गीत
नेपाल आमा
बाटो हेर्दी हौ नेपाल आमा आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ कि भनी
दशैँ हाम्रो महान चाड आमा तिम्रो माया
छाति भरी बिछोड पोल्छ बिदेशको छायाँ
पाखामा हामी भयौँ पर कता कता टाढा
छुट्यो काख हातको टीको आफ्नो डाँडाकाँडा
रातभरी सम्झे आमा मैले दिन भरी पनि
पक्कै जान्छु एकदिन त आशिक बोक्छु भनि ।।
पूर्णिमाको रातमा (गजल)
प्रियले प्रियसीलाइ त्यो दिन भेट्ने निर्णय गर्छ जुनदिन चारैतिर उज्ज्यालो छ ताराहरूले चमक छरेका छन् प्रेमी प्रेमिका आफ्नै मिलनमा नयन जुध्नसाथ गजलका शेरहरु उनीहरुका यथार्थता यसरी खोल्छन ………
पूर्णिमाको रातमा बोलाएँ उनिलाई
स्वोप्निल नयनमा सजाएँ उनिलाई
हल्का हल्का चुम्बन भयो दुवैमा
अनि अंगालोमा दबाएँ उनिलाई
सासैले बोल्न बिन्ति गरिन उनले
काउकुती छरेर लजाएँ उनिलाई
वस्त्र खुले नाइँ नास्ती भएन कहिँ
आफ्नै छातीमाथि चढाएँ उनिलाई
घमासानको लडाई पलमै सकियो
मन्द मुस्कान छरी पठाएँ उनिलाई
मनोज काफ्ले ‘मनसुन’ / कुवैत
मोबाइल नम्बर 99646183
दीपक सापकोटा
दुलेगौडा ६ तनहुँ
(गरिबीमा म अनी मेरी आमा ) जानु पर्यो झारादेश निर्माणमा उनका पौरखी हातहरु
कान्ला, गरा र आली लगाउने सोंचहरु ।
कती महान छन तिम्रा संन्ततिकाखोजहरु
खोज्दैछन देश भित्रै आफ्ना किल्लाहरु ।
जंगेपोल उखलेर महानकार्य गर्ने धृतहरु
हिम्मत भए कालापानीको युध्द लडौ बरु ।
छैन पाना पाना हेर पराधिनताको ईतिहास
लेन्डुपदोर्जे होईनौ हामी आफनै गर्ने विनाश ।
देशले मागे दिन्छौ वलि गर्धन काटी आफनो
अनेकताको संस्कृतिमा एकता छ हाम्रो ।
पराधीनता चाहादैनौ ,पुर्खा हाम्रा कस्ता
किन घच्चा दिन खोज्छन मौनतामा बस्दा ।
रहन सहन, वेषभुषा आफनै मौलिक भाषा
नाच्छन,डाँफे मुनाल फेरी मयुर कोईली पाखा ।
बिर्सदैन कोहि पनि अजिब त्यो प्राकृतिक छटा
धैर्य रहला कसको मन पराईलाई सुम्पँदा ।
देशले फेरी माग्दै छ तिम्रो नै सहारा
मेची काली सीमानामै लगाउनु छ बार ।
स्याउला,चोया,घोचा साटा, भए सम्म तार
मेचीकालि जोडने सोचमा जानु पर्यो झारा ।
राजन रिमाल ‘’अभिलाषी’’
मनोज काफ्ले ‘मनसुन’ / कुवैत
“आफ्नै येथार्थता”
किन आउछ याद तिम्रो सधै सधै साँझमा ……..
भोली मेरो मरुभूमि फर्कने दिन हो म भने मनभरी असिमित भाबनाहरु बोकेर आँधीखोलाको उकाली चढिरहेको छु घाम पारी डाँडाबाट ओराली लाग्दै छ आधी उकालो पार गर्दैमा खुट्टा गलेर आयो पहिले यही उकालो भारी बोकेर हिड्दा पनि केही नभएको खुट्टा आज खै किन आधी बाटो मै दुखेर आयो थचक्क ढुङ्गामा बस्छु अनी आफ्नै गाउ नियाल्छु जहाँ मैले धेरै बसन्तहरु पार गरेको थिएँ कती सुन्दर छ मेरो गाउ कहिले पहिले यस्तो सुन्दर गाउ नदेखेको जस्तो म एकोहोरो हेरिरहन्छु अनी मन मनै सुस्ताउदै उकालो चढछु आफ्नै गन्तब्य तर्फ…. ,! टाढाबाट देख्छु बर पिपल को जोडीलाई कस्तो मिलेको छ त्यो जोडी शायद सबैले कल्पना गर्छन् होला त्यस्तै पिपलको पातहरु हल्लिरहेकोछ, ति पातहरुले पनी मलाई नै स्वागत गरिरहेको आभाश हुन्छ वरिपरी हेर्छु डाँडा पाखाहरु सुन्यलाग्छ , कोइलीले बिरहको गाना गाइरहेको आभाश हुन्छ मन त्यसै त्यसै उदास हुन्छ पाइलाहरु अगी बड्दै जान्छन
अनायसै क्षितिज बाट आवाज आउछ “अरुलाई यतीबेला सम्म कुराएर .. >> बरु नआएको भए पनी हुन्थ्योनी ” झल्यास्स हुन्छु नाडिको घडी हेर्छु साचै ढिलो नै भएको रहेछु मुस्कुराउदै ५ मिनेट ढिलो त हो नि म आफ्नो गल्ती लुकाउने प्रयत्न गर्छु । उनी केही नबोली रिसाएर बसिन नजिकै गएर कान समातेर माफि मागें उनी झन रिसाउदै त्यो डुब्न लागेको रातो सुर्यलाई देखाउदै भनिन”के त्यो सुर्यलाई ५ मिनेट को लागि उज्यालो प्रकाश दे भनेर दिन्छ ” ??? म अक्क न बक्क भएँ साँचै समय त गैसक्यो बिती सकेको समयलाई कसरी फर्काउन सकिन्छ र मैले उनको पिडा बुझें प्रतिक्षा गर्न कती गार्हो हुन्छ मैले पनि बुझेको छु मैले पनि कती पटक यसरी नै उनको प्रतिक्षा गरेको छु कहिले काँही उनी ढिलो आँउदा म पनि यसरी नै रिसाँउथें । मैले उनको हात समाएर त्यही सुर्यलाई देखाउदै भनें ‘तिमीलाई थाहा छ त्यो सुर्य पनि भोली बिहानिको उज्यालो किरण बनेर झुल्कन्छ नि” ह हा … जतिबेला पनि मेरो हसिरहने बनि उनलाई मन पर्थ्यो मनसुन भनेर उनले मलाई बोलाउदा म पनि उनको पिडामा यसरी मलम लगाउने चेस्टा गर्दै हुन्थें म . तरपनी खै किन हो किन मन आत्तिरहेको थियो आफु भित्र भित्रै जलिरहेको थियो फेरी उनले भनिन “त्यो सुर्य त भोलिको उज्यालो रोशनी लिएर झुल्कनेछ तर तिमी त मलाई अध्याँरो बनाएर जादै छौ नि ? ” हो साचै म उनलाई छाडेर केही समयको लागि टाढा जादै छु बिरानो ठाउमा थाहा छैन मलाई म भोली तिम्रो उज्यालो रोशनी बनेर फर्कन सक्छु या सक्दिन तरपनी बचन दिएँ सानु तिम्रो जीवनमा अध्याँरो ग्रहन लाग्न दिने छैन म एक दिन अबश्य आउनेछु सुनौलो बिहानि सँगै उज्यालो
रोशनी लिएर अनी तिम्रो जीवनलाई टल्काउने छु ,चम्काउनेछु म यस्तै यस्तै बहकिदै थिएँ उनलाई फुस्रो सान्त्वना दिने प्रयत्न गर्दै थिएँ म उनलाई सम्झाउदै थिएँ म – सानु त्यो जिन्दगीको एक पल थियो जहाँ हामीले हासेर बितायौ ,रमेर बितायौ , एक अर्कामा समर्पित भएर बितायौ भनिन्छ नी नजिक हुँदामा भन्दा टाढा हुँदामा माया गाढा हुन्छ रे जिन्दगी कहाँ सधैं एकैनासको हुन्छ र ? कहिले मिलनको पल त कहिले बिछोड को पल ,कहिले खुशीको पल त कहिले दु:खको पल जिन्दगी त्यही एक ‘पल’ त हो चाहे सुख होश या दु:ख मिलन होस् या बिछोड, त्यही पनि म कहाँ तिमीबाट सदाको लागी टाढा जान लगेको हो र.. केही बर्ष त हो नि त्यस पछी त फर्की हाल्छु नि के गर्नु छोरो भएर जन्मे पछी सधैं घरमा बस्न नसकिने रहेछ मलाई पनि कहाँ रहर छ र तिमी बाट टाढा भएर बस्नलाई तर पनि के गर्नु हाम्रो उज्यालो भबिश्यको लागि भए पनि म जानै पर्छ म यसरी उनलाई सम्झाउने प्रयास गर्दै थिए उनी मात्र सुनिरहेकी थिइन टोलाइरहेकी थिइन म भन्दै गए सानु यदी म बाहिर गए पछी त तिमीले पनि मलाई भुलेर अर्कै सँग बिहे गरेर जान्छौ होला है ? उनले त्यही बर पिपल लाई देखाएर भन्थिन “जसरी यो बर बिना पिपल को अस्तित्व हुँदैन त्यस्तै मनसुन बिनाको सानु कुनै अस्तित्व हुँदैन मनसुन तिमी त्यही बर् हौ म यही पिपल हुँ जसरी यो पिपल बर् बिना उदास, सुन्य हुन्छ मनसुन बिनाको सानु पनि सुन्य अनी अध्याँरो जस्तो हुन्छ म तिमीलाई केही बर्ष त के जन्मौ जन्मान्तर सम्म पनि कुरेर बस्नेछु … ‘ उनको यो भित्री आत्माबाटै निस्केको मेरो प्रेम्रोग को दबाई थियो
समय निरन्तर अगाडि बढीरहेको छ नाडिको घडी हेर्छु रातको आठ बजिसकेछ मन त कहाँ छ र छुट्टीन लाई तरपनि समयले बिदाइ गरिसकेछ आँखाहरु बेदनाले रसाइरहेको छ मन गर्हौ भएको छ खल्तिबाट रुमाल झिक्छु उनको आँखामा मोती दाना झै टल्केको आशु हरु पुच्छु अन्तिम पटक मायाँको कोसेली स्वरुप मिठो चुम्बन गर्छु र बिदाइको हातहरु हल्लाउछु ……, बाइ बाइ सानु बाई
दिन बित्यो महिना बित्यो अब साल बित्न लाग्दा पनि तिम्रो माया मुटु भरी साँचेर आज मरुभुमिमा परेड खेल्दै छु सुन्दै छु अब त तिमी पनि चाडै नै पराइको घरको श्रिङ्गार बन्दै छौ रे हुनत भनिन्छ नि “नारी पराइ घरको श्रीङगार हो ” आखिर फरक यती मात्र हो मेरो घरको सट्टा अरु कसैको घर सजिने छ शायद तिमीले पराइको हात थामेको पल यस्तै हुन्छ होला – प्रश्न मायाँ का भिकारी हरुलाई ???
रोएर थामिदैन मेरो मन भनिन्छ मनसुन यात्रा खुसी हुनेहरु सफल जीवन का दर्शनार्थीहरु मात्र हिड्ने गर्छन आफु साहित्य प्रेमी भएकोले लेख लेख रचनाहरु देखा सिकी गरेर सानै छदा कहिले दाजुको चोरेर त् कहिले गुरुजीले लेखेको गजल का शेरलाई आफ्नु बनायर स्कुलमा नै प्रतियोगिता भाग लिन्थे तर आज अचानक सपना भएर मेरो जीवन मा पनि आँसु को भल बग्यो रोएर नथामिने भेलको आंधी चल्यो ……
न बिर्से तिमीलाई न पाएँ तिमीलाई बिना अर्थ दिलमा सजाएँ तिमीलाई……………….
