|
|
|
| Welcome to NepalKuwait.com |
| |
| |
| |
| - दैनिक पत्रिकाहरू |
|
| |
| |
| -कमेडी सिरियल |
|
|
| |
|
|
| |
माओवादी र कांग्रेस हाम्रो मुद्दामा गम्भिर हुदैनन भने प्रतिपक्षमा बस्छौ- उपेन्द्र यादव
28 July 2010 posted by nabaraj panthi
काठमाडौं, श्रावण १२ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक प्रमुख घटक मधेसी जनअधिकार फोरमले मोर्चाको आधारपत्रमा कुनै दलले सहमति नजनाए प्रतिपक्षमा बस्ने चेतावनी दिएको छ । फोरम माधवकुमार नेपाल नेतृत्वको सरकारमा पनि प्रतिपक्षमै थियो । आगामी १७ गतेको चुनावमा हामी तटस्थ नबस्ने भनेका छौँ, फोरम अध्यक्ष उपेन्द्र यादवले सोमबार रिपोर्टर्स क्लवले आयोजना गरेको साक्षात्कारमा भने, यदि उनीहरु -माओवादी र कांग्रेस) हाम्रो मुद्दालाई लिएर गम्भीर हुँदैनन् भने प्रतिपक्षमै बसेर संघर्षमा जान पनि सकिन्छ । स्वायत्त मधेस प्रदेशमा सहमति नभएमा मधेसी मोर्चा संयुक्तरुपमा संघर्षमा जाने चेतावनी दिँदै अध्यक्ष यादवले समयमै यसवारे सोच्न कांग्रेस र माओवादीलाई आग्रह गरे । मधेसी मोर्चाले राखेका मागहरुलाई मुख्य दलले \'बार्गेनिङ\' भनेकोमा यादवले आपत्ति जनाए । मधेशी दलहरुले नयाँ माग र वार्गेनिङ छैन, विगतमा सरकार र हामीबीच भएका २२ बुँदे सम्झौता र आठ बुँदे सम्झौताका आधारमा मुलुक संघीयतामा गएको हो, हामीले तीनै मुद्दालाई कार्यान्वयनका लागि माग गरेका हौँ, उनले भने, यदि यसैलाई बार्गेनिङ भनिन्छ भने हो हामीले देश र जनताका लागि बार्गेनिङ गरेका हौं । यादवले हालसम्म भएका राजनीतिक चलखेलहरु मुद्दाविहीन रहेकोमा यतिवेला मधेसीहरुले मुद्दामा आधारित बनाइदिएको पनि दाबी गरे । यादवले मधेसी मोर्चाले माओवादी र कांग्रेसलाई समानरुपमा हेरेको बताउँदै दुवै दल बराबरी हैसियतका मित्र भएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीको उम्मेदवार उठाने दलहरुले मोर्चाको आधारपत्रबारे जवाफ नफर्काएकाले कुनै दललाई समर्थन गर्ने निर्णयमा पुग्न नसकिएको स्पष्ट पारे । शान्ति, संविधान र मधेसको मुद्दामा कांग्रेस र माओवादी मध्ये जसले विश्वसनीय आधिकारिक धारणा सार्वजनिक गर्छन्, उनैलाई मोर्चाले समर्थन गर्छ, उनले भने । एमालेसहित मधेसी चार दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तटस्थ बस्दा दुई पटकसम्म भएको निर्वाचनमा प्रधानमन्त्री चयन हुन सकेको छैन । साउन ५ र ७ गते भएको निर्वाचनमा प्रधानमन्त्री चयन हुन नसकेपछि पुनः साउन १७ गते तेश्रो चरणको निर्वाचन हुँदैछ । निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । |
| Leave your comment |
|
|
|
| |
|
|
| |
|
|
|