HomeAbout US Contact Us Recent NewsArab Ko News Bichar Bimarsha VideosEntertainment SportsPhoto Gallery

Welcome to NepalKuwait.com
 
 
 
लाईभ अपडेट नेपाल कुवैत टि भि
 
Third Edition on The Market Grap it NOW मुरुभुमिको कोसेली पत्रीका SECOND Edition Click Here To Download
 
 
 
 
 

 
- दैनिक पत्रिकाहरू
 

 
-अन्लाईन समाचार
 

 
-उपयोगी लिङ्कहरु
नेपालीमा लेख्नु होस
 

 
-कमेडी सिरियल
 

 
-नेपाली आधुनिक गित
 

 
-नेपाली टि भि
 

 
-मनोरञ्जन
 

 
-लोक दोहोरी
 

Top Heading

 

कम्युनिस्ट काइदा -देवप्रकाश त्रिपाठी

22 July 2010

देवप्रकाश त्रिपाठी

साम्यवाद स्थापनाको स्वप्न अभियानमा सरिक कम्युनिस्टहरूको विचार व्यवहारबीचको परस्पर विपरीत प्रवृत्तिले 'दर्शकदीर्घा'का मानिसहरूलाई रोमाञ्चकारी मनोरञ्जन उपलब्ध गराउने क्रममा यसपटक अर्को एउटा दृष्टान्त थपिन पुगेको छ। चतुर मानिसहरू कम्युनिस्ट बन्छन् या कम्युनिस्ट भएपछि मानिस चतुर हुन्छन् भन्ने प्रश्नको गाँठो फुकाउनतिर नलागीकन भन्ने हो भने समग्रमा कम्युनिस्टहरू चतुर हुन्छन् आफू वस्त्रविहीन भइसक्दा पनि चतुर्याई प्रस्तुत गर्न उनीहरू छाड्दैनन्। नेपालमा कम्युनिस्ट नामको \'ब्रान्ड\' प्रयोग गर्ने समूहहरू झन्डै दर्जन बराबर छन् ती जहाा, जेजस्ता स्वरूपमा भए पनि सबैले आफूलाई सक्कली दाबी गर्छन्। यतिबेला माओवादीले भने आफू एक मात्र सच्चा कम्युनिस्ट भएको ठान्दछ बााकी अरूलाई संशोधनवादी, दक्षिणपन्थी, अवसरवादी आदि विशेषण भिराउने काम गर्दै आएको छ। त्यसकारण यस लेखमा पनि कम्युनिस्ट भनेर माओवादीलाई मात्र सम्बोधन गर्न खोजिएको छ। माओवादी यस्तो कम्युनिस्ट जो सर्वाधिक चतुर्यानइा मात्र प्रस्तुत गर्दैन, अमेरिकामा जुन अर्थमा निम्नकोटिको गाली कसैलाई दिनुपर्दा 'यु –;–; कम्युनिस्ट 219219' भन्ने गरिन्छ त्यही अर्थको प्रतिनिधित्व माओवादी गर्न खोज्दै छन् कि भन्ने चिन्ता बढाउादै छ। अमेरिका विश्वका विकसित प्रजातान्त्रिक मुलुकहरूमा चरम गालीको सङ्केत बन्ने गरेको 'कम्युनिस्' हुनुमा नेपाली मात्र होइन, अविकसित चेतनाको विकास हुन बााकी रहेका मुलुकवासीहरूचाहिा आश्चर्यजनक ढङ्गले गौरव महसुस गर्छन्। राष्ट्रपति चुनाव प्रचारप्रसारका क्रममा बाराक ओबामाले विपक्षीहरूबाट निकै तल्लो स्तरको गाली खाए त्यो निम्नकोटिको गालीमा प्रयुक्त शब्द थियो– 'कम्युनिस्ट' वास्तवमा उनी कम्युनिस्ट थिएनन् होइनन् पनि। तर ओबामाको लोकप्रियतासागै चुनावीमैदानमा उनको आलोचना बढ्दै जाादा उनले 'कम्युनिस्ट' भन्ने चरम गालीसमेत खानुपरेको थियो। सामान्यतया अमेरिकीहरूको विचारमा कम्युनिस्ट हुनु भनेको अत्यन्त लज्जास्पद एवम् तल्लो दर्जाको मान्छे बन्नु हो। उनीहरू एउटा शुद्ध अपराधकर्मी या कुनै पनि प्रकारको अपराध गर्न सक्ने क्षमताका मानिसलाई राजनीतिक आवरण पहिर्या्इदिएपछि त्यो मानिस कम्युनिस्टमा रूपान्तरित हुन्छ भन्ने धारणा राख्छन्। यही तुच्छ अर्थ दिने भएकोले विरोधीहरूले ओबामालाई गाली गर्न 'कम्युनिस्ट' शब्द 'इस्तेमाल' गरेका थिए।
