HomeAbout US Contact Us Recent NewsArab Ko News Bichar Bimarsha VideosEntertainment SportsPhoto Gallery

Welcome to NepalKuwait.com
 
 
 
लाईभ अपडेट नेपाल कुवैत टि भि
 
Third Edition on The Market Grap it NOW मुरुभुमिको कोसेली पत्रीका SECOND Edition Click Here To Download
 
 
 
 
 

 
- दैनिक पत्रिकाहरू
 

 
-अन्लाईन समाचार
 

 
-उपयोगी लिङ्कहरु
नेपालीमा लेख्नु होस
 

 
-कमेडी सिरियल
 

 
-नेपाली आधुनिक गित
 

 
-नेपाली टि भि
 

 
-मनोरञ्जन
 

 
-लोक दोहोरी
 

Top Heading

 

विश्वकपको आयाम र यसको आर्थिक प्रभाव

14 July 2010 posted by Arjun Basnet


विश्वकप फुटबल एक सामान्य खेल प्रतियोगिता मात्र नभई बहुआयामिक महत्व बोकेको विश्व जमघट हो । जसले सिर्जना गर्ने अवसरको विश्वव्यापी अर्थतन्त्रमा औचित्यपूर्ण प्रभाव पर्दै आएको छ । प्रत्येक चार वर्षको अवधिमा आयोजन हुने विश्वकप प्रतियोगिता सुरु भएपछि संसारभरिका फुटबलप्रेमीलाई यसले पूर्ण मनोरञ्जन गराउने गरेको पाइएको त छ नै, यसैले सिर्जना गरेका तमाम अवसरहरूले विश्व अर्थतन्त्रलाई गतिशील बनाएको पाइएको छ । यसै परिप्रेक्ष्यमा विश्वकप प्रतियोगिता आज स्वयं एक ठूलो व्यवसायका रूपमा स्थापित हुँदै गएको छ भने यसका व्यापक आर्थिक प्रभावहरूसमेत देखिन थालेका छन् । २ सय ४ देश सदस्य रहेको फिफा विश्व फुटबलको सञ्चालक निकायले यस यथार्थलाई पटक-पटक भएका विश्वकप खेल आयोजनले प्रमाणित गर्दै आएको छ । विभिन्न समाचार स्रोतहरूबाट प्रकाशित-प्रसारित तथ्यांकहरू समेटी तयार पारिएको यस विश्लेषणले पाठकहरूलाई विश्वकप प्रतियोगिताको आयाम र यसको आर्थिक प्रभावबारे जान्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कर्पोरेट आयोजक
सन् १९८४ मा २ अर्ब डलरबाट सुरु भएको विश्वकप आयोजनको मूल्य सन् १९९६ मा आइपुग्दा १६.६ अर्ब डलर पुगी प्रायोजन खर्चमा वृद्धि भएको छ । विश्वकप सुरु भएदेखि अन्त्यसम्म लगभग ३ अर्ब मानिसहरूले हेर्ने एक अनुमान छ । यसको प्रायोजकमा कोकाकोला, म्याकडोनाल्ड र अडिडासजस्ता प्रमुख बहुर्राष्ट्रिय कम्पनीहरू पर्छन् । सन् १९९४ को आयोजक राष्ट्र अमेरिकाले खेल सञ्चालनका लागि मात्र सम्पूर्ण रकमको ६५ प्रतिशत रकम खर्च गरेको थियो । यसैगरी जर्मनीले ६३ प्रतिशत र सन् २०१० को आयोजक देश दक्षिण अफ्रिकाले ८० प्रतिशत खर्च गरेको छ । खेलकुद प्रायोजनको यो मूल्यको आधारमा विश्वकप आयोजना गर्नु भनेको विश्वव्यापी अर्थतन्त्रलाई बलियो प्रभाव दिनु पनि हो ।

