घर फर्काउन सुरुगर्यो नेपालीहुरुलाई ईराक बाट ! सरकारले फुकुवा त गर्यो तर निर्णिय आएन ईराकमा !!
28 July 2010 posted by R.B. Budhathoki
कृष्ण पोखरेल "बिवस"
साउथ ईराक तलील एयरबेस क्याम्प नासेरिया
ईराकमा कार्यरत नेपाली र फिलिपिनोहुरु लाई २० जुलाईबाट २० दिन भित्रमा इराक छोड्नु पर्ने अमेरिकन हाईकमाण्ड को कडा आदेस पालन गर्नु पर्ने सुचनापत्र को आधारमा जुलाई २४ का दिन साउथ ईराक को तलील एयरबेस को AAFES मा काम गने ३ जना नेपालीलाई बग्दाद हुँदै नेपालफर्काइसकेको छ। र बाँकी नेपाली हुरुलाई एकै पटक पठाउन को लागि हावाइ टिकटको असुभिदा को कारणले गर्दा हेरेक हप्ता ३ जनाको हिसाब ले पठाउने योजना भएको जानकारी तेही काम गर्ने साथीहुरुले दिनु भएको छ। र अन्य बाँकी कम्पनी हुरुको साथीहुरु सँग बुज्दा अमेरिकन हाइकमाण्ड को अर्को आदेस १ हप्ता भित्र मा नआउने हो भने जुलाई २० कै आदेस लाई सदर मानि सबै नेपालीहुरुलाई फर्काउने योजना भैसकेको छ। आज ७ दिन भैसक्यो र समाचार हुरु मा हेडलाईन को बिसय बनेको छ! र ईराकको ४० हजार भन्दा बढी नेपाली हरु ले आफ्नु रोजगार गुमाउनु पर्ने इस्थिती नजिकै आउँदैछ नेपाल सरकार ले यो बिसय लाई गम्बिर रुपमा लिएर छिटो भन्दा छिटो हामी सबै ईराकबासी नेपालीहुरु को रोजगार सुनिछित, पारीदिनुहुन हामी आग्रह गर्दछौ !! र एउटा बेरोजगारी को लागि रोजगार कती महत्योपुर्ण हुन्छ भने कुरा प्रबासमा आएपछी सबै ले महसुस गरेको हुन्छ ४० सौ हजार नेपाली हुरुले आफ्नु रोजगार गुमाउनु पर्ने पिडा ४० सौ हजार नेपालीको परिवारसँग गासिएको हुन्छ। यि ४० हजर भन्दा बडी नेपालीहुरुको परिवारको सपना एउटा फगत सृस्टि चलाई राखीने मिटिङ् र छलफलमा मात्र सिमितिनु हुँदैन।
हाम्रो टाईम एक दमै छोटो छ। एस् लाई मध्य नजर गरी हाम्रो समस्याको हल गरिदिनु हुन हामी सबै तह - तप्प्का का माननीय हुरु सँग आग्रह गर्दछौ ! सम्माननीय प्रधानमन्त्री, परराष्ट्र मन्त्री, लगायत सम्पूर्ण मानवअधिकारकर्मी, तथा बुद्धिजीवीहरू र ईराक हेर्ने नेपाली कुट्नितिक नियोग नेपाली राजदुतावास पाकिस्तान र नेपाली राजदुतावास केबेत, अनी प्रबास मा प्राबसीहुरुको हक्र हितका निम्ती अन्कुंराएको सघं-संस्था लगायताका एनआरएन र कुवैत, आदी सबै लाई हामी यो यथार्थताको स्मरण गराउन चाहन्छु सरकार ले लगाएको इराक प्रतिबन्धले गर्दा ४० हजार परिवारको बिचल्ली हुने दिन नजिकिदैं गएको छ र उता नेपाल सरकारलाई रिमीटेन्समा ठुलो क्षति हुने छ एदी नेपाल सरकार को तर्फ बाट यो बिषय मा कुनै गल्ती र कमजोरी को कारण ले सबै नेपाली फर्कनु पर्ने भयो भने नेपाल ले फेरी एउटा ९० साल को भुकम्प को सामन गर्नु पर्ने हुन्छ। किन भने हामीले कहिले काही देख्न्ने गरेका छौ नेपालमा एउटा किसानको हलोजोत्ने गोरु लाई सडक मा गूडिरहेको गाडी ले किचीहाल्यो भने त्यहाँ त्यो किसान ले गोरुको मुल्य तोक्दैन हजारौं किसान भेला बनाएर गाडी पोलिन्छ।
नेपाल मा यो प्रथा अजै चलिरहेकोछ तेसैले यहाँ त ४० हजार परिवार को लाईफ को कुरा छ एती धेरै लाईफहुरुसँग सरकार ले खेलवार्ड गर्नु मिल्दैन बस, अब हामी यो सुन्न आतुर छौ कि जसरी अमेरिकन हाइकमान्ड ले सबै बहुरास्तिय कम्पनी हुरुलाई जसरी एउटा दु:खद पूर्ण आदेस जारिगर्यो तेसै गरी छिटो भन्दा छिटो सकारअत्मक आदेस कम्पनी भित्र छिरोस जुन आदेस ले सबै ईराक बासी नेपालीहुरुमा चैन को निन्द्रा आवोस अब हामीलाई हाम्रो रोजगारको बारेमा कुनै मिटिङ् सेमिनार छलफल र फुकुवा,जस्ता कुरा हुरु कुनै न्युज पेपरमा पढेर सान्तोना लिनु छैन हामी ७ दिन सम्म अनिधो छौ यो कुरा हामीले कसैलाई भने का छैनउ मात्र हामी आसबादी भएउ हाम्रो रोजगार सम्भन्दित निकाएले सुनिछित गर्नेछ। र अब सबैलाई जानकारीहोस ईराक बाट रोजगारी खोसिएर नेपाल फर्काउदैछन। यस्लाई सम्बन्धित निकाय ले चमत्कारपूर्ण छिटो भन्दा छिटो काम गरुन यही कामना हामी सबै ईराक बासीहुरु छ ल जय होस सबै को................................
कृष्ण पोखरेल "बिवस"
साउथ ईराक तलील एयरबेस क्याम्प नासेरिया