| |
|
३ वर्षमै एल्बम निकालेको सुन्दा अचम्म लाग्न सक्छ तर कसले र कहाँ बाट भनेर अचम्म मान्नु पर्दैन यो दुनियाँमा कसैले गर्न नसकेको काम नेपाल कि अतिथी गौतम के सि गरेर देखाएकी छिन ।
काठमाडौ, श्रावण २ - यो अनौठो संयोग थियो । संसारकी सम्भवतः सबभन्दा कान्छी गायिका र नेपालका सम्भवतः जीवितमध्येका जेठा संगीतज्ञबीचको यो भेटलाई उतार्न क्यामेराका लेन्सहरू निकै तेर्सिए । मैले पूरै जीवन संगीतमा बिताएँ, नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङले तीन वषर्ीया अतिथि गौतम केसीको एल्बम अतिथि आइतबार विमोचन गरिसकेपछि र उनलाई लाइभ सुनिसकेपछि प्रतिक्रिया दिए, तर आश्चर्यमा परेको दिन आजै हो । गाउने काममा प्रयोग हुने स्वर यन्त्र, फोक्सो आदिको पूर्ण विकासै नहुने उमेरकी बालिकाले पूरै ताल र सुरमा गाउनु गुरुङका विचारमा चमत्कार हो । त्यो चमत्कार हाम्रै देशमा भएको छ, यो खुसीको कुरा हो, वरिष्ठ संगीतकारले भने, \'यी नानीमा साँच्चै नै अद्भुत प्रतिभा छ । गुरुङकै शैलीमा विदेशी सञ्चारमाध्यमले पनि अतिथिको प्रशंसा गरेका छन् ।'राम्रोसँग बोल्न पनि नजान्ने उमेरमा भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्स को अनलाइन संस्करणले लेखेको छ, नेपालकी एउटी बालिकाले सोलो एल्बम निकालेकी छन् र गिनिज बुकमा नाम लेखाउने तयारी गरिरहेकी छन् । यो उमेरमा गाउनु आश्चर्य भएको भन्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले संसारभरका महत्त्वपूर्ण घटना भन्दै अतिथिका तीन तस्बिरलाई ठाउँ दिएको छ ।
उक्त एल्बममा अतिथिले राष्ट्रगानसहित सारेगरेगा...कालु र भालु...क, ख, ग, ए, बी, सी...डाँडा माथि जून...\' जस्ता नौ गीतमा स्वर दिएकी छन् । अर्जुन पराजुली, घनश्याम खड्का, उद्धव केसी र विनोद रोक्काका शब्दलाई जुगल डंगोल र रामकृष्ण दुवालले संगीत दिएका हुन् । अतिथिलाई एउटा गीतमा उनकी दिदी उष्णा र बुबा उद्धवले साथ दिएका छन् । कार्यक्रममा अतिथिले तीन गीत सुनाएर श्रोताहरूलाई मन्त्रमुग्ध पारेकी थिइन् । उनले गाउँदा उष्णाले हारमोनियम बजाएकी थिइन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित विभिन्न क्षेत्रका व्यक्तिहरूलाई अतिथिले आफ्नो गायनकला देखाइसकेकी छन् । उनले नेपाल टेलिभिजनको कार्यक्रममा समेत गाएकी छन् । आफैं पनि गायक रहेका उद्धवले अतिथिमा निकै सानैदेखि अचम्मको प्रतिभा देखेको बताए ।'जन्मेको ६ महिनामा बोल्नु, ८ महिनामा हिँड्नु, १० महिनामा पियानो बजाउनु र २ वर्षदेखि नै गाउन थाल्नु नौलो कुरा हो उनले भने शब्द उच्चारणमा समस्या भए पनि उनले राम्ररी गाउन सकिन् ।उनका अनुसार सानी गायिकाका रूपमा गिनिज बुकमा अतिथिको नाम लेखाउने प्रक्रिया अघि बढाइएको छ । |