8 Jestha, 2075 | 22 May, 2018 Tuesday


2018-05-20 | तितोपाटी
नायिका करिश्मा मानन्धर छोटो पहिरनको विवादमा फसेकी छिन् । केही दिनअघि छोरी कविताले अभिनय गरेको फिल्मका बारेमा आयोजित पत्रकार सम्मेलनमा उनी पुगेकी थिइन् । उक्त कार्यक्रममा कविताको भन्दा करिश्माको लुगा छोटो थियो । कार्यक्रम अवधिभर करिश्मालाई आफ्नो छोटो स्कर्ट सम्हाल्न सकस परेको देखिएको थियो । वार्डरोव फालफङ्सनको डरले उनले निरन्तर आफ्नो तिघ्रा हातले छोपिरहेकी थिइन् भने दुई घुँडा च्याप्प जोडेर बसेकी थिइन् । यस विषयमा मिडियामा गसिपहरु आएपछि करिश्मा आक्रोशित बनेकी छिन् । उनले फेसबुकमा आफ्नो पहिरनको बारेमा स्पष्टिकरण दिँदै यसलाई अधवैंशे महिलाले लगाउने पोशाक भनेकी छिन् । करिश्मा लेख्छिन्, ‘यो पहिरन झण्डै सात वर्ष पुरानो हो । यो...


2018-05-17 | कोसेलीन्यूज
तितोपाटी डट कम - प्रवासबाट उदय भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा वाहवाही कमाउन सफल भएका लोकपप गायक डिबि लोप्चनको नया एल्वम "कोशिष" को "चञ्चले नानी" बोलको गीतको म्यूजिक भिडियो म्युजिक नेपाल मार्फत बजारमा अाएको छ ।अाफ्नै शव्द रचना तथा गायक डिबि लोप्चन र गायिका ईन्दिरा जोशीको स्वरमा शिव 4s मिडिया प्रालीको प्रस्तुतिमा  “चञ्चले नानी” नामक गीत हालै मात्र बजारमा आएको हो। नायक दिलीप रायमाझी र नायिका सुष्मा कार्कीको दमदार अभिनय रहेको “चञ्चले नानी” बोलको गीतको म्युजिक भिडियोलार्इ बि बि अनुरागीले संगित भरेका हुन भने शिब बिकको निर्देशन र रविन बिकको सम्पादन गरेका हुन ।म्युजिक नेपाल प्रालीको अफिसियल युटुब च्यानल मार्फत केहिदिन...


2018-05-16 | तितोपाटी
नेपाली फिल्म निर्माता तथा वितरण माधव वाक्लेसहित ६ जना २ करोड ६० लाख ६८ हजार नक्कली नेपाली नोटसहित पक्राउ परेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वाग्लेसहित महेन्द्र वोगटी, सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, विकाश नापितलाई पक्राउ गरेका छन् ।वाग्ले बाहेक ५ जनाको बारेमा खुलिनसकेको प्रहरीले बताएका छन् । प्रहरीले तीन दिनभित्र प्रहरीले उनीहरूलाई काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबुबाट पक्राउ गरेको हो ।प्रिनसेस मुभिज प्रालिका सञ्चालक समेत रहेका वाग्ले प्रहरीले उनकै कोठाबाट २ करोड ५२ लाख नक्कली नोट बरामद गरेको हो । वाग्ले काठमाडौं महानगरपालिका १ चारढुङ्गेमा भाडामा बस्दै आएका छन् । लुट, लुट–२,...


2018-05-15 | तितोपाटी
 अधिकांश मिस नेपालले मोडलिङ र अभिनय करिअर रोजेका छन् । तर उनले भने त्यो पुरानो ट्रेन्डलाई फलो गरिनन् । बरु उनले व्यवसाय र रोजगारी रोजिन् । जसबाट उनलाई नाम, दाम, सफलता सबै मिलिरहेको छ । उनी अर्थात् सदीक्षा श्रेष्ठ ।केही पहिले थाइल्यान्डबाट मास्टर सकेर फर्किएकी उनी २०१० की मिस नेपाल बिजेता हुन् । मिस नेपालको उपाधि चुम्दै गर्दा उनी अभिनयमा होमिन्छिन् भन्ने धेरैको अनुमान थियो । केही फिल्मकर्मीले त उनका अगाडि अफरसमेत थुपारेका थिए । तर पहिले अध्यायन र त्यसपछि व्यवसाय उनको प्राथमिकतामा पर्यो । साथसाथै जागिरे जिम्मेवारी पनि उनले निर्वाह गरिरहेकी छन् ।पूजा इन्टरनेसनलको फोक्स वागेन जर्मन गाडीको ब्रान्ड...

