8 Jestha, 2075 | 22 May, 2018 Tuesday


2018-05-20 | तितोपाटी
काठमाडौँ — प्रहरीले वान स्टेप सेन्टर (ओएससी) र भिएलएनका सञ्चालक राम श्रेष्ठलाई गैरीधाराबाट पक्राउ गरेको छ । श्रम मन्त्रालयले ओएससी, भिएलएनलगायतको काम अवैध भएको निर्णय गरी गृहलाई कारबाहीको लागि सिफारिस गर्नासाथ प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।श्रेष्ठको ओएससी नामक कार्यालयले मलेसिया जाने कामदारको राहदानी संकलन गर्ने गर्छ । यो काम गरिदिएबापत उक्त कम्पनीले २ हजार ८ सय रुपैयाँ शुल्क र भ्याट ३ सय ६४ गरी ३ हजार १ सय ६४ रुपैयाँ तिर्नुपर्छ । उक्त राहदानी दूतावाससम्म पुर्‍याउन भीएलएनले अर्को ३ हजार ६ सय १६ उठाउँछ ।दुइटा फरक कम्पनी भए पनि ओएससी र छोटकरीमा भीएलएन भनिने मलेसिया भीएलएन नेपाल प्राइभेट...


2018-05-17 | कोसेलीन्यूज
तितोपाटी डट कम - देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ ।२०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ ।२००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य,नरवहादुर कर्माचारी, नारायणविलाश जोशी र मोतिदेवी श्रेष्ठ संस्थापक रहेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालमा फुटेको थियो । त्यसपछि केशरजंग रायमाझी राजाको पक्षमा पञ्चायतमा बिलय भए भने पुष्पलाल र तुलसीलाल अमात्यहरुले अलगअलग पार्टी बनाए । २०२८ सालमा तत्कालिन झापाली क्रान्तिकारीले सशस्त्र युद्धबाट एकीकरण गरेको नेकपा माले र २०४७ सालमा माले माक्र्सवादी...


2018-05-17 | कोसेलीन्यूज
तितोपाटी डट कम - अन्ततः दुइवटा कम्युनिष्ट पार्टीहरूले एउटा एेतिहासिक निर्णय गरेका छन् । गएको असोजदेखि ओपचारिक रुपमा एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विधिवत रुपमा बिहीबार विघटन भएका छन् । एकतापछि बन्ने एकीकृत पार्टी ‘नेकपा कम्युनिष्ट पार्टी’आज नै निर्वाचन आयोगमा दर्ता गर्दैछन् ।एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको छ ।एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादीको बैठक प्रचण्ड निवास खुमलटारमा  बसेको हो । अब केही बेरमा नै प्रधानमन्त्री निवास बालुवाटारमा एकीकृत पार्टीको बैठक बस्दैछ ।दुई दलले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिनेछन् । तर, यो नाम गरेको पार्टी...


2018-05-12 | तितोपाटी
  काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । शुक्रबार बिहान साढे १० बजे जनकपुर आएर नेपाल भ्रमण सुरु गरेका मोदीले विभिन्न धार्मिक स्थानमा पूजापाठ गर्नुका साथै महत्वपूर्ण राजनीतिक भेटघाट गरी शनिवार अपराह्न पौने पाँच बजे स्वदेश फर्किएका हुन् । शुक्रबार जनकपुर स्थित जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पूजा गरेका उनी सोही दिन काठमाडौं आएका थिए । काठमाडौंको द्धारिका होटलमा दुई देशका प्रधानमन्त्री बीच छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भारतका प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री ओलीले संयूक्त रुपमा अरुण तेश्रो जलबिदुत आयोजनाको शिल्यान्यास समेत गरेका थिए । नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न धार्मिक स्थलमा...


