काठमाडौं, १० साउन
\'मोर्गन कप\' आठौं महिला राष्ट्रिय बास्केटबल प्रतियोगितामा प्राइम कलेजले विजय यात्रालाई निरन्तरता दिएको छ ।
यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको प्राइमले सोही समूहबाट सेमिफाइनलमा पुगेको अर्को टोली नासा इन्टरनेसनल कलेजलाई ४३-२७ ले पराजित गर्दै समुहमा पहिलो स्थान हात पार्यो । हारसंगै नासा उपविजेतामा सिमित भयो ।
बसुन्धरास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भएको खेलमा प्राइमले सुरुवातका तीनवटै क्वाटरमा अग्रता हासिल गरेको थियो । प्राइमले पहिलोमा १३-८ दोस्रोमा ७-४ र तेस्रो क्वार्टरमा १४-६ को अग्रता लियो । चौथो क्वाटर ९-९ को बराबरीमा टुंगिएको थियो । प्राइमको जितमा ज्ञानु गौचनले १५ अंक योगदान दिइन् ।
नवौं पुरुष राष्ट्रिय बास्केटबल अर्न्तर्गत नासा, ह्वाइटहाउस ए’ र बी’ तथा कास्कीले जित हात पारे । राष्ट्रिय खेलकुद परिषद् -राखेप) को कभर्डहलमा सोमबार नै सम्पन्न खेलमा नासाले नेपाल आर्मीमाथि १११-५७ को सहज जित दर्ता गर्यो ।
जित सहित नासा समुहडीको विजेता बन्दै क्वार्टरफाइनलमा प्रबेश गर्यो । पहिलो चरणमा सत प्रतिसत विजय हात पारेको नासाका लागि सोमबारको खेलमा अजय मानन्धरले २९ अंकको योगदान गरे । पहिलो क्वाटरमा २६-१६ ले अघि बढेको नासाले पछि फर्केर हेर्नु परेन । अन्यमा क्वार्टरमा नासाले १८-१४, ३०-१९ र ३७-८ स्कोर गर्यो ।
ह्वाइटहाउसको पहिलो रोजाइको टोलीले धरानलाई ११७-४१ को विशाल अन्तरले पराजित गर्यो । अन्तिम क्वाटरसम्म अग्रतालाई कायम राखेको ह्वाइटहाउसले पहिलोमा ३३-१३, दोस्रोमा २४-१०- तेस्रोमा २५-१२ र चौथोमा ३५-६ को अग्रता लियो । विजेता टनेलीका सदीश प्रधान एक्लैले ५० अंक जोडे । चालू प्रतियोगितामा यो अहिलैसम्मकै र्सवाधिक व्यक्तिगत स्कोर हो ।ह्वाइटहाउसको दोस्रो टोलीले प्रिमियरलाई ५९-३६ ले निराश तुल्यायो । प्रारम्भमा ह्वाइटहाउस १६-११ ले अगाडि रह्यो । दोश्रो क्वाटर प्रिमियरले ९-८ ले आफ्नो पक्षमा पारेपनि त्यसपछिका दुवै क्वाटर भने उसले गुमाएको थियो । तेस्रो क्वाटरमा प्रिमियर ९-१३ र ७-२२ ले पछाडि रह्यो । विजयी टोलीका अशिम श्रेष्ठले १७ अंक जोडे ।
मोफसलका दुवै टिम कास्की र काभ्रबीचको भिडन्तमा कास्की ७१-२५ ले सहजै विजयी भयो । प्रारम्भमा १८-४ स्कोर गरेको कास्कीले तेश्रो क्वाटरको समाप्तिसम्म ५६-९ को अग्रता लिएको थियो ।
प्रतियोगिताअर्न्तर्गत मंगलबार पुरुषतर्फभीएस निकेतनले कास्की, सुनसरीले काभ्रे, प्रिमियरले प्राइम तथा नवज्योतिले नखिपोट विरुद्ध खेल्नेछन्