नेपालका माओवादीहरू जो पञ्चायतविरुद्धको आन्दोलनमा सशक्त ढङ्गले क्रियाशील थिए, ती हरेक व्यक्ति वैयक्तिक रूपमा असल थिए सायद अधिकांश मानिस अहिले पनि असल छन्। तर, माओवादीका अधिकांश नयाा कार्यकर्ताको व्यवहार पार्टीको मूल नेतृत्वको प्रवृत्ति भने अमेरिकी बुझाइको कम्युनिस्ट व्यवहारलाई पुष्टि गर्ने प्रकारको रहेको महसुस नेपाली जनताले गर्न थालेका छन्। माओवादीमा इमानदार तथा असल मानिसहरू ओझेलमा परेका इमानदार बन्न बााकी मान्छेहरू पार्टीगतिविधिमा हावी हुादै गएका कारण 'कम्युनिस्ट' ब्रान्ड प्रयोग गरिरहेका अन्य समूहहरूलाई समेत मुस्किल पर्न थालेको छ। क्रान्तिका नाममा हत्या, डकैती, लुट, आतङ्क, जबर्जस्ती, व्यवसायमा माफियागिरी, ध्वंशात्मक क्रियाकलाप आदिलाई ग्राह्य तुल्याएपछि एउटा कम्युनिस्ट अपराधकर्मीबीचको अन्तर छुट्याउन मानिसलाई मुस्किल पर्न थालेको हो। व्यक्ति या निश्चित समूहविशेषको राजनीतिक महत्त्वाकाङ्क्षा पूरा गर्न हिंसात्मक क्रियाकलाप हत्या एवम् लुटको सहारा लिनुलाई आज त्रासका कारण कसैले अपराधकर्म भन्न सकेनछन् भने पनि भोलिको इतिहासले दिने विशेषणचाहिा त्यही नै हो। शान्ति स्थापना प्रक्रिया सुरु भएको चार वर्ष बितिसक्दा पनि माओवादीको अपराधमोह समाप्त नहुनु आफैंमा उदेकपूर्ण एवम् निन्दनीय छ। शान्ति स्थापना प्रक्रिया प्रारम्भ भएयता दर्जनौं आपराधिक घटनामा माओवादी संलग्नता रहने गरेको पृष्ठभूमिमा पछिल्लोपटक केन्द्रीय स्तरको नेता नै गम्भीर प्रकृतिको अपराधमा संलग्न हुनु त्यस्ता व्यक्तिलाई जोगाउन माओवादी चिन्तित देखिनुले माओवादी स्वयम्को छविलाई अरू फोहोर तुल्याएको छ। एक साधारण व्यापारीको हत्यापश्चात् पार्टीगत कारबाही गर्नु या कानुनी कारबाहीको दायरामा ल्याउनुको सट्टा उल्टै बढुवा गरेर केन्द्रीय तहको नेता बनाइएपछि सम्भवतः कालीबहादुरहरू अझै उन्नतस्तरको अपराधका निम्ति प्रोत्साहित भएका छन्। यसपटक चिनियाा व्यापारी लुट प्रकरणको कदर गर्दै उनलाई पोलिटब्युरो सदस्य बनाइयो भने सायद उनी अरू \'उन्नत\' अपराधका निम्ति प्रोत्साहित हुनेछन् यही रूपमा अघि बढ्दै गए भने एक दिन कालीबहादुर माओवादी पार्टीको अध्यक्ष नै बन्न सफल नहोलान् भन्न सकिादैन। कालीबहादुर व्यक्ति होइन माओवादीभित्रको एउटा प्रवृत्ति हो, जुन पार्टी नेतृत्वबाट प्रोत्साहित रहिआएको छ। प्रोत्साहित नगरिएको हुन्थ्यो भने उनी उनीजस्ता सयौं मानिस आज माओवादीको 'ब्रान्डनेम' प्रयोग गर्न पाउने हैसियतमा हुादैनथे। अपराधकर्ममा सक्रिय संलग्नता रहेका तथ्यहरू छर्लङ्ग हुादाहुादै गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका व्यक्ति 'कानुनी कारबाहीको दायरामा अपराधीलाई ल्याइपाउा' भनेर स्वीकृति लिन माओवादी अध्यक्षसमक्ष पुगे। यस प्रकरणले राज्य कति निरीह कानुनभन्दा माथि पनि कोही छन् भन्ने कुराको पुष्टि गरेको छ। यसले अपराध माओवादीबीचको साइनोको गहिराइ पनि स्पष्ट दर्शाएको छ। जनताका वास्तविक हितैषी दाबी गर्ने, माओले 'जनताबाट सियोसम्म पनि नलेऊ' भन्नुभएको भन्दै नैतिकता इमानदारीको उपदेश दिादै हिाड्ने माओवादीहरू व्यवहारतः कति नैतिकवान इमानदार छन् भन्ने कुराको एउटा सानो दृष्टान्त पनि खाम प्रकरण बनेको छ।  
समतावादी दृष्टिकोण राख्ने कम्युनिस्ट बन्छन् या कम्युनिस्ट भएपछि समतावादी दृष्टिकोण विकास हुन्छ भन्ने प्रश्न कम्युनिस्ट स्वयम्का निम्ति बहस छलफलको विषय हुनसक्ला। तर, कम्युनिस्ट सोचको निष्पक्ष विश्लेषण गर्दा सच्चा कम्युनिस्टमा कहिल्यै समतावादी दृष्टिकोण हुन सक्दैन भन्ने निष्कर्ष निकाल्न सकिन्छ। उनीहरू हरेक विषयलाई वर्गीय या द्वन्द्ववादी आाखाले हेर्ने गर्छन्, जुन दृष्टिकोण स्वभावैले एउटा पक्षका प्रति पूर्वाग्रही समताविरोधी हुने गर्छ। एउटा धनी वर्गको मानिस समाजमा जतिसुकै लोकप्रिय, इमानदार जनसेवकका रूपमा स्थापित हुन् कम्युनिस्टका आाखामा