2018-05-09 | कोसेलीन्यूज
तितोपाटी डट कम - सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उहाँ लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उहाँको दुःखद निधन भयो ।आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते भएका मोची गत असोज ३१ गते पहिलो पटक वैदेशिक रोजगारमा जानुभएको थियो । गत माघ २२ गते घाइते भएपछि उपचारार्थ उनी दुबईकै अस्पतालमा भर्ना भए । चिकित्सकले उनलाई बचाउन सकेनन् । माघ २३ गते बिहान निधन भएका मोचीको शव नेपाल ल्याउन भने भण्डै तीन महिना लाग्यो । उनको शव गत चैत ४ गते मात्रै नेपाल ल्याउन सकियो ।क्षतिपूर्तिका लागि...


2018-05-03 | कोसेलीन्यूज
तीतोपाटी डट कम - मुलुकको एक मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुन तस्करीको ‘स्वर्ग’ बनेको रहस्य खुलेको छ । ३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणको छानविन गर्न बनेको समितिले विमानस्थलबाट हुने सुन तस्करीको पाटोलाई भित्रैसम्म पुगेर केलाएको छ ।अन्नपूर्ण पोष्टलाई प्राप्त जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत मोरङलाई बुझाएको अभियोग पत्रमा सुनका मालिक गोरे भनिने चुडामणि उप्रेती र उनका सहयोगीले पाँच वर्षमा चार सय २१ पटक सुन तस्करी भएको उल्लेख गरिएको छ । अभियोग पत्रअनुसार पाँच वर्षमा तीन हजार सात सय ९९ किलो ५ पाँच सय ५९ ग्राम (नेपाली मूल्य १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार...


2018-05-03 | कोसेलीन्यूज
तीतोपाटी डट कम - नेपाली युवाका लागि रोजगारीको एउटा प्रमुख गन्तव्य हो मलेसिया । अर्धदक्ष र अदक्ष कामदार बढी लैजाने भएका कारणले पनि मलेसिया नेपालीहरूका लागि रोजगारीको एउटा प्रमुख गन्तव्य नै बनेको छ ।हाल मलेसियामा रहेका वैध नेपालीको सङ्ख्या ५ लाखको हाराहारीमा छ । मलेसियास्थित नेपाली राजदूतावासका अनुसार अहिले पनि ५० हजारको हाराहारीमा नेपालीहरू अवैधरूपमा मलेसिया बसी कामकाज गरिरहेका छन् र नेपालबाट अहिले पनि वार्षिक करिब १ लाख नेपाली युवा रोजगारीका लागि मलेसिया पुग्ने गरेका छन् । तर मलेसिया जाने कामदारहरूले नेपालमा भने विभिन्न शीर्षकमा गरी भिसा पाउने प्रोसेसिङमै १८ हजार ६ सय ८० रुपियाँ तिर्नु परिरहेको छ । इमिग्रेसन सेक्युरिटी...


2018-05-03 | तीतोपाटी डट कम
तीतोपाटी डट कम- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर भ्रमणमा आउने भएपछि बिहीबार यहाँ बृहत सरसफाइ गरिएको छ ।प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरु सरसफाइमा सहभागी थिए ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतदेखि अन्य मन्त्रीहरुले झाडु बोकेर जनकपुरको जानकी मन्दिर परिसरदेखि बाह्रविघा जाने सडक आसपाससम्म बढारेका हुन् ।प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन गर्ने ठाउँ बाह्रविघाको सरसफाइ गरी मञ्च बनाउने काम सुरु गरिएको छ भने जनकपुर शहरको पनि सफाइ थालिएको छ ।सफाइ कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसमेत सहभागी रहेको थियो ।मोदी वैशाख २८ गते जनकपुर भ्रमणमा आउँदैछन् । उनको स्वागतको लागि तीव्र गतिमा तयारी भएसंगै...


