पुरुष देख्दा बेहोस हुने किशोरी


    किशोरीहरू नयाँ पुरुष देख्नेबित्तिकै डराउँछन् र बेहोस हुन्छन् भन्दा कसैलाई पत्यार नलाग्न सक्छ, तर यहाँका दुई किशोरीमा यस्तो अनौठो लक्षण देखापरेको छ। पर्वतको बाजुङ गाविसका खडानन्द र मना शर्माका २० र १५ वषीर्या छोरी गीता र सीता शर्मामा यस्तो लक्षण देखा परेको हो। उनीहरू दुवै नयाँ पुरुष देख्नेबित्तिकै हात र खुट्टा कमाई अररिएर लड्छन्।

          नयाँ मान्छेले धेरै बेरसम्म हेरिरहेमा र केही बोलेमा कामेर बेहोस समेत हुने गरेका छन्। गीतामा जन्मिएको ४ वर्षा र सीतामा जन्मिएको ७ वर्षा यस्तो लक्षण देखा परेको आमा मना शर्माले बताइन्। ‘छोरीहरूलाई के रोग लाग्यो, जवान भएपछि सबैसँग डराउने गरेका छन्’ -उनले भनिन्। शुरूमा अरूलाई देख्दा डराउने र तर्सिने गरेका उनीहरू पछि बुबा र दाजुको बोली सुन्दा पनि डराउन थालेपछि उपचार गर्न पोखरा, काठमाडौं र भारत लगेको तर कुनै डाक्टरले पनि रोग पत्ता लगाउन नसकेको मनाले बताइन्।

       छोरीहरूको रोगका बारेमा डाक्टरलाई बताउँदा हाँस्ने गरेको र रोग पत्ता नलगाई औषधि लेखेर दिने गरेको शर्माले गुनासो गरिन्। डाक्टरले दिएको औषधि खुवाउँदा ज्रि्रो र शरीर सुन्निने गरेकाले पूरा डोज औषधि खान दिइएको छैन। केही काम गर्न नसक्ने उनीहरूलाई नुहाइधुवाई गराउनुका साथै दिसापिसाबसमेत वर्षौंदेखि अरूले गराउने गरेको दाजु विष्णु शर्माले बताए। ‘जवान बहिनीहरूको स्याहार गर्दैमा दिन बितेको छ’ -उनले भने।

Leave a Reply