2018-05-13 | तितोपाटी
 नायिका प्रियंका कार्कीले धेरै चलचित्रमा काम गर्दा उनको चर्को आलोचना पनि हुन्छ । वर्षमै दर्जन बढी चलचित्र, म्यूजिक भिडियोमा काम गरेर प्रियंकाले आफूलाई सस्तो बनाएको आरोप पनि उनीमाथि लाग्दै आएको छ । प्रियंका भने नजिकका चलचित्रकर्मीहरुलाई ‘नाई’ भन्न नसक्ने बताउँछिन् ।प्रियंकाले चलचित्रमा काम पाइरहनुको अर्को कारण पनि छ, उनको शैली । चुलबुले प्रियंका मानिसलाई आफ्नो बनाउन निकै सिपालु छिन् । शनिबार बेलुकी आयोजना भएको ‘शत्रु गते’ चलचित्रको ५१ दिने सफलता कार्यक्रममा प्रियंकाको यो शैली खुबै देखियो ।कार्यक्रम स्थलमा प्रवेश गर्नसाथ उनले निर्माता किरण केसीसँग अंकमाल गरिन् र सेल्फी खिचिन् । यसपछि, प्रियंकालाई किरण केसीले जुरुक्क बोके र फनफनी घुमाए ।...


2018-05-12 | तितोपाटी
बलिउड सुपरस्टार आमिर खानका दुई फिल्म ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ बाट चर्चामा आएकी अभिनेत्री हुन् जायरा वसिम । १७ वषिर्या यी किशोरीले सामाजिक सञ्जालमा आफ्नो विषयमा ठूलो खुलासा गरेकी छिन् ।जायराले आफू चार वर्षदेखि गम्भीर डिप्रेसनको शिकार भएको बताएकी छिन् । नेसनल अवार्ड समेत जितेकी उनले आफ्नो अफिसियल इन्स्टाग्राम एकाउन्टमा लेखेकी छिन्, ‘हो, म लामो समयदेखि डिप्रेसन र एन्जाइटीबाट पिडित छु ।’समाजमा कुनै पनि खालको मानसिक रोगलाई नराम्रो दृष्टिकोणले हेरिने भएकाले आफूले अहिलेसम्म आफ्नो रोग लुकाएको उनको भनाई छ ।‘मैले दैनिक पाँच पटकसम्म डिप्रेसनको औषधि खान्थेँ । मलाई आधि रातमा अस्पताल पुर्‍याइएको थियोउ । म कति हप्तासम्म राति निदाउन सकिनँ...


2018-05-07 | कोसेलीन्यूज
तीतोपाटी डट कम - नायिका करिश्मा कपुर केही घन्टाका लागि नेपाल आइन् । आज बिहान करिब ९ बजे नेपाल आइपुगेकी उनी काठमाण्डौको दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वेलर्स’को शाखा उद्घाटन गर्न आइपुगेकी हुन् ।करिश्माले दरबारमार्गमा संचालनमा आएको ‘मेरिगोल्ड ज्वलर्स’को शाखा उद्घाटन गर्दै भनिन्–‘उहाँहरु र मविचमा केही कुरा मिल्छ । म पनि बलिउडमा चौथो जेनेरेशनकी नायिका हुँ । अहिले मेरिगोल्डलाई पनि चौथो जेनेरेशनले हाकिरहनुभएको छ ।’करिश्माले रिबन काट्दै शाखा भ्रमण पनि गरिन् । उनलाई उपस्थित पाहुना र मिडियाले खुबै पछ्याएका थिए । करिश्माले छोटो मन्तव्य राख्दै भनिन्–‘म १५ बर्ष अगाडि नेपाल आएकी थिएँ । फेरि पनि निमन्त्रणा गर्नुहोला, म आउनेछु ।’करिश्माले नेपाल...