2018-04-24 | तितोपाटी
एउटा व्यक्ति कति सम्म निर्दयी र पापी बन्न सक्छ ? कपिलबस्तुकी बिनिताको परिवारले त्यो भोग्दै र देख्दै आएको छ । कपिलबस्तुकै वाणगंगा नगरपालिका वडा नम्बर ११ बस्ने धर्मबहादुर भुषालका छोरा अनुप कुमार भुषालले बिनिताको परिवारको उठिवास लगाएको छ ।हाल पोर्चुगलको बेजा जिल्ला बस्ने कुमार भुषालले बिनितासंग फेसबुमा मायाको नाटक गरे । त्यही बेला बिनिताको केही फोटोहरु राखेर उन्ले बिनितालाई ब्रकेलमेल गर्न शुरु गरे । नेपाल आएका बेला यसरीनै ब्लेकमेल गरेर औषधि खुवाए उनले बिनितासंग शारीरिक सम्बन्ध बनाए । त्यपछि त झन् उन्ले त्यसको भिडियोनै बनाएर ब्लाकमेल गर्न शुरु गरे ।कुमार भुषाल प्रहरी प्रशासनमा आफ्नो पहुच रहेको भन्दै पोर्चुगलबाटै बिनिताको ७...


2018-04-24 | कोसेलीन्यूज
तीतोपाटी डट कम - अन्ततः ७ वर्ष पछि खुलेको कुवेतको एम्नेष्टिको अबधि गत अाइतबारदेखि सकिएको छ ।  कुवेत सरकारले अबैधानिक रुपमा बसोबास गरिरहेका बिदेशी कामदारहरुलाई दिएको आममाफीमा यस पटक ३ हजार ७ सय १४ नेपालीले ट्राभल डकुमेन्ट लिएका छन् ।गत जनवरी २९ तारिख देखि अप्रिल २२ तारिख सम्म ३७१४ जना नेपाली कामदारले ट्राभल डकुमेन्ट लिएको नेपाली राजदूतावास कुवेतले जानकारी दिएको छ । राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनका अनुसार ट्राभल डकुमेन्ट लिनेहरुमा महिलाको संख्या २ हजार १ सय ९६ छ भने एक हजार चार सय उनासी पुरुस र ३९ जना बच्चा रहेका छन् ।जनवरी २९ तारिख देखि फेब्रुअरी २२ तारिख...


2018-04-20 | तितोपाटी
काठमाडौं-नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विभिन्न संघसंस्थाले तालाबन्दी गरेका छन् । महासंघको आसन्न प्रदेशसभाको चुनावमा सबैलाई समावेश नगरेको र केही संगठनले मात्र आफूखुशी गरेको भन्दै पत्रकारका पाँचवटा संस्थाले ताला लगाएका हुन् ।प्रेस चौतारी, प्रेस युनियन, र प्रेस सेण्टरले चुनावमा सहमति गरेर अघि बढ्ने निर्णय गरेको र यसो गर्दा आफूहरुको प्रतिनिधित्व महासंघमा नहुने भएको भन्दै संगठनहरुले सवैको प्रतिनिधित्व हुनुपर्नेलगायत माग गरेका छन् ।पत्रकार महासंघले यही वैशाख २२ गते सवै प्रदेश, काठमाडौं उपत्यका र एसोसिएट्सको अधिवेशन गर्दैछ । -उज्यालोबाट ...


2018-04-19 | तितोपाटी
 काठमाडौं- फरार अभियुक्त दीपक मनाङ्गे पक्राउ परेका छन् । प्रदेश ४ का प्रदेशभासभा सदस्य समेत रहेका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् । सर्वोच्चको फैसलापछि उनी सुरुमा सिक्किम पुगेका थिए । पछिल्लो दुई सातादेखि भने उनी काठमाडौं आसपासमै थिए । उनको लोकेसन नुवाकोट ट्राक भएपछि प्रहरी टोली त्यहाँ पनि पुगेको थियो । ठाउँ फेर्दै प्रहरीको आँखा छल्दै हिँडेका उनी बिहीबार स्वयंम्भूबाट पक्राउ परे । मनाङ्गेलाई स्वयम्भू तिनधारामा लुकीछिपी...