मनोज काफ्ले ‘मनसुन’
स्यांग्जा- नेपाल
हाल- कुवैत
Mobile +96599646183
Email – manojmansun@yahoo.com
Web – www.manojkafle.wordpress.com
दिपक सापकोटा दुलेगौडा ६ तनहुँ
अबस्था
गौतम् बुद्ध जन्मिएको देश नेपाल हाम्रो
स्वाच्छ सुन्दर र शान्ति हुदाँ थियोनि राम्रो
भाइ-भाइको कलह् अनि मारामारिले
२२से २४से राज्य होइन ४४से ४८से हुन गयो
४ जात ३६ बर्णको देश नेपाल हाम्रो
४० जात अनि ३६० बर्नले जन्म लिइसक्यो
सबैलाइ आ-आफ्नै राज्य चाइयो अहिले
कस्तो थियो हाम्रो नेपाल सम्झनुस पहिले
गौतम् बुद्धको देश शान्ति हाम्रो नेपाल
भाइभाइको मुठभेढले आज कुरुप बनेको छ
ढक्कमक्क लालिगुरास फुल्ने डाँडाकाडा
गोला बन्दुक अनि बारुदि सुरुङ्ले भरिएको छ
गौतम् बुद्धले फैलाएको शान्ति त हराएको छ
पृथिविनारायण ले बनाएको नेपाल आज टुकरिदैछ
गरिब निमुखाआज रोटिका लागि सङ्घष गर्दैछन
नेताहरु सिहदरबारको कुर्सि ताकेर आन्दोलन गर्दछन
कहिले सम्म चल्छ यो राजनितिक होडबाजी
अनि फेरि नेपाललाई टुक्रायाउने गतिबिधि
जता बाट पनि गर्दैछन नेपाललाई टुक्राउने काम
रुन मन लाग्छ आज नेपालको गति देखि
सँविधानलाई नेताहरुले कथा लेखेझै लेख्दा
नेपालको हालत देखि २-४ शब्द लेखे
फेरि एक पटक नेपालमा पृथिविनारायणको खाचो देखेपाईला
यो मेरो पाईलालाई कति दुस्ख छ ।सारा काम यसैका भरमा सम्पन्न गर्नु पर्छ ।
यत्रो बिशाल शरीर लाई हिडाउँछ ।
कहिले कहाँ ………।
कहिले कतै ……………
कहिले ढुङ्गै …॥ढुङ्गा भएको ठाउँमा ।
त कहिले काडै काडा भएको ठाउँमा ।
कहिले मरुभूमिमा त ।
कहिले पक्कि सडकमा ।
यस्को कुनै गन्तब्य स्थान छैन ।
कयौं कार्यहरु एसै द्धारा सफल गर्दछन् ।
तर सिन्दुर र फूलमाला ।
केवल गला र निधारले मात्र पाउँछ ।
खै के भन्ने के गर्ने यो त आश्चर्य जनक कुरा छ ।
कसले देखिदिने यसको ब्याथा ।
कसले सुनिदिने यसको कथा ।
कसले बुझिदिने दुस्ख र पिडा ।
केवल यसको प्रयोग द्धारा ।
मनोराजन लिने मात्र छन् दर्दनाक पिडा ।
सुन्ने र बुझ्ने कोहि पनि छैन ।
ढुङ्गाको मुटु भएका मानसपटलमा ।
केवल धोका पिडा बोकेका मात्र छन् ।
- सौगात सुवेदी
संञ्चै त छौ
सँगै बस्ने मन थियो।
वाध्यताले छुटाई दियो।।
खै के भनि चिठ्ठी लेखुँ।
मनको बह कसरी पोखुं।।
प्रिय संञ्चै त छौ।
भन्थ्य़ौ सँधै साथमा बसौंला।
भोको पेट पकुकी कसौला।।
उज़ाड तिम्रो मुहार देख्छु।
आँखामा तिम्रो आँशु देख्छु।।
प्रिय संञ्चै त छौ।
सोचे जस्तो नहुँदो रहेछ।
भने जस्तो नपुग्दो रहेछ।।
परिस्थितीले छुटाई दियो।
वाध्यताले डाँडाँ कटायो।।
प्रिय संञ्चै त छौ।
हरदम मेरो आँखामा।
हरेक गितको भाकामा।।
मुटुको हर ढुकढुकीमा।
तिमी नै छौ सपनीमा।।
प्रिय संञ्चै त छौ।
रुंदैछ यहाँ न्याउली चरी।
मन मैले थामु कसरी।।
मलाई सारै नराम्रो लाग्छ।
उडेर आँउ जस्तो भाछ।।
प्रिय संञ्चै त छौ।
धेरै भयो आज भोली।
सुन्दछु म तिम्रै बोली।।
भस्की रहन्छु म विपनीमा।
नराम्रो देख्छु सपनीमा।।
प्रिय संञ्चै त छौ।
भीम बहादुर के.सी.
कुवैत, मोबाइल नं. 99920712
“सपना”
धेरै भयो सपनीमा देखेको तिमीलाई।
अति आउन थाल्यो याद किन मलाई।।
न सम्झेको कुनै दिल छ न छ कुनै रात।
मलाई मात्रै हो की यस्तो यो मायाको जात।।
हिजो राती सपनामा थियौ तिमी साथमा।
फर्कि आउन भन्थ्यौ तिमी मलाई कतै बातमा।।
कति मिठो थियो त्यो पल बिताएको तिमीसँग।
कुनै शब्द छैन सानु वर्णन गर्न म सँग
अस्ति राती देख्या थिए छोरी र छोरालाई।
स्कुल जान भन्दै थिए दुबैलाई बोलाई।।
उस्तै थिए उत्रै थिए जस्तो म घरमा छँदा।
नरमाइलो लाग्यो अरे म विदेशमा हुँदा।।
घरकै मात्रै सपना देख्छु किन दिन दिनै।
विरामी पो पर्यौ कि त सोची रहन्छु रात दिन।।
सारै सारै मन आत्तियो खबर केही नपाउँदा।
चिठ्ठी पठाउ प्यरी तिमी कोही मान्छे आउँदा।
म त धेरै टाढा भए छैन बस्नु साथमा।
पर्खि बस्नु तिमीहरु फर्कि आउछ भन्ने आशमा।।
रक्षा गर्नु शिव भगवान मेरो परिवारलाई।
दश औला विन्ती अनि फूलपाती हजुरलाई।।
भीम के.सी , कुवैत
मोवाइल नं. ९९९२०७१२
काँडा दियौ
कांडा दियौ गुलावको फूल भनेर।
विष दियौ अमृतको मूल भनेर।।
आँशु दियौ यही हो हाँसो भनेर।
पासो दियौ यही हो प्यारको नासो भनेर।।
बिछोड देयौ एक क्षणको मिलन देखाई।
मृत्यु दियौ सुन्दर जीवन देखाई।।
धोका दियौ वैगुनी माया देखाई।
जलन दियौ सितल छाँया देखाई।।
पागल बनाई छाड्यौ प्यार भनेर।
एक्लो पन दियौ सच्चा यार बनेर।।
मझधारमा एक्लै छाडिदियौ हात दिएर।
मसानघाटमा पुर्याईदियौ घात दिएर।।
भीम बहादुर के.सी.
कुवैत, मोवाईल नं ९९९२०७१२
धन प्राप्तिमन शान्ति या जिवनको समाप्ति
एक जना साथाी हजुर जस्ले आफ्नो मामा को छोरा नाताले आफ्नो भाई को अतित लाई यसरी बर्णन गर्नु भयो भनिन्छ जो संग आफ्ना मनका कुरा खोलिन्छ मनमा भएको बोझ हल्का हुन्छ रे म संगै काम गर्ने तर अर्कै कंम्पनी मा काम गर्ने साथी संग पहिलो दिन भेट हुदाका कथा ब्याथा यसरी पोख्नु भयो सोल्टी नमस्कार है अनि मैले प्रतिउत्तर दिए नमस्कार हजुर हजुर को शुभ नाम के होनि अनि उहाले भन्नु भयो रमेश क्षेत्री घर कहाँ होनी सोल्टी उहाँले उत्तर दिनु भयो घर चितवन हो अनि हजुरको नि मैले जवाफ दिए मेरो नाम स्याम बोगटी घर डडेल्धुरा हो अनि यसरी हाम्रो कुराकानी भै रहेको थियो । अनि उँहाले भन्नु भयो हेर्नुहोस् न मलाई एउटा समस्या छ केहि समाधान को उपाए सोच्न सकिन्छ सोल्टी तर मैले सोचे सानो तिनो समस्या होला अनि भने भन्नुस् न अनि यसरी सुरु गर्नु भयो ।
मेरो मामा को छोरा यहाँ को एउटा सेक्युरीटी कम्पनी मा काम गर्नु हुन्थ्यो तर सोल्टी खै कहाँ बाट सुरु गरौ यो दुःख को कहानी अनि मैले जवाफ दिए सुरु बाट नै भन्नुहोस न । मेरो त काम सकिसक्यो डिउटी पनि सकियो बरु तपाईको चै काम छ कि अनि उहाँले जवाफ दिनु भयो छैन नि सोल्टी मेरो पनि डिउटी सकियो । अनि मैले भने ल गफगाफ गरौ न त यसरी आफ्ना मन का कुरा साँटासाँट गर्दा हामी मा झनै आफन्तपन को महसुश हुन्छ अनि फेरी मामा को छोराको बारेमा यसरी सुनाउन थाल्नु भयो ।
मेरो मामा को छोरा मनोज ले गाँउमा छदाँ आफु संगै पढ्ने एकजना तामाङ्ग थर भएकी केटी संग प्रेम बिबाह गरेको थियो तर नयाँपुस्ता ले जात भातको केही मतलब नराखे पनि बुढापाका ले त्यो रितिलाई अझै छोड्न सकेका छैनन् अनि बिबाह गरेर घरमा ल्यायो तर आमा बाबु ले घर भित्त्रयाउन मानेनन् धेरै नै झैझगडा भयो आखिर कानुनी तवर ले लड्नु पर्ने भयो नभए उस्को आमा बाबा ले घर भित्रन दिएनन् र भन्नथाले हामीले यो जात त्यो जातको कुरा सबै आ-आफ्ना ठाँउ ठुला छन् तर यो तँ र हामी बिचको संम्बन्ध हो तँ एउटा क्षेत्री को छोरो भएर तामाङ्गनी बिहे गर्ने अझ त्यसमा पनि घर को जेठो छोरा हामिले कति धुमधाम संग तेरो बिहे गरौला भन्ने सोचेका थियौ तर तैँले जे हाम्रो छोरा ले गर्दैन भनेर गर्ब गरेका थियौ त्यहि गरिस् भनेर उस्का आमा बाबा ले सारै मन दुखाए तर हामीले धेरै सम्झाउने कोशिस गुै हामी ले भन्यौ कि जातभात मा के नै छर तर उहाँहरु भन्नथाल्नु भयो हैन जातभात आ आफ्नै ठाउँमा छ तर यो त घरको जेठो छोरा हो यसले हाम्रो कुलमा कसैले नगरे का काम गुे भन्दै एकदमै आक्रोशमा प्रस्तुत हुनु भयो र पछीबाट हामीले त्योभाई लाई सम्झायौ अैले अलक्कै बस पछि रिसमरेपछी बोलाई हाल्नु हुन्छनि के गर्ने त कानुनी रुपमा आफ्नो अधिकार खोज्दा आफ्नै बाबा आमा संग लड्नु पर्छ हेर बाबा आमा को बिरुद्ध लड्नु भन्दा केहि समय आफ्नी श्रीमती लिएर अलक्कै बस केहिसमय पछी सबै ठिक भै हाल्छ भन्ने सल्लाह दिएर म बिदेश आए अनि त्यो भाई ले गाडी चलाउन सिकेर गाडी चलाउदै थियो श्रीमती लाई लिएर भरतपुरमा भाडा को रुममा बस्दै थियो जेहोस आफ्नै कमाईले खान लाउन राम्रै पुगि राखेको थियो पछी त एउटा सन्तान पनि जन्मेछ छोरा भएको रहेछ धेरै संन्चय गर्ने सम्म नकमाए पनि घरपरिवार संग अनि त्यो सानो छोरा संग आफुपनि बालक झै अभिनय गदै आुफ्नो कामकाज गर्दै दिनहरु राम्रै बितिराख्याथ्यो तर अरु को प्रगति देखेर उस्लाई पनि बिदेश आएर दुई तिन बर्ष काम गरेर केहि सम्पति जोड्ने चाहनाले भित्र ह्दयमा गर्ब धारण गरिसकेको रहेछ अनि श्रीमती संग सरसल्लाह लिन थालेछ तर श्रीमती ले साफ इन्कार गरिन र भनिन् आत्तिनु हुदैन यहि धेरथोरै गर्दा गर्दै भैहाल्छनि तर श्रीमती ले इन्कार गर्दागर्दै पनि फकाई फुल्याई गरेर कुवेत आईपुगेछ पछि मलाई दाई मत यसरी आएपो भन्नथाल्यो तर मैले भने ठिकै छ अब केहि बर्ष