2018-05-07 | कोसेलीन्यूज
तीतोपाटी डट कम - सर्वोत्कृष्ट लोकदोहोरी नव गायिकातर्फको यसवर्षको अवाड ‘छिन छिन बज्ने चुरा’बाट सम्झना भण्डारीले पाएकी छन् ।‘बत्ती बाल्नै पर्दैन त्यो ठाउँमा’ गीतबाट एकाएक चर्चाको उचाईमा पुगेकी भण्डारीले  दर्जनौ गीतहरुमा आवाज दिइसकेकी छन् ।उनको आवाजको माग नेपाली लोक सङ्गीतको क्षेत्रमा बढ्न थालेको छ । उनले अवार्ड पाएको चर्चा एकातिर छ भने अर्काेतिर उनको गीत ‘सलल बगेको पानीको’। नवगायक हेम शर्मा र चर्चित गायिका सम्झना भण्डारीको आवाजमा रहेको गीतमा नारायण भट्टराईको लय रहेको छ भने चर्चित गीतकार कमल अर्यालको शब्द सृजना रहेको छ ।रिना थापा र समीर थोक्करको सशक्त अभिनय रहेको गीतको छायाङ्कन बासु बरालले गरेका छन् भने निर्देशन समीर थोक्करको...
2018-05-02 | तीताेपाटी डट कम
 “हाइ!” उसैले पहिलो म्यासेज पठाएको थियो फेसबुकमा।“हेल्लो।” मैले लगत्तै म्यासेज फर्काएकी थिएँ।“आरामै हुनुहुन्छ? साथी जस्तो लागेर रिक्वेस्ट गरेछु….!”“हजुर आराम छु। तपाइँ नी? तपाइँले रिक्वेस्ट पठाउनु भयो मैले एसेप्ट गरेँ। अब त साथी नै भयौँ नि फेसबुकमा भएनी।” मैले हाँसेको इमो सहित म्यासेज लेखेँ।“हाहा! हुन त हो। अब त साथी भई हालियो नि। अनि कहाँ हो घर हजुरको?” उसले सोध्यो।“झापा, केर्खा।”“ए! मेरो नि झापा नै हो। दमक!”यसरी नै भएको थियो हाम्रो चिनाजान। यसपछि हाम्रा कुरा भइ रहन थाले। ऊ मलाइ अनलाइन देख्ने बित्तिकै म्यासेज गरिहाल्थ्यो। म पनि ढिला नगरी रिप्लाई गरिहाल्थेँ। मैले उसको प्रोफाइल खोलेर तस्बिरहरु हेरेकी थिएँ। ऊ सुन्दर थियो।...


2018-05-02 | कोसेलीन्यूज
तीतोपाटी डट कम - राजधानीको ग्रान्डी अस्पतालमा कार्यरत स्वास्थ्य परिचारिक सुनिशा विष्टले ‘नर्सिङ आइडल २०१८’ को जितेकी छन् । उनले १८ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन्।विष्टले उपाधिका साथमा विभिन्न उपहार प्राप्त गरिन्।अमेजन ईन्टरटेन्मेन्टले मंगलबार राजधानीको राष्ट्रिय नाचघरमा आयोजना गरेको प्रतियोगितामा सुजिता खत्री ‘फष्ट रनर अप’ र जेनिशा थापा ‘सेकेन्ड रनर अप’ घोषित भए।विधागत विजेतातर्फ रिचा कार्की ‘बेस्ट ट्यालेन्ट’, जेनिशा थापा ‘बेस्ट क्याटवाक’, जेबिका श्रेष्ठ ‘बेस्ट पर्सनालिटी’, प्रिया शर्मा ‘बेस्ट फोटोजेनिक’, सुजिता खत्री ‘बेस्ट स्माइल’, सेलिना चौलागाई ‘बेस्ट डिसिप्लिन’, आस्था गुरुङ ‘बेस्ट कम्प्लेक्सन’, रिना केसी ‘बेस्ट हेयर’, शर्मिला लामा ‘मस्ट चार्मिङ’, सुनिशा विष्ट ‘मस्ट इन्टलिजेन्ट’, अस्मिता गिरी ‘मस्ट स्मार्ट’, वर्षा...