2018-04-18 | तीतोपाटी डटकम
हरि कृष्ण न्यौपाने-रौतहटको चपुर गाबिस-३ घर भई सन २०१० देखी कुवेतमा काम गर्दै आएका पूर्ण बहादुर गोले अबैधानिक बन्दै गत जुन-२०१७ मा नेपाल फर्किएकोमा अझै घर-परिवारको संपर्कमा पुगेका छैनन।फ्लाई दुबइको फ्लाइटबाट नेपाल पुगेको भ्वाइस म्यासेज गरेका पूर्ण बहादुर अझै पनि परिवारको संपर्कमा नपुगे पछी उनको परिवारले पूर्ण बहादुरको खोजीका लागि सम्बन्धित निकायलाई आग्रह गरेका छन।कुवेतमै केही समय काम गरेर हाल दुबइमा कार्यरत पूर्ण बहादुरको दिदी सम्झना गोलेले तीतोपाटी डटकमसंग भनिन,"सन २०१० देखी कुवेतमा काम गर्दै आएका भाई सन २०१७ को जुनमा नेपाल फर्किए पनि अझै घर पुगेको छैन।" उनले थपिन हाम्रो बुवा-आमाको एक मात्र छोरो हाम्रो भाई अझै परिवारको संपर्कमा...


2018-04-12 | तीतोपाटी डट कम
हरी कृष्ण न्यौपाने--सन २०११मा खुलेको आममाफीको ७ बर्ष पछी कुवेतमा अबैधानिक रुपमा बसेका आप्रबासीलाई कुनै पनि जरिवाना र सजाँय बिना(चोरी वा अन्य केही जघन्य अपराध लागेका बाहेक) सजिलै घर फर्किन कुवेत सरकारले दिएको ३ महिने आममाफीको अबसर आगामी २२ एप्रिल, २०१८ रातीको १२:०० बजे सकिदै छ।लामो समयको पर्खाइ पछी यसरी बिना सजाय घर फर्कन पाउने तथा यो अबधीमा गएका आप्रबासीहरु पुन: कुवेत तथा अन्य खाडी मुलुकहरुमा फर्किन पाउने भएकाले पनि यो आममाफीको समयलाई सदुपयोग गर्दै कुवेत छोड्ने आप्रबासी कामदारहरुको संख्या बढी रहेको छ।त्यसै गरी आफुले तिर्नु पर्ने जरिवाना तिरेर भिसा लगाउदै सम्पूर्ण प्रकृया पुरा गर्दै बैधानिक बन्न चाहने आप्रबासी कामदारहरु...


2018-04-10 | तितोपाटी
सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ।बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक पदमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाललाई नियुक्त गरेको हो। नेपाल प्रहरीको नियमावली २०७१ को नियम ४१ अनुसार दुबै जना चैत २९ गते बुधबारदेखि महानिरीक्षक हुने सूचना तथा सञ्चार राज्य मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। ...


2018-04-09 | तितोपाटी
 उमाकान्त पाण्डे-युएईमा ब्लडमनी सम्बन्धी मुद्दाका कारण ४ बर्षसम्म नेपाल फर्किन नपाएका झापाको लोकेश खतिवडा नेपाल फर्किन पाउनु हुने भएको छ ।बीमा कम्पनीले तिर्नुपर्ने ब्लडमनी अन्तर्गत ३ लाख २० हजार २ सय दिराम ९ अर्थात झन्डै १ करोड रुपैयाँ तिरेपछि लोकेशको मुद्दा टुंगिएको नेपाली दूतावास आबुधाबीले जनाएको छ । सन् २०१७ को मार्चमा आबुधाबीको उपल्लो अदालतले गरेको फैसला अनुसार भारतीय परिवारलाई झण्डै १ करोड ब्लड मनी तिर्नुपर्ने थियो । यही रकम तिर्न नसक्दा लोकेश युएईबाट फर्किन पाउनुभएको थिएन ।  त्यो पैसा लोकेशले नभई बीमा कम्पनीले तिर्नुपर्ने फैसला अदालतले गएको जनवरीमा सुनाएको थियो ।लोकेशको ब्यथा बल्झिएको र मुद्दा अल्झिएको बारे दुतावासका नव...