उत्तर अमेरिका
सन् १९९४ को अमेरिकामा आयोजन गरिएको विश्वकप विभिन्न सहरमा सञ्चालन गरिएको थियो, जसबाट ६ सय २३ मिलियन डलर कुल नाफा भएको थियो । सीधा महानगरपालिकाको आम्दानी कोषमा गएको यो रकमको तुलनामा यही वर्ष सुपर बल खेलमा जम्मा १ सय ८२ मिलियन डलर मात्र उठेको थियो । क्यालिफोर्नियामा मात्र पासाडेना कन्भेन्सन र भिजिटर ब्युरोले दिएको प्रतिवेदनअनुसार विश्वकप तयारीको अवधिभर १ हजार ७ सय आंशिक रोजगारीको सिर्जना भएको थियो । न्युयोर्क, सनफ्रान्सिस्को र बोस्टनले संयुक्त रूपमा १ अर्ब र ४५ मिलियन डलर आम्दानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा होटेल, खाना तथा पेयपदार्थमा १० देखि १५ प्रतिशतको वृद्धि भएको थियो । होटल र रेस्टुराँमा गरिएको लगानीले पूरै अमेरिकाको अर्थतन्त्रको विकासमा सहयोग पुर्‍याएको थियो । विश्वकपका अवसरमा प्राप्त आयले होटेल र रेस्टुराँको सुविधा  विस्तारमा ठूलो सहयोग पुर्‍याएको थियो ।
यसले अमेरिकालाई एक गतिशील आर्थिक तत्वको सिर्जना गराएको थियो । नयाँ सुविधाको निर्माण, नयाँ टिमको स्थापना र टिकटको बिक्रीबाट आम्दानीजस्ता विषयका लागि ढोका खोलेको थियो । विश्वकपको आयोजनले अमेरिकामा नयाँ व्यावसायिक लिगको सुरुवात गर्‍यो, जुन तीव्र रूपमा विकसित भइरहेको युवाहरूको खेलमध्येमा परेको छ । युवा फुटबलले खेल पोसाक र खेलकुदका सामग्रीको बिक्रीमा वृद्धि गराएर यस किसिमको व्यवसायलाई माथि उठाउन हालसम्म पनि मद्दत पुर्‍याइरहेको छ ।

एसिया
जापान र दक्षिण कोरिया आयोजक राष्ट्रहरू भएकाले सन् २००२ को विश्वकपले थप नयाँ किसिमका फाइदाहरूको सिर्जना गरेकोमा कुनै द्विविधा छैन । 
जापान र दक्षिण कोरियामा सञ्चालित विश्वकपमा ३० लाख प्रत्यक्ष दर्शकका लागि बिक्री भएको टिकटबाट १.२ अर्ब डलरको आम्दानी भएको थियो ।
फिफाले आयोजक देशलाई विश्वकप आयोजनाका लागि १ सय १० मिलियन डलरको सहायता प्रदान गरेको थियो । साथै टिकट बिक्रीबाट भएको सम्पूर्ण आम्दानी पनि आयोजक राष्ट्रहरू जापान र कोरियाले नै प्राप्त गरेका थिए । विश्वव्यापी उत्सवको आयोजनाको तयारीका लागि प्रत्येक देशले ४.७ अर्ब डलर लगानी गरी २० प्रकारका फुटबल सुविधाहरू दुवै राष्ट्रले बढाएका थिए । कोरिया र जापानको आर्थिक विस्तारसँगै प|mान्समा सम्पन्न विश्वकपको सुविधासँग प्रतिस्पर्धा गर्न जापानले मात्र १० किसिमका सुविधा पहिले नै निर्माण गरिसकेको थियो । विशाल संख्याका मानिसहरूले हेर्ने भएकाले आयोजक राष्ट्रले आफ्नो प्रस्तुतिलाई गर्व र प्रतिष्ठा अभिवृद्धिका साथ लिने मात्र होइन, खेलप्रतिको समर्पण र आर्थिक सफलता प्राप्त राष्ट्रका रूपमा समेत चिनाउन चाहन्छन् । विश्वकपको आयोजना जापानी र कोरियालीहरूका लागि राष्ट्रिय सम्मान र राष्ट्रप्रेम विकास गर्ने एक माध्यम नै भएको थियो, साथै अमेरिकन र युरोपेली टिमका समर्थकहरूले टिकटको खरिद गरेको र लामो समयसम्म बसेकाले अन्य विश्वकपमा भएको सहभागिताभन्दा यो विश्वकपमा भएको सहभागिताले यी दुई देशलाई बढी फाइदा दिएको थियो ।
सन् २००२ को विश्वकपमा सुरुमा यदि बेलायती टिम अनुपस्थित रहेमा ४.७ अर्ब डलरको घाटा अर्थात् ३ प्रतिशतले जीडीपीमा ह्रास हुने अनुमान गरेको थियो । यदि बेलायती टिमले पहिलो दुई साताको अवधिमा म्याच हारेको भए जम्मा १.८ अर्ब डलरको मात्र नोक्सानी हुने अनुमान गरिएको थियो । युरोपका बारेमा गरिएको अर्को फराकिलो अनुुमानले अन्य उत्कृष्ट १० टिमका फुटबलका उत्साहीहरूको पनि आर्थिक परिणाममा ८.१ अर्ब अर्थात् दोस्रो त्रैमासिकमा ३ देखि ७५ प्रतिशतसम्म जीडीपीमा योगदान गर्ने अनुमान थियो । यसले विश्वकपमा सहभागी भएको ३२ देशहो कुल जीडीपी विश्वको जीडीपीको ८४ प्रतिशतबराबर रहेको कुरा पनि प्रमाणित गरेको छ ।

