3 Mangshir, 2074 | 19 November, 2017 Sunday


2017-11-05 | तितोपाटी डट कम
तीतोपाटी डट कम - स्विफ्ट ह्याक गरी बंगलादेशको केन्द्रीय बैंकबाट २०१६ को फेब्रुअरी ४ मा एकै रातमा एक सय एक मिलियन डलर चोरी भएपछि बैंकिङ क्षेत्रमा संसारभरि त्रास फैलियो। ११ हजारभन्दा बढी बैंक सदस्य रहेको स्विफ्ट (सोसाइटी फर वल्र्ड वाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन) ह्याक गरी केही घण्टामै त्यति रकम चोरेका थिए। चोरिएकोमध्ये ३५ मिलियन डलर पाउन बैंक सफल भयो, बाँकी रकम गुमायो।फिर्ता भएकोमध्ये २० मिलियन डलर ह्याकरले झिक्नुअघि नै रोक्का गरिएको थियो। क्यासिनोको नाममा झिकिएको १५ मिलियन डलर फिर्ता गराइएको थियो। बंगलादेशको ह्याकिङपछि स्विफ्ट सुरक्षा सतर्कता बढाएको भनिए पनि त्यसयता अरु चार बैंकको स्विफ्ट ह्याक भइसकेको छ। अहिलेसम्म पहिचान नखुलेका...


2017-10-25 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - रूसी रक्षा प्रमुख भ्यालरी गेरासिमोभले रूसले विश्व नै खलबलाउने एसएटीएएन २ नामक क्षेप्यास्त्र परीक्षण गर्ने दाबी गरेका छन्। उक्त मिसाइल प्रतिसेकेन्ड सात किलोमिटरको गतिमा उड्न सक्ने रूसी रक्षा अधिकारीहरूको दाबी छ । उक्त क्षेप्यास्त्रले एक पटकको प्रहारमा फ्रान्सको क्षेत्रफल बराबरको भू —भागलाई नष्ट पार्न सक्नेछ। यस मिसाइलको प्रहारले अमेरिकाका सम्पूर्ण मिसाइल प्रणालीहरू समेत फेल हुने दाबी रूसी अधिकारीहरूको छ । रुसका अनुसार उक्त मिसाइल नै संसारको शक्तिशाली मिसाइल हो। उक्त मिसाइललाई नाटोले शैतान २ नाम दिएको छ भने रूसले त्यसलाई आरएस २८ सर्मत नाम दिएको छ । उक्त मिसाइल परीक्षणको सम्पूर्ण तयारी सकिसकेको रूसी रक्षा प्रमुखले दाबी गरेका छन्। रूसले...


2017-10-20 | तीतोपाटी डट कम
तीतोपाटी डट कम -  हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ ।उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले आज राति हेर्न सकिनेछ ।उल्का वर्षा स्थानीय समय अनुसार आज राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उल्का वर्षा हेर्नको लागि राति १२:४५ पछिको समय उत्तम रहेको उनले बताए ।अत्याधिक उल्का वर्षाको समयमा प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान छ...


2017-10-02 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - मानव शरीरले घाम उदाउँदा, आकाशमा रहँदा र अस्ताउँदा कस्तो प्रतिक्रिया दिन्छ भन्ने विषयमा अनुसन्धान गरेका तीन अमेरिकी वैज्ञानिकले यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार जितेका छन् ।वैज्ञानिकहरू जेफरी हल, माइकल रोजब्यास र माइकल यङले मानव शरीरले काम गर्ने ‘सिकार्डियन रिदम’बारे गहन अनुसन्धान गरेका थिए । नोबेल पुरस्कार कमिटीका अनुसार उनीहरूको अनुसन्धानले मानव स्वास्थ्यका लागि ठूलो योगदान दिनेछ ।उनीहरुको अनुसन्धान अनुसार मानव शरीर आफ्नै घडी (बायोलोजिकल क्लक)का आधारमा चल्छ र सोही कारण राति मानिसलाई निन्द्रा लाग्छ । बायोलोजिकल क्लकले मानिसको मुड, तापक्रम र विभिन्न हर्मोनको तहसमेत निर्धारण गर्छ ।...