2018-04-08 | केदार नाथ खरेल
गुलाम नबी मन्सुर-       प्रधानमन्त्री के.पि. वलीको तिन दिने राजकिय भ्रमणको लागि भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा चैत्र २३ देखि २५ सम्म रह्यो । यस बीचमा दुई देशका प्रधानमन्त्रीहरु मात्रै बसेर दुवै देशको हितको लागि के के गर्न सकिंन्छ भनेर छलफल गरेका थिए ।नेपालबाट भ्रमण दलमा सामेल प्रतिनिधीहरु र भारतिय प्रतिनिधीहरु बीच बृहत छलफल गरी सौहार्द र मैत्रीपूर्ण रुपमा छलफल गरी विभिन्न एजेण्डाहरुमा छलफल गरी बाह्र बुँदे सम्झौतामा हस्ताक्षर गरियो ।       भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको प्रतिबद्धताबाट भारत र नेपाल दुई देशबीच जलमार्ग विस्तारका लागि कति सकारात्मक छ भन्ने कुरा बुझ्न सकिन्छ। मोदीले 'नेपाल जमिनबाट मात्र जोडिएको...


2018-04-07 | तीताेपाटी डट कम
तीतोपाटी डटकम - नेपाल कुवेत डटकम बाट तीतोपाटी डटकम हुँदै मध्यपूर्बकै उत्कृष्ट बन्न सफल वेबसाइट र कुवेतको नेपाली समाजमा एक मात्र छापा पत्रीका मरुभुमिको कोसेली पत्रीकाको सन्चालनको साथमा कुवेतको नेपाली समाजमा बिभिन्न क्षेत्रमा करिब १० बर्ष देखी राहत, उद्दार र रचनात्मक कामगर्दै आएको कोसेली समुहले आफ्नो समुहको जिम्मेवारीमा हेरफेर गरेको छ ।आज एप्रिल ६, २०१८ शुक्रबारको दिन कुवेतको मुर्गब स्थित प्यारागन होटलमा बसेको कोसेली समुहको बिशेष बैठकले समुहमा जिम्मेवारी हेरफेर गरेको हो । कोसेली समुहले अध्यक्षमा नबराज पन्थी, प्रबन्ध निर्देशकमा आनन्द आचार्यलाई नयाँ जिम्मेवारी दिएको छ । त्यसै गरी उपाध्यक्षमा टोमलाल पराजुलीलाई निरन्तरता दिदै महिला उपाध्यक्षमा जानुका जानुलाई चयन गरेको छ...


2018-03-30 | केदार नाथ खरेल
काठमाडौँ — कांग्रेस नेता एवं पूर्वगृहमन्त्री खुमबहादुर खड्काको शुक्रबार साँझ निधन भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ६८ वर्षीय खड्काको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा साँझ ५ बजेर १५ मिनेटमा निधन भएको हो ।फागुन ४ गते राति हृदयाघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना भएका खड्कालाई फागुन ६ गते उपचारका लागि एपोलो लगिएको थियो। सुरुमा अवस्था सामान्य रहे पनि विस्तारै छाती र टाउकोमा समस्या देखिएको थियो भने मृगौलाले काम गर्न छाडेको थियो।खड्काको ३० महिनाअघि एपोलोमै मृगौला प्रत्यारोपण गरिएको थियो। खड्काको स्वास्थ्य जटिल भएपछि कांग्रेसले रमेश लेखक, शंकर भण्डारीलगायतका नेतालाई स्वास्थ्य अवस्था बुझ्न दिल्ली पठाएको थियो। बिहीबारमात्रै स्वदेश फर्किएका ती नेताले कांग्रेस...


2018-03-27 | तीताेपाटी डट कम
तीताेपाटी डट कम – सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ ले पहिलो उडान म्याग्दीबाट गर्ने भएको छ । नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानीमा महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमूनालाई प्रयोगशालासम्म ल्याउन प्रयोग गरिने आठ वटा पंखा भएको र दुईवटा पखेटा भएको जहाज जस्तै उडान गर्ने दुई प्रकारको ‘मेडिकल ड्रोन’ केन्द्रको रिसर्च ल्याबमा अन्तिम चरणमा पुगेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताउनुभयो । “अर्को महिनाको दोस्रो सातासम्म म्याग्दीमा परीक्षण उडान गर्ने तयारीमा छौँ । नियमित उडानका लागि केही समय लाग्छ” पुनले भन्नुभयो । पुनले स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरेपछि गृहमन्त्रालय र...