युरोप
सन् २००६ को विश्वकप अमेरिकामा आयोजित भएको सन् १९९६ को विश्वकपको तुलनामा बढी सफल मानिएको छ । जर्मन सरकारले विश्वकपको अवधिभर पर्यटकीय आम्दानी सालाखाला ४ सय मिलियन डलर भएको बताएको थियो । जर्मनीले जर्सी र विश्वकपसँग सम्बन्धित उपकरणहरूको खुद्रा बिक्रीबाट ३ अर्ब डलरको आम्दानी गरेको थियो । खेल तयारीको अवधिमा ५० हजार रोजगारीको सिर्जना भएको थियो । यसले त्यहाँको अर्थतन्त्रलाई राम्रो गति दिएको थियो । खेल अवधिभर रेस्टुराँ र बार चौबीसै घण्टा पूर्ण क्षमतामा सञ्चालन हुनाका साथै अनुमानभन्दा बढी १ करोड ५० लाख पर्यटक जर्मन आएका थिए ।
यो सफलताले जर्मनको व्यावसायिक फुटबल लिग अर्थात् बुन्डेस्लिगाको विश्वव्यापी दर्शकमा पनि व्यापक वृद्धि भएको छ, जसले खेलका आयोजक तथा जर्मन टिभी प्रसारकहरूलाई सहयोग पुग्नुका साथै नाफा पनि कमाउन थालेका छन् ।
सन् २००६ को विश्वकपको सञ्चालन बजेट ४ सय ३० मिलियन युरो थियो । जर्मन फुटबल एसोसिएसनले कर कट्टी नगरिएको अवस्थामा १ सय ३५ मिलियन युरो नाफा भएको घोषणा गरेको थियो, कर र फिफाको योगदानका लागि दिइने ४०.८ मिलियन युरो कटाएर पनि खुद नाफा ५६.६ मिलियन युरो भएको जर्मन फुटबल एसोसियसन -डीएफबी) र जर्मन फुटबल लिग -डीएफएल) ले जानकारी दिएको छ ।