2018-05-01 | तितोपाटी
अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘ह्यापी डेज’ गत शुक्रबारबाट प्रदर्शनमा आएको छ । प्रियङ्का कार्कीसँग उनको रोमान्स रहेको यो ‘ह्यापी डेज’ले भने अनुमान गरेजस्तो दर्शक पाउन सकिरहेको छैन । दयाहाङ पछिल्लो समयका सबैभन्दा चर्चित र व्यस्त नायक हुन् भन्दा दुईमत रहन्न । चर्चा र व्यस्तता जति नै धेरै भए पनि उनको अभिनय रहेको धेरै फिल्मको लगानी सुरक्षित गर्न सकेका छैनन् । ‘दासढुङ्गा’पछि लगातार फिल्म अभिनय गरिरहेका दयाहाङका ‘लुट’, ‘कबड्डी’, ‘लुट–२’, ‘झोले’ व्यावसायिक सफल मानिएका फिल्म हुन् । सफल तुलनामा उनको व्यावसायिक असफल फिल्मको भने धेरै छन् । ‘सेतो सूर्य’, ‘तान्द्रो’, ‘झुम्की’, ‘कबड्डी कबड्डी’, ‘वीर विक्रम’, ‘पुरानो डुङ्गा’, ‘लालटिन’, ‘नेप्टे’लगायत अन्य...


2018-04-29 | तितोपाटी
बलिउडमा जब कुनै नायिकाले बिहे गर्न आँट्छिन् उनलाई सोधिने पहिलो प्रश्न हुन्छ, ‘बिहेपछि फिल्मलाई निरन्तरता दिनुहुन्छ कि दिनुहुन्न ?’नायिका सोनम कपुर अर्को महिना आफ्ना प्रेमी आनन्द आहुजासँग लगनगाँठो कस्दैछिन् । र, अहिले उनलाई पनि यही प्रश्न सोध्न थालिएको छ ।हालै फिल्म ‘वीरे दि वेडिङ’ को पत्रकार सम्मेलनमा यो प्रश्न आएपछि नायिका क्षुब्ध बनिन् । उनले जवाफ दिइन्, ‘यो प्रश्न हामी नायिकाहरुलाई मात्र किन सोधिन्छ ? नायकहरुले पनि त बिहे गर्छन्, उनीहरुलाई किन सोधिँदैन ? शाहिद कपुरले मिरा राजपुतसित बिहे गर्दा बिहेपछि के गर्नुहुन्छ भनेर किन सोधिएन ?’सोनमको यस्तो जवाफबाट पत्रकारहरु अवाक् बनेका थिए ।उक्त पत्रकार सम्मेलनमा सोनमले सन्तान जन्माएलगत्तै फिल्ममा...


2018-04-26 | तितोपाटी
 सामान्यतया केटी मान्छेहरुले कपाल मुन्डन गरेको स्वभाविक लाग्दैन । लामो कपालमै उनीहरु सुन्दर देखिन्छन् । तर, कसैलाई रहर लाग्यो त के गर्ने ? आखिर यो निजी कुरा न हो ।प्रसंग हो गर्भवती नायिका निशा अधिकारीको । उनले पहिले पनि एकपटक कपाल खौरिएकी थिइन् । हाल अमेरिकामा बसेर पहिलो बच्चाको प्रतिक्षा गरिरहेकी नायिकाले फेरि कपाल मुन्डन गरिछन् । नायिकाले कपाल मुन्डन गरेको विषय मिडियामा रमाइलो गसिप बन्ने नै भयो ।तर, मिडियाप्रति आलोचनात्मक दृष्टिकोण राख्ने नायिकाले फेसबुकमा लामो स्टाटस लेखेर घुमाउरो असन्तुष्टी प्रकट गरेकी छिन् । ‘कपाल होस, नहोस, लामो होस, छोटो होस, रंग्याइएको होस, नहोस केही फरक पर्दैन,’ निशाले लेखेकी छिन्,...