त

2017-10-01 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - अब छिटै मानिसहरु दुनियाको एक सहरबाट अर्को कुनाको सहरमा केही मिनेटमै उडेर पुग्नेछन् । रकेट तथा कार उद्यमी एलन मस्कको दाबी हो यो ।अष्ट्रेलियाको एडिलेडमा आयोजित इन्टरनेसनल एस्ट्रोनोमिकल कंग्रेसमा उनले यस्तो बताएका हुन् ।एक प्रमोशनल भिडियोमा दाबी गरिएको छ की लण्डनबाट न्युयोर्क पुग्नमा केवल २९ मिनेट मात्रै लाग्नेछ ।मस्कले त्यहाँ उपस्थित दर्शकहरुसमक्ष आफ्नो एउटा महत्वपूर्ण योजनाको खुलासा पनि गरे । सन् २०२४ सम्ममा मंगल ग्रहमा मानिसहरुलाई पठाउने आफ्नो लक्ष्य रहेको उनले बताए । उनको कम्पनी स्पेस एक्सले अर्को वर्षदेखि यसमा काम सुरु गर्नेछ ।स्पेस एक्सले एक ग्रहबाट अर्को ग्रहसम्म यात्रा गराउन सक्षम विमानको निर्माण गर्नेछ जसको...


2017-09-23 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - डेविड मीङ, जसले दावी गरेका थिए की शनिवार अर्थात आज यो संसार समाप्त हुन थाल्नेछ । उनले भनेका थिए की एउटा रहस्यमय ग्रहले धर्तिमा ठक्कर दिनेछ । अहिले उनी यो अकास्मात गरिएको दावीबाट घुमाउरो पाराले पछि हटेका छन । मीङे ले अहिले भनेका छन कि संसार २३ सेप्टेम्बरको दिन समाप्त नभएर यो दिन बाट समाप्तीको शुरुवात हुनेछ यसो हुनका लागि कयौ साता लाग्नेछ । उनले उल्लेख गरेको मितीलाई श्रृखलाबद्ध घटनाको शुरुवाती तिथी भन्न थालेका छन । उनले भने संसार को विनाश हुदैछैन तर यो संसार लाई हामीले जसरी जानेका छौ त्यो भने खतम हुदैछ उनले वासिनटन पोष्टलाई भने...


2017-09-17 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - आफ्नो बहुप्रतिक्षित आइफोन एक्सको घोषणा गरेसँगै एप्पलका सिइओ टिम कुकले भने, ‘यो एप्पलको पहिलो आइफोन घोषणा भएयताको सबैभन्दा ठूलो उछाल हो’ ।क्यालिफोर्नियामा एप्पलको नयाँ कार्यालयस्थित स्टिभ जब्स थिएटरमा मंगलबार आइफोनको १० औँ वर्षगाँठको अवसरमा आइफोन एक्सको मोडल विशेष महत्व दिएर लञ्च गरियो ।यद्यपि यसलाई नकार्न सकिँदैन की आइफोन एक्स विभिन्न मानेमा एउटा उछाल नै हो ।पहिलो कुरा, आइफोनको इतिहासमा यो सबैभन्दा महंगो फोन हो । यसको मूल्य अमेरिकी बजारमा ९ सय ९९ डलर तोकिएको छ । त्यसैले विश्वका अन्य बजारमा यसको मूल्य अझै उच्च हुने अनुमान सहजै गर्न सकिन्छ ।साथै यो आइफोनमा यस्ता प्रविधिहरुको प्रयोग गरिएको...


2017-09-13 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - बहुप्रतिक्षित आईफोन एट र एट प्लस सार्वजनिक भएको छ। अमेरिकाको क्यालिफोर्नियामा मंगलबार आयोतिज एक भव्य समारोहबीच अमेरिकी कम्पनी एप्पलले आईफोन एट र एट प्लसको सार्वनिक गरेको छ। मोबाइलको मूल्य एक हजार डलरभन्दा बढी तोकिएको छ।नयाँ आईफोन एट र एट प्लसको स्क्रिन ५.८ इन्च छ। नयाँ आईफोनको डिस्प्ले ओलिडमा स्विच छ। लामोदूरीबाट समेत चार्ज गर्न सकिने वायसलेस चार्जर सुविधारहेको आईफोनको बडी ग्लास र स्टिनलेस स्टिल छ। यसअघि युनिबडी आल्मुनियम डिजाइन रहेकामा अब आईफोन एट र एट प्लसको फ्रेम स्टिनलेस स्टिल र पछाडिपट्टी कडा ग्लास छ।आईफोनमा आइकोनिक होम बटन छैन। होम बटन नभए पनि होम स्क्रिनमा फर्किन वा...