राम्रो संग काम गरेर फर्किनु पर्छ भने तर उस्ले भन्ने गथुे मत चाँडै फर्किन्छु छोरा को एकदमै याद आईराछ अनि छोरा कि आमा पनि एक्लै छे तर समय एकनास रहेन साँचै यस पृथ्विीमा जल वायु परिबर्तन भय जस्तै भाई बुहारी को रातो गाडाँ रगं जस्तै माया प्रेम को रगं उड्न थालेछ कारण पैलात घरमा भाई थियो र कमाएर दिन्थ्यो तर भाई विदेश आएपछी शाहु बाट ब्याजमा लिएको पैँशा त चुकाउनु पुे बिचराको तलब पैँतिस चालिस दिनार छ आउदा लाख खर्च हुन्छ भाई लाई शाहुको पैँसा तिर्न ठिक्क बिचरा बुहारी घरमा के गरी खाने कसरी छोरा लाई पढाउने लेखाउने कसरी कोठा भाडा तिर्ने सासु-ससुरा ले स्वीकारदैनन् माईती मा आमा बाबा लाई बुढेकाल ले छोईसक्यो भाई सानैछन् सकेआफु ले सहयोग गर्नु पर्ने तर बुहारीको पनि त्यस्तो हालत के गर्ने नौकरी नगरी नहुने भएपछी बुहारी काम मा जान थालिछन त्यहि नजिकको ईट्टा भट्टामा अनि एउटा स्त्री बाहिर काममा जान्छ आउदा जाँदा संगै काम गर्ने संगी साथीहरु त अवस्यनै भैहाल्छन तर त्यो पल्लो गाउँको धने भन्नेगधा भाई आएको एकसाल पछी आएको थियो त्यसले त कसम खादैँ धरोधर्म मनोज तेरी श्रीमती त गाउँमा फलानो-फलानो संग नारिएर हिड्छ मैलेनै आफ्नै आँखा ले देखेको अनि गाउँ भरिका मान्छेले कुरा कट्छन् त भने या मरिमेटी काम गर्ने तेरी श्रीमती घरमा रोक्ने छेक्ने कोहि छैन मोज गर्ने भनेर नभएका कुरा सुनाई दिएछ भडुवा धनेले अनि मामाको छोरा त्यो भाई भनौदो शंकै शंकाले जल्न थाल्यो रक्सी पिउने चुरोट पिउने गर्न थाल्यो अनि मैले धेरै सम्झाए अह केहि सिप लागेन हुदा हुदै एउटा आफ्नो श्रीमान ले अर्थात आफ्नो पतिले अर्कि स्वासनी सौता ल्याएको रिसमा बिदेश हिडेकी र आफुले काम गर्ने घर मालिक को ज्यादत्ति सतावट सहन नसकि घरबाट आफुसंगै काम गर्ने सहेलि संगै भागेर अबैधरुप मा लुकिछिपी काम गर्ने दोलखा घर भएकी मनमाया संग फोनमा भेट भएछ र आ-आफ्ना मनका वेदना पोख्दा पोख्दै एउटा निर्णयमा पुगेछन् बिबाह गर्ने संगै बस्ने केटा चै ले अर्थात त्यही मनोज ले कम्पनी मै काम गर्ने र मनमाया ले कोठामा रक्सी बनाउने र नेपाली लाई मात्र बेच्ने निधो गरेछन किन भने मनमायाकी संगिनी त धेरै ले आश देखाउने तर स्वार्थ लुटेर छोडीदिने गरेका कारण त्यसमा पनि आफु ईलिगल भएका कारण भनेको जस्तोकाम नपाउने लुकिलुकि हिड्नु पर्ने अनि कसै को भर पर्दा स्वार्थ मात्र लुट्न खोज्ने तर पाल्न र हेरचाह गर्न नसक्नेहरु को जालबाट उम्केर एक जना सिरियाको मान्छे अर्थात सुरी संग बिबाह गरेर एकदमै आनन्दको जिवन जिरहेको देखेको थियो तर मनमाया लाई अरु देशको नागरिक संग बिबाह गर्दा भोली न अलपत्र पो पारीदिन्छन् भन्ने डर थियो यसै क्रममा मनोज लाई भेटेको बरु तलब कम भएपनी नेपाली संगै बिबाह गर्छु अनि कोठामै केहि ब्यापार गरेर धन कमाउँछु आँखिर भोली नेपाल जाँदा पनि मनोज ले संगै लगिहाल्छ भन्ने सोँच बनाएर दुबै बिबाह बन्धनमा बाँधिन्छन् नभन्दै भनेजस्तै पैँसापनी कमाई भयो पति लाई पत्नी र पत्नी लाई पति लाभ त भयो नै मनमा खुशीयाली आनन्द सोचेजस्तै भयो तर बिचरा मनोज श्रीमती भने श्रीमान आउने आशामा मनमा फर्क मुग्लानी देखी के सन्देश बोकी ल्यायौ हे बाँदल आँकास छोपी जस्ता गित मनमा गुन्जदै मनोज को प्रतिक्षामा सिरानी भिजाउदैँ मनोज आउने बाटो हेर्दै आँखाका परेली भिजाउदै बार मैनाको एक चक्र ले पाँच चक्कर लाईसक्दा नि मनोज को आगमन नभएपछी र तेरो पतिदेब अर्कै बिबाह गरेर उतैघर जम गरिसक्यो भन्ने त्यो एउटै कुरो कानमा बारम्बार गुन्जिरहदा धैरेताको बाँध फुटेर तल्लागाउँ का बिर बहादुर संग घरजम गरिन तर दुःख को कुरा बिर बहादुर ले आमा त लग्यो तर छोरो भने अर्काको भन्दै लानै मानेन तर मनोज कि श्रीमती भने घरबार नजोडी नहुने भैसक्यो जताततै कुरा काट्ने मात्रै भेट्दा वाक्दिक्क भएर घरबार जोडिन छोरा लाई माईती मा छोडी दिईन् तर अब नतिजा अर्थात प्रतिफल कस्तो निक्ल्यो त केहि समय पछी उनि हरुको जिवनमा सुनामी आयो मनोज को छोरा आमा बाबा को माया बाँट अलग भएका कारण र देखरेखबाल गर्ने कोहि नहुदा गजडी जडिया लाबारिसे हुन पुग्यो मनोज रक्सी पिएर झगडा गरेको कारण कुवेत जेलमा पुे मनमाया एउटा छोरा जन्म दिएर संसार नदेख्दै अवैध गनिएको छोरा लिएर भगेराले खरको छानो भित्र एकदमै भित्र कसैले नदेख्ने ठाउँमा गुँड बनाए झै कसैले नदेख्ने ठाउँमा तड्पिदै छिन भने मनमायाकी संगिनी को बिदेशी पति ले नेपाली पत्नी गर्बवती भएर पनि परिश्रम को फल फल्नै लागेको र घर लान कागजात चाहियो नलगे समस्या मात्र हुने देखेर छोडेर भागेका कारण सात महिना को पेटमा अर्काको नासो लिएर साहेता को निम्ति भौतारिदै हिडेकी छन् यसरी सोल्टी ले आफ्ना ब्याथा त पोख्नु भयो तर मैले कसरी सान्तवना दिने तर केहि न केहि त भन्नै पर्ने भयो सोल्टी उहाँहरु लाई परमेश्वरले साहेता गरुन हामी अरु के गर्न सक्छौ र किन भने हामी कुनै पनी देशको कानुन बिरुद्ध जानै सक्दैनौ भने नत यस्ता घट्नाहरु ब्ााट केहि सिक्न चाहन्छौ हाम्रो ह्दय यस्तो छ की जे आफ्नो छ चिन्दैनौ तर जो अर्का को हो त्यसको निम्ति मरिमेट्दछौ त्यही नै आज यसरी सावित भयो एउटा बचन छ ँचिहान बाँझी गर्ब जमिन ले पानी र आगो ले भयो पुग्यो कहिलै भन्दैन” भने झै यी हाम्रो धनको लोभ मनका आकंक्षा र शान्ति को खोजी ले कहुँ फउने हो थाहा छैन त्यसैले जति छ त्याति मै सन्तुस्ट रहेर थपिने राम्रा कुरा लाई स्वागत गदै ँअनिकाल मा फिल्स जोगाउनु अस्थाई बिबाह र रक्सी बाट जिउँ जोगाउनु भन्दा कस्तो होला” किन भने यति गर्दा त मनोज को जस्तो कहाँनी दोहरिदैन होला है आदरण्यि पाठकबृद…………………………………………।
कृपया यो कथा कसैको जिवन को नक्कल नउतारी काल्पनिक कथा बस्तुमा आधारित भएको ले कसैको जिवन संग मेलखान गए संयोगमात्र हुने छ र कसैलाई बाधा पुग्न गए म क्षमाप्राथी छु
प्रतिकृयाको प्रतिक्षमा
लेखक
देब बहादुर भाट क्षेत्री
बर्छैन ३ डोटी
केशवराज घिमिरे
खैरेनीटार तनहूँ
मनको साथी
मिरमिर पछि उज्यालो भयो भएन घमाइलो
यो मनको साथी नपाए सम्म हुदैन रमाइलो।
कुहिरो ढुँडी उडेर गयो आएन वसन्त
मनको त्रास वढेर आयो भएन एकान्त।
मनका कुरा हिमाल माथी हावाझैं चिसिए
एकान्त मनको सितल पवन राँकोमै मिसिए।
तापनि मेरो छल्केको मुटु सगरमाथामा
डुबुल्किमार्न खोजेको हुन्छ त्यो म्रित सागरमा।
म मस्किदिन्छु ति तिम्रो हाँसो मुस्केकै भरमा
ति हाँसो उडे त्यो सेतो ढुडि उडेझैं बगरमा।
म झस्किदिन्छु ढुङ्गाको चट्टान पुरानो चिहानमा
फर्केर फेरि आँउछु भन सुनौलो विहानमा।
खुसिले भन्छु यो मनभित्र आउनेछ घमाइलो
मनको साथी नपाए सम्म हुदैन रमाइलो।।
.मेहनतकसलाइ सन्देस
केशवराज घिमिरे (खैरेनीटार,तनहुँ।)
हुल हुल हिड्नु परेको छ
साँचो खोज्नकोलागि
जहाँ तिम्रो विश्वास कैदी बनेर रहेको छ।
एक्लै एक्लै हिड्नु परेको छ
विश्वास खोज्नकोलागि
जहाँ तिम्रो अधिकार खात लागेर रहेको छ।
विश्वास अडेको छ
तिम्रा सवल छातिहरुमा
कठोर मुड्किले फोड्न सक्ने छैनन्।
कलिलो युवाको संज्ञा दिने
चीसो सिरेठो आउने छ
मटु कमाउने जाडो बनेर
वास्तवमा,
तिमी त विस्वास लिएकाछौ
सुनौला विहानी आउँछ भनेर
विश्वास आशाको दियो रहेछ
जाँगर भित्रको जोश रहेछ
त्यसैले,
चुसाहाहरुले गालि दिंदा
साथीहरुले ताली दिंदा
युवाहरुले नवज्योति वाली दिंदा
उकुस मुकुसिएका उत्सुकताहरु
गर्जिरहेथे कालो वादलसंग
दोषी मादलसंग।
अव त,
उ पनि साथ दिने छ
हातमा हात राखेर
पसिना चुहाउँदै
मेहनतको सागार वगाउदै
हिम्मतको पर्खाल लगाउदै।
हुल हुल हिड्नु परेको छ
साँचो खोज्नकोलागि
जहाँ तिम्रो विश्वास कैदी वनेर रहेको छ।
तिम्रो मेरो प्रेम कहानी
विश्वाश घाती यो संसारमा
तिम्रो माया पाउन सकिन
तिमीलाई छाडि अरुसँग
मैले माया लाउन सकिन
तिमीले मलाई छाडि गयौ
तर मैले तिमिलाई छाड्न सकिन
तिमी प्रतिको चोखो माया
मैले अरुसँग बाँड्न सकिन
कती चोखो मेरो प्रेम
तर तिमीले चिन्न सकिनौ
माया लिई माया तिमीले दिन सकिनौ
फराकिलो मेरो दिलको बाटो
हात समाई हिँड्न सकिनौ
माया लिई माया तिमीले दिन सकिनौ
दिलोज्यान नै सुम्पे तिमीलाई
तर तिमीले लिन सकिनौ
निर्दोष मेरो चोखो प्रेम
आज तिमीले चिन्न सकिनौ
तिम्रो सपनिको राजाकुमार
जस्तो म हुन सकिन
तिम्रो लागि आकाशको
जुन मैले छुन सकिन
तिमी धेरै रोयौ तर
तिमी सँगै बसी रुन सकिन
त्यसैले त आज म तिम्रो हुन सकिन
तिम्रो लागि आकाशको जुन छुन सकिन,
छुन सकिन !!