2018-04-24 | तितोपाटी
सर्वाधिक सफल फिल्म फ्रान्चाइजको रूपमा अघि बढिरहेको ‘छक्का पञ्जा’ फिल्मको तेश्रो श्रृखंलामा अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भएकी छन्।दीपिका फिल्ममा अभिनेता दीपकराज गिरीको जोडी बन्नेछिन्। स्क्रिप्टको माग अनुसार दीपिका फाइनल भएको निर्देशक दीपाश्री निरौलाले जानकारी दिएकी छन् ।‘हामीलाई बोल्ड एण्ड ब्युटिफूल लेडीको आवश्यकता थियो’, निर्देशक निरौलाले फिल्ममा दीपिकाको भूमिका बारे भनिन्, ‘स्क्रिप्टमा भएको यो गुण हामीले दीपिकामा देख्यौं । स्क्रिप्टको डिमान्ड र टिमको सहमती पछि छक्का पञ्जा ३ मा उनी भित्रिएकी हुन् । ‘यसअघिका दुई सिरिजमा दिपकको जोडी बनेकी नायिका प्रियंका कार्की यस फिल्ममा विशेष भूमिकामा प्रस्तुत हुने बताइएको छ । फिल्ममा दीपिका नयाँ रहेपनि, दीपक, प्रियंका, जितु नेपाल, केदार घिमिरे,...


2018-04-19 | तितोपाटी
 ‘हेट स्टोरी २’ की नायिका सुरवीन चावलाले जनवरीमा आफ्नो विवाहको खुलासा गरेर सबैलाई चकित बनाएकी थिइन् । उनले आफ्नो पूरानो प्रेमी अक्षय ठक्करसँग इटालीमा विवाह गरेकी थिइन् ।विवाहपछिको पहिलो अन्तर्वार्तामा आफ्नो करियर, विवाह र पतिको बारेमा कुरा गरेकी छिन् । जसमा उनले आफूले चलचित्रमा नग्न भए पनि पतिलाई कुनै आपत्ति नभएको बताएकी छिन् । सुरवीनका अनुसार उनका पति उनको सबै निर्णयको समर्थन गर्छन् ।सुरवीनले अन्तर्वार्तामा विवाह पछि पनि उनको जीवनमा कुनै तात्विक परिवर्तन नआएको बताइन् ।‘मेरो विवाहको कुरा सुनेर मानिसहरु यति आश्चर्यचकित किन छन् ?,’ उनले भनिन्, ‘अब ती दिन गए जब नायिकाहरु आफ्नो करियरमा सफल भएपछि मात्र विवाह गर्थे...


2018-04-13 | तितोपाटी
नेपाली चलचित्रको व्यापार झट्ट हेर्दा निकै कहालीलाग्दो देखिन्छ । वर्षभरीमा रिलिज हुने चलचित्रमध्ये करिब १० प्रतिशतले मात्र निर्मातालाई सुरक्षित राख्छन् । बजारले धान्नेभन्दा अत्यधिक संख्यामा चलचित्रहरु निर्माण भइरहेकाले लगानी उठाउन धौधौ पर्ने गरेको हो ।  विदेशी बजार आशातित रुपमा उँभो लाग्न सकेको छैन । औसत एक करोडको बजेटमा बन्ने फिल्मले स्वदेशी बजारबाट मात्र लगानी उठाउन करिब ४ करोडको कलेक्सन गर्नुपर्ने हुन्छ । जुन फलामको च्यूरा चपाए सरह हो । तर, राम्रो प्रचारप्रसार, कलाकारको राम्रो टिम, ठूलो ब्यानर, लोकपि्रय गीतसंगीत भएका चलचित्रलाई दर्शकले माया गरेका छन् । यो बर्ष पनि यस्तै विशेषता बोकेका केही चलचित्रले करोडौ कमाई गरे ।...


2018-04-12 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - यस वर्षको मिस नेपाल ‘मिस नेपाल वर्ल्ड २०१८’ हेटौडाकी  श्रृङ्खला खतिवडा भएकी  छिन् । बुधबार राति सम्पन्न ग्राण्ड फिनालेमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले मिस नेपालको ताज पहिरन सफल भएकी हुन् ।   मिस नेपाल २०१८ को प्रतिस्पर्धामा शृंखला खतिवडा नम्बरको हिसाबले अन्तिम प्रतिस्पर्धी थिइन् । २५ जना प्रतिस्पर्धीमध्ये शृंखलाको रोल सबैभन्दा अन्तिममा आउँथ्यो । तर बुधबार राति अन्नपूर्ण होटलमा आयोजना भएको मिस नेपाल प्रतियोगितामा शृंखला बाँकी २४ जनालाई पछाडि पार्दै पहिलो भइन् र मिस नेपालको ताज पहिरिन सफल भइन् । खतिवडाले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् ।यस्तै मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल, मिस नेपाल इन्टरनेसनलको उपाधि...


