवाजमा बजिरहेको थियो।’यसो भन्नेबित्तिकै सोफामा...


2017-06-19 | तीतोपाटी डट कम
बिमला पण्डित -  नेपाल सरकारले घरेलु कामदारलार्इ खाडी मुलुकहरूमा जान सामाजिक सुरक्षाको दृष्टिले उपयुक्त नरहेको भनि वैदेशिक रोजगारीमा जान रोक लगाएको छ । नयाँ अ।उने मात्र होइन, छुट्टीमा गएकाहरूलार्इ समेत श्रम स्विकृति नदिइ विदेश अ।उन अंकुश लगाएको छ । हाम्रा नेपाली दिदीबहिनीहरु फेरी पनि घरेलु कामदार(खदामा)को रूपमा खाडी मुलुकमा ओइरिरहेका छन् । त्यो पनि गैरकानूनी तरिकाबाट भारत र श्रृलंकाको बाटो हुँदै खाडी मुलुक छिरिरहेका छन् । यसरी गैरकानूनी तरिकाले महिलाहरूलार्इ विदेश अ।उन बध्य बनाउने र लुकाइ छिपाइ  भारतको बाटो हुँदै पठाउने को ? वास्तवमा  मैले यस विषयमा धेरै कुराहरु पढें  दुखका कुराहरु सुने देखें र भोगे पनि । कुनै पनि नेपाली...


2017-06-09 | तीतोपाटी डट कम
महेश अाचार्य - नेकपा एमालेका नेता स्व.मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा २०५१/५२ को वजेटमार्फत नेपालमा वृद्धभत्ता वितरणको सुरुवात भएको थियो। सो समयमा वृद्धभत्ता पाउनको लागि ७५ वर्ष पुगेको हुनुपर्थ्यो भने सरकारले प्रति व्यक्ति मासिक १०० का दरले  १ लाख ७२ हजार ७५ जना जेष्ठ नगरिकलाई  १ करोड ७२ लाख ७ हजार ५ सय रूपैयाँ वितरण गरेको थियो।समयक्रमसँगै वृद्धभत्ता बढाउँदै र केही न्यायपूर्ण र वैज्ञानिक बनाउँदै लगेको पाईन्छ जुन अझै पर्याप्त हुन सकेको छैन। २०५१ सालमा १०० रूपैयाँ रहेको वृद्धभत्ता २०६१ देखि प्रति व्यक्ति १७५ पुगेको देखिन्छ। आ.ब २०६७/६८ सम्म आइपुग्दा ज्येष्ठ नागरिकको परिभाषामा परिमार्जन गर्दै जेष्ठ नागरिक (सामान्य) जसले ७० वर्ष पुगेपछि...


2017-05-28 | तीतोपाटी डट कम
गंगा खड्का - सम्माननीय स्वास्थ्यमन्त्री ज्यू, हजुरको स्वास्थ्य ठिकै होला भन्नेमा पूर्ण आशावादी छुँ । म गंगा खड्का । गुल्मीबाट । स्वास्थ्यमन्त्री भएदेखीनै नेपालको स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गरिरहनुभएको खवर म दिनहुँ पढ्छु र सुन्छु । पत्रबाटै म धन्यवाद व्यक्त गर्दछु । हजुरले स्वास्थ्य क्षेत्रमा धेरै नीतिगत परिवर्तन र स्वास्थ्य सुविधा उपलव्धको विषयमा जति काम अगाडी बढाउनुभएको छ । यो हाम्रो लागि सबैभन्दा महत्वपूर्ण हो । योजना कार्यान्वयन होउन् मेरो शुभकामना हजुरलाई ।कहिलेकाँही लाग्छ छिनछिनमा परिवर्तन भइरहने सरकार र मन्त्रीहरुले हजुरले अगाडी बढाएका कामलाई निरन्तरता नदिएर हामी फेरी शुन्यमा पुग्ने हौं की ? आशा छ आम नागसरिकको हितमा भएका कामलाई सबैले कार्यान्वयन...