तोयानाथ उपेिक्षत काम गर्ने विभिन्न ठाउवाट भागेर नेपाली दुतावास कुवैतमा शरण लिन आएका मध्ये हाल सम्म करिब पाँच महिनाको अवधिमा ११९ जनालाई दुतावासले घर पठाएको छ । नेपाली दुतावास गत चैत्र महिनामा खुले यताको यो संख्यालाई सामन्य मान्न मिल्दैन । यसरी नै पाँच महिनाको अबधिमा घरेलु महिला कामदार मध्ये पाँच जनाले काम गर्ने गरेका घरमा नै आत्माहत्या गरेका छन । यसरी आत्माहत्या गर्नेको यो संख्या स्थानीय राष्ट्रिय दैनिकमा प्रकाशित समाचारवाट लिईएको हो ।
नेपाली दुतावास कुवैतले आजै सार्वजनिक गरेको प्रेश विज्ञप्तिमा जनाए अनुसार यसरी घर फिर्ता पठाईएका ११९ मध्ये विगत दुई महिना देखि नेपाली दुतावासको आश्रयमा रहेका चौध जना महिलाहरु आजै नेपाल फर्काईएका छन । दुतावास सचिब पुष्पराज भट्टराईले नेपाल कुवेत डट कम सँग कुरा गर्दै भन्नुभयो ती महिलाहरुलाई दुतावासले आफ्नै भवनको पीडिमा दुई महिना देखि आश्रय र खाना दिएर राखेको थियो । करिब दुई महिनाको अवधिमा उनीहरुको कानूनी प्रक्रिया पुरा गरी आज विहान ८ बजेको गल्फ एयरवाट घर पठाईएको हो ।
प्रेस विज्ञप्तिमा भनिएको छ यसरी घर फिर्ता पठाईनेहरुमा न.१८ भिषा अर्थात कम्पनी भिषामा आएका पुरुष कामदार १५ जना पनि पर्दछन । काम गर्ने बातावरण सन्तोस जनक नरहेको भन्दै उनीहरुले कम्पनीमा विद्रोह गरेपछि दुतावासको पहलमा उनीहरुको माग र ईच्छा बमोजिम स्वदेश फर्काईएको थियो । सचिब भट्टराईका अनुसार अन्य २८ शरणार्थी महिला कामदारको पनि प्रक्रिया अघि बढाईएको छ । उहाँ भन्नुहुन्छ आज पठाईएका चौध जना घर धनीको घर वाट भागेर बाहिर बस्दै आएका र कतिपय सिधै दुतावासमा आएका थिए । स्पोन्सरले एवसेन्स रिर्पोट नहालेका कारण ती महिलाहरुले जेल बस्न परेन । दुतावासका अनुसार एवसेन्स रिर्पोट हालिएकाहरुको हकमा प्रहरी कष्टडीमा दुई महिनासम्म बस्नै पर्ने हुन्छ । आज जानेहरुको पासर्पोट दुतावासको पहलमा घर मालिकवाट हस्तान्तरण गरेको र कुनै प्रहरी रिर्पोट नभएको कारण फिन्गर गरेर पठाईएको हो । कुवैत सरकारकै सहयोगमा तीनलाई जहाजको टिकट समेत उपलब्ध गराईएको थियो सचिबले भन्नुभयो ।