HomeAbout US Contact Us Recent NewsArab Ko News Bichar Bimarsha VideosEntertainment SportsPhoto Gallery
Top Heading
काठमाडौ, श्रावण १३ - माओवादीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आधार पत्रको लिखित जवाफ तयार पारेको छ ।बिहीबार बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले लिखित जवाफ तयार पारेको हो । मोर्चाले १६ बुँदे आधारपत्र सार्वजनिक गर्दै त्यसलाई पूरा गर्ने लिखित प्रतिबद्धता गरे सरकार निर्माणमा सहयोग गर्ने बताउदै आएको छ । मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक, तराई-मधेस लोकतान्त्रिक पार्टी र सदभावना पार्टी सम्मिलित मोर्चाको मत नयाँ सरकार निर्माणमा निणर्ायक छ । पदाधिकारी बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मोर्चाले लिखित प्रबिबद्धता माग गरेकाले बैठकले त्यसलाई अन्तिम रुप दिएको बताए । बिभिन्न वार्ताका क्रममा हामीले मौखिक धारणा त सार्वजनिक गर्दै आएका छौ', श्रेष्ठले भने, उहाँहरुले लिखित जवाफ मागेकाले त्यसलाई अन्तिम रुप दिएका हौ । उनले मोर्चासँग सम्भवत आजै वार्ता हुने जानकारी दिए । मोर्चासगको छलफलपछि मात्रै जवाफ सार्वजनिक गर्ने उनले बताए । 'सम्भवत आजै नभए छिटो भन्दा छिटो एक चोटी वस्छौ', उनले भने,'तुरुन्तै वार्ता नभए यसलाई सार्वजनिक गर्छौ । माओवादीले यसअघि मोर्चाले अघि सारेको आधारपत्रमा उल्लेख भएको बहुलवाद, एक मधेस एक प्रदेश र सेना समायोजनको समयसीमा र समायोजन प्रक्रियाबारे असहमति जनाउदै आएको छ ।
\'अहिले जनताको सेवामा लागेका छौं\' - हिमानी
सहरमा मिस जुली, प्रेम, यौन र वर्गबीच कस्तो अन्तरसम्बन्ध होला ?
गीत - बिष्णु / निश्चल
केही टुक्रा मुक्तक -करुणा ढकाल
श्रीमानलाइ चिट्ठी - लक्ष्मी के.सी
मेरी माँया साह्रै राम्री - भीमराज पाराङ
अनेसास इजरायल द्वारा १४५ औं मोति जयन्तिको अवसरमा साहित्यिक वनभोज तथा कविता संग्रह विमोचन कार्यक्रम
मलाई घरजम गर्ने आग्रह नगर (सु्पिय, र्इजरार्इल)
निस्वार्थ सेवा - सजना गुरुङ,
अकल्पनिय मृत्यु - - विमला पण्डित
बल्ल शीतल हल्का भयो - रबि रोसि
गीत - अंगाले छौ अरुलाई, रोपी छुरा मेरो मूटुमा
Web Nepalkuwait.com