8 Jestha, 2075 | 22 May, 2018 Tuesday


2018-05-20 | तितोपाटी
नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले माधव नेपालभन्दा तल पारिएको वरियता अस्वीकार गरेका छन् । तत्कालिन एमालेका अध्यक्ष केपी ओली र माधव नेपालको मिलेमतोमा आफूविरुद्ध षडयन्त्र गरिएको आरोपसमेत खनालले लगाएका छन् ।पार्टी एकता घोषणामा अनुपस्थित रहेका तत्कालिन पार्टी एकता संयोजन समितिका सदस्य खनालले आफू अनुपस्थित हुने हिसाब किताबका आधारमा पार्टी एकताको मिति तय गरिएको दावीसमेत गरे । खनालले पार्टी एकता हुने अघिल्लो दिन ओली र आफू एउटै कार्यक्रममा हुँदा पनि एकताको जानकारी नदिइएको बताए ।पार्टी एकता घोषणा हुँदा खनाल चीनमा थिए । आफू स्वास्थ्य उपचारका सिलसिलामा चीन गएको बेला व्यापारिक प्रयोजनले गएको भनी चरित्रहत्या गर्न खोजिएको...


2018-05-16 | तितोपाटी
नेपाली फिल्म क्षेत्रमा दुई दशक बिताएका अभिनेता दिलिप रायमाझी केही समय यो क्षेत्रबाट हराए। डान्सरबाट एक्टर बनेका उनले दुई सय हाराहारी फिल्ममा अभिनय गरे। अहिले पुनः सक्रिय बन्न थालेका अभिनेता रायमाझीसँग गोपाल दाहाल र जयन सुब्बा मानन्धरले संवाद गरेका छन्। फिल्म गर्दागर्दै, चर्चित अभिनेता हुँदाहुँदै बीचमा अमेरिका हानिनुभयो। किन होला ? बीचमा केही समय अमेरिकातिर हराएँ।२० वर्ष फिल्ममा काम गरेपछि अलिकति मोनोटोनस पनि भयो। छोरीको पढाइका लागि पनि उता गएको हुँ।फिल्मबाट सन्तुष्ट नभएर पनि हो कि ?व्यावसायिक रूपमा त म सन्तुष्ट नै थिएँ तर परिवारका लागि व्यावहारिक पनि हुनुपर्छ। म एक्लैले चाहेको कुरा मात्र हुँदैन रहेछ। तर, उता गए पनि...


2018-05-09 | कोसेलीन्यूज
तितोपाटी डट कम - पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका माओवादी नेता श्रेष्ठले  भने- प्रधानमन्त्री वा राजनीतिक दलका शीर्षनेताहरु भारत भ्रमणमा जाँदा हरेकपटक राम्रो भयो, नेपाल भारत सम्वन्ध नयाँ उचाइमा पुग्यो भन्ने गरेका छ्न् । तर म यसमा सहमत छैन ।’माओवादी नेता श्रेष्ठले अगाडि भने- ‘थुप्रै अरु विषयहरु छन्, जुन नेपाल भारतबीच भएका सम्झौता अनुसार भारतले कार्यान्वयन गर्नुपर्ने थिए, जसमा कुनै प्रगति भएको छैन ।’श्रेष्ठसँग गरिएको नेपाल भारत सम्बन्धबारे कुराकानीःप्रधानमन्त्री केपी ओली भारतसँग झुकेको भन्नेखालका टिप्पणी सामाजिक सञ्जालमा आउन थालेका छन् । शेरबहादुर देउवाले त ओलीलाई ‘लम्पसारवादी’ नै भनिसके । तपाईले यस घटनाक्रमलाई कसरी लिइरहनुभएको छ ?नेपाली जनताले नाकाबन्दी त्यति सजिलै बिर्सन सक्दैनन्...