2017-09-10 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - नेपालले आफ्नो स्याटलाइट निर्माणका लागि थालेको प्रक्रिया १० महिनादेखि टेन्डर मूल्यांकनमै अड्किएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालको संयोजकत्वमा सरकारले चार सदस्यीय मूल्यांकन समिति बनाएको थियो । तर, उक्त समितिले १० महिना बितिसक्दा पनि ग्लोबल टेन्डरमा काम गर्न इच्छुक कम्पनी छनोट गर्न सकेको छैन । कम्पनी छनोट गर्न नसक्दा काम गर्न इच्छुक कम्पनीबीच नै टेन्डर आफ्नो पक्षमा पार्ने चलखेल सुरु भएको दूरसञ्चार प्राधिकरण उच्च स्रोतको दाबी छ । नेपालको आफ्नै स्याटलाइट राख्न गरिएको टेन्डर आह्वानमा १३ देशका २१ कम्पनीले इच्छा देखाएका छन् । सरकारले गत असोज २० गते ४५ दिनको समयावधि राख्दै टेन्डर आह्वान...


2017-09-07 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - नयाँ आइफोनको औपचारिक उद्घाटन हुन एक हप्तामात्र बाँकी रहेका बेला यसका लगभग सबै विशेषता बाहिर आइसकेका छन् । अब यसले कुनै ठूलो ‘सरप्राइज’ बोकेर आउने सम्भावना छैन ।बरु एप्पलको पछिल्लो स्मार्ट फोनको मूल्यले सबैलाई अत्याउने छ । यसको अधिकतम मूल्य हो, १२ सय डलर । लागेन त झट्का ?अमेरिकी पत्रिका फोर्ब्सका अनुसार नयाँ आइफोनको बिन्यास र मूल्यका लागि विभिन्न विकल्पहरु भएको अवस्थामा थ्री स्टोरेज अप्सन र चर्को मूल्य लगभग निश्चित भइसकेको छ ।अहिलेसम्मका रिपोर्टहरु अनुसार आइफोन ८ को इन्ट्री लेभल ६४ जीबी मोडलको मूल्य करबाहेक ९ सय ९९ डलर पर्ने छ । यस्तै मध्यमस्तरको २५६ जीबी...


2017-09-06 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - एप्पल विश्वकै एक प्रतिष्ठित र लोकप्रिय ब्रान्डमा पर्छ। बर्तमान समयमा आइफोनको क्रेज विश्वमा नै छ। कुनै पनि नयाँ मोडलका आइफोन बजारमा आउँदा त्यो विश्वमै चासोको विषय बन्छ। आइफोनका हरेक नयाँ मोडल सार्वजनिक भएसँगै अर्को मोडल कस्तो आउने हो भन्नेमा समेत चर्चा सुरु हुन्छ।एप्पल कम्पनीले सेप्टेम्बर १२ मा आइफोन ८ बजार ल्याउने भएको छ। आइफोन सेभेन पड्किएको दाबी कतिपय प्रयोगकर्ताहरूले गर्न थालेपछि सेभेनमा भएका कमजोरीहरू समेत हटाई आइफोन ८ ल्याउने तयारी एप्पल कम्पनीले गरेको हो। एप्पल कम्पनीले आइफोन ८को लन्चका लागि अमेरिकाको क्यालिफोर्नियामा रहेको स्टिभ जब्स अडिटोरियममा एक कार्यक्रमको आयोजना गर्ने छ।त्यहाँको स्थानीय समयअनुसार मध्यान्ह १२ बजे आइफोन...


2017-09-06 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - जिका भाइरसलाई मस्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन् । विशेष गरी गर्भमा रहेका शिशुमा असर गर्ने जिका भाइरसलाई मस्तिष्क क्यान्सरबाट पीडित वयस्क व्यक्तिको उपचारमा प्रयोग गर्न सकिने अमेरिकी अनुसन्धानकर्ताले बताएका छन् । बालबालिकाको मस्तिष्कमा गम्भीर असर पार्ने हानिकार जिका भाइरसलाई वयस्क व्यक्तिमा देखिने आक्रमक खालको मस्तिष्क क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने जर्नल अफ एक्सपेरिमेन्टल मेडिसिनमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । आफूहरुले गरेको अनुसन्धानमा जिका भाइरसले वयस्क व्यक्तिमा देखिएको उपचार गर्न कठिन मस्तिष्क क्यान्सरको उपचारमा सकारात्मक प्रभाव देखाएको वासिङ्टन विश्वविद्यालयको स्कुल अफ मेडिसिन र क्यालिफोर्निया विश्वविद्यालयको सानडियागो स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताले बताएका छन्...


