|
|
|
| Welcome to NepalKuwait.com |
| |
| |
| |
| - दैनिक पत्रिकाहरू |
|
| |
| |
| -कमेडी सिरियल |
|
|
| |
|
|
| |
एमालेको नाटक -विश्वमणि पोखरेल
22 July 2010
विश्वमणि पोखरेल
प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय सहमतिको सरकारको हवाला दिँदै आफ्नै पार्टीका अध्यक्ष एव संसदीय दलका नेता झलनाथ खनालको प्रधानमन्त्रीको उम्मेदवारी पाखा लगाइदिएका छन्। प्रधानमन्त्री निर्वाचित गर्न बुधबार बसेको व्यवस्थापिका संसदमा नेपालले कम्तीमा ६ सय १ को दुईतिहाइ ल्याउन नसक्दै भन्दै खनाललाई प्रतिस्पर्धाबाट अलग पारे। सतहमा एमालेले आफ्नै पार्टीका अध्यक्षलाई प्रतिस्पर्धाबाट पन्छाएपछि प्रधानमन्त्रीका प्रत्यासीको संख्या तीनबाट दुईमा झरेको छ। अर्थात राजनीतिक साँगुरिएको देखिन्छ। तर, ४ सय १ सभासद्को समर्थन चाहिने पार्टी केन्दीय समितिको हतियार प्रयोग गरेर प्रतिस्पर्धाबाट गलहत्याइएका खनालले त्यही सर्त कांग्रेसको समर्थन गर्दा आवश्यक हुने राखे भने आश्चर्य हुने छैन।
आफू प्रतिस्पर्धाबाट बाहिरिएपछि संवाददाताहरूसँग खनालले व्यक्त गरेको खरो प्रतिक्रियाले प्रधानमन्त्री चुन्ने राजनीति जटिल मोडमा पुगेको देखिन्छ। खनालले भनेका छन्
'
बहुमतको सरकार बन्न ३ सय सभासद् भए पुग्छ। १ सय ९ सदस्य भएको एमाले ४ सय १ नपुगञ्जेल तटस्थ बस्ने संकेत देखिएकाले कांग्रेस र माओवादी दुबैलाई बहुमत जुटाउन चुनौती छ। एमाले र मधेशवादीहरूको समर्थनविना कांग्रेसको तीन सय पुग्न सम्भव देखिँदैन भने माओवादीका निम्ति मधेशवादी मोर्चाको सर्मथन नपाउँदा उसको बहुमतीय सरकारको सम्भावना पनि छैन। त्यसैले ७ गते पनि प्रधानमन्त्रीको टुंगो लाग्ने सम्भावना कम छ। सत्ताको खेलमा कांग्रेसले ६ साउनको विपी जयन्ती र एमालेले ७ साउनको पुष्पलाल जयन्तीलाई सायदै महत्व दिन भ्याउनेछन्।
राजनीतिक दलहरूले आफ्नो नाफाघाटाका निम्ति संविधानको मानमर्दन गर्न मिल्दैन। ४ सय १ को सर्त थोपर्नु भनेको एमाले केन्द्रीय समितिको बहुमतीय दादागिरीमात्र हो। एमाले केन्द्रीय समितिले खनाललाई लगाम लगाउन सक्छ? तर मुलुकलाई बन्दी बनाउन मिल्दैन। एमालेका नेपाल-ओली गुट र खनाल-गौतम गुटको आपसी खिचातानीमा मुलुकलाई फसाइएको छ। एमालेका नेताहरूलाई तिक्डम् रमाइलो लाग्नसक्छ र सहमतीय, बहुमतीय गणितका खेललाई सहमतिको आवरण दिन सकिन्छ। तर, यस्तो जालझेल र निर्देशित चलखेलले जनतामा त्याउने निरासा र आक्रोसको परिणाम सोच्नु आवश्यक छ। माधव नेपालले खनालमाथि ४ सय १ को दुईतिहाइ थोपर्नुअघि आफू प्रधानमन्त्री बन्न शाहीकालमा तत्कालीन राजा ज्ञानेन्द्रको ढोकामा दरखास्त हाल्न गएको दिन स्मरणमा राखेको भए राम्रो हुन्थो।