2018-04-24 | तितोपाटी
आँचल शर्मा, नायिकातपाईँलाई मन पर्ने सहर कुन हो ?मलाई काठमाडौं नै प्यारो लाग्छ । मेरो जन्म पनि काठमाडौं भएको हो । जन्म र कर्मको हिसाबले यो ठाउँ आफ्नैजस्तो लाग्छ । मैले आफ्नो करिअर नै यहीँबाट सुरु गरेको हुँ । मेरो मन मिल्ने साथी र आफन्त पनि काठमाडौंमै छन्। भीडभाड भए पनि यहाँ सबैखाले सुविधाहरू पाइन्छ। देशैभरका मानिसको भीड लागेकाले काठमाडौं अस्तव्यस्त भएको हो।यहाँको अस्तव्यस्तता कम गर्न के गर्नुपर्ला ?यहाँ भएको सेवा–सुविधा अन्तका सहरमा विकेन्द्रीकरण गर्नुपर्‍यो । सडक निर्माण छिटो सक्नुपर्‍यो। विकासका काम गर्ने सरकारी निकायहरूबीच समन्वय हुनुपर्‍यो। जनप्रतिनिधिहरूले चुनावताका गरेका अजेन्डाहरू समयमै सक्ने हो भने समस्या समाधान हुन्छ जस्तो लाग्छ।...


2018-04-11 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - गायनबाट राजनीतिमा हाम्फालेकी कोमल ओली अहिले धेरै बदलिएकी छिन् । हरेक कुरा तौलि-तौलि बोल्छिन् । प्रस्तुतिमा गाम्भिर्यता झल्किन्छ । विचारमा गहिराई भेटिन्छ ।पहिले न्यूजपेपर पढ्दा उनी मनोरञ्जन पेज पल्टाउँथिन् । अहिले पहिलो पेज र विचार पेजमा बढि आँखा डुल्छ । पहिले मनोरञ्जनात्मक उपन्यासहरुमा रुची थियो, अहिले राजनीतिक र दार्शनिक किताबहरु छिचोल्न थालेकी छिन् । पछिल्लो समयको कुरा गर्ने हो भने उनी शशी थरुरको ‘ह्वाई आइ एम हिन्दु’ पढ्दैछिन् ।एक वर्षभन्दा बढि भयो, उनले राजनीति गर्नलाई रेडियो नेपालको स्थाई जागिर छोडेको । २०७३ साल फागुन ६ गते रेडियो नेपालमा राजीनामा दिएर ७ गते उनी राप्रपाको केन्द्रिय महाधिवेसनमा...


2018-04-07 | तितोपाटी
कलाकारिता, फिल्म निर्देशन, गीतकार– नीर शाहका अनेक परिचय छन्। जबजब नेपाली फिल्ममा ‘क्वालिटी’को कुरा आउँछ, उनको नाम स्वतः आउने गर्छ। ‘वासुदेव’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, ‘प्रेमपिण्ड’जस्ता स्ट्यान्डर्ड नेपाली मौलिक दृश्य भाषा भएको फिल्मका निर्देशक शाह त्यस्ता एकेडेमिक हुन्, जो फिल्मको आफ्नो विशिष्ट भाषा हुनुपर्छ, विश्व सिनेमामा नेपाली फिल्मको विशेष पहिचान स्थापित हुनुपर्छ भन्ने विमर्श गरिरहेका छन्। फिल्म चिन्तकका रूपमा पनि सुपरिचित शाहसँग फिल्मका कन्टेन्ट, चिन्तनधारा, फिल्मको व्याकरण र विविध पक्षबारे दीपक सापकोटा र राजु स्याङ्तानले संवाद गरेका छन्–एक समय तपार्इंले क्वालिटीका गीतहरू लेख्नुभयो। फिल्ममा प्रयोग गरेको ऊर्जा लेखनमै लगाएको भए हुन्थ्यो भन्ने लाग्छ कहिलेकाहीँ ?फिल्म नभइदिएको भए त्यसै पनि गरिन्थ्यो होला।...


2017-12-14 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाम गठबन्धनका उम्मेदवारका रूपमा चितवन ३ बाट निर्वाचित भएपछि पत्रकार समा थापाद्वारा लिइएको अन्तरवार्ता-वाम गठबन्धनको जितलाई कसरी मूल्यांकन गर्नुभएको छ ?देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि अपहरिहार्य छ भनेर वाम गठबन्धन गरिएको हो। परिणाम आउँदै गर्दा आम नेपाली जनताले वाम गठबन्धनलाई अनुमोदन गरेका छन्। अब यो जनतामाझ स्थापित भइ नै सक्यो। अब जनताको अपेक्षा भनेको आर्थिक विकासलाई नयाँ गति दिने, राजनीतिक स्थायित्व दिने र देशमा समृद्धिको नयाँ यात्रा सुरु गर्ने हो।-दोस्रो र तेस्रो शक्ति मिल्दा पहिलो शक्ति हुनु स्वाभाविक हो, यो जितसँग विचार वा दर्शनको साइनो छैन भन्ने...