2017-08-15 | केदार नाथ खरेल
  केदार नाथ खरेल              सन् २००९ मा भएको संयुक्त राष्ट्रसंघको ६४ औं महासभाले हरेक वर्षको २९ अगष्टका दिन आणविक परीक्षण विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गर्दछ। यस अवसरमा नेपालमा पनि  २०७४ भदौ १३ गतेका दिन विभिन्न कार्यक्रम गरी मनाईंदै छ।        दिवसको अवसरमा राष्ट्रसंघका महासचिव वान कि मुनले आणविक परीक्षणले मानव समुदायमा पारेको प्रभाव अन्त्यका लागि एकीकृत प्रयास गर्नु पर्नेमा जोड दिनुभएको छ । सन् १९९६ मा व्यापक आणविक परीक्षण प्रतिबन्ध सन्धि भएपनि त्यसको प्रभावकारी कार्यान्वय भने हुन सकेको छैन ।        आणविक हतियारको परीक्षण २० औं शताब्दीको मध्य तिरबाट सुरु भएको...


2017-08-01 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - अल्कोहल मिसावट भएको पेय पदार्थको प्रयोगले स्मरणशक्ति  बढ्ने एक अध्ययनले देखाएको छ।अध्ययन पश्चात् अल्कोहलको प्रयोग गरेका विद्यार्थीहरुमा पढेका विषयहरूको स्मरण गराउनमा सहयोग पुगेको अध्यानमा देखिएको छ।  बेलायत स्थित एक्स्टर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक अनुसन्धान अनुसार अल्कोहलको सेवन गर्ने मानिसहरूको स्मरण शक्ति त्यस्ता पदार्थको सेवन नगर्नेहरूमा भन्दा बढी भएको पाइयो। यस्ता पदार्थको प्रयोगले शारीरिक तथा मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्न सक्ने निश्कर्ष उक्त अध्ययनले देखाएको छ।एक्स्टर विश्व विद्यालयका प्राध्यापक सिलिया मोरगनका अनुसार अनुसन्धानले अल्कोहलयुक्त पदार्थको सेवन गर्ने मानिसहरूको स्मरण शक्ति त्यस्ता पदार्थहरूको सेवन नगर्ने मानिसहरूको भन्दा बढी भएको पाइएको हो। उक्त अध्ययनमा त्यस्ता पदार्थहरूको सेवन गर्ने...


2017-07-27 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै अल्छी लाग्छ । कम्प्युटरमा राखेका विभिन्न Software कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले Software हरू Install गर्दा खासै ध्यान दिँदैनौँ । जसले गर्दा कम्प्युटरको Operationg System खुल्नासाथ क्रमैसँग अरू Software हरू खुल्न थाल्छन् । त्यसकारण कम्प्युटरको स्विच अन गरेपछि कम्प्युटरले खुल्नका लागि समय लिन्छ । यस खालको समस्या कम गराएर छिटो कम्प्युटर खुल्ने बनाउन पनि सकिन्छ । कम्प्युटरसँगै खुल्ने सेटिङ भएका सफ्टवेयरलाई कम्प्युटरसँगै नखुल्ने बनाउन सकिन्छ । यसो गर्दा कम्प्युटर अन हुनासाथ सबै सफ्टवेयर खुल्दैनन् । र, कम्प्युटर छिटो खुल्ने...


2017-07-23 | तीतोपाटी डट कम
तोयानाथ उपेक्षित,  आकाशमा टिलपिलाई रहने ताराहरु सवैले सधै हेर्ने गरेका हुन्छौ । तर तिनको उपस्थिती लाई लिएर कमै मानिसका मनमा धेरै कुराहरु खेल्दछन ? हाम्रा नांगा आँखाले देख्न सकिने हजारौ ताराहरु कहाँ होलान ? हामी भन्दा कति धेरै पर होलान ? तिनको आकार र प्रकार कस्तो होला आदि ईत्यादी कुराहरु जब खुला आँकाशमा मनिस ले अन्ध्यारोमा हेर्दछ तब सोच्न थाल्छ । मानिसका मनमा तिनको रोमान्चक दृष्यले अनेक सवाल खडा गरिदिन्छ ।  तर यसको उत्तर कहि भेटिन्दैन त्यहि भएर धेरैले तिनको विषयमा खासै मतलब मतलब राख्दैनन । बैज्ञानिकहरुले हाम्रो ब्रमाण्डको विषयमा धेरै अध्यान र खोज गरिरहेका छन । शताव्दिऔ देखि तिनका बारेमा...


