अल्मुला सिक्युरिटी महबुल्ला क्याम्पको धर्ना हसबिया र जिलिब क्याममा पनि जारी
28 July 2010 posted by Arjun Basnet
२७ जुलाई राती अल्मुला सिक्युरिटी महबुल्ला क्याम्प मा एक जना गार्ड बिरामी भएको र उनलाई एम्बुलन्सले उपचारर्थ हस्पिटल लैजान सिविल अाइ डि को म्याद सकिएको हुनाले अस्विकार गरेको बिषयलाई लिएर गार्डहरुले गरेको धर्नाले अल्मुला सिक्युरिटी क्याम्पहरु प्राय सबै २८ जुलाई बिहानबाट धर्नामा सहभागी भएका हुन । हसबिया र जिलिब क्याम्पमा २८ जुलाई दिउसो गार्डहरुलाई ट्रास्पोर्ट दिने गाडीहरुको टायरबाट हावा निकालेर गार्ड हरु धर्नामा उत्रिएका छन । धर्नामा रहेका गार्डहरुको भनाइ अनुसार लगभग अकमा नविकरणको समस्याले अबैद्य हुन पुगेका गार्डहरुको समस्या भने साधारण होइन बिगत ६,७ महिना देखिको समस्याले बिरामी हुँदा समेत उपचार नपाउनाले धर्नामा उत्रन वाध्य भएको जनाएका छन । समस्याहरुको जानकारी गार्डहरुले पहिले पनि जनाएको तर सुनुवाई नभएको गुनासो समेत गरे । अव धर्नामा उत्रिसके पछी , हामीले मासिक ७० के डि तलब, अकमाको नविकरण र क्याम्प ब्यबस्थापनको माग राखेको जनाए । महबुल्ला क्याम्पमा २८ तारिख राती ९ वजे सम्म गार्ड र मेनेज्मेन्ट विच भएको वार्तामा गार्डहरुको मागलाई मध्ये नजर गर्दै मेनेज्मेण्ट पक्क्ष्यले माशिक ६० के डि +५ के डि एलावन्स दिने जनाए पनि गार्डहरु आफ्ना मागमा अडिक रहेका हुनाले सहमती हुन सकेको छैन । त्याहा कार्यरत नेपाली समुदायका अनुसार भोली सम्म केही निकास निस्कन्छ होला । नेपाली राजदुताबास बाट पनि स्थिती बुझ्नको निम्ती कर्मचारीहरु आउनु भएको र उहाहरुले समस्या समाधान को उपाए सम्वाद बाट नै सुल्झाउन नेपालीहरुलाई सुझाब दिदै कुबेतको कानुन नाघ्ने काम नगर्न अागरह र सुझाव दिएको बाताए साथै त्यहा कार्यरत नेपाली हरुले बताए । हामी र हाम्रो स्थिती बुझ्न राजदुतावासले चालेको कदम प्रती गौरवान्तित हुदै आगामी दिनहरुमा पनि राजदुतावासबाट निरन्तर सुझाब र सहयोगको अपेक्षा राखेको भाव प्रकट गरे ।