होम नाथ गिरी
अल-अमाना सेक्युरिटी ग्रुप
कुवेत (१२ डिसेम्वर २००९)
के भन्नु अब
बुद्ध जन्मेको शान्तिको देश पनि के भन्नु अब
आफै आफै काटाकाट गरेर मरिन्छ भने ।
कृषि प्रधान देश नेपाल भनेर पनि के भन्नु अब
जापानीज चामालले पेट भरिन्छ भने ॥
हरियो बन नेपालको धन पनि के भन्नु अब
सबै उजाड मरुभुमी भै सक्यो भने ।
सुन्दर शान्त विशाल नेपाल पनि के भन्नु अब
आधि जति नेपाल पराई भई सक्यो भने ॥
बिश्वको दोश्रो जलस्रोतको धनि देश के भन्नु अब
अझै राको र टुकीले गुजारा गर्नु पर्छ भने ।
स्वाभालम्बि नेपाली हुँ भनेर पनि के भन्नु अब
बिदेसि कै ईसारा मा सबै थोक गर्नु पर्छ भने ॥
चकेन्द्र राई कैदी
धनकुटा
मलाई पर्खि बस्नु भएकी आमा
सानो थिए जब आमा मेलपात गर्थिन
अनेक दु:ख-कष्ट गरी दुई छाक टार्ने गर्थिन
गरीब थिए गरीब नै छु गरीबी मै जिउदै छु
नेपाल छाडि प्रर्देश मा दु:ख का आशु पिउदै छु
गरीबीमै बिताइन आमा ति बुढेश कालहरु
साउबाले बुन्दै थिए अनेक अनेक जालहरु
घर जग्गा बन्धक राखी आज प्रर्देश छिरेको छु
दुई साल भयो साउबाको ब्याज बल्ल तिरेको छु
सावा ब्याज अनी सियाज को गर्थे कुरा साउबाले
साह्रै दु:ख पाए आज गरीब भई जन्मनाले
छिट्टै फर्की आइज छोरा भन्थिन रुदै मेरी आमा
पिढि को ढिलमा बसी पिडाहरु सुनाउथिन मेरी आमा
बुढेशकाल को सहारा म बिदेश छिरेको थे
छिट्टै फर्की आउछु आमा भनी हिंडेको थे
कहाँ होलिन मेरी आमा कहाँ रुदै बस्दै होलिन
डाँडा पारी आँखा तार्दै मेरै बाटो हेर्दै होलिन ..हाल अबुधाबी यू ऐे इे
dk_aawara@yahoo.comमनोज काफ्ले ‘मनसुन’कताजान हिड्यौ सोधें तल्लोओठ टोकेकीलाई
टक्क आई सडकमा माइक्रो बस रोकेकीलाई lबादल भित्र चाँदनीले मन मेरो हेरे जस्तो
कोइलीको बोली जस्तै मस्की खोकी खोकेकीलाई lपूर्णिमाको पूर्णचन्द्र उदाए झै तिम्रो मुहार
कल्पनामा बोलुँ लाग्यो रातोझोला बोकेकीलाई lमनमोहक प्रकृतिको नौंडाँडाको झुल्के घाम
भगवानकै बोली जस्तो गाडी भाडा तोकेकीलाई lवालिंगबाट भालूपाहाड कुभिन्डेको यात्रासम्म
पोखराको बसपार्कमा झर्न माइक्रो ठोकेकीलाईकुवैत___________________________________________________
छ घरज्वाँई बस्ने ?
हाम्रो दिनहुँ झगडा पर्छ
कहिल मुक्का मुक्की हुन्छ
कहिले फास्स फुस्स मै टर्छ
म डल्लो लोहोरो उचाल्छु
बुढी चेप्टो सिलौटो उचाल्छे
म तातो रोटी उचाल्छु
बुढी रातो तावा उचाल्छे
कहिले बुढीले पन्यु खान्छे
कैले मैले कसौडी खान्छु
भुईँभरी भातको सिता हुन्छ
भान्सामा यसरी नै रमिता हुन्छ
एउटी छोरी छे,
पाखुरा तन्काउँदै तन्काउँदै
हामी दुइको हुलमा पस्ने
कोही छ घरज्वाँई बस्ने ?
बुढी नभए मलाई नहुने
म नभए बुढीलाई नहुने
मेरो जीत हुन्छ बुढी रुने
बुढीको जीत हुन्छ म रुने
उसले पनि हार्न नहुने
मैले पनि हार्न नहुने
झगडा गर्न एकदिन पनि बार्न नहुने
एउटी छोरी छे,
चौबिसै घन्टा मुखमा तितौरा पस्ने
कोही छ घरज्वाँई बस्ने ?
म ‘ए बिस्तारै बोल’ भन्छु
बुढी उचालिइ उचालिइ कराउँछे
म कान समाउँछु
बुढी उठबस गराउँछे
म ‘तालुमा तेल ठोकिदे ‘ भन्छु
बुढी झन तालुका रौँ उखेल्छे
म ‘समात बुढी समात’ भन्छु
के को समात्थी, झन झन ठेल्छे
एउटी छोरी छे,
लिपिस्टिक दल्दै दल्दै भातखान भान्सामा पस्ने
कोही छ, घरज्वाँई बस्ने ?
———————————
लेखक
बिमल लामिछाने , कुवेतकविता
मलाई पर्खि बस्नु भएकी आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ कि भनी
दशैँ, तिहार चाड पर्ब आमा तपाइको माया
छाति भरी पिर पर्छ परदेशको छायाँ ।
परदेश गइ धेरै बसें पर कता कता
मेरो सपना भरि नै नेपालको ब्यथा
सम्झन्छु आमा रातभरी दिन भरी पनि
पक्कै आउंछु एकदिन त आशिक लिन भनि ।।
* नवराज पोखरेल , बुखारेस्ट, रोमानिया
________________________________________________________
“”स्वर्गरूपि बगैचामा जाऔ“ नवराज पोखरेल
आऊ , मसंग निरन्तर आईरहु
म तिमीलाई एउटा सुन्दर बगैचामा लैजान्छु ;
त्यहाँ -
छहराको स्पर्श पाएर फक्रन लागेका ,
गुरासका कोपिलाहरू देखाउछु ;
नेपाली सुबासको स्पन्दन पाई पालुवा हाल्न लागेका
जाही र जूहीका पातहरू देखाउछु ;
अनि , त्यहाँ -
प्यास र भोकले छटपटाउनेहरूको लाम पनि देखाउछु ;
तिनीहरू -
केवल तिम्रै आगवानका दिनहरू औला भाच्दै गनी रहेछन ;
तिम्रै कोमल स्पर्शको कल्पनामा डुबुल्की मार्दै बसी रहेछन ;
भोक र प्यासलाई स्वर्गरूपि संसारको हरियालीले
ढकमक्क ढाकी -
तिम्रै निरीक्षण र स्पर्शको प्रतिक्षा गरी रहेछन ;
त्यसैले -
तिमीले उषाको लालीसंग संगै केही सोच्नु छ
बगैचाका आधारभूत आबस्यकता पूरा गर्न पाईला चाल्नु छ
त्यो तिम्रो आफ्नै नविन बगैचा हो ,
मातृभूमिको आफ्नै आगन हो
जहाँ -
बर्षौ देखि लेऊ लागेका ढुंगाहरूमा ,
होशियारीका साथ चिप्लेटी खेल्नुछ ;
शान्तिका फेदमा पलाउन खोज्ने झारहरू उखेल्न तम्सनु छ
अनि ,
आकाशै ढाक्ने गरी फूल्ने मगमगाउदा ,
जाही र जूहीका फूलहरूलाई
आकाशिने बाटो देखाई दिनुछ ;
त्यसैले -
आऊ , त्यो नविन स्वर्गरूपि बगैचामा जाऔ,
कलिला पातहरूलाई सुमसुम्याई दिऊ ;
सम्वेदनाले चस्केका हरूलाई
क्षितिजमा डुबुल्की मार्दै आउने ,
ऊषाका लाली पहिर्याई दिऊ ;
अनि -
बर्षौ देखि, केवल पथिकको सहारा र शीतलताका लागि,
दिन र रात, बादल र झरी सहदै ,
धौरालीमा पर्खने एक जोडी वर पीपललाई ,
एक अन्जुली पानी दिऊ
जाऔ , हिड , ढिला नगरौ -
त्यो नविन स्वर्गरूपी बगैचालाई अझ सुन्दर बनाऔ /
मई १५,१९८७
बुखारेस्ट , रोमानिया
________________________________________________________
परदेश
छोडेर आफ्नो देश, आए म परदेशमा
मैले आज रुनु पर्यो।
फूल जस्तो बिस्तारामा, जहाँ सुतेको थिए
आज काँडामा सुत्नु पर्यो।।
आफ्नो ईच्छाको मालिक, थिए म
जो चाहन्थे, पुरा हुन्थ्यो।
सारा स्वतन्त्रतालाई, तिलाञ्जली दिंदै
अर्काको गुलाम हुनु पर्यो।।
आँशु भन्दा ज्यादै, पसीनामा डुब्दै
अपृय वचन सुन्नु पर्यो।
भोकमा भोजन हैन, तिरस्कार अनि
लात्ती र मुड्की खानु पर्यो।।
kedar nath kharel
साहित्यनुराग ” अन्तीम प्रेम पत्र “
बिक्रम लामा ,महाबुल्ला ,कुबेत।
खै तिमिलाई के भनेर सम्बोधन गरु ,अबत जहा सम्म सम्बोधन गर्ने सब्दहरु
को पनि
अभाब छ ,प्रीय अब कहा भन्न सक्नु र तै पनि तिम्रो सामु बिना सम्बोधन नै
अन्तीम पटक माफी
को भिख माग्दै छु । मेरो मन को बगैचा मार्फत तिम्रो सामु आइसकेको छु
,मलाई माफ गरिदेउ बा नदेउ,
त्यो त तिम्रो खुसी को कुरा हो ।म पनि सायद माफी को लायक नै कहा छु
होलार
तर पनि तिमरो चोखो प्रेम र बिबसताका ती हाम्रा दिनहरुलाई तिमिले
भुल्नु परेको छ
कर्मले ढाटे पछि हाम्रो माया जाल फाटे पछि बाच्न मन त कहा नै हुन्छ
र तर पनि
बाध्यताले कसैको लागी बाचि दिनु पर्ने रहेछ ।
थाहा थियन हाम्रो सम्बन्ध भगबानलाई पनि मन्जुर रहेनछ ।तेसैले त
माया प्रेम लाई बिर्सीएर एउटै गोरेटोमा हिडन चाहानालाई अन्तर हदयमा
लुकाएर दोबाटो मै छुट्टीनु पर्यो , मेरो रहर र चाहानाहरु ले हामरो प्रेमलाई अज्मबरी
राख्ने तर सोचेको भन्दा बिपरीत आई दिए पछि के नै पो लाग्छ र?
काल्पनिक सन्सार मा बास्तबिक सपनालाई जिबनमा पाउनु नै कहा सकिन्थ्यो र,
तेसैले त बिगत देखी तिम्रो र मेरो सम्बन्धमा आधी आयो ।तिमि पनि मालिया को सिटि बजार मा
आउथेउ र सिसाईडको गार्डेन चौतारीमा हामि दुई बस्ने गरेको थियौ ।
म तेहि तिम्रो बसाई र आईसकिर्म खाएर बसेको त्यो
ठाउ लाई बेला बेला मा हेरी रहन्छु ।तिमि खुसी भएर बस अब त हामरो गोरेटो पनि
छुट्टीसक्यो ,तिमिलाई तिम्रो जिबन सदा खूसी रहोस ,तिम्रो हात हरु सदा साद
प्रगती पथ मा लम्कन सकुन बधाई का साथ तिमिलाई यो मेरो अन्तीम पत्र ल…………………?