एमालेका केन्द्रीय समितिका अधिकांश कमरेडहरूले खनालमाथि गरेको कारबाहीबाट उत्पन्न परिणामको अहिल्यै लेखाजोखा गर्न थाले हुन्छ।
एमाले महाधिवेशनले वामपन्थी एकतालाई प्राथमिकता दिने राजनीतिक दस्तावेज अनुमोदन गरेको थियो। माओवादी पनि वामपन्थी एकताको अभियानमा एमालेका जुझारू नेता कार्यकर्ता समेट्न खोज्दैछ। सत्ता राजनीतिको खेलमा नेपालका राजनीतिक दलहरूमध्ये संगठित एमाले अहिले चिरा परेको छ। पछिल्लो प्रकरणले त्यो चिरा अझ फराकिलो बन्ने खतरा छ। यसले बृहत वामपन्थी एकताका पक्षपातीहरूलाई एमालेभित्र खेल्ने मौका मिलेको छ। माओवादीको प्रगतिशील गठबन्धनको अभियानले आउने दिन कस्तो रूप लिने हो? त्यसको विश्लेषण हुन आवश्यक छ।
नेपाल-ओली गुटलाई राम्ररी थाहा थियो, सहमतीय सरकार बनाउने करिब दुई २ साता लामो संवैधानिक अभ्यासबाट निकास ननिस्किएपछि बहुमतीय सरकारको कसरत सुुरु भएको हो। संवैधानिक प्रावधानअनुसार बहुमतीय प्रणालीको सरकार बनाउने अभ्यास भइरहेको बेला एमालेको केन्द्रीय समितिले दादागिरी गरेको छ।
संविधानभन्दा एमाले केन्द्रीय समिति माथि हुनसक्छ? सक्दैन।राजनीतिक घटनाक्रमहरूले बुधबारै प्रधानमन्त्री चुनिने संकेत देखिएका थिए। व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल माओवादीले खनाललाई समर्थनको सन्देश दिइसकेको थियो भने अन्य राजनीतिक दलको समेत गरेर खनालले ३ सय ९१ सभासद्को समर्थन लिइसकेको दाबी गरेका छन्। तर, एमालेको नेपाल-ओली गुटले खनालको मुखमा आइसकेको गाँस खोसेका छन्।एउटा खतरा उत्पन्न भएको छ, पौडेल र प्रचण्डको प्रतिस्पर्धाबाट परिणाम ननिस्किए व्यवस्थापिका संसदको नियमावली संशोधन गरेर फेरि सहमतीय सरकारको प्रक्रिया सुरू हुने। त्यस्तो अवस्था आयो भने प्रधानमन्त्री चयन गर्ने खेल साउन तेस्रो सातासम्म लम्बिने छ। कारण साउन ९ देखि कांग्रेस महाधिवेशन प्रक्रिया स्थानीय तहबाट सुरू हुँदैछ। कांग्रेसका जिल्ला अधिवेशनहरू साउन १९ मा सम्पन्न हुन्छन्।जबसम्म राष्ट्रिय सहमति बन्दैन, तबसम्म सरकार बन्दैन।' उनले ४ सय १ को समर्थन नपाउनेलाई एमालेका सांसदले मत नहाल्ने जानकारी दिए। सरसरी आँकलन गर्दा प्रधानमन्त्रीका उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आफ्नो पक्षमा मत जुटाउन प्रयास गर्ने छन्। साउन ७ मा उनीहरूबीच प्रतिस्पर्धा हुनेछ। पौडेल र प्रचण्ड दुबैले एक दिनको कसरतबाट ४ सय १ को दुईतिहाइ जुटाउन सक्ने अवस्था देखिँदैन। |
| 0 Leave your comment |
|
| |
|
|
| |
|
|
|