2017-12-11 | तीतोपाटी डट कम
नेकपा एमालेका अध्यक्ष के पि अोलीसँगको अन्तरवार्ताप्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी वाम गठबन्धन अगाडि आयो ?हाम्रा नीति, हाम्रा राष्ट्रिय दृष्टिकोण र घोषणापत्र कार्यक्रमका साथै हाम्रा व्यवहारका कारण यति धेरै स्थानमा जित हासिल गरेका हौं। यो स्वाभाविक परिणाम हो।अब कसरी अगाडि बढ्नुहुन्छ ?हामीले संविधान जारी गरिसकेका छौं। राज्यमा संघीय लोकतान्त्रिक गणतन्त्र प्रणाली स्थापना गरेका छौं। संविधानले त्यो प्रणाली कसरी चलाउने भन्ने राजनीतिक र प्रशासनिक संरचनागत पक्षहरू निर्दिष्ट गरेको छ। यो निर्वाचनले पूरा गर्ने हामी अन्तिम चरणमा छौं। संघीय संरचना निर्माणका लागि अहिले निर्वाचन पनि भएको छ। मत पनि प्राप्त भइसकेको छ। यी संरचना भइसकेपछि यिनले संविधानअनुसार आफ्ना काम गर्छन्। संसद्मा कोही...


2017-11-20 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - भारतीय माक्र्सवादी अर्थशास्त्री एवम् राजनीतिक टिप्पणीकार प्राध्यापक प्रभात पटनायक आफ्ना लेखन तथा विश्लेषणहरूले विश्वविख्यात छन्। उनी विश्वका विभिन्न विश्वविद्यालय र मञ्चहरूमा समकालीन अर्थतन्त्रबारे बोल्न बोलाइन्छन्। विश्वव्यापी वित्तीय पुँजीवाद र नवउदारवादबारे विभिन्न प्रकाशनमार्फत गहिरो विश्लेषण गरेका प्राध्यापक पटनायक समाजवादी आन्दोलनका अग्रणी पनि हुन्। अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसरमा आयोजित एक कार्यक्रममा काठमाडौं आइपुगेका प्राध्यापक पटनायकसँग पत्रकार लक्ष्मण श्रेष्ठले गरेको अन्तर्वार्ता :अक्टोबर क्रान्तिको शतवार्षिकी मनाउन आयोजन गरिएको कार्यक्रममा सहभागी हुन काठमाडौं आउनुभएको छ। एक सय वर्षपछि अक्टोबर क्रान्तिको चर्चा गर्नुको अर्थ के हुन्छ ?अक्टोबर क्रान्तिले पहिलोपटक मानवजाति सामु उजागर गरेका आधारभूत समस्या र त्यसले उठाएको आधारभूत अजेन्डाहरू अहिले पनि...


2017-10-20 | तीतोपाटी डट कम
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच प्रदेश र केन्द्रको चुनावी तालमेल गर्दै पार्टी एकता गर्नेमा मूलतः सहमति भएको छ । यो सहमति हुनुपूर्व माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पहिलैदेखि दुई पार्टी मिल्नुपर्ने बताउँदै आइरहेका नेता हुन् । यो एकता प्रक्रियामा पनि उनी निकै सक्रिय नेताका रूपमा पर्दा पछाडि काम गरिरहे ।स्वीकार्नुहोस उनै श्रेष्ठ सँग पत्रकार नरेश ज्ञवालीले गरेको कुराकानी । नेकपा (एमाले)सँग गठबन्धनका लागि तपाईं बलियो सुत्रधारका रूपमा देखिनुभयो, एकता गर्नैपर्ने परिस्थिति कसरी निम्तियो ?यो निर्णय हाम्रो अध्यक्ष कमरेडको पहल कदमीमा गरिएको हो । त्यसैले यसलाई अरू ढङ्गले व्याख्या गर्न मिल्दैन । एकता गर्नुपर्ने आवश्यकताका दुईवटा ऐतिहासिक वस्तुगत पक्ष छन्–...


