तोयानाथ उपेिक्षत विगत दुई महिना देखि नेपाली दुतावासको आश्रयमा रहेका पीडित नेपाली महिलाहरु मध्ये चौध जना आज नेपाल फर्केका छन । दुतावास सचिब पुष्पराज भट्टराईले नेपाल कुवेत डट कम सँग कुरा गर्दै भन्नुभयो ती महिलाहरुलाई दुतावासले आफ्नै भवनको पीडिमा दुई महिना देखि आश्रय र खाना दिएर राखेको थियो । करिब दुई महिनाको अवधिमा उनीहरुको कानूनी प्रक्रिया पुरा गरी आज विहान ८ बजेको गल्फ एयरवाट घर पठाईएको हो । सचिब भट्टराईका अनुसार अन्य २८ शरणार्थी महिला कामदारको पनि प्रक्रिया अघि बढाईएको छ । उहाँ भन्नुहुन्छ आज पठाईएका चौध जना घर धनीको घर वाट भागेर बाहिर बस्दै आएका र कतिपय सिधै दुतावासमा आएका थिए । स्पोन्सरले एवसेन्स रिर्पोट नहालेका कारण ती महिलाहरुले जेल बस्न परेन । दुतावासका अनुसार एवसेन्स रिर्पोट हालिएकाहरुको हकमा प्रहरी कष्टडीमा दुई महिनासम्म बस्नै पर्ने हुन्छ । आज जानेहरुको पासर्पोट दुतावासको पहलमा घर मालिकवाट हस्तान्तरण गरेको र कुनै प्रहरी रिर्पोट नभएको कारण फिन्गर गरेर पठाईएको हो । कुवैत सरकारकै सहयोगमा तीनलाई जहाजको टिकट समेत उपलब्ध गराईएको थियो सचिबले भन्नुभयो ।
दुतावासले नै दिएको जानकारी अनुसार अलमुल्ला सेक्युरिटी कम्पनीमा गार्डहरुले आजै विहानवाट गरेको हडतालको रिर्पोट दुतावासलाई प्राप्त भएको र सो को वस्तुस्थिती बुझन दुतावासवाट प्रतिनिधी खटाईएको समेत उहाँले बताउनु भयो । भुवन जी को नेतृत्वमा हामी आजै अपरान्ह कर्मचारी खटाउदैछौ र उहाँले रिर्पोट पेश गरेपछि दुतावासले व्यवस्थापनसँग आवश्यक छलफल गर्नेछ सचिवले नेपालकुवेत डट कम लाई भन्नुभयो । स्मरण रहोस सो कम्पनीमा ठुलो संखयामा नेपाली कामदारहरु कार्यरत छन ।