HomeAbout US Contact Us Recent NewsArab Ko News Bichar Bimarsha VideosEntertainment SportsPhoto Gallery
Top Heading
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनुपर्ने बताउनु भएको छ। उहाँले दलहरुकाबीचमा अहिले पनि सहमति बन्न नसके प्राप्त उपलब्धि गुम्न सक्ने खतरा बढ्ने बताउनुभयो।एमाले निकट युवा संघ नेपालले राजधानीमा गरेको शान्ति र संविधानका लागि राष्ट्रिय सहमति विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष खनालले यस्तो बताउनु भएको हो। उहाँले शान्ति र संविधान अहिलेको अपरिहार्य आवश्यकता भएको बताउँदै सहमतीय सरकारको विकल्प नभएको प्रष्ट पार्नुभयो।यसैगरी एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिले देशमा राष्ट्रिय सहमति हुन नसक्नुको पछाडि पराधिन मानसिकताले काम गरेको बताउनु भएको छ। राष्ट्रिय स्वाधिनता कि पराधिनता भन्ने विषयमा चलेको बहस टुङ्गो नलागेकाले राष्ट्रिय सहमति अलमलमा परेको उहाँको भनाई छ।श्रेष्ठले यस्तो बताउनु भएको हो। अहिले नेपालमा आग्रगमन र प्रतिगमनका बीचको लडाई उत्कर्षमा पुगेको भन्दै उहाँले यो लडाई नटुङ्गीएसम्म राष्ट्रिय सहमति कठिन भएको दावी गर्नुभयो।माओवादीले चाहेको अग्रगमनको कदममा नेपाली कांग्रेसले बाधा हालिरहेको र नेकपा एमाले कुनै ठोस निर्णय गर्न नसकि अन्योलमा परेकाले समस्या आएको टिप्पणी गर्नुभयो।कार्यक्रममा मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसवादी दलहरुले उठाएका कुनै पनि मुद्दाहरु नयाँ नभई यसअघि नै झलनाथ खनाल र माधव नेपालले सहमति जनाइसकेको विषय भएकाले सहमति हुने विश्वास व्यक्त गर्नुभयो।नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले वृहत् शान्ति र त्यसपछिका विभिन्न सहमति पालना गरेमा समस्याको समाधान निक्लने बताउनुभयो।
\'अहिले जनताको सेवामा लागेका छौं\' - हिमानी
सहरमा मिस जुली, प्रेम, यौन र वर्गबीच कस्तो अन्तरसम्बन्ध होला ?
गीत - बिष्णु / निश्चल
केही टुक्रा मुक्तक -करुणा ढकाल
श्रीमानलाइ चिट्ठी - लक्ष्मी के.सी
मेरी माँया साह्रै राम्री - भीमराज पाराङ
अनेसास इजरायल द्वारा १४५ औं मोति जयन्तिको अवसरमा साहित्यिक वनभोज तथा कविता संग्रह विमोचन कार्यक्रम
मलाई घरजम गर्ने आग्रह नगर (सु्पिय, र्इजरार्इल)
निस्वार्थ सेवा - सजना गुरुङ,
अकल्पनिय मृत्यु - - विमला पण्डित
बल्ल शीतल हल्का भयो - रबि रोसि
गीत - अंगाले छौ अरुलाई, रोपी छुरा मेरो मूटुमा
Web Nepalkuwait.com