2017-10-06 | titopati.com
गैरआवाशीय नेपाली संघ (एनआरएनए) को ८औं विश्व सम्मेलन असोजको २८ देखि ३१ (अक्टोबर १४ देखि १७) गतेसम्म काठमाडौंमा हुँदैछ । यो सम्मेलनपछि आयोजना हुने अधिबेशनले आगामी २ बर्षको लागि नयाँ नेतृत्व पनि छनोट गर्नेछ । नयाँ नेतृत्वका लागि अध्यक्षमा बर्तमान उपाध्यक्ष भबन भट्टले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अन्य पदहरुमा आकांक्षीहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ । यसैक्रममा बर्तमान महासचिब बद्री केसीले फेरि महासचिब पदमै उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले फेरि किन महासचिब पदमै उम्मेदवारी दिन लागेका हुन् भन्ने लगायत एनआरएनएका विविध पक्ष र आयाम बारे महासचिब केसीसँग गरिएको कुराकानीःतपाइ रसियामा ब्यापार ब्यवसाय गरेर बसिरहनु भएको छ,...


2017-09-26 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - ई नम्बर प्रदेशमा असोज २ गते भएको स्थानीय तहको चुनाव सम्पन्न भएको छ । ३ गतेदेखि जारी मतगणना कार्य अझै जारी छ । मतगणना अन्तिम चरणमा पुगेको अवस्थामा सङ्घीय समाजवादी फोरम नेपाल २५ तहमा जितेर दोस्रो स्थान कायम गरेका छ । यसले फोरम नेपाल पुरानै रूपमा फर्केको पनि विश्लेषण भइरहेका छन् । काङ्ग्रेसभन्दा थोरै मतले पछाडि, माओवादी, एमाले, राजपा नेपाल जस्ता दललाई पछाडि पारेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग  गरिएको कुराकानीको मुख्य अंशः प्रदेश नं. दुईमा फोरम नेपालले जेजस्तो मत ल्याएको छ,  त्यसको वास्तविकता हो, कि अझै अपेक्ष थियो ?–सङ्ख्या तोकेर नै यति सिट ल्याउँछौँ भनी हामीले...


2017-09-18 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - जनताका निर्वाचित प्रतिनिधिहरुले संविधानसभाबाट संविधान जारी गरेको असोज ३ मा दुई वर्ष पुग्दै छ । मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले संविधान कार्यान्वयनको संक्रमणकाल पनि अन्त्य गर्नेछ । निर्वाचनको सरगर्मीले संविधानले जनताको जीवनमा ल्याउने परिवर्तन, संविधान र कानुनले निर्माण गर्ने नयाँ संरचना, संस्कृति र अभ्यासको बहसलाई धेरै हदसम्म ओझेल पारेको छ । संविधान कार्यान्वयनको सेरोफेरोमा संविधानसभाका तत्कालीन अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पत्रकार राजेन्द्र फुयाल र दुर्गा खनालले गरेको कुराकानी : संविधान जारी भएको दुई वर्ष पुग्नै लागेको छ । यसबीचमा संविधान कार्यान्वयनका लागि भएका प्रयासलाई कसरी हेर्नुभएको छ ?समग्रमा संविधान कार्यान्वयनको अवस्था निराशाजनक पनि...