ती व्यक्ति दुस्मन (वर्गीय) हुन्। हरेक विषय या वस्तुलाई खुला अर्थात् \'सिसा रंग\' का चस्माले हेर्नु समतावादी दृष्टिकोण हुन्छ भने रंगविहीन चस्माले मात्र संसारको वास्तविक रूप उद्वरण गर्न सकिन्छ। तर, कम्युनिस्टहरू गाढा रातो रंगको चस्माबाट संसार हेर्छन् आफूमा समतावादी दृष्टिकोण रहेको दाबी गर्ने गर्दछन्। जसको दृष्टिकोण नै समताविरुद्धको तिनैलाई समतावादी अर्थात् साम्यवादी ठान्नुपर्ने कठिन अवस्था संसारले अहिले झेल्नु परिरहेको छ।
कम्युनिस्टहरू गरिबको हितमा उभिएको बताउाछन् पछाडि परेका या पारिएकाहरूलाई अघि बढाउन सक्ने या खोज्ने आफूहरू मात्र भएको दाबी पनि गर्ने गर्छन्। उनीहरू गरिबहरूलाई सङ्गठनमा आबद्ध गर्छन् गरिबको हितका निम्ति काम गर्ने या गरेको प्रचारप्रसार पनि त्यत्तिकै गर्ने गर्छन्। तर, कम्युनिस्टहरूबाट गरिबहरूको कल्याण कसरी हुनसक्ला, यो सोचनीय प्रश्न छ। गरिबको हित या कल्याण गर्नु भनेको तिनलाई आर्थिक रूपले सबल सक्षम बनाउनु हो। अर्थात् एउटा गरिबको कल्याण गर्नु भनेको उसलाई धनाढ्य बनाउनु हो। जब कि कम्युनिस्ट पार्टीको राजनीति गरिबहरूलाई सङ्गठित गरेर जोगाइएको हुन्छ। गरिबी नघटाई गरिब नघट्ने, गरिब घट्दा कम्युनिस्ट पार्टीको शक्ति प्रभाव घट्ने भएपछि एउटा सच्चा कम्युनिस्ट गरिबलाई धनी बनाउने अभियानमा किन सरिक होला? अवचेतन या अर्धचेतन मनका निरीह एवम् गरिब मानिसहरूलाई बहकाउने सामर्थ्य कम्युनिस्टहरूमा जति अन्य कसैमा हुन सक्दैन या भएको देखिादैन। जुन विचार या विचार समूहका मानिस चाहेर पनि गरिबलाई धनी बनाउन सक्ने दार्शनिक दृष्टिकोण प्राविधिक क्षमता राख्दैनन् तिनैका पक्षमा गरिबहरू सङ्गठित हुनु या त्यस्ता व्यक्ति या समूहप्रति आस्था या आशा राख्नु कति उदेकपूर्ण ? कम्युनिस्टहरूभित्रको विचार व्यवहारबीचको अन्तरविरोधी प्रवृत्तिको एउटा दृष्टान्तका रूपमा यसलाई बुझ्न सकिन्छ।
सिद्धान्त व्यवहारबीचको भिन्नता राष्ट्रवाद देशभक्तिका विषयमा पनि देखिन्छन्। कम्युनिस्टहरू कुराकानी व्यवहारमा आफूलाई सबैभन्दा ठूला राष्ट्रवादी देशभक्त भएको दाबी गर्ने गर्छन्। तर, सच्चा कम्युनिस्ट कहिल्यै देश या राष्ट्रको घेरामा सीमित हुादैनन्। उनीहरू अन्तर्राष्ट्रिय गीत गाउाछन् पृथ्वीमा देशविहीनता उनीहरूको अन्तिम लक्ष्य हो। राज्यविलोप अर्थात् देशहरूको विघटन गरेपछि मात्र साम्यवाद स्थापना हुनसक्छ भन्ने दर्शनका पक्षपातीहरूले देशभक्तिको ठूलाठूला गीत गाएका छन् कैयन मानिसले तिनका कुरामा भरोसा पनि राखेका छन्। जो व्यक्ति या समूह देश विघटनको अन्तिम लक्ष्य बोकेर हिाड्छ उसका निम्ति देशभक्तिको गीत गाउनु एउटा बाध्यता अर्थात् 'सिकार गर्नुअघि ब्वाासोले जनावरलाई चिलाएको ठाउामा चलाएर सञ्चो दिलाएझैं' भन्दा बढी केही होइन भन्ने बुझ्न लेनिनको राज्यविलोपसम्बन्धी सिद्धान्तका पुस्तकहरू अध्ययन गर्नु उपयुक्त हुनेछ।
इतिहासमा कुनै समय हुादो हो कम्युनिस्टहरू अरूहरूभन्दा इमानदार, असल, नैतिकवान, शान्तिप्रिय एवम् शान्तिकामी, प्रजातन्त्रवादी वचनका पक्का। तर, अहिले कम्युनिस्टलाई त्यस रूपमा बुझिादैन। पञ्चायतकालका मण्डलेभन्दा फरक भएको प्रमाण पेस गर्न पनि उनीहरूले आफूलाई धेरै सुधार गर्नुपर्ने छ। यस्तै अन्तरविरोधी व्यवहार जीवित राखिरहने हो भने माओवादी नसुधि्रनुको क्षति देश, प्रजातन्त्र जनतालाई पर्ने नै , कम्युनिस्ट 'ब्रान्डनेम' प्रयोग गर्ने हरेकले यसको क्षति भोग्नैपर्ने अवस्था आउने देखिएको छ।
 