2017-07-15 | तीतोपाटी डट कम
तोयानाथ उपेक्षित - यो धर्तिमा को जीवित छ र को मृत छ भनेर एउटा बहस गर्ने हो भने अनेक थरीका धारणा र तर्कहरु आउछन तर विश्व ब्रमाण्डको रचना र यसको चक्रलाई गहिराईमा गएर अध्यायन गर्ने हो भने मृत्यु र जीवनको खासै अर्थ रहदैन । ब्रमाण्ड मा जति पनि ग्रहहरु छन तिनमा जीवन अनुकुल बाताबरण भईदिने हो भने जहाँ पनि जीवन को उत्पती हुन सक्छ भन्ने सास्वत सत्य कुरा छ । जब अनुकुल बाताबरणको कुरा मा जीवन जन्मन्छ, फल्छ फुल्छ भन्ने सास्वत कुरा स्वीकार गरेपछि जीवन कहाँ छैन त ? जीवन त सवै ठाउँमा कुनै न कुनै रुपमा रहेको हुदो रहेछ...


2017-07-12 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - तराईका आठ जिल्लामा रहेका सार्वजनिक स्थानमा ब्रोडब्याण्ड इण्टरनेट पु¥याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढाएको छ ।  सङ्घीय संरचना अनुरुप दुई नम्बर प्रदेशमा पर्ने सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा प्राधिकरणले ब्रोडब्याण्ड इण्टरनेट विस्तार गर्न लागेको हो ।  यसरी विस्तार गरिने इण्टरनेट सबै जिल्लामा दुई वर्षसम्म निःशुल्क उपलब्ध हुने प्राधिकरणले जनाएको छ ।  देशैभर ब्रोडब्याण्ड इण्टरनेट पु¥याउने सरकारी नीतिअनुसार प्राधिकरणले विभिन्न ठाउँमा अप्टिकल नेटवर्क विस्तार र ब्रोडब्याण्ड इण्टरनेट पु¥याउने कामलाई गति दिएको हो ।  तराईका आठ जिल्लालाई दुई भागमा विभाजन गरेर प्राधिकरणले आइतबारदेखि गणना हुने गरी अनुमति प्राप्त सेवा प्रदायकसँग फाइबर...


2017-07-11 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - मेलम्चीबाट उपत्यकामा भित्र्याउन लागिएको पानीको गुणस्तर कम्प्युटरबाटै मापन गर्न सकिने भएको छ ।मेलम्ची खानेपानी पाइपमा ‘सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा)’ प्रणाली जडान गरेर कम्प्युटरबाटै गुणस्तर मापन गर्न मिल्ने बनाउन लागिएको हो। ‘स्काडा’ जडान भएपछि गुणस्तरसँगै पानीको बहाव मापन र चुहावटको जानकारी समेत कम्प्युटरबाटै हुनेछ । खानेपानी वितरण आयोजनामा यो नेपालमै पहिलोपटक जडान गर्न लागिएको प्रणाली हो। खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायका अनुसार ‘स्काडा’ अत्याधुनिक प्रविधियुक्त प्रणाली हो। यो प्रविधिले वितरित पानीको सम्पूर्ण विवरण स्वचालित रूपमा संकलन गर्छ। समस्या देखिएमा पनि नियन्त्रण कक्षबाटै समाधान गर्न सकिन्छ । सरकारले महाराजगन्जमा नियन्त्रण कक्ष राख्ने तयारी गरेको छ । मेलम्ची आयोजना...


2017-06-26 | तीतोपाटी डट कम
तीतोपाटी डट कम - नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सार्वजनिक सवारी साधनमा ‘एनटी बस इन्टरनेट सेवा’ आजदेखि सञ्चालनमा आएको छ। मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकून् भन्ने उद्देश्यले टेलिकम र साइबरनेटिक्सको सहकार्यमा सेवा शुभारम्भ गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन । सेवा सुरुआतले लामो तथा छोटो दूरीका यात्रुले यात्राका क्रममा वाइफाइमार्फत निःशुल्क इन्टरनेट, भिडिओलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने छन्। सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा प्रयोग गर्न सकिनेछ। रासस...