2017-09-06 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन युङ कम्युनिस्ट लिग (वाईसीएल)का अध्यक्ष राप्रकाश सापकोटा ‘दीपशिखा’सँग वाईसीएलका पछिल्ला गतिविधिबारे पत्रकार रविराज बरालले गरेको कुराकानीःभ्रष्टाचारीको प्रमाण संकलन गर्ने, सूची बनाउने र राज्यका निकायमा बुझाउने काम तपाईंको कि राज्यको ?यो राज्यकै काम हो। यसो गर्न नपरोस् भन्ने कामनासहित निर्णय गरिएको हो। राज्यले नियन्त्रण गर्ने उसको अधिकार क्षेत्रभित्रको विषय हो। तर, हामीकहाँ राज्य भ्रष्टाचारप्रति उदासीन छ। त्यस अर्थमा यो हाम्रो खबरदारी हो। राज्यप्रति गरिएको खबरदारीलाई बेवास्ता गरियो भने युवाले प्रतिनिधिमूलक घटनाहरूलाई लिएर भ्रष्टाचारको प्रमाण संकलन गर्छन् र राज्यलाई बुझाइदिन्छन्। भ्रष्टाचारी समातेर बुझाउँछौँ भनेको होइन, प्रमाण बुझाउँछौँ भनेको हो। कसैको नाम भ्रष्ट भनेर...


2017-08-06 | तीतोपाटी डट कम
तीतीपाटी डट कम - नेपाली जनतालाई अँध्यारोबाट निकालेको सबैभन्दा ठूलो जस पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि परीक्षामा छन् । आगामी हिँउदमा पनि लोडसेडिङ रोक्ने चुनौती उनका सामु छ ।यद्यपि, लोडसेडिङ रोक्नलाई घिसिङले अघि सारेका योजनाहरुमा विभिन्न खाले अड्चनहरु पैदा भइरहेका छन् । कुनैमा अदालत, कुनैमा संसदीय समिति त कुनैमा आयोजनाका ठेकेदार बाधक बनेका छन् । यसको पछिल्लो कडीका रुपमा नुवाकोटमा बनाउने भनिएको २५ मेगावाटको सोलार प्लान्ट संसदीय समितिको निर्देशनपछि अलपत्र पर्‍यो । सांसदहरुले यसमा घिसिङलाई समेत विवादमा मुछे । के अब फेरि नेपालीहरु अध्यारोमै बस्नुपर्ने दिन आउने हो त ?  यस विषयमा अनलाइनखबरले कुलमान घिसिङसँग गरेको...


2017-07-30 | Titopati
स्थानीय तहका पहिलो र दोस्रोपछि तेस्रो चरण चुनावको तयारीमा दलहरु छन्। राष्ट्रिय जनता पार्टी भने संविधान संशोधन नभई सहभागी नहुने अडानमा छ, उसलाई मनाउन सत्तारुढ घटकहरुले संशोधन गराउने जमर्को गर्दै आएका छन्। महिनौंदेखि त्यसलाई प्रमुख प्रतिपक्षी एमालेले छेक्दै आएको छ। कारणबारे अध्यक्ष केपी शर्मा ओली भन्छन्, ‘पहाड र मधेस छुट्याउने संशोधन घातक छ।’ प्रस्तुत छ– एक साता कैलाश मानसरोवरको तीर्थाटनसँगै तिब्बतको राजनीतिक यात्रा पूरा गरी शुक्रबार फर्केका ओलीसँग समसामयिक विषयवस्तुमा अखण्ड भण्डारी र बालकृष्ण बस्नेतले गरेको कुराकानी–भर्खरै तिब्बतबाट फर्किनुभएको छ, भ्रमण खास केका लागि थियो?हिन्दु र बुद्धमार्गीका लागि उत्तिकै पवित्र मानिएको कैलाश पर्वत–मानसरोवर पुग्न मानिसहरू बडो कष्ट उठाउँछन्। मानसरोवर धेरै...


2017-07-28 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - नेपालमा हरेक वर्ष ६ लाख हाराहारीका श्रमशक्ति नयाँ अवसरको खोजी गर्ने अनुमान छ । देशभित्र पर्याप्त रोजगारका अवसर नहुँदा वैदेशिक रोजगारी वैकल्पिक रोजगार र आयआर्जनको बाटो बनेको छ । तर लाखौँ युवा सहभागी भएको वैदेशिक रोजगारीको क्षेत्रभित्र धेरैखाले समस्या र चुनौती छन् । वैदेशिक रोजगारी नेपालमा रेमिट्यान्स भित्र्याउने उपयुक्त माध्यम भए पनि अझै श्रमिकका लागि व्यवस्थित र मर्यादित हुन सकिरहेको छैन् । वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा पुग्ने क्रममा र पुगिसकेपछि पनि श्रमिकहरूले ठगिनुपरेको, भनेजस्तो सेवा सुविधाबाट वञ्चित रहेका छन् । यो क्षेत्रलाई व्यवस्थित बनाउनका सम्बन्धित निकायका रूपमा रहेको श्रम तथा रोजगार मन्त्रालयले अहिले के गरिरहेको...