बिक्रम लामा
सिन्धुली
फोन नो 55093841
Email: bikram_dhukhi@yahoo.com
हाल :महाबुल्ला ,कुबेत
” चोट “
मेरो दुखमा तिम्रो सुख लुकेको छ भने
म आसुको चितामा डुबिदिने छु
मेरो आत्माको आहाट तिम्रो लागि हो भने
ग्रीस्मकालको चीसो सितल पबन बनिदिनेछु
अनि म झिर मा उनिएको माछा समान तडपि दिनेछु
मेरो छाया ले पनि तिमिलाई पछ्याउला भनि डर छ भने
अन्धकार औसीको रात बनि दिने छु
मेरो यि निर्दोश नयन हरुलाई तिमिले देख्यो भने
म सारा जिबन कैदि बनेर बिताई दिने छु
मेरो ह्दयमा लागेको चोट
ति्मरो लागि सन्जिबनी बुटी बनि दिने छु
म चिता मा जलिरहे पनि सारा ब्यथाहरु
हासि हासि चोट खपी दिने छु
बिक्रम लामा
सिन्धुली -६
हाल महाबुल्ला
कुबेत
फोन नो : 55093841
तिमिलाई ” कबिता “, बिचारी घले महाबुल्ला कुबेत
तिमिलाई फुल दियभने,
अन्जुलीमा थापि दिनु
तिमिलाई औठी दिए भने,
मेरो माया सन्झी साची दिनु
तिमिलाई सिन्दुर दिए भने
सिउदोमा लगाई सजाई दिनु
तिमिलाई मुटु दिए भने
छाती भित्र सजाई दिनु
तिमिलाई खुसी दिऐ भने ,
ओठमा लिई हासि दिनु
तिमिलाई आसु दिए भने
भुल सन्झी माफी दिनु
तिमिलाई बिष दिए भने
तिमिले कहिल्यै नछोई दिनु
तिमिलाई धोका दिए भने ,
बिरहि ब नि नरोई दिनु
तिमिलाई साथ नदिई मरेछु भने ,
मलामि बनेर गई दिनु
मेरो चिता जलिरहदा ,
आत्म शान्ती को जप गरि दिनु
बिचारी घले
हाल :महाबुल्ला कुबेत
फोन नो : 65072778
धादिङ जिल्ला कुम्पुर गाबिस बाड न २
बुङचुङ नेपाल
किन
चारै तिर बालुवा बालुवाले भरिएको मरुभूमि
उजाड हुन्छ भनेर डराउन् नै किन
धुलो र ह्रीलोले भरिभराउ भएको जगतमा
नैरश्याताको निम्ती वसन्त आउन् नै पो किन ।१।
खएर अनि वएर उम्रन नसक्ने धर्तिमा
छाहारी र छायाको अपेक्षा गनर्् नै किन
निरासै निरास मन हरुको जमतमा
हासो र खुशियाली तलास्नु नै पो किन ।२।
वसन्तले पलुवामा नया रूप भरे झैं गरी
हराउने को देशमा आगमन गर्न नै किन
ति निर्दोष माता पिता र सन्तती हरु लाइ
वेदनाको रोदन अनि आशु मात्र पो किन ।३।
आश् नै आश्ले भरिएको सागर बाट
हासो खोजेर ल्याउछ् भन्न् नै किन
गरिवीको भारी बिसाउने आकांक्षा लिएर
निर्मोही हरुको अधरमा पसिना बगाउन् पो किन ।४।
अर्जुन बस्नेत
कुवैत
______________________________________________________
मेरी मायालु,,,,,,,, नरोज्नु मलाई
Durga lama (muskan )
कतै भिडमा हराय म
कतै सुन्यतामा टोलाय भने
ए मेरी मायालु नखोज्नु मलाई
कतै फुलको तरेलिमा भुले भने म
बिहानिको मिर्मिरेमा डुले भने म
ए मेरी मायालु नसोध्नु मलाई
मौनताको कल्पनामा डुबे भने म
प्रेमको भाबनामा कुदे भने म
ए मेरी मायालु नरोक्नु मलाई
परिवारिक रेखामा आडके भने म
कर्तब्यको अगी झुके भने म
ए मेरी मायालु नछेक्नु मलाई
कतै म्रुत्यु सैयामा छट्पटिय भने म
रक्त सरोबरको भुमरिमा लट्पटिय भने म
ए मेरी मायालु नरोज्नु मलाई
_______________________________________________________
माटो
आमाको कोखबाट वर्लदा पहिलो पाइला दिने यो माटो
जिबनका प्रतेक पल्हरुमा साथ् दिने यो माटो
निराश जिबन हरुलाई साहस दिने यो माटो
गरीब अनी असहाय हरुलाई आचल दिने यो माटो
भोका अनी नाङगा हरुलाई गास अनी बास दिने यो माटो
पराएे होस् वा आफन्त सबेइलाई सम्मान दिने यो माटो
उदास मन्हरुलाई सुभास भई छाउने यो माटो
वेदना र ब्यथाले चर्कियको घाउमा महलम लाउने यो माटो
पाप र पुन्यको भार सयन गर्ने शक्ती भयको यो माटो
संसारका याबतजिवात्मा ले परीपूर्ण भयको यो माटो
विलासिताले परीपूर्ण जीवनलाई पनि जरुरत हुने यो माटो
स्वर्गको अमरावती पाएे पनि नभुलउ यो माटो
मेरो माटो
मेरो देशको माटो
म जन्मेको माटो
हाम्रो प्यारो माटो
अर्जुन बहादुर बस्नेत
झापा-नेपाल
हाल
अल मुल्ला ग्रुप कुवेत
संसार बिचित्रको छ
संसार विचित्रको छ चित्रभित्र तस्वीरको इतिहास जहाँ हे-यो त्यहीँ तस्वीर छ भनेर हेर्ने हो भने कसैले आँखा छोपेर हेर्लान् कसैले मज्जाले धित् मारेर हेर्लान् किनकि त्यहाँ एउटा अश्लील आकृति कुँदिएको छ मानिसलाई एसी, टिभी, फ्रीज चाहिएको छ आलिशान भवन र विलासिता चाहिएको छ एस.एल.आर., न्यूक्लियर, आणविक, जैबिक बम बनाइएको छ म शक्तिशाली हो भन्ने होडबाजी चलिरहेको छ राष्ट्र बचाउने ख्याल नै रहेनछ आफैं र विश्वलाई ध्वस्त पार्न कति हतार किनकि पृथ्वी बचाइराख्ने प्राकृतिक शक्ति ओजोन पातलिंदै छ समाज पनि विचित्रको जोसँग बुद्धि छैन, ऊ बुद्धिबहादुर जो सधैँ गरीब छ, ऊ धनपति जो सधैँ पराजीत छ, ऊ अजय अनि विजय जो कमजोर छ, ऊ बलबहादुर यस्तै भएर होला, जो साहित्य नै सृजना गर्दैन, ऊ साहित्यकार अनि साहित्यिक संस्थाका प्रमुख यी सवै विचित्रताले स्वर्ग पनि हल्लियो पृथ्वीमा साहित्यलाई बचाउन भानुभक्तलाई पठाइयो भानु आए नेपालै, खोज्न थाले घाँसीलाई लागेछ १० वर्ष १३ हज्जार घाँस काट्न घाँसीलाई भेटे घाँसीलाई भानुले जनयुद्धको भेषमा बल्ल थाहा पाए गणतन्त्र आएछ देशमा लागिपरेछ घाँसी गरीब र पीडितको उत्थानकालागि अनि जनजाति, दलित र शोषित वर्गका लागि १९५० को राष्ट्रघाती सन्धी खारेज गर्दै राष्ट्रको मुहार फेर्न शाही शासन राजतन्त्र समाप्त पार्दै जनवादी गणतन्त्र ल्याउन मेरो एक दशक बित्यो जनयुद्ध हेर्दै तर कुनै हेक्का भएन, १३ हजारको पीडा र रगतको छाल बेदना र चित्कार सकिएन लेख्न पछि पो थाहा पाएँ १३ हजार कविता बन्ने रहेछ घाँसी दरीद्र घरको तर बुद्धि कस्तो म भानुभक्त स्वर्ग गएइकन नेपालमा भयो यस्तो
_______________________________________________________________
गुनासो (मुक्तक)
मेरो आँखाबाट आँशु झर्नु थियो त, मुटुभरी माया किन दियौ मेरो मुटु छिया-छिया पार्नु थियो त, आत्मा विश्वास किन यति ठुलो दियौ ? धोका मलाई दिनु थियो त, सँगै बाँच्ने किन बाचा गर्यौ विश्वासघात गर्ने बिचार थियो त, कहिले बिछोड नहुने कसम किन खायौ ? मलाई दु:ख दिनु थियो त, सुख पहिला किन दियौ मलाई तिमीले बिगार्ने मन थियो त, पहिले सपार्ने कम्मर किन कसेऊ ? म टाढा भएको पर्थ्यो त, नजिक बस्ने अठोट किन गर्यौ मलाई मार्ने मन थियो त, जिउने आशा किन दियौ ? प्रेम तिम्रो खेलौना थियो त, किन प्रेमलाई महत्व दियौ मेरो जिबन माथि खेलवाड गर्नु थियो त, मेरो चोखो प्रेमलाई सहर्श किन स्विकारी दियौ ??लेख तथा रचना : सौगात सुवेदी युसिफ अल्घानियम कम्पनी, कुवेत टेलिफोन: +९६५-६५९४२०७३ ईमेल: saughatster@gmail.com
किन झरी बर्षात पछी को मेरो जीवन
झरी बर्षात पछी को बिहानले,
मेरो जीवनमा खुशी को अनुभुती हुन्छ,
म आफ्नो जीवन नै उत्साही भएको पाउछु
मलाई ति हरिया रुखहरु।
चिसो ले भिजेका पहाडहरु
हेरर जीवन नै आनन्दमय लाग्दछ,
किन किन मलाई हरेक झरी पछी को,
बिहान धेरै मन पर्छ।
लाग्छ!!
यि पल्हरु मेरो जीवन को उत्कृष्ट पल हरु हुन
म ति पल हरुमा भिज्न चाहन्छु,
म ति पल हरुलाई
मेरो यो जीवनमा
समाहित गर्न चाहन्छु..
म बर्षात पछी को
हरेक बिहान् लाई जीवन मा
आत्मसाथ गर्न चाहन्छु।
यि पल् हरु मेरा जीवन हुन
तर एक्लो म..
किन किन म यि
पल् हरुमा तिमीलाई नै खोज्दछु
तिम्रो जीवन खोज्दछु
तिम्रो साथ् खोज्दछु
तिम्रो हुन खोज्दछु..
रिचा शर्मा तिवारी
काठमाण्डौं नेपाल।
राष्ट्रको यस घडीमा
संवेदनशिल चक्रमा बिस्तारबादका मुक्का उठेर
अन्योल ग्रष्त समय बनाइरहेछन्
जुनबेला झनै मिर्मिरे लाली उदाउनु पर्दथ्यो
सामुहिक मुठ्ठी उठाउदै,
राष्ट्रियता, अखण्डता, स्वाधीनता जोगाउनु पर्दथ्यो।
साम्राज्यका डलर र बिस्तारबादका कलरमा
स्वाधिनता लिलाम गर्ने गद्धार हरुलाई
कठघरीमा निष्तेज पार्नु पर्दथ्यो।
तर,
यही बेला केही दुर्लभ ब्वाँसाहरु फुस्केर
राष्ट्रको स्वाभिमानलाई पञ्चामृत बनाइरहेछन्,
रातारात मालामाल डलर कमाइरहेछन्।
जुन बेला,
रक्तपिपासु प्रतिगमनको धुकधुकी पखाल्दै
अग्रगति, समुन्नति, ऐतिहासिक संविधान निर्माण तिर
लाग्नु पर्दथ्यो।
तर,
यही बेला सपुतका ज्वालामुखि निष्तेज बन्दै
एकताका भिख मागिरहेछन्
भने देशीय गद्धारहरु निकै जागी रहेछन्।।
निष्तेज राष्टको हत्कडीलाई चुँडाल्दै
गरिब किषान र निमुखाका पीडा सुस्केराको अनुभूति
ठूला-ठूला बाबुजी, लालाजी, साहुजीहरु सम्म पु-याउदै
स्वप्न लोकबाट ब्युँझाई,
राष्ट्रको यस तटस्थ घडीमा
कलमका चुच्चाको महायात्रा रोक्नु हुदैन म यहाँ
राष्ट्रको यस प्रसुतिय घडीमा
सत्यताका मूक्काहरु उठाउदै
संघर्षको आँधि त्रिकोणमा पु-याई
थाक्नु हुदैन म यहाँ।
जहाँ
अनिदो रातको सुलभ बिच्छ्यौना टक्रिनेछ
नेतृत्व रोक्नु हुने छैन म यहाँ
कुन दुनियामा,सुलभ क्रान्तिले सर्वहाराले
आफ्नो अधिकार पाए र?