 

 
 0  Leave your comment
 
Interview More
Entertainment More
Sahitya More

\'अहिले जनताको सेवामा लागेका छौं\' - हिमानी

सहरमा मिस जुली, प्रेम, यौन र वर्गबीच कस्तो अन्तरसम्बन्ध होला ?

गीत - बिष्णु / निश्चल

केही टुक्रा मुक्तक -करुणा ढकाल

श्रीमानलाइ चिट्ठी - लक्ष्मी के.सी

मेरी माँया साह्रै राम्री - भीमराज पाराङ

अनेसास इजरायल द्वारा १४५ औं मोति जयन्तिको अवसरमा साहित्यिक वनभोज तथा कविता संग्रह विमोचन कार्यक्रम

मलाई घरजम गर्ने आग्रह नगर (सु्पिय, र्इजरार्इल)

निस्वार्थ सेवा - सजना गुरुङ,

अकल्पनिय मृत्‍यु - - विमला पण्डित

बल्ल शीतल हल्का भयो - रबि रोसि

गीत - अंगाले छौ अरुलाई, रोपी छुरा मेरो मूटुमा

 
Slide Show
Site Search

Web Nepalkuwait.com

 
चालचलन प्रमाणपत्र सम्बन्धी नेपाली दूतावास कुवैतकाे सूचना
 कुबेतमा रहेका नेपाली युबती (घरेलु कामदार)को समस्याको बारेमा देखिएको डेडलकलाई नेपाली दुताबासले तोकेको अल हुकुकले समस्याको समाधान गर्ला त ?
गर्छ  (18.3)%
गर्दैन  (49.57)%
थाहा छैन  (32.14)%
 
तीज िवषेश कार्यकम २०१०
Contact: info@nepalkuwait.com