2017-07-03 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - एक वर्ष िभत्र ३ वटै तहको निर्वाचन सम्पन्न गर्ने गृहकार्यका साथ काम गरिरहेको निर्वाचन अायोगले भरखर मात्रै स्थानिय तहको निर्वाचन २ चरणमा सम्पन्न गरेको छ । स्थानिय तहका ७ प्रदेश मध्ये ६ वटामा  निर्वाचन सम्पन्न गरेको अायोगको चुनाैती भनेको २ नं. प्रदेश रहेको छ । २ नं. प्रदेशमा मधेशवादी राजनीतिक पार्टी राजपाको बखेडाको कारण निर्वाचन तेश्रो चरणमा हुनेछ ।  दुइ चरणमा ६ वटा प्रदेशको निर्वाचन सम्पन्न गरेको अायोगका प्रमुख निर्वाचन अायुक्त अयोधी प्रसाद यादब के भन्छन्  त ? अाउनुहोस उनीसँगको कुराकनी पढाैं ।राष्ट्रिय जनता पार्टीको बहिस्कार र विप्लव नेतृत्वको नेकपा माओवादीको अवरोध उत्पन्न गर्ने योजनाबीच पनि दुवै...


2017-06-18 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - भरतविमल यादव पछिल्लो जनआन्दोलनका सातमध्ये एक प्रमुख कमान्डर हुन्। अन्य प्रमुख दलसहित माओवादीले पनि संघीयता छाडेपछि २०६३ कात्तिक २२ गते एक्लै 'नोट अफ डिसेन्ट' दर्ज गराएर ऐतिहासिक रेकर्ड राखेका नेता यादव आजकाल भने सक्रिय राजनीतिबाट टाढै छन्। तत्कालीन नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)का वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा उनले जनआन्दोलनको नेतृत्व गरेका थिए। पछि उनकै भनाइमा 'पार्टीभित्रको आन्तरिक षडयन्त्र र जालझेलका कारण सक्रिय राजनीतिबाट बाहिरिन बाध्य' भए। मधेसको वर्तमान राजनीतिक अवस्थाबारे उनै यादव र पत्रकार प्रकाश तिमल्सिनाबीच भएको कुराकानी :राष्ट्रिय जनता पार्टी (राजपा) लाई चुनावमा ल्याउनका लागि सरकारले पटकपटक निर्णय लियो तर पनि राजपा चुनावमा आएन, किन होला?सरकारले हालै...


2017-06-09 | तीतोपाटी डट कम
तीतोपाटी - पालको कर्मचारीतन्त्रका प्रमुख अर्थात नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदीको सङ्घीयता र कर्मचारी प्रशासनमा राम्रो अध्ययन रहेको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुलाई कसरी काम गर्ने भनेर प्रशिक्षण दिन धुलिखेल पुगेका सुवेदीलाई भेटेर पत्रकार नरेश ज्ञवालीले  गरेको संक्षिप्त अन्तरवार्ता।देश सङ्घीयतामा गइसक्दासमेत कर्मचारीतन्त्रको बुझाइ विकेन्द्रीकरणकै सिद्धान्तमा अड्किएको देखिन्छ, यस्तो मानसिकताले सङ्घीयताको मर्मलाई कर्मचारीतन्त्रले कसरी पक्रन सक्ला ?तपाईंको प्रश्नको बेसिस नै मिलेन । संविधान जारी भएपछि अहिले जुन पुनरसंरचना, कार्यविस्तृतीकरण जस्ता काम भए ती कर्मचारीकै अगुवाइमा भएका हुन् । सबैले तपाईंले भनेजसरी नबुझेको होलान्, होइन भने सबैकाममा कर्मचारीतन्त्र ‘प्रोएक्टिभ्ली’ काम गरी रहेको छ । सबै ठाउँमा...