2018-04-11 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - ‘आफ्नो लडाइँमा म बेसहारा छु । किनकी मेरो पीडा कसैले देखेन त्यहि कारण मैले यति ठूलो कदम उठाउनु पर्‍यो । मैले सार्वजनिक स्थानमा कपडा उतारेँ ।’यो भनाइ हो तेलुगु नायिका श्रीरेड्डी मल्लिडीको । तेलुगु फिल्म उद्योगमा यौन उत्पीडनको बिरुद्ध आवाज उठाउँदै गएको हप्ता हैदराबादको फिल्म नगरमा मुभी आर्टिस्ट एसोसिएशनका अगाडि श्रीरेड्डीले आफ्नो कपडा उतारेकी थिइन् ।श्रीरेड्डीका अनुसार आफ्नो कुरा सुनाउनका लागि एवं आफ्नो मागका विषयमा सरकारको जवाफ लिन यहि एउटा बाटो बाँकी थियो ।‘फिल्म दुनियाका ब्यक्ति मेरो नाङ्गो तस्विर एवं भिडियो पठाउन आग्रह गर्छन् भने सार्वजनिक स्थानमै कपडा किन नउतारुँ,’ उनले भनिन् ।श्रीरेड्डीले आफ्ना करिअर एक...


2018-04-10 | तितोपाटी
शानदार कमिक टाइमिङ भएका भारतीय हास्यकलाकार कपिल शर्मा मुम्बईको एक पत्रकारसँगको झगडापछि विवादमा तानिएका छन् ।मनोरञ्जन क्षेत्रसम्बन्धित वेबसाइट स्पटब्वाईको दाबी अनुसार कपिल शर्माले त्यसका प्रधानसम्पादक विक्की लालवानीलाई ‘फोन गरेर धम्की र गाली दिए ।’यता कपिल शर्माले स्पटब्वाईका लालवानीसमेत अन्य तीन व्यक्तिविरुद्ध पुलिसमा उजुरी दिएका छन् ।स्पटब्वाईले आफ्नो वेबसाइटमा एक अडियो टेप पनि सार्वजनिक गरेको छ जसमा कपिल शर्माले अभद्र टिप्पणी गरेको सुन्न सकिन्छ ।अडियो टेप अनुसार कपिलले विक्कीलाई गाली गर्दै आफूविरुद्ध गलत खबर  छाप्ने गरेको आरोप लगाएका छन् । उनी भन्छन्, ‘मैले जुन ‘बैंक चोर’ लाई अस्विकार गरेको थिएँ, त्यो फ्लप भयो भन्ने कुरा वेबसाइटले कहिले किन छापेन ? ।’कपिलले...


2018-04-10 | Chandra Bishwakarma
तीताेपाटी डट कम - म्याग्देली गायक झलक पुनको टिपिकल सालैजो मगरको छोरो हजुरको  म्युजिक भिडियो बजारमा आएको छ । उक्त गितको म्युजिक भिडियो दिदि बहिनी इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो । मगरको छोरो हजुर सालैजो गितमा झलक पुन, निता पुन मगर र निरु श्रीषको स्वर रहेको छ । उक्त गितमा लय कृष्ण पिडितको रहेको छ, भने एरेञ्ज आशिष अबिरलले गरेका छन ।मगरको छोरो हजुर गितको म्युजिक भिडियोमा याम गुरुङ, मिरा राम्जाली, झलक पुन, निरु श्रीष लगायतले  अभिनय गरेका छन ।  उक्त भिडियोको निर्देशक याम गुरुङले गरेका छन । सालैजो गितको छायाँकन करण चौसिर र सम्पादन बिष्णु शर्माले गरेका हुन ।      ...