अफ्रिका
सन् २०१० को उन्नाइसौं विश्वकपको आयोजन दक्षिण अफ्रिकाले सम्पन्न गरेको छ, जसले लाखौं फुटबलका पारखीहरूलाई आकषिर्त गर्नुका साथै ३.३ अर्ब डलरभन्दा बढि आम्दानी सिर्जना गर्ने अनुमान छ ।
यो विश्वकपले दक्षिण अफ्रिकालाई पुनर्उर्जा प्रदान गरेको छ । सरकारी अधिकारीहरूले विश्वकपले दक्षिण अफ्रिकालाई विश्वव्यापी रूपमा प्रस्तुत गर्ने र यो क्षेत्रमा पर्यटकको आगमनमा व्यापक वृद्धि हुनेे बताएका छन् । प्रत्येक वर्ष १ करोड १० लाख पर्यटक आउने दक्षिण अफ्रिकामा सन् २०१४ को अवधिसम्म यो संख्यामा वृद्धि भएर १ करोड ५० लाख नाघ्ने अनुमान सरकारी अधिकारीहरूले गरेका छन् । खेलको आयोजनबाट ४ लाख १५ हजार पूर्वाधार रोजगारीको सिर्जना भएको उनीहरूले जानकारी गराएका छन् । दक्षिण अपि|mकाले यो खेललाई विशाल परिमाणको अर्थतन्त्रको आधार तयार पार्ने अवसरका रूपमा लिएको छ ।
विश्वकप हेर्नका लागि ३ लाख ७३ हजार विदेशी यात्रुहरूले भ्रमण योजना बनाएको स्पोट्र्स ट्राभल म्यागेजिनले उल्लेख गरेको छ ।
पहिलेका अन्य विश्वकप फुटबल खेलले जस्तै यस पटकको विश्वकप खेलले पनि आर्थिक क्षेत्रमा राम्रो उपलब्धि हासिल गरेको छ । यो खेलले पनि व्यावसायिक अवसरका लागि अद्वितीय अवसर प्रदान गरेको मानिएको छ । यो विषयले विश्वकपको सेरोफेरोमा भएका व्यावसायिक सूचनाहरूको आदान-प्रदानलाई समावेश गर्छ । यसमा उच्च प्रायोजन, विज्ञापन र अन्य विषयवस्तु पनि पर्छन् ।
दक्षिण अफ्रिकाले अमेरिका र जर्मनीले जत्तिकै पर्यटक आकषिर्त गर्न नसके पनि यो देशले यसको अवस्थिति र उदाइरहेको अर्थतन्त्रका कारण आर्थिक फाइदा लिन सक्ने देखिएको छ ।
दक्षिण अफ्रिकाको प्रमुख आवश्यकता भनेको विदेशी लगानीकर्ताहरूलाई आकषिर्त गर्नु हो । अन्तर्राष्ट्रिय व्यापार र प्रत्यक्ष विदेशी लगानीलाई आकषिर्त गर्नका लागि यो देशले पूरै क्षेत्रको अर्थतन्त्र र सरकारमा स्थायित्वका लागि विश्वकप २०१० ले उपलब्ध गराएको अवसरबाट फाइदा लिन सक्छ । 
विश्वकपको जीडीपीमा अनुमानित प्रत्यक्ष आर्थिक मूल्य लगभग २१.३ अर्ब डलर छ । स्थायी र अस्थायी, पूर्णकालीन र आंशिक गरी जम्मा १ लाख ५९ हजार नयाँ रोजगारीको सिर्जना भएको अनुमान गरिएको छ । सरकारले रंगशाला र नयाँ एयरपोर्टको आधुनिकीकरण गर्न गरिएको खर्चको तुलनामा कति फाइदा भयो यसको तथ्यांक सार्वजनिक हुन केही समय कुर्नुपर्नेछ ।
(कारोबार)

 
 Leave your comment
0  Comments
 
 
 
Interview More
Entertainment More
Sahitya More

पार्टी र मेरो व्यक्तिगत चरित्र हत्या गर्ने षडयन्त्र हो : कृष्णबहादुर महरा

हास्य- पार्टी प्रवेशको इच्छा-मनोज गजुरेल

भानुभक्तीय महिमा: अनन्तगोपाल रिसाल

केही मुक्तकहरु - छबीराम बिके

मेरो बाबा - सुशीला

आसु तिम्रा आँखाका -माधव पोख्रेल

प्रकृती (कविता)

ब्यङगात्मक कबिता

म - माधव पोख्रेल

गणतन्त्र अडिराछ -सृजना कडेंल

संगै हासौं - संगीता

एक बोतल रक्सिसंगै (सजना गुरुङ )

 
Slide Show
Site Search

Web Nepalkuwait.com

 
चालचलन प्रमाणपत्र सम्बन्धी नेपाली दूतावास कुवैतकाे सूचना
 कुबेतमा रहेका नेपाली युबती (घरेलु कामदार)को समस्याको बारेमा देखिएको डेडलकलाई नेपाली दुताबासले तोकेको अल हुकुकले समस्याको समाधान गर्ला त ?
गर्छ  (18.38)%
गर्दैन  (49.69)%
थाहा छैन  (31.92)%
 
तीज िवषेश कार्यकम २०१०
Contact: info@nepalkuwait.com