त्यसैले,नेतृत्व रोक्नु हुने छैन म यहाँ
पशुपति शर्मा, बाग्लुङ
हालः दोहा कतार फोनः +९७४३२०९७७३
मुटुमा छौं
मुटुमा छौं, हरपल तिम्रो यादमा
कहिले फर्कन्छौं फेरी यो जीवनमा
छाँया सारी छौं ,तिमी सपना भरी पनि
यो आँखा भिजी रहन्छ तिम्रो सम्झनाभरी ।
छाँया सारी छौं तिमी मेरो आँखामा
तै पनि यो तन तिम्रो स्पर्श खोजिरहन्छ,
सपनामा आई झस्काई दिन्छौं
तै पनि बिपना तिम्रो यादमा तड्पिरह्न्छ।
मुटु भरी तिमी छौ ..
तै पनि आँखा तिमीलाई खोजिरहन्छ ।
याद, सम्झना भरी तिमी छौ..
तै पनि अँगालो तिमीलाई खोजिरहन्छ।
धिरज मगर “उदासी “
ईलाम
हाल:- कुट फुड ग्रुप कुवेत
dhiraj_udasee@yahoo.com
मलाई स्वदेश चाहिन्छ
जहाँ मेरो जन्म भयो,त्यसैलाई स्वदेश भन्छु
जहाँ मेरो कर्म बन्छ,त्यसैलाई विदेश भन्छु।
बुढापाका हाम्लाई दिन्थे अर्ती
आउ रे चाडै घर फर्की।
देशको पिडा छोडि किन विदेश जान्छौ ?
तर म भन्ने गर्छु
बिदेशमा जाल-झेल त्यती सहज छैन,
बिदेश आउने बाध्यता हो मेरो रहर होइन।
बिदेश-बिदेश भन्दा भन्दै खाएँ धेरै ठक्कर।
कुवेतको भात भन्दा मकै मिठो हाम्रो
स्वदेशमै दु:ख-सुख बाँच्न पाए राम्रो।
“बालक कालमा
जन्मदै को दुखी जिबन शिशु हुन पाईन 
बालक कालमा प्रवेशगर्दा सुख पाको होइन,
हास्ने खेल्ने पढने बेला कसैको साथ पाइन
घरको काममा ब्यस्तभए शिक्षित पनि भँइन ।
यौवन सगैं पाइला टेके गरिवीका खुड्किलामा
दु:ख हरुले जरागाढेँ त्यो कलिलो मष्तिश्कमा,
काँडा बन्दै साहुका वचन घोच्न लागे मुटुमा
ति आमाका आशुहरु घुमिरहन्थे आँखामा।
किताब बोकी पढन जान्थे गाउँ घरका साथिहरु
बिवशथिए ईच्छामार्न साथमा थिए दु:खहरु ,
स्कुलको बाटो हिडदा टल्पलाउथे आँखाहरु
गुन्जिरहन्थे त्यो उमेरमा घाँस दाउरेका भाकाहरु।
म त आज विबश भाँ छु अशिक्षित हुँदाखेरी
हास्ने,खेल्ने,पढने बेला गरिबिले च्यापदाखेरी,
मुटु संधै झस्किरहन्थ्यो समाजले हेप्दाखेरी
गाउँ छोडन बाध्यभए पेटमा भोकले पोल्दाखेरी।
अर्जुन बस्नेत
basnetgroup111@hotmail.com
झापा नेपाल
हाल:-अल्मुल्ला ग्रुप कुवेत
+९६५-६६२९८९२०
“ पाए हुन्थ्यो ’’
आफै सँग भाग्ने आयु छेक्न पाए हुन्थ्यो ,
आफ्नो हातले आफ्नो भाग्य लेख्न पाए हुन्थ्यो !!
चखेवाको जोडी जस्तै भई उड्न पाए हुन्थ्यो ,
उनको मनको वेदनालाई चुड्न पाए हुन्थ्य
लालगेडी झैं आँखाभित्र अट्न पाए हुन्थ्यो ,
उनको दिलको प्यासहरू मेट्न पाए हुन्थ्यो !!
हात समाई सगरमाथा चढ्न पाए हुन्थ्यो ,
सँग बसी मुना मदन पढ्न पाए हुन्थ्यो !!
हाम्रो माया दुनियालाई देखाउन पाए हुन्थ्यो ,
हाम्रो नाम गिनिजबुकमा लेखाउन पाए हुन्थ्यो !!
उनको मनमा खुसियाली छर्न पाए हुन्थ्यो ,
बाँचुन्जेल सँग सँगै मर्न सँगै पाए हुन्थ्यो !!!
चकेन्द्र राई ‘कैदी’, हाल दोहा कतार
माया त छोरा छोरी को नै सबै भन्दा ठुलो रहेछ
त्यो दिन म र मेरो “जिबन सन्गिनी “सुमि ईटहरि जादैथियौं। घर देखि
अलिपर बस रोक्ने ठाउमा उकालो भएको ले “सुमि” अलि पर परिन र उनले उकालोमा ‘कालु’ भनी मलाई बोलाइन् म फर्किए। अनी म रोकिए त्यतिनै बेला एउटा रिक्सा लाई उकालोमा धकल्दै रिक्सा चालक आयो अनी छेउमा एउटा सानो केटा पनि थियो। रिक्सामा ५ देखी ६ कुइनटेल सम्म सामान थियो होला। रिक्सा चालक् पसिनाले लुत्थुर्क भिजेको थियो। उसको अनुहार रातो भएको थियो। उस्लाई एकदम थकाइ र गर्मी भाईरहेको थियो। उसले एक गिलास उखुको रस किन्यो अनी यता-उता हेर्न लाग्यो। म र सुमि ले ऊस्लाई धेरै बेर सम्म हेरी रह्यौं। पछी त्यस चालकको छेउमा हिडिरहेको केटा आयो,अनी त्यो चालक ले त्यो सबै उखुको रस त्यो केटा लाई दियो किन भने त्यो केटा चालक को छोरा रहेछ। २०० मिटर को उकालोमा ६ कुइनटेल सामान तानेर आउँदा ऊस्लाई जुन थकान अनी गर्मी भयो त्यो सबै उस्ले आफु भन्दा धेरै आफ्नु छोरा मा पायो!!त्यसैले होला आफु न खाएर पनि सबै छोरा लाई दियो?किन भने त्यो केटा चालक को छोरा रहेछ।
कस्तो होला त त्यो बाउ को मन? हो हो यही नै हो माया!! एउटा बाबा अनी आमा को माया–जसले गर्दा पिडा उसले भोगे पनि सुख त आफ्नु सन्तान लाई नै दिन खोज्छ। हामी धरै भाग्यमानी छौ एस्तो बाबा र आमा पाएर। आफ्नु आमा र बाबा को रिन हजारौ जन्ममा पनि तिर्न सक्दैनौं होला। हामी एस्तै एस्तै कुरा गर्दा गर्दै बस पनि आयो अनि हामी बस मा चढेउ। बसले हामीलाई इटहरीमा ओरालिदियो र हामी बजारतिर लागेउ ।।।।।।।हिजो आज म संग सुमीको फोनमा कुरा हुन्छ तर हेरेक बेला र प्रसंगमा , उनीले त्यही रिक्सा ड्राइभर र उनको छोराको कुरा गर्ने गर्छिन। अनी मलाई लाग्छ वास्तवमा “माया त छोरा -छोरी को नै सबै भन्दा ठुलो रहेछ!!
कृष्ण पोखरेल “बिवस”
साउथ ईराक ततिल एयर बेस क्याम्प ईरा
मलाई रमाईलो लाग्छ
……
नौं डाडा पारि भए पनि मलाई रमाइलो लाग्छ,,
सबै नेपालीहरुलाई भेट्न पाउदा..
गाउँ-घर नै भुलेको हुन्छु मिठा -मिठा कुरा गर्दा ।
जिवनमा उमङ्ग छाउछ जब माया प्रितीको कुरा गर्दा।
पाउन लाई धेरै गाह्रो पर्दो रहेछ….
ईलाम
हाल:- कुट फुड ग्रुप कुवेत
आमा
धर्तीको रुप धारण गरेर सन्सारको सृष्टि गराई दिएका छौ आमा
आफनो ज्यानको प्रभाह नगरि सन्तानलाई्र माया दिएका छौ आमा
घाम पानि नभनि आफना सन्तानको भविष्य उज्जवलमा लागेका छौ आमा्
आफनो गास काटेर भए पनि सन्तानलाई खुशी बनाउन लागु परेका छौ आमा
आफुले खाने बेला सन्तानको मुहार अगाडि देखेर रुने गर्नु हुन्छ हाम्री आमा
उमेरले ५० काटे पनि आफनो अगाडि सानो देख्ने गर्नु हुन्छ सन्तानलाई आमा
पवित्र मायाको बन्धन कहिले टाढा नदेख्ने सबैलाई बराबरी माया दिने आमा
बुढेस कालको सहाराको आस थियो तर अहिले कस्को छायाँ पाउने आश आमा
सानो छदाँ मर्ला भन्ने डर ठुलो भए पछि भेट्रन पाउने छैन भन्ने त्रास आमा
कसले सम्झने गरेका छन् र सबै भए परदेशी भेट्न आउछ भन्ने आश आमा ॥ ॥
विजय कुमार श्रेष्ठ
हाल ईराक
___________________________________________________________________
स्वदेशको माया ….
स्वदेशको माया कति परदेशमा थाहा भयो
आफन्तको माया कति पराइ भेट्दा याद आयो !
मन तिर्खाउदा धित मार्ने दौंतरी नि भेटिएन
थकाई लाग्दा तन बिसौने चौतारी नि देखिएन !!
झिलिमिली शहर पनि बनमाराको पाखा जस्तो
पाइएन निन्द्रा कतै आमाको त्यो काख जस्तो !
छोड्छु भन्छ तनलाई मनले जान्छु भन्छ गाउँतिर
जब दिन ढल्दै जान्छ पुग्छ मन दलान निर !!
थाहा थिएन यस्तो हुन्छ परदेशको मोह लाग्दा
पाइएन पिउन शितल सम्पत्तिको तिर्खा लाग्दा !!
छोड्छु भन्छ तनलाई मनले जान्छु भन्छ गाउँतिर
जब दिन ढल्दै जान्छ पुग्छ मन दलान निर !!
थाहा थिएन यस्तो हुन्छ परदेशको मोह लाग्दा
पाइएन पिउन शितल सम्पत्तिको तिर्खा लाग्दा !!!!
हरि कृष्ण न्यौपाने”घायल”
कालिका-१ सिन्धुपाल्चोक हाल ईराक
harineupane3@gmail.com
_____________________________________________________________________
प्रदेश
डाँडा काँडा हरियाली हाम्रो प्यारो देशज
स्तो देश उस्तै भाषा त्यस्तै हुन्छ भेष ।
धन कमाउने लालचले प्रदेशमा आइयो
दुःख, कष्ट हण्डर पनि साह्रै धेरै खाइयो ।
भन्नुहुन्थ्यो हजुरबाले पैसा हुन्छ चेपमा
सकेसम्म बिदेश नजाउ बसौ आफ्नै देशमा ।
आफ्नै देशमा बस्दा पनि छैन काम गर्ने
सानो तिनो कमाइले भित्र भित्रै मर्ने ।
दिनै जसो मुल्य बृद्धि भन्दै हिड्ने
कसलाइ सबै जना उस्तै लाग्छ हेर्दै जादा मलाइ ।
ठूला बडा नेताहरूलार्इ बिदेश घुम्दै ठिक्क
गरिब दुःखी जन्ताहरूलार्इ सधैभरी दिक्क ।
गरिबको एउटै बाटो बिदेश तिर लाग्ने
धन कमार्इ परिबार बालबच्चा पाल्ने ।
एक्लो जीबन जसले भोग्छ उसलार्इ थाहा हुन्छ
बाहिर हाँसे पनि भित्र मन रून्छ ।
मलार्इ लाग्छ परदेशिनु रहर होइन
हाम्रो बिदेश भन्दा आफ्नै देश लाग्छ
सधै राम्रो लाग्छ सधै राम्रो ।
लाग्छ सधै राम्रो ।।
sujan abhagi
_________________________________________________________
आज टाढा बस्न खोज्छै किन ?
