HomeAbout US Contact Us Recent NewsArab Ko News Bichar Bimarsha VideosEntertainment SportsPhoto Gallery

Welcome to NepalKuwait.com
 
 
 
लाईभ अपडेट नेपाल कुवैत टि भि
 
Third Edition on The Market Grap it NOW मुरुभुमिको कोसेली पत्रीका SECOND Edition Click Here To Download
 
 
 
 
 

 
- दैनिक पत्रिकाहरू
 

 
-अन्लाईन समाचार
 

 
-उपयोगी लिङ्कहरु
नेपालीमा लेख्नु होस
 

 
-कमेडी सिरियल
 

 
-नेपाली आधुनिक गित
 

 
-नेपाली टि भि
 

 
-मनोरञ्जन
 

 
-लोक दोहोरी
 

Top Heading

 

सरकारी निर्णयले राहत पुरयाउन कोषिश गरेको छ तर ईराक जान प्रतिबन्ध कायमै छ

29 July 2010 posted by Toya Dahal

 तोयानाथ उपेक्षित
नेपाल सरकारले ईराकका लागि नेपालीलाई काम गर्न जानवाट लगाएको रोक फुकुवा गरेको छैन । जो ईराकमा छन तीनीहरुलाई त्यहाँ रहेर काम गर्न सजिलो मात्र बनाईएको छ । प्रतिबन्धित अवस्थामा गैह् कानूनी रुपमा ईराक छिरेकाहरुलाई सरकारी निर्णयले राहत पुरयाउन कोषिश गरेको र नेपालीहरुलाई दिईने पासर्पोटमा अब देखि ईराक बाहेक भन्ने बाक्यांश हटार्ईने भएको छ तर ईराक जान ईच्छुक नयाँ कामदारलाई भने प्रतिबन्ध कायम नै राखिएको छ । जो ईराकमा पुगेका छन तीनलाई मात्र बैधता कायम गरियोस भन्ने सरकारी मागलाई फुकुवा गरेको भन्न मिल्छ ? फुकवा आंशिक हो भन्ने पनि ठाउँ देखिन्न , नयाँ कामदार पनि जान नसक्ने र पछि सो सम्बन्धमा निर्णय लिईने भनिएको श्रमको घोषणा कस्तो घोषणा हो ? के फुकुवा गरिएको भन्ने कुराले अरु अलमलमा पारेको देखिन्छ  । जो गए तीनको रोजीरोटीको सुरक्षा गर्ने हेतुले गरिएको निर्णयको आधिकारिक जवाफ अमेरिकी सेन्ट्रल कमाण्ड तथा ईराक सरकार कतैवाट आईनसकेको भएपनि नेपाली अधिकारीहरुले सम्बन्धित देशको कुटनैतिक च्यानलहरुबाट सकरात्मक जवाफ पाएको बताएका छन ।

श्रम मन्त्रालयका प्रबत्ता पूर्णचन्द्र भट्टराईले मिडियाहरुसँग कुरा गर्दै भने " ईराकमा रहेका नेपाली कामदारहरुको रोजगारी र सुरक्षा लगायतका हितमा कुनै आघात नपुग्ने आश्रवासन कुटनैतिक रुपमा पाएका छौ " । आजै नेपाल कुवेत डट कम सँग कुवैतका लागि नेपालका प्रथम राजदुत मधुवन पौडेलले भन्नुभयो नेपाल सरकारले प्रतिबन्ध फुकुवा गरिसकेको र आफुले कुवेत स्थित अमेरिकन दुतावासलाई सो सम्बन्धमा अवगत गराएको बताउनु भयो । स्मरणरहोस कुवैत स्थित अमेरिकन दुतावासले ईराकमा रहेको अमेरिकन दुतावाससँग ज्वाईन्ट मिसनको रुपमा काम गर्ने गर्छ । यसरी नै राजदुत मधुवन पौडेलले ईराक सरकारलाई समेत नेपाल सरकारको निर्णय संबनधमा एक पत्र मार्फत जानकारी पठाउनु भएको छ । राजदुत पौडेलाई डट कम ले गरेको एक सवालमा उहाँले भन्नुभयो जो नेपाल फिर्ता हुन थाले भनी समाचारमा आएको छ " ती हाईकमाण्डको निर्णय र निर्देशनको शिकार भएका भन्ने कुरा गलत हो । कम्पनीमा आउने र जानेको नियमित प्रक्रियामा परेका हुन तीनलाई यो मुद्धामा गाँसेर हेर्न मिल्दैन " ।


बिक्रम सम्वत २०६१ साल भदौ १६ गने अपहरणकारिका फन्दामा परेर हत्या भएका १२ नेपाली कामदार नेपाल सरकारको मृत्यु पश्चात नेपाल सरकारले ईराकमा काम गर्न जानबाट रोक लगाउदै आएको थियो ।तर नेपाल सरकारको कुनै पनि प्रतिबन्ध भारत सँगको खुला सिमानाका कारण कार्यन्वाईन हुन सकेको देखिदैन । विगत ६ बर्षको प्रतिबन्धित अवस्थामा ईराकमा ४० हजार भन्दा बढी नेपाली पुगेका छन भने खाडी राष्ट्रमा जान बाट नेपाली महिला माथि एक दशक देखि लगाएको रोकका बाबजुद दुई लाख भन्दा बढी नेपाली महिलाहरु खाडीमा कार्यरत छन । नेपाल सरकारकरको प्रतिबन्ध र "लाटाको धोती" भन्ने कुरा उस्तैउस्तै भएको देखिन्छ बरु यस्ता खाले प्रतिबन्धबाट अनावश्यक फाईदा मेनपावर र भारत सरकारले उठाईरहेको छ । यसरी नै मानब तस्करीमा बृद्धी भएको देखिन्छ । कतिपय महिलाहरु भारतमा नै बेचिने गरेका समाचारहरु समेत आईरहेका छन ।  बरु नेपाल सरकार नेपाली नागरिकको सुरक्षा र रोजगारमा संबेदनशिल नरहेको भन्न हिचकिचाईरहन पर्दैन ।

 
 Leave your comment
0  Comments
 
 
 
Interview More
Entertainment More
Sahitya More

पार्टी र मेरो व्यक्तिगत चरित्र हत्या गर्ने षडयन्त्र हो : कृष्णबहादुर महरा

हास्य- पार्टी प्रवेशको इच्छा-मनोज गजुरेल

भानुभक्तीय महिमा: अनन्तगोपाल रिसाल

केही मुक्तकहरु - छबीराम बिके

मेरो बाबा - सुशीला

आसु तिम्रा आँखाका -माधव पोख्रेल

प्रकृती (कविता)

ब्यङगात्मक कबिता

म - माधव पोख्रेल

गणतन्त्र अडिराछ -सृजना कडेंल

संगै हासौं - संगीता

एक बोतल रक्सिसंगै (सजना गुरुङ )

 
Slide Show
Site Search

Web Nepalkuwait.com

 
चालचलन प्रमाणपत्र सम्बन्धी नेपाली दूतावास कुवैतकाे सूचना
 कुबेतमा रहेका नेपाली युबती (घरेलु कामदार)को समस्याको बारेमा देखिएको डेडलकलाई नेपाली दुताबासले तोकेको अल हुकुकले समस्याको समाधान गर्ला त ?
गर्छ  (18.38)%
गर्दैन  (49.69)%
थाहा छैन  (31.92)%
 
तीज िवषेश कार्यकम २०१०
Contact: info@nepalkuwait.com