पूरा नहुने मधेसी माग र एमालेको तटस्थ बस्ने निर्णयले मुलुक गोलचक्करमा फँस्ने - माओवादी अध्यक्ष
29 July 2010 posted by Toya Dahal
काठमाडौं, श्रावण १३ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरुको असहमतिले मुलुक \'गोलचक्कर\'मा फँस्ने स्थितिमा पुगेको बताएका छन् ।
माओवादी निकट अखिल नेपाल लेखक संघले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले \'गोलचक्कर\'मा फँस्ने स्थितिमा रहेको मुलुकलाई साहित्यले चेतना दिन सक्ने उल्लेख गरे । \'यहि बेला मुलुक झण्डै-झण्डै गोलचक्करमा फँस्ने स्थितिमा छ,\' दाहालले भने ।
दाहालले संक्रमणकालीन अवस्थामा रहेको मुलुकलाई निकास दिन राजनीतिक दलहरुले नसकेकोमा चिन्ता व्यक्त गरे । उनले मधेसी दलहरुले पूरा नहुने माग राखेर तथा एमालेले तटस्थमा बस्ने निर्णय गरेकाले संक्रमणकाल झनै लम्बिएको टिप्पणी गरे ।