बिगत को दिन मा बाचा गर्यौ किन ?
जिबन साथी बनाउछु भन्यौ किन ?
आज तिमी ले नै बिर्सि दियौ किन ?
झापा जल्थल ;9
हाल कुवेट,फर्वानिया
हाँसी हाँसी मरु
टाढा बसी तिम्रो यादमा पलपल कति मरु ?
तिम्रो सामु मैले अझै आँशु कति झारु ??
तिम्रो यादले हरपल मलाई पोल्न थाल्यो सरु !
दिलले भन्छ तिम्रो काखमा हाँसी हाँसी मरु !!
मेरो माया सरु तिमिलाई पुकार कति गरु ?
यो मायाको सागर कति एक्लै एक्लै तरु ??
भगवानले देखेकै छन् पापै लाग्ला सरु !
दिलले भन्छ तिम्रो काखमा हाँसी हाँसी मरु!!
सरु तिमिलाई सम्झी सम्झी दंग कति परु ?
तिमी आउने बाटो हेर्दै मैले आँखा कति तरु ??
मेरो दिलमा धड्कन बनी वाँचिदिनु सरु !
दिलले भन्छ तिम्रो काखमा हाँसी हाँसी मरु !!
-चकेन्द्र राई “कैदी”
दोहा कतार
भीरमा नजाऊ कसले तान्छ र, बैंश छँदा जाउँभन्दा मानिनौ, अब तिम्लाई कसले लान्छ
पंक्तिकार सानै छँदा पश्चिमाञ्चलका पहाडी गाउँतिर एउटा लोकगीत असाध्यै चलेको थियो– भीरमा नजाऊ कसले तान्छ र, बैंश छँदा जाउँभन्दा मानिनौ, अब तिम्लाई कसले लान्छ र। ठिटाहरु अलि छिप्पिएका तरुनी देख्यो कि यो लयले व्यंग्य हानिहाल्थे। अनि बैंश हलक्कै हुँदा पनि बाबुआमाले बिहे नगरिदिएका वा बाबुआमाको इज्जत थाम्ने नाममा लान्छु भन्ने ठिटाको पछि लाग्न नसकेका तरुनीहरुले यो गीतको व्यंग्यमा कि आँखा तर्थे, कि त पछ्यौरीले मुख छोपेर दौडिन्थे। अति भएपछि कतिपय तरुनीले त मुखै छाड्ने र ठिटाहरुलाई ढुंगाले बर्साउनेसमेत गर्थे। पंक्तिकारलाई लाग्थ्यो, ठिटाहरुले तरुनीलाई हेपेर जथाभावी जिस्काउँछन्। तर, उमेरसँगै पो बुझ्न थालियो, उमेर पुगेका तरुण तरुनीको मनोदशा, अनि लाग्यो, ठिटाहरुले अन्याय गरेका होइन रहेछन्।
साँच्च नै, बैंशमा बिहे नगर्नेहरुको मनोदशा अति नै कुण्ठित प्रकारको हुँदोरहेछ। चाहे ती पुरुष हुन् वा महिला, उनीहरुभित्र बैंशमा विपरीत लिंगीसँग खेल्न नपाएको कुण्ठा, यौनको कुण्ठा अनि सन्तानको कुण्ठा जस्ता अनेकांै कुण्ठा भरिएको हुँदोरहेछ। व्यक्त गर्ने, नगर्ने भन्ने मात्रै फरक हो, तर कुण्ठा त उस्तै उत्तिकै हुँदोरहेछ। बैंशमा बिहे नगर्दाको मनोदशालाई निसंकोच पस्कनेमा पर्छिन्, गायिका कोमल वली। कोमल वली उमेरले सायद अब ४० को आसपास पुग्न लागिन् होला। आफ्ना दमालीका सन्तानले स्कुल पढाई सक्नै लागेको देख्दा उनलाई पुरुषोत्तम न्यौपानेको गीतले व्यंग्य गर्दो हो– मेरा साथी छोराका बाउ भए, तिम्रा साथी कतिका माउ भए, अब त आँटम् भो डाँडै काटम् भो। सायद उमेर ढल्के पनि डाँडो काट्ने रहरले नेपाली समाजकी यी सेलिब्रेटीलाई छाडेको रहेनछ, त्यसै भएर होला कोमलले यसपाली पनि आफ्नो मन यसरी पोखेकी छन्– खल्तीमा गाँठ भा’को, मनमा आँट भा’को, यत्तिको मर्द भेटिएन कोई। उनको यो गीत सुन्दा लाग्छ, पोहोर साल ‘पोइल जान पाम, शिव पोइल जान पाम’ भनी गरेको पुकार भगवानले सुनेछन् क्यारे। अलिअलि गाँठ र अलिअलि आँट भा’को मान्छे उनका शब्दमा मर्द भेटिन्छन्। तर, उनले मर्द भेटे नभेटेको कुरा अर्को तीजतिर थाहा होला। किनभने उनले कोइसँग लगनगाँठो बाँधिन् भने अर्को तीजमा त्यसको अनुभव खुलाउलिन्।
गायिका कोमल मात्रै होइन, एउटा निजी टेलिभिजन च्यानलको लोकगीतसम्बन्धी कार्यक्रमकी प्रस्तोता एवं लोकगीतका म्युजिक भिडियोकी सिकाऊ मोडलले पनि यसपालीको तीजमा गीतमार्फत् आफ्नो कुण्ठा पोखेकी छन्। उमेरले कोमलको झैं नेटो काटि नसकेको भए पनि उनले पनि बैंशको अनुभव गर्न पाएकी रहिनछन्। तन र मनले सधैं पुरुषभन्दा अर्थोक नखोज्ने उमेरमा पनि एक्लो अनुभूति महसुस हुनु बैंश फक्रिएकी तरुनीका लागि निर्मम पीडा हो, जुन पीडा सबैभन्दा मार्मिक हुन्छ। रुपको अहंकार वा चर्चाको, सफलताको अहंकार वा बाबुको सम्पत्तिको अथवा आत्मकेन्द्रित प्रवृत्ति वा बढी चुजी हुनुको शिकार भएका यस्ता युवतीहरुको संख्या नेपाली समाजमा बढ्दो क्रममा छ। बैंश घर्किएपछि न पोइल जान्छु भनेर पाइन्छ, न डाँडो काट्नु भनेर। त्यसैले, बेलैमा बुद्धि पुर्या उनु बेश। नत्र जिन्दगी भोकमा पाइनँ भुटेको मकै, बैंशमा पाइनँ पोई भन्या जस्तो होला। सबै कुराको महत्व सधैंभर हुँदैन
| दुई शब्द भानु जयन्तीमा | ||||||
| -आशा गुरुङ,इजरायल | ||||||
| नेपालको शान तिमी,तनहुँको नाम तिमी, जो प्रेरित भयौ सामान्य घाँसिको कुराबाट अन्तत चिनियौ आदिकबि भानुभक्त बाट.. जन्मदाता तिमी नेपाली भाषाको, हिमाल,पहाड र तराइलाई एउटै मालामा गाँसी.. उल्था गर्यौ रामायण मातृ भाषामा, सारा जनलाई बुझायौ शब्द र अर्थ यसको.. कर्मदाता हौ तिमी नेपाली साहित्य र संस्कृतिको, थियौ खानी तिमीमा अनेक बिबिधताको.. नेपाली भाषा,साहित्य र संस्कृति तिम्रो थियौ अमुल्य धन.. बाँच्यौ यिनैसँग तिम्रो पुरै जिबन, छर्दै ज्ञानको भण्डार नेपाली धर्तीमा.. बिबेकताको धनी तिमी,आफ्नै मौलिकतामा रमाउने.. ललाटको तिम्रो सुन्दर टिका र कालो टोपी जस्तै, आफ्नै नेपाली भेषभुषामा रमाउने.. गर्छु म कामना,भई नेपाली तिमी जस्तै, तिम्रा प्रतिबिम्बहरु प्रतिबिम्बित भैइरहोस् प्रत्येक नेपाली मनहरु र तनहरुमा.. जहाँ गहिरिन सकोस,घोत्लिरहन सकोस र बुझ्न सकोस्, बिशाल आकाशको छातीभित्रअसिमित नेपाली साहित्य बाँचिरहेछ.. मुर्त रुप दिन यसलाई ती ताराहरुलाई पर्खिरहेछ.. समयको बनावटसगैँ यो परिबर्तित भैइरहेछ.. नब स्रष्टा र उनिहरुको दृष्टिकोणहरुसँगै, परिमार्जित हुँदै दुबो झै मौलाई रहेछ.. हाम्रो आफ्नै पुर्वीय भाषा र संस्कृति नै प्यारो, जहाँ हामी पोख्न सक्छौ अन्तर हृदय बाटकसैको नक्कल नगरी.. ती मौलिक शब्द र भावहरु नै मिठो, जहाँ हामी अनुभुत गर्न सक्छौ, आफ्नै घर आँगन्, चाडपर्व र रितिरिवाजहरु.. नेपाली माया र मित्रताको सँगालोहरुसँग बाँच्दाको मिठास नै बेग्लै , जहाँ नेपाली साझा फुलबारीहरु फक्रिरहेछन.. चार वर्ण र छत्तिस जातका आ-आफ्नै सुगन्ध र महत्व लिई एकताको सुत्रसँगै… तिमी त गयौ देह त्यागी यो भवसागर बाट, तर आत्मा त आज पनि तिम्रो अमर छ… तिम्रा योगदानहरु र कर्महरुले तिमीलाई चिनाइरहनेछ, जब सम्म रहन्छ नेपाल र नेपाली… तिमी उसै गरी चम्किरहन्छौ साहित्य आकाशमा, जसरी सुर्य,तारा र जुन बिनाकल्पना गर्न सकिन्न आकाशको महिमा…नेपाली भाषा र साहित्यको सागरमा तिमी, कहिल्यै बिलाउदैनौ न त हराउछौ कतै.. तिमी नै हौ आदि यसको र अस्तित्व पनि..तिम्रा अमुल्य कृतिहरु र रचनाहरु , प्रेरणाको स्रोत हाम्रो लागिअनि हरेक नयाँ पुस्ताको लागि..म कसरी सिमित पार्न सक्छु र तिमीलाई ?केबवल दुइचार शब्दहरुमा,तिम्रो जन्म जयन्तीमा.. बाँचिरहनेछौ तिमी बर्षौ बर्ष उसरी नै नेपाली माटोमा, उदाहरणीय बनिरहनेछौ नेपाली भाषा र साहित्यको भुमीमा.. हरेक फाँट्,बेसी र भंज्याङहरुमा.. तिमी झल्मलाइरहनेछौ ती आँखाहरुमा उस्तै किरण लिई, जहाँ प्यारो छ आफ्नै मौलिकता नेपाली हुनुको गर्वमा
|
नगर है माया कसैलाई, यो धोकेवाजी संसारमा
यहि नै मेरो अनुरोध छ, सम्पूर्ण मनिसमा
भुलेर पनि नफस्नु है, धोकेवाजी प्रेममा !
सँगै बाँच्ने, सँगै मर्ने कसमा पनि खाई दिन्छन
केहि दिनमै कसम तोडी, अरु कोही चुनी लिन्छन
माया रहेछ यस्तै खेलौना, भर नपर धोकेवाजी मायामा
नबाँच्नु है मायाको भरमा, पारी दिन्छन ठुलो कष्टमा !!
यती ठुलो संसारमा, माया दिने कोही छैन
माया पाए पनि केबल, धोका शिवाय केहि छैन
यो संसारमा मनिस रहेछन, पाए सबै स्वार्थकारी
कसले देला यो दुखीलाई मायाको एउटा चिनारी ??
लेख तथा रचना : सौगात सुवेदी
युसिफ अल्घानियम कम्पनी, कुवेत
टेलिफोन : +९६५-६५९४२०७३
ईमेल: saughatster@gmail.com
खबरदार ! देशद्रोहीहरु !
