कुवैतमा वेपत्ता भएका र वेवारीसे लाशको खोजीमा नेपाली दूतावासको चासो
29 July 2010 posted by Kedar Nath Kharel
केदार नाथ खरेल, कुवैत(खैतान)
29जुलाई 2010 कुवैत, कुनै पनि कामको सिलसिलामा कुवैतमा आएर वेपत्ता भएका व्यक्तिको परिवारजनहरुले आफ्ना हराएका व्यक्तिका पासपोर्टको फोटोकपी वा नागतीकताको फोटोकपी, उक्त कामदारले नेपालबाट कुन एजेन्ट मार्फत कुवैत आएको र कुवैत स्थित मेनपावरवाला व्यक्तिको नाम, मोवाइल नं. अफिसको नाम ठेगाना र फोन नम्बर तथा सकभर भिसाको फोटो कपी पनि भए उक्त कपी समेत संलग्न गरी निवेदन दिएको खण्डमा खोजी गर्न सजीलो हुने भएको हुनाले यस प्रकृयानुसार आफ्ना हराएका व्यक्तिहरुको बारेमा यथासिघ्र जानकारी गराउन सम्बन्धित सबैलाई अनुरोध गरिएको दूतावास स्रोतले जनाएको छ ।
विगत कयौं वर्ष देखि कुवैतको विभिन्न हस्पिटलहरुमा नेपालीहरुको वेवारीसे लाशहरु रहेको तथा उक्त लाशको बारेमा खोजी गर्न हालसम्म कसैले पहल नगरेको हुनाले यस्ता वेवारिसे लाशहरु फ्रीजमा रहेको कुरा हस्पिटल स्रोतले नेपाली दूतावासलाई जानकारी गराएको कुरा उल्लेख गर्दै दूतावास स्रोतले हामीलाई जानकारी गराएको छ । यस्ता किसिमको वेवारिसे लाशहरु के कसरी नेपाल पठाउन सकिन्छ त ?भन्ने एक प्रश्नको जवाफमा नेपाली दूतावास कुवैतका सचिव श्री पुष्पराज भट्टराईले भन्नुभयो,उक्त विषयमा हामीलाई सरोकारवाला व्यक्तिहरुले हराएको व्यक्तिको सम्पूर्ण विवरण दिएमा खोजी गर्न सजिलो र सहज हुने भएको हुनाले यथासम्भव कुनै पनि व्यक्तिको आफ्नो आफन्तहरु कुवैतमा लामो समयसम्म हराएको र वेपत्ता भएका छन् भने हामीलाई जानकारी गराएको खण्डमा यस्ता व्यक्तिहरुको हामी खोजी गर्नेछौं । यस जटील विषयमा कुवैतमा रहेका विभिन्न संघ संस्थाहरु सबैले चासो दिई एक जुट भई सहयोगको भूमिका निर्वाह गरेको खण्डमा अझ प्रभावकारी हुने भएको हुनाले सबैको सहयोगको अपेक्षा गरिएको कुरा नेपाली दूतावास स्रोतले जानकारी गराएको छ ।