काठमाडौं,साउन ८/यसअघि तीनपटक विश्व कीर्तिमान बनाइसकेका नेपाली युवा रोहित तिमिल्सिनाले १९ घण्टा ३५ मिनेट निरन्तर हात मिलाएर चौथोपटक कीर्तिमान कायम गरेका छन् । २५ वर्षे रोहितले आफ्ना सहोदर भाइ सन्तोषसँग लगातार १९ घण्टा ३५ मिनेट हात मिलाएर नयाँ चौथो किर्तिमान बनाएका हुन् ।
तिमिल्सिना र उनका भाईले शुक्रबार दिउँसो ३.२५ शनिबार बिहान ११ बजेसम्म हात मिलाएका थिए । यसअघि बेलायती नागरिक म्याथ्यु रोजेन र जोए अकेरम्यानको नाउमा १५ घण्टा ३० मिनेट ४५ सेकेन्डको कीर्तिमान थियो ।
यसअघि रोहितले २१ वटा टेनिस बललाई १४.३२ सेकेन्डसम्म हातमा अड्याएर गिनिज बुकमा आˆनो नाम लेखाएका थिए । १ मिनेटमा १ सय १६ जनालाई चुम्बन गरेर र २३ वटा गल्फ बललाई ३ मिनेट ५२ सेकेन्डसम्म हातमा अड्याएर उनले अन्य दुई कीर्तिमान कायम गरेका थिए ।