खुल्ला तर जञ्जिर भित्र, आँखा तर अन्धा जस्तै
स्वार्थी, बाहिर मन्दिरजस्तै, आवेग,तर बन्दी जस्तै
राजनीति र जनता बिचमा, किन यस्तै तानातानछ,
एक अर्काको प्रबल निर्बल दुबै फेरी जानाजान छ।
चरम आक्रोश प्रस्फुटन भो, तैराउनलाई लुक्दै उनै
आशा छिट्टै पूर्ण बिराम, भाषण ठूला फूक्दै उनै।
फेरी आक्रोश मन्द मन्द , मालामाल झन देशैबेची
आकर्षण र विकर्षणमा जानाजान झनै भेषै बेची।
राजनीति र जन्ता बिचमा किन यस्तै पैंठे जोरी
सोझाहरु इचाई-मिचाई भन्दै उनी दुबै कुर्ची कुरी।
उग्रबादमा मिठा नारा, सोझा जनता अतमलमा
नीति बिहिन हुदै छाडा, रोपाई जस्तै दलदलमा।
फेरी बिचमा अर्को पसी जनता “वा” मा टोलाउदै
सामान्तिले प्रगतिशील स्वरुप पार्दै उनै बोलाउदै
राजनीति र जनतामा किन यस्तो दाउपेच हुन्छ
धनीहरुमा खुसी अर्कै, गुहार माग्दै राष्ट्र रुन्छ।
तर अब खवरदार है, ब्यूझदैछन मजदुर किषान
देश बेच्न टुक्रउदै छौ, संघीयताको बनाई निसान।
प्रतिकारमा उठे जनता, ठाऊ-ठाऊमा मसाल बाली
बडार्नेछन् छिट्टै अब, देशद्रोही लाई गर्दै खाली।
दलालहरुहो खबरदार ! सम्झौता लाई बन्द गर
सक्छौ भने अन्धविश्वाश र कुरीतिलाई बन्द गर।
दिन दाहाडै सोझा जनता लुट्न चुट्न बन्द गर,
सामाज्यबाद र बिस्ताबाद लखेट्नलाई बारुद भर।
गाउँ-गाउँ बस्ती-बस्ती गरिब किसान मनदुर जुट्दै
होशीयार देशद्रोही हो ! आँधी फेरी पनि छ फर्किदै।
हात-हातमा मसाल बोकी आन्दोलन छिट्टै चर्किदै
शिरमा आफ्नो कात्रो बोक्दै देशभक्त छन् कस्सिदै।
उजाड हुन्छ भनेर डराउनु नै पो किन
धुलो र हुरिले भरिभराउ भयको जगतमा
नैरस्याताको निम्ती वसन्त अाउनु नै किन।
खयर अनी बयर उम्रन नस्कने धर्तिमा
छाहारी र छायाको अपेकक्षा गर्नु नै किन
निरासै निरास मन हरिको जमाथमा
हासो र खुशियाली तलास्नु पो नै किन।
वसन्तले पलुवामा नयाँ मुना भरे झै गरी
हराउनेको देशमा आगमन गर्नु नै किन
ति निरदोष माता पिता र सन्तती हरु लाई
बिछोड र बेदनाको रोदन अनी आसुँ मात्र पो किन।
आसु नै आसु ले भरियको सगर बाट
हासो खोजेर ल्याउछु भन्नु नै किन
गरीबीको भारी बिसाउने आकंक्षा लियर
निर्मोही हरुको अधरमा पसिना बगाउनु पो किन
अर्जुन बस्नेत अल्ल मुल्ल ग्रुप कुवैत्
.नेपालको झन्डा
@
बेदनाको पोको
http://nepalkuwait.com/photo/
अन्तर्राष्टिय नेपाली साहित्य समाज कुवैत च्याप्टर(२०६६)
एन आर एन कुवैतका सदस्यहरु
प्रबासी पत्रकार मन्च(कुबेत)
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
.
वल्डको टाईम
जिरे खुर्सानी
तितो सत्य
नेपाली आधुनिक गित
कान्तिपुर टि भि
नेपाली टि भि
मोडेल हेर्नुहोस्
लोक दोहोरी![M1-5%20[1]](http://nepalkuwait.files.wordpress.com/2009/05/m1-5201.jpg?w=112&h=150)
लेख तथा रचना : सौगात सुवेदी
युसिफ अल्घानियम कम्पनी, कुवेत
टेलिफोन: +९६५-६५९४२०७३
ईमेल: 



















thanks mr sujan your PARDESH.is touch my harth and i keep it my mutu . Thanks. ARJUN_KUWAIT
i am really very happy, beacuse this types of artical . i like very much, i hope this types of artical are public day by day . all r in out of country but i am just like a filling all are in nepal , thank you for all artical
You really guys doing good and keep it up……….. सीरा खनाल, इजरायल don’t worry about the तीज.the day will come for you to meet to your brother . now u are in overseas country and u celebrate there and enjoy and keep it up your smile on your face and to be happy, good bless u and good will help u..
saugat subedi
Kuwait
saughatster@gmail.com
+965-65942073.
zindagi ma sadhy bhari kasai ko maya chahirahe tara…. chahana chanany rahyo eechha haru adhurany rahe.. kahily pura hune lakchan haru dekha parenan taba…
mero bachne rahar haru metydai gaye zindagi dekhi tadhina man lagyo, garna pani k ny sakchu ra ?
kadapi rath ek pangra le chaldyna thappadi euta haat le bajdyna, jasko saath magethe usyle taauko modidiyo mero maya ko paribhasa pagal pan ma badaldiyo, kaas…. kaas ma pani aru jasty hasna sake ramayera bachna sake zindagi ko artha bujthe hola zindagi lai phulauna sakthe hola…………………………..
Alisha,
Hawally. Kuwait
Alisha, ke vayo? Jindagima Shukha sangai Dukha pani chha but u………!
namaskar ani abhibadan sabai kuwait basi ma . ma pani kuwait ko marubhumi ma kam garna bhani 3 mahina pahile ayeko thiyen tara . kuwait ko naya finger print (nepal ambasy) bata certify hunu parne le garda ma pheri dubai ko bhumi ma phirta aayen. aasa chha ma kuwait nepal.com ko page ma rahane chhu. Asti ko nepali program ma , ma pani maliya ma darsak bhayera heroko ajai jasto lagchha….
स्वर्गरूपि बगैचामा जाऔ
o नवराज पोखरेल
आऊ , मसंग निरन्तर आईरहु
म तिमीलाई एउटा सुन्दर बगैचामा लैजान्छु ;
त्यहाँ -
छहराको स्पर्श पाएर फक्रन लागेका ,
गुरासका कोपिलाहरू देखाउछु ;
नेपाली सुबासको स्पन्दन पाई पालुवा हाल्न लागेका
जाही र जूहीका पातहरू देखाउछु ;
अनि , त्यहाँ -
प्यास र भोकले छटपटाउनेहरूको लाम पनि देखाउछु ;
तिनीहरू -
केवल तिम्रै आगवानका दिनहरू औला भाच्दै गनी रहेछन ;
तिम्रै कोमल स्पर्शको कल्पनामा डुबुल्की मार्दै बसी रहेछन ;
भोक र प्यासलाई स्वर्गरूपि संसारको हरियालीले
ढकमक्क ढाकी -
तिम्रै निरीक्षण र स्पर्शको प्रतिक्षा गरी रहेछन ;
त्यसैले -
तिमीले उषाको लालीसंग संगै केही सोच्नु छ
बगैचाका आधारभूत आबस्यकता पूरा गर्न पाईला चाल्नु छ
त्यो तिम्रो आफ्नै नविन बगैचा हो ,
मातृभूमिको आफ्नै आगन हो
जहाँ -
बर्षौ देखि लेऊ लागेका ढुंगाहरूमा ,
होशियारीका साथ चिप्लेटी खेल्नुछ ;
शान्तिका फेदमा पलाउन खोज्ने झारहरू उखेल्न तम्सनु छ
अनि ,
आकाशै ढाक्ने गरी फूल्ने मगमगाउदा ,
जाही र जूहीका फूलहरूलाई
आकाशिने बाटो देखाई दिनुछ ;
त्यसैले -
आऊ , त्यो नविन स्वर्गरूपि बगैचामा जाऔ,
कलिला पातहरूलाई सुमसुम्याई दिऊ ;
सम्वेदनाले चस्केका हरूलाई
क्षितिजमा डुबुल्की मार्दै आउने ,
ऊषाका लाली पहिर्याई दिऊ ;
अनि -
बर्षौ देखि, केवल पथिकको सहारा र शीतलताका लागि,
दिन र रात, बादल र झरी सहदै ,
धौरालीमा पर्खने एक जोडी वर पीपललाई ,
एक अन्जुली पानी दिऊ
जाऔ , हिड , ढिला नगरौ -
त्यो नविन स्वर्गरूपी बगैचालाई अझ सुन्दर बनाऔ /
मई १५,१९८७
बुखारेस्ट , रोमानिया
मलाई पर्खि बस्नु भएकी आमा
मलाई पर्खि बस्नु भएकी आँखा तानी तानी
यसपाली त पक्कै छोरो घर आउँछ कि भनी
दशैँ, तिहार चाड पर्ब आमा तपाइको माया
छाति भरी पिर पर्छ परदेशको छायाँ ।
परदेश गइ धेरै बसें पर कता कता
मेरो सपना भरि नै नेपालको ब्यथा
सम्झन्छु आमा रातभरी दिन भरी पनि
पक्कै आउंछु एकदिन त आशिक लिन भनि ।।
* नवराज पोखरेल , बुखारेस्ट, रोमानिया
Black Rose =I wanna kill u!
* Red Rose =? Kuch kuch hota hai (love)?
* Zink Rose = you are Marvellous
* Navy Blue = you are ok
* Maroon Rose = i wanna hit u…..
* Blue Rose = u r docile
* Pink Rose = U“re so sweEt. Mmmuuaahh?
* Yellow Rose = Mujh say dosti karo Ge…
* Purple Rose = I m grateful to u
* Dark Pink Rose = you are a good friend
* Indigo Rose = i like talking to u..
* Groovy Rose = u r pleasing
* Lavender Rose = I m taking interest in u..
* White Rose = u r kind
* Orange Rose = I adore u…And u r my best friend
* Peach Rose = you are a gud human
WHICH ONE 4 ME? ‘Choose as many u
Dear Reader,
On behalf of wel-come program for our Ambassador Muduban Poudel on the first of January 2010 at Aisa-Aisa Hotel in Kuwait city. I would like to convey my deep appreciation for all strong participation in, and support for, the outstanding success of our wel-come program.
I would also like to convey my deep appreciation to all of our friends and colleagues in the whom sars affected area who…. Through their unselfish and generous cooperation with our difficult decision to request there voluntary withdrawal in Nepali culture program …… made an invaluable contribution to our ability to host the culture program in Kuwait city as planned.
Now that the final are in, I am pleased to inform you that, for wel-come to our first Nepali Ambassador, that time Nepalkuwait.com give a live cast and we had 5,326 registered delegates for the program; including 925 from Japan, 326 from UAE, 769 from Nepal, 598 from Canada, 738 from Saudi, 387 from Australia, 521 from Qatar & 1,000 from USA & 62 from other press. And we hope, our wel-come program is view by more them 80,000 people from 25 countries and regions.
By this, participated & interest on the Nepali Program, as well as in the strategic Roundtable Discussion, this is very good sign of the growing Nepali Culture in overseas and growing potential of our program in near future. For the first Nepali Cultural program is organized in Asia-Asia Hotel of Kuwait city, we were particularly pleased to be able to draw on such strong participation from Kuwait and, since we know it was impossible but we achieved the goal and we posting the keynote addresses, as well as brief highlights of our local arties.
By this achievement, we all plan to publish our Nepali magazine from Kuwait. This magazine contains our culture, traditions, voice of desert, and inborn talent of people, excusive news, information, entertainment. We hope this magazine will also touch your heart. Every time you all are supported to us and this time also we need your support to success for publish magazine.
Personally, I shall certainly remain deeply indebted for the many excellent sponsor and alliances. We have been so fortunate to have been able to build the pillar on during the pass year and I would like to encourage each of you to continue in your strong support to our origination as our able successor.
Sincerely yours